Wednesday, November 12, 2014

Rajopadhyaya in News : राजोपाध्याय समाजको साधारण सभा

राजोपाध्याय समाजको साधारण सभा

नेपालसमाचारपत्र
काठमाडौं
राजोपाध्याय समाजको प्रथम साधारण सभा हालै सम्पन्न भएको छ। सो अवसरमा २०७० सालको एसएलसी परीक्षामा उत्तीर्ण विद्यार्थी एवम् आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।
कार्यक्रममा राजोपाध्याय समुदायभित्रबाट प्रथम