Tuesday, June 26, 2018

Rajopadhyaya in News: स्वर्गिय उस्ताद जलेशानन्द र धर्मानन्द राजोपाध्याय संगीत स्मृति प्रतिष्ठानको अध्यक्षमा सुदर्शन राजोपाध्याय्




असार ९ – संगितका विभिन्न विधाको उत्थानको लागि गठित  स्वर्गिय उस्ताद जलेशानन्द धर्मानन्द राजोपाध्याय संगीत स्मृति प्रतिष्ठानको अध्यक्षमा सुदर्शन राजोपाध्याय् सर्वसम्मतले चयन हुनु भएको छ । त्यस्तै महासचिवमा   विष्णुधर राजोपाध्याय् , कोषाध्यक्षमा प्रविण  राजोपाध्याय् सहित कार्यकारिणी सदस्यहरूमा शारदा राजोपाध्याय् , वेदिका राजोपाध्याय्मंजरी राजोपाध्याय् रहनु भएको छ ।  संगीत स्मृति प्रतिष्ठानले अाउँदो गुरूपूर्णिमाका दिन सांगितिक कार्यक्रम गर्ने जनाएको छ ।
संगितको विभिन्न विधाको उत्थान सहित प्रतिष्ठानले शास्त्रीय गायन, तबला, सितार, सरोदको प्रशिक्षण पनि दिने स्मृति प्रतिष्ठानले जनाएको छ । रेडियो नेपालमा अनवरत रूपमा तीन दशक कार्यरत स्वर्गिय  उस्ताद जलेशानन्द इसराजबादक हुनुहुन्थ्यो भने स्वर्गिय धर्मानन्द राजोपाध्याय्  शास्त्रीय गायनमा सहप्राध्यापक हुनुहुन्थ्यो । दुर्इ दशकसम्म उहाँले  ललितकला क्याम्पसमा पनि शास्त्रीय गायन सिकाउनु भएको थियो ।
source: http://manigal.com/jaleshandsa-and-dharmanand-razopadhyaya/5198/

Related :

Rajopadhyaya in News : उस्ताद जलेशानन्द र धर्मानन्द राजोपाध्यायको स्मरणमा संगीत स्मृति प्रतिष्ठान गठन गरिने

 https://rajopadhyaya.blogspot.com/2018/05/rajopadhyaya-in-news_19.html

कीर्तिराजानन्द उपाध्यायलाई "राजोपध्ययाय" भन्ने राजगुरुको पदवी प्रदान ...






कीर्तिराजानन्दको  बंशवृक्ष 

Sunday, June 3, 2018

Rajopadhyaya in news : प्रगतिशील संगीत श्रष्टा सम्मान साँझ आयोजना गरिने


प्रगतिशील संगीत श्रष्टा सम्मान साँझ आयोजना गरिने
indepthnepal.com/प्रगतिशील-संगीत-श्रष्टा

May 31, 2018





ने.सं. ११३८ अनलागा दुतिया । जेठ १७, २०७५ । मे ३१, २०१८
राजेश बज्राचार्य, ललितपुर

अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित राजसंस्थाको बिरुद्ध भएका विभिन्न आन्दोलनहरुमा साहित्य, गीत संगीतको माध्यमबाट संगीत साधकहरुले गरेका संघर्षको र योगदानको प्रतिकात्मक सम्मान कार्यक्रमका रुपमा आउँदो असोजमा प्रगतिशील संगीत श्रष्टा सम्मान साँझको आयोजना गरिने भएको छ ।

आम नागरिक, संगीतकर्मी, प्रगतिशील संगीत साधक र परिवर्तनको उद्देश्यले आन्दोलनमा होमिने हरेक सामाजिक, राजनैतिक अभियन्ताले समेत यस सम्मानको अपनत्व महसूस गर्न सकोस् भन्ने उद्देश्यले यो सम्मान नागरिक स्तरबाट गर्न गर्न खोजेका छौं ।’ कार्यक्रमको प्रेस बिज्ञप्ति जारी गर्दै सम्मान साँझ समारोह समितिका संयोजक बिराजकाजी राजोपाध्यायले भने, ‘देशमा परिवर्तन ल्याउन संघर्र्षरत रहेका प्रत्येक प्रगतिशील संगीत साधकलाई राज्यले सम्झिनुुपर्ने तथा उचित सम्मान गर्नुपर्ने धारणासहित राज्यको ध्यानाकर्षण गराउन पनि यो सम्मान कार्यक्रम आयोजना गर्न लागिएको हो ।’

