Monday, September 3, 2018

Rajopadhyaya in News : पोखरीको मध्य भागमा अवस्थित कृष्ण मन्दिरमा पुजा अर्चना

पोखरीको मध्य भागमा अवस्थित कृष्ण मन्दिरमा पुजा अर्चना


ललितपुर, १७ भदौ l श्री कृष्ण जन्माष्टमीको अवसरमा ललितपुर महानगरपालिका वडा न २० पिम्बहाल स्थित हालै जिर्णोद्वार गरिएको पिम्बहाल पोखरीको मध्य भागमा अवस्थित कृष्ण मन्दिरमा रहेको श्री कृष्ण भगवानको बिशेष पुजा अर्चना गरिएको छ l मन्दिरका पुजारी श्री ऋतव शर्मा राजोपाध्यायले उक्त पुजा सम्पन्न गर्नु भएको थियो श्री कृष्ण जन्माष्टमीको दिन हरेक बर्ष यसरी बिशेष पुजा अर्चना गर्ने गरिएको छ l 

मन्दिर अगाडी रहेको पाटीमा चण्डेश्वरी महिला समूहको सक्रियतामा स्थानीय बासिन्दाहरुले निकै उत्साह पूर्वक राती अबेला सम्म भजन कीर्तन गर्नुका साथै दीप प्रज्वलन गरी प्रसाद वितरण समेत गरिएको थियो l      












 भजन कार्यक्रम        फोटो : श्री धनन्जय राजोपाध्याय 



No comments:

Post a Comment