Wednesday, January 13, 2016

Rajopadhyaya in news : नरसिंह पूजामा शान्तिको कामना

२०६१ सालमा नरसिंह जात्राको संचालनको पालो मेरा पुज्यनीय पिता श्री सूर्यचन्द्रानन्द राजोपाध्यायको  थियो l  वहाँले उक्त जात्राको बारेमा  अन्नपूर्ण  र कान्तिपुर दैनिक मा छापिएका  समाचारहरु  संकलन गर्नु भएको रहेछ l  समाचारमा हातैले पत्रिकाको नाम र मिति उल्लेख गर्नु भएको  छ l २०७२ पौष २८ गते एउटा डायरी भित्र यी सामाग्रीहरु फेला परेका थिए l  
-बिमल 
bimalsharma@gmail.com



Monday, January 11, 2016

Rajopadhayaya in News : माघ २ गते नाकाबन्दीको रहस्य खुल्ने

माघ २ गते नाकाबन्दीको रहस्य खुल्ने  | 

  Published: January 12, 2016  |  मंगलवार 28 पुष, 2072                                                                  


काठमाडौं, पुस २८ । आउँदो माघ २ गते ललितपुरको स्टाफ कलेजस्थित हलमा नाकाबन्दीको रहस्य खुल्ने भएको छ । ललितपुरको ताम्राकार तथा राजोपाध्याय समाजले संयुक्त रुपमा आयोजना गरिने चलचित्र प्रदर्शनीको विशेष कार्यक्रममा नाकाबन्दीको रहस्य खुल्ने भएको हो ।

नेपाली ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ द लिजेन्ड अफ कीर्तिलक्ष्मीकोविशेष प्रदर्शनीमा तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुरमा गरेको नाकाबन्दीको रहस्य खुल्ने आयोजकले जनाएको छ ।

अठारौं शताब्दीको पुर्वाधमा शाहले कीर्तिपुर आक्रमण गरेको विषयबस्तुलाई चलचित्रमा कीर्तिपुरमा प्रस्तुत गरिएको छ भने सो चलचित्रमा युद्ध पश्चात नाकाबन्दी गरेर विजयी गरेको थियो ।

युवा निर्देशक प्रदीप खड्गीले निर्देशन गरेको चलचित्रमा अढाई सय वर्ष अगाडीको पृष्ठभूमि देखाउन खोजिएको छ । स्वर्गिय बासु पासाद्वारा रचित भैरवसिंह नामक उपन्यासमा आधारित गरी निर्माण गरिएको कीर्तिपुर चलचित्रमा इतिहासले लुकाइएका पात्रहरु समेतलाई प्रस्तुत गरिएको निर्देशक खड्गीले जानकारी दिए ।

‘कतिपय घटना तथा महत्वपूर्ण पात्र इतिहासमा हराएका छन्, त्यसलाई आमदर्शकसामु देखाउने प्रयास कीर्तिपुरले गरेको छ’ निर्देशक खड्गीको भनाई छ ।

त्यस्तै, ऐतिहासिक चलचित्र हचुवा नभएको तर्क गर्छन् चलचित्रका कला निर्देशक केके मानन्धर । विगत ८ वर्ष देखिको निरन्तर अध्ययन, अनुसन्धान तथा सम्बन्धित विज्ञसँगको सहकार्यमा ऐतिहासिक चलचित्र निर्माण गर्न सफल भएको मानन्धरले जिकिर गरे ।

समयको बदलावसँगै ऐतिहासिक विषयबस्तुलाई हुबहु देखाउनु चुनौतीपूर्ण भएर पनि भिडियो सम्बन्धिको आधुनिक प्रविधिको प्रयोगले चलचित्र निर्माण गर्न सफल भएको कार्यकारी निर्माता विरेन्द्र ताम्रकारले बताए ।

९० प्रतिशत भिडियो ऐनिमेसन तथा लाइभ एक्सन ऐनिमेसन प्रविधि प्रयोग गरिएको भएर यो चलचित्र नेपाल मै सम्भवतः पहिलो सबभन्दा बढी एनिमेसन गरिएको चलचित्र हो ।

‘कीर्तिपुर’ द लिजेन्ड अफ कीर्तिलक्ष्मीलाई संचार मन्त्रालय अन्तर्गतको सेन्सर बोर्डले तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहको विषयमा निर्माण गरिएको भएर ४ महिना सम्म चलचित्र सेन्सर गर्न आनाकानी गरेको थियो ।
लामो समयको अध्ययन तथा तयारी पश्चात २०६९ सालबाट सुटिङ सुरु गरिएकोमा चार वर्ष पछि बल्ल चलचित्र निर्माण सम्पन्न भएको छ । चलचित्र निर्माण टोलीले गोरखा, नुवाकोट, भक्तपुर, कीर्तिपुर तथा काठमाडौंका फरक ठाउँमा सुटिङ गरेको थियो ।

फोकस पिक्चर्सको व्यानरमा निर्माण गरिएको चलचित्रलाई प्रदीप खड्गीले निर्देशन गरेका छन् । त्यस्तै कला निर्देशन केके मानन्धरले गरेका छन् । चलचित्रमा भी.एफ.एक्स सुपरभाइजर सन्तोष के.सी तथा उनको टोलीले भिडियो एनिमेशन पक्ष हेरेका छन् ।

चलचित्रमा हिसिला महर्जन, मणि लवट, यशराज गराच, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, सञ्जय शर्मा, सुन्दरलाल श्रेष्ठ, सुरवीर पंडित, सुशील राजोपाध्याय, अन्जला नकर्मी, विनोद श्रेष्ठ, उदय श्रेष्ठ लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ ।

हरिशरण साय्मिको संगीत रहेको चलचित्र ‘कीर्तिपुर’ द लिजेन्ड अफ कीर्तिलक्ष्मीका कार्यकारी निर्माता विरेन्द्र ताम्रकार हुन् भने निर्माता क्रमशः प्रेम खड्गी तथा अनन्तकुमार श्रेष्ठ हुन् ।

चलचित्रमा उदय श्रेष्ठले द्वन्द्व निर्देशन गरेका  छन भने अमृत मरहट्ठा तथा दीपसन परियारले श्रृङ्गार पक्ष हेरेका छन् । करिव आधा करोडको लगानीमा निर्माण गरिएको चलचित्रमा शंकर महर्जन तथा नवीन जोशीले क्यामरा चलाएका छन् ।
Source: http://www.imagekhabar.com/samachar/detail/57387/33/.shtml