लोकतान्त्रिक गणतन्त्र स्थापना अगाडी प्रगतिशील संगीतका रुपमा चर्चा पाएका समूहहरु सो समयमा देशमा विद्यमान विकृति, विसंगती विरुद्ध जति सक्रिय थिए, त्यो संख्या सायद अहिले घटेको हुन सक्छ, शैली फेरिएको हुन सक्छ । तर प्रगतिशील शब्द आफैमा निरन्तर संघर्षको प्रतिक रहेको र यसले ब्यक्तिको बिचारधारा अनि जीवनशैलीसँग सम्बन्ध राख्ने मान्यताका प्रगतिशील संगीत साधक हुन् पाटनका अमरराज शर्मा राजोपाध्याय ।’ समारोह समितिका सल्लाहकार मध्येका बीर प्रसाद भन्सारीले भने ।

विशेषतः ३२ सालदेखि ४६ सालताका लोकतान्त्रिक र प्रगतिशील बिचारधाराले आमूल परिवर्तनकालागि आफ्ना युवावस्था सुम्पेका ललितपुरका प्रगतिशील समूहहरुको सम्मान गर्न हामी युवाहरुको सक्रियतामा प्रगतिशील संगीत श्रष्टा अमर राज शर्मा सम्मान साँझ २०७५ को आयोजना गर्न लागेका हौं ।’ सम्मान साँझ समारोह समितिका सहसंयोजक आकाश राजोपाध्यायले भने ।

कार्यक्रमलाई ब्यापक बनाउन आयोजक समितिले सो समयका सक्रिय संगीतकर्मी, राजनैतिक ब्यक्तित्व तथा सामाजिक र व्यवसायिक क्षेत्रका १० जना ब्यक्तित्वहरुलाई समेटेर सल्लाहकार समिति गठन गरिएको आयोजक समितिले बताएका छन । सल्लाहकारहरुमा तात्कालिन ब्वाला समूहका बदन राज शर्मा, किर्तिपुरका बीर प्रसाद भन्सारी, भुवनेश्वर प्रसाद जोशी, ईश्वर जोशी, धन बहादुर गोपाली, भक्तपुरका रंगकर्मी राजेन्द्र शाक्य रहेका छन । त्यसैगरि ज्यापू समाजका पूर्व अध्यक्ष कुलाल डंगोल, साँस्कृतिक क्षेत्रका संजयराज शर्मा, सामाजिक तथा व्यवसायिक क्षेत्रका अजरमान जोशी, कृष्णलाल महर्जन लगायत रहनु भएको छ ।
प्रगतिशील संगीत श्रष्टा अमरराज सम्मान समारोह समितिको आयोजना
मा हुने उक्त कार्यक्रम आउँदो असोज १९ गते पाटन दरबार क्षेत्रको भण्डारखाल बगैंचामा हुनेछ । उक्त कार्यक्रमको तयारी तथा महत्व उजागर गर्न जेठ मसान्त देखि नै विभिन्न गीत संगीत सम्बन्धि गोष्ठीहरुको आयोजना पनि गरिने आयोजकले बताएका छन ।

को हुन प्रगतिशील संगीतकर्मी अमर राज शर्मा राजोपाध्याय ?
२००९ सालमा इसराज वादकका रुपमा चर्चित उस्ताद बुवा जलेशानन्द राजोपाध्याय र आमा ऋद्धेश्वरी राजोपाध्यायको कोखबाट गाःबहाल ललितपुरमा जन्मेका अमरराज शर्मा राजोपाध्यायको वाल्यकाल आफ्नो परिवारमा छाउने सांगितिक माहौलभित्रका कलमवाज, गलावाज र कलावाजहरुमाझ बितेको थियो । युवावस्थामै नेपाली गीत संगीत मार्फत क्रान्तिका निम्ति भैरहेको युगको पुकारलाई जागृत गराउनु पर्छ भनेर निरन्तर लागेका यीनको संगीतप्रेम, शब्दभाव र प्रगतिशील बिचार अनि जीवनशैलीलाई केलाउने हरकोहीलाई यीनी एक साँस्कृतिक योद्धा पनि हुन भन्न कर लाग्छ ।

तत्कालीन समयमा नेपाली संगीत जगतमा देखिने पौराणिक संगीतको शुद्धतालाई मात्र अंगाल्ने शास्त्रीय संगीतकार र पश्चिमेली बाद्ययन्त्रहरुको अन्धाधुन्ध प्रयोगका्े पक्षपातीहरुबीच अमरराज शर्मा राजोपाध्यायको सांगितिक बिचारधारालाइ मध्यममार्गी गीत संगीतका श्रष्टाका रुपमा पनि चिनाउन सकिन्छ । युवावस्थामा बिद्रोही बिचारधाराले लेस रहेर पनि हारमोनियम र तबलाको सुरतालका महत्व बुझेका यीनले समयसापेक्ष रुपमा क्रान्तिप्रति आममानिसको ध्यान आकर्षित गर्न आधुनिक गिटार र सिमित श्रोतलाई प्रयोग गर्न भुसिया अनि धाः धिमे र मट्टिटेलको खाली ध्वांगसमेतलाई ड्रमसेटका रुपमा प्रयोग गर्नसक्थे ।

