Monday, February 17, 2014

छापामा राजोपाध्याय :अमेरिकाको स्वस्थानी ब्रतमा शालिनदीको झल्को

अमेरिकाको स्वस्थानी ब्रतमा शालिनदीको झल्को

२०७० फागुन ३ गते १८:५४ मा प्रकाशित

स्रोत:http://www.onlinekhabar.com/2014/02/166946/ 
noa 4
३ फाल्गुन, भर्जिनिया । अमेरिकाको डिसी महानगरस्थित म्यारिल्याण्ड राज्यको हिन्दू मन्दिरमा नेवाः संगठन अमेरिकाको आयोजनामा पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ गरिएको एकमहिने स्वस्थानी व्रत पूजा गरी सम्पन्न भएको छ l

समापनमा यस क्षेत्रमा बसोबास गर्ने श्रदालु तथा व्रतालुहरूको घुईंचो लागेको थियो । नेवाः संगठन अमेरिकाका पुरोहित बासव राजोपाध्यायले काठमाडौँ साँखुको शालिनदीमा जस्तै पूर्ण बिधिअनुसार पूजा गराएका थिए l


नेवाः संगठन अमेरिकाका पुरोहित बासव राजोपाध्यायले हिन्दू धर्मावलम्बीमा नेपालमामात्र स्वस्थानी व्रतकथा प्रत्यक्ष परमात्मासँग सम्पर्कमा रही गरिने पूजा भएको बताए l राजोपाध्यायले आफ्नो पहलमा स्वस्थानी व्रतकथाको नेपाली तथा अंग्रेजीको पुस्तक छिट्टै प्रकाशित गर्ने जानकारी गराए अमेरिकी नागरिक जेस्सिका भ्यान्टिन बर्केनहोल्जले शिकागो विश्वविद्यालयबाट सन् ०१० मा स्वस्थानी व्रतकथामा विद्यावारिधि गरेकी छिन l


संस्थाका अधक्ष्य सिजन श्रेष्ठले अमेरिकामा रहेपनि परम्परा, धार्मिकोत्सव,चाडपर्व र संस्कृति सम्बर्धन गर्ने नेवाः संगठन अमेरिकाको मुख्य उदेश्य रहेकाले तीनव वर्षअघिदेखि डिसी महानगरक्षेत्रमा स्वस्थानी ब्रत गर्दै आएको बताए l


हिन्दू महिला इच्छा पूरा हुने विश्वासकासाथ एक महिनासम्म एकछाकमात्र खाएर व्रत बस्ने परम्परा छ । अन्तिम दिनमा जनै, अक्षता, बेलीपुष्प, पान, मसला लगायतका नैवेद्य स्वस्थानीलाई चढाउन अमेरिकामा पनि सामान जुटाईएको थियो ।

 noa 2 noa 3 noa 5

- See more at: http://www.onlinekhabar.com/2014/02/166946/#sthash.SrEJ7Uc7.dpuf

Saturday, February 1, 2014

छापामा राजोपाध्याय : तलेजुको गोप्यता भंग हुने चिन्ता

तलेजुको गोप्यता भंग हुने चिन्ता

भक्तपुर : तलेजु मन्दिरको गोप्यता भंग हुने खतरा बढेको भन्दै मूल नाइके र पुजारीले चिन्ता व्यक्त गरेका छन्। मन्दिरको मूल प्रवेशद्वारको फोटो खिच्न दिन थालिएपछि भित्रको गोप्यता पनि खतरामा परेको छ।
पुरातत्त्व विभागअन्तर्गत स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयको आदेशमा एक वर्षअघि तलेजु मन्दिरको मुख्य प्रवेशद्वारको फोटो खिच्न खुला गरिएको थियो।
भक्तपुर तलेजु मन्दिरको मुख्य प्रवेशद्वारको फोटो खिच्दै पर्यटक
भक्तपुर तलेजु मन्दिरको मुख्य प्रवेशद्वारको फोटो खिच्दै पर्यटक
यो निर्णयपछि पर्यटकले प्रवेशद्वार पुगेरै भित्रको पनि फोटो खिचेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए। तलेजुभित्र क्यामरा, मोबाइललगायत प्रतिबन्धित छन्। मूल प्रवेशद्वारसँगै मन्दिरभित्रको फोटो खिच्न नपाइने सूचना टाँसिएको छ।
तर त्यसलाई कसैले पालना नगरेको गुनासो जोशीले गरे। 'तलेजु मन्दिरभित्र फोटो खिच्न पाइँदैन', उनले भने, 'तर मूल प्रवेशद्वारबाट भित्रका सबै फोटो खिच्ने गरिएको छ। यसले गोप्य राख्नुपर्ने आगमको मर्यादा भंग हुन्छ।'
तलेजुका पुजारी नाइके उत्तमांगराज राजोपाध्यायले मन्दिरमा पदस्थापन हुने सबैले आगमभित्रको गोप्यता भंग नगर्ने कसम खाने भएकाले तलेजुभित्रको गोप्यता बचाउन फोटो खिच्ने व्यवस्था हटाउन माग गरे।
'हामीमध्ये कोही नयाँ तलेजुमा पदस्थापना हुँदा भित्रको कुनै पनि गोप्यता भंग गर्दिनँ भनी तीनपटक कसम खानुपर्छ', राजोपाध्यायले भने, 'भंग गरे पञ्चमहापाप गरेसरह मानिन्छ। त्यसैले गोप्य गरिएको ठाउँलाई गोप्य नै राख्नु उत्तम हुन्छ।'
मूल प्रवेशद्वारबाट कुमारीचोकस्थित दसैंघर, ऐतिहासिक श्रीखण्ड झ्याल, मूलचोकको दक्षिण ढोकासँगै मूलचोकस्थित बाहिरी भित्ताहरूमा लेखिएका तन्त्रमन्त्रयुक्त भित्तेलेखन स्पष्टै देखिने तलेजुका पुजारी पद्मलोचन कर्माचार्यले बताए।
'तलेजु मन्दिर आगम हो, आगमका धेरै कुरा गम गर्न हुँदैन', कर्माचार्यले भने, 'तलेजु आगमलाई गोप्य नै राखेर यसको गरिमा र महत्त्व बढाउनुपर्छ।'
स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख इन्जिनियर मोहनकृष्ण श्रेष्ठले सर्वदलीय बैठकमा तलेजु प्रवेशद्वारसम्म खुला गर्ने मौखिक सहमति भएको जानकारी दिए।


'कुनै निर्णय गरेर फोटो खिच्न खुला गरिएको होइन', उनले भने, 'त्यसले हानि गर्ने देखिए प्रतिबन्ध लगाउन सकिन्छ।' पहिले मूल प्रवेशद्वार वरिपरिसमेत फोटो खिच्न प्रतिबन्ध थियो।
Source: http://annapurnapost.com/en/news/social/3300/%25E0%25A4%25A4%25E0%25A4%25B2%25E0%25A5%2587%25E0%25A4%259C%25E0%25A5%2581%25E0%25A4%2595%25E0%25A5%258B-%25E0%25A4%2597%25E0%25A5%258B%25E0%25A4%25AA%25E0%25A5%258D%25E0%25A4%25AF%25E0%25A4%25A4%25E0%25A4%25BE-%25E0%25A4%25AD%25E0%25A4%2582%25E0%25A4%2597-%25E0%25A4%25B9%25E0%25A5%2581%25E0%25A4%25A8%25E0%25A5%2587-%25E0%25A4%259A%25E0%25A4%25BF%25E0%25A4%25A8%25E0%25A5%258D%25E0%25A4%25A4%25E0%25A4%25BE.htm