Sunday, January 18, 2015

Rajopadhyaya in News : जीवन जस्तै जीवनका चित्र

जीवन जस्तै जीवनका चित्र

Jeevan-1-_Nature-1_-30X30-in_-US_-715
मनोरञ्जन गुरागाईं । 
लोकसेवामा सोधिने नाम भएका छन् उनी ।
लोकसेवा आयोगका विद्यार्थिहरुले केही वर्षदेखि एउटा प्रश्न र त्यसको जवाफ संझनु पर्ने भएको छ । प्रश्न हो, – छैटौं बृहत्त राष्ट्रिय खेलकुदको लोगो कस्ले बनाएको हो ? यस प्रश्नको जवाफ मिलाउन जीवन राजोपाध्यायको नाम लिनै पर्ने हुन्छ । अन्यथा जवाफ गलत हुन्छ ।
jeevan rajopadhyay
अर्थात जीवन राजोपाध्याय लोक सेवा आयोग दिने विद्यार्थिका प्रश्न र जवाफ वनेका छन् । लोगो डिजाइनमा सिद्धहस्त जीवन सम्पूर्णखाले डिजाइन कलामा समेत उत्कृष्ट नाम हुन् । तर उनको खास परिचय भने आधुनिक चित्रकला क्षेत्रमा स्थापित छ ।
भर्खरै बबरमहल स्थित आर्ट काउन्सिल हलमा सम्पन्न एउटा सामूहिक चित्रकला प्रदर्शनीमा जीवनका चित्र प्रदर्शनमा राखिएका थिए । अर्धमूर्तवाट अघि बढेर अमूर्तकला तर्फ जाँदै गरेका उनका कला मनमोहक लाग्छन् । वास्तवमानै उनले चलाउने रंग फरक छ । रंगले नै उनी आफ्नो परिचय बाँडिरहेका छन् ।
साधनाले कलाकारलाई खार्दै लान्छ । उनका कला हेर्ने हो भने साधना, मेहनत र सृजना प्रष्टसँग झल्कन्छन् । प्रदर्शनीमा राखेका उनका कला उम्केलान् भनेर खरिद गर्न आउने कलेक्टरहरु पनि बढ्दै गरेको बुझिन्छ । आर्ट काउन्सिल स ञ्चालक समितिका सदस्य समेत रहेका जीवन बरिष्ठ कलाकार लैनसिंह बाङदेलका चेला समेत हुन् । न्यूआर्ट सर्कल र सोमा (सोसाइटी अफ मोर्डन आर्ट) मा आबद्ध उनी मुलुकका थोरै आधुनिक चित्रकारहरुको गन्तीमा समेत पर्न थालेका छन् ।
सरल, लगनशील, मिलनसार उनी क्यानभाष मार्फत जीवनको परिभाषा गर्छन् । तर आफ्नो सरल जीवन र लोकसेवामा सोधिने प्रश्नको जवाफ जस्तो चाहिं सरल छैनन् उनका क्यानभाष । उनको प्रस्तुति छाम्न कलाको मर्म गहिराईमा नै पुगेर अनुभव गर्न सक्नु पर्छ ।

Saturday, January 17, 2015

Rajopadhyaya in News: संगीतकार अमर राज सम्मानित

संगीतकार अमर राज सम्मानित
·        Posted: Saturday, Jan 17, 2015 09:56 AM
संगीतकार अमर राज सम्मानित
काठमाडौं, माघ ३- नेवार अधिकार सुनिनिश्चत गर्ने उद्धेश्य लिएर  नेवा जागरण सांस्कृतिक कार्यक्रम भएको छ । नेवा जागरण मञ्चको नेवा जागरण संकिपा समितिको आयोजना भएको जागरण कार्यक्रममा भृगुराम श्रेष्ठ, बदन शर्मा, अमर राज शर्मा , वीर प्रसाद भन्सारी लगायतका जनसांस्कृतिक कलाकारहरुले जागरण गीत  प्रस्तुत गर्नेु भएको थियो।
त्यस्तै कार्यक्रममा संगीतको माध्यमबाट जागरण फैलाउन लामो समयदेखि भूमिका खेलिरहनु भएका संगीतकर्मी अमर राज शर्मा राजोपाध्यायलाई संकिपा समितिले सम्मान गरेको थियो।
नेपाल सम्वतको नयाँ वर्ष  ११३५ को अवसर जागरण कार्यक्रम भएको हो ।




Wednesday, January 14, 2015

अगिंमथय् अग्निहोत्री जुइधुंकूपिं बाज्यापिनि धलः

अगिंमथय् अग्निहोत्री जुइधुंकूपिं बाज्यापिनि धलः
अग्निहोत्री जुयावंपि
The following is the list of Agnihotrī Rājopādhyāyas at the Agniśālā Temple अग्निशाला मन्दिर (or alternatively Agnimaha Temple अग्निमठ, orAgi(n)matha अगिंमथः in Nepāl Bhāā) situated at Thabu Tole, Lalitpur Sub-Metropolitan City - 19, Nepāl. The compilation has been made from two books, cited below individual tables.
List of Agnihotrīs at Agniśālā (NS 772 - 959)
क्र.सं.
अग्निहोत्री बाजेको नाम
कवल
मिति (ने.सं.)
कैफियत
दामोदर (राजोपाध्याय)
७७२
देहान्त ८००
हरिनाथ (राजोपाध्याय)
८०१
कलश पूजा याय् धुंका अग्निशालाय् दुहांवने मलाय्क मन्त
रामभद्र (राजोपाध्याय)
८०२
त्रिविक्रम (राजोपाध्याय)
वलानिम्ह
८०४, ८०९ (?)
चक्रपाणि शर्मा (राजोपाध्याय)
८७५
लक्ष्मीधर (राजोपाध्याय)
स्वनिम्ह
८७६
गडाधर (राजोपाध्याय)
स्वनिम्ह
८८९
सुखभाजु (राजोपाध्याय)
वलानिम्ह
८९५
अनन्तनारायणोपाध्या
९५९








शर्मा, ऐश्वर्यधर । (२०४१) । अगिंमथःया ऐतिहासिक सामग्री (The historical materials relating to Agnimath)। काठमाडैाँ: पुष्पाञ्जली-प्रकाशन-गोष्ठी ।





List of Agnihotrīs at Agniśālā

क्र.सं.
अग्निहोत्री बाजेको नाम
अग्निहोत्री बज्यैको नाम
कुल
अवधि (वि.सं.)
कैफियत
र्इश्वरानन्ददेव शर्मा
इन्द्रायणीदेवी शर्मा
वकनिम्ह
शक्तिशङ्करदेव शर्मा
ज्वालावती देवी शर्मा
स्वनिम्ह
लक्ष्मीकान्तदेव शर्मा
पूर्णकुमारी शर्मा
स्वथ
विमलाकान्तदेव शर्मा
सरस्वति शर्मा
स्वथ
रत्नज्वालानन्ददेव राजोपाध्याय
पद्ममाया शर्मा
पट्को
भुवनराजानन्ददेव शर्मा
सिद्धिलक्ष्मी शर्मा
वकनिम्ह
कुसुमधरदेव शर्मा
डमरुलक्ष्मी शर्मा
रत्नेश्वरी शर्मा
वलानिम्ह
महेश्वरराजानन्ददेव राजोपाध्याय
कान्छीदेवी शर्मा
वकनिम्ह
डेढ वर्ष
विश्वज्वालानन्ददेव राजोपाध्याय
विश्वम्भरेश्वरी शर्मा
खाछेँ (?)
१०
सहज्वालानन्द देव राजोपाध्याय
रत्नप्रभा शर्मा
पट्को
२०२६-२०३१
११
गुरुज्वालानन्ददेव राजोपाध्याय
बाबानानी शर्मा
पट्को
२०३१ - २०३७
१२
विष्णुज्वालानन्ददेव राजोपाध्याय
त्रिभुवनेश्वरी शर्मा
अनन्तेश्वरी शर्मा
पट्को
२०३८ - २०६०
१३
कविजानन्ददेव राजोपाध्याय
भवानीमङ्गला शर्मा
पट्को
२०६१ - २०६३
१४
पद्मराज राजोपाध्याय शर्मा
सानुमैंया राजोपाध्याय
स्वनिम्ह
२०६३ - २०६९
१५
विपेन्द्रराज राजोपाध्याय
कमलादेवी राजोपाध्याय
स्वनिम्ह
२०६९ निसें आतक
श्रेष्ठ, निजिरोस । (२०७०) । यलया अगिंमथ । ललितपुरः विजय प्रकाशन । पृ. ४१-४२ ।