समूहको शक्तिमा सदैव विश्वास गर्ने उनी उक्त समयमा ती नवीन प्रयोगको स्मरणमा आफ्ना प्रगतिशील संगीत यात्राका सहयात्री पौरुषधर बज्राचार्यलाई अनि ब्वाला समूहका अन्य साथीहरुलाई उत्तिकै योगदान रहेको मान्छन । तरुण उमेरमा थानकोटमा रहँदा त्यहाँको झरनाको गुञ्जनबीच आफ्नो सुर अभ्यास गर्ने, जागरण नाटक लेखन, संगीत भर्ने र निर्देशन लगायत विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहेका थिए ।

आफ्नो राजनैतिक चेतनालाई सामाजिक वस्तुस्थिति अनुरुप त्यहाँ उनले आफ्नै लेखन र निर्देशनमा विभिन्न नाटक प्रदर्शन गर्दै प्रगतिशील विचारधारा स्थापित गराए । यथास्थितिलाई पटक्कै नरुचाउने यिनको जीवन ६ दशक कटिसकेर पनि आफ्ना हरेक कार्यलाई अझैपनि प्रगतिशील धार दिन रुचाउँछन । युवावस्थामा युवा जागृति समाजका संस्थापक रहनुभएका उनी हाल सामाजिक रुपमा धार्मिक कर्मकाण्डमा अल्झिएर पनि आफ्नो समाजलाई अग्रगमन र युवापुस्तालाई सांगठनिक विकासको बाटो हिंडाउनुपर्छ भनेर अझै सक्रिय रहेका छन ।

विभिन्न प्रयोगवादी अनुभव बोकेका यीनको बहुआयामिक व्यक्तित्वले आफ्नो समाजमा रहेको भक्तिसंगीतका गतिविधि देखि भेष बदलेर टोलटोलमा प्यारोडी प्रस्तुतिका जागरण काल अनि ४६ सालपछिको छाएको राजनैतिक नैराश्यतालाई पनि प्रेमगीत संगीत सिर्जनाका माध्यमबाट दुःखमै पनि जीवन बाच्नुपर्छ भन्ने भाव जगाइरहे ।

संगीतलाई नै जीवनको अभिन्न अंग बनाएका यीनले २०३४ सालमा ललितपुर जिल्लाब्यापी संगीत प्रतियोगितामा उत्कृष्ट गायन, २०३५ सालको प्रतियोगितामा उत्कृष्ट संगीत, अन्तर क्याम्पस नेपालभाषा संगीत प्रतियोगिता, २०५८ सालमा न्यू टालेन्ट अवार्डमा उत्कृष्ट स्वर जस्ता पुरस्कार बिजेता अनि नेपालभाषा एकेडेमीबाट दान्यहिरा सिरपाः, नेवाः जागरण मञ्च लगायतका संस्थाबाट पनि सम्मानित भइसक्नुभएको छ ।

नेपालभाषा गीतसंगीत र अडियो भिजुअल क्षेत्रमा पेज थ्री म्युजिक अवार्ड पनि हात पारेका यीनै अमरराज शर्मा राजोपाध्यायको संघर्षमय जीवनको भने यथेष्ट चर्र्चा भएको पाइन्न । उनीसँगै प्रगतिशील साधकहरुलाई राज्यबाट जुन प्रकारले सम्मान र संरक्षण दिइनुपथ्र्यो, त्यो पनि भएको देखिँदैन ।

यीनै अमरराज शर्मा राजोपाध्यायको यिनै श्रृजना, साधनाको कदर स्वरुप प्रगतिशील संगीत स्रष्टाको रुपमा अमरराज शर्मा राजोपाध्यायलाई सम्मान गर्न लागिएको हो । ललितपुरको पाटनमा विशेष योगदान रहेका यीनलाई विभिन्न क्षेत्रका ब्यक्तित्वहरु सल्लाहकार रहेको तथा विभिन्न क्षेत्रमा कार्यरत युवाहरु संगठित भई नागरिक स्तरबाट गठित यस प्रगतिशील संगीत श्रष्टा अमर राज शर्मा सम्मान समारोह समितिबाट गर्न लागिएको हो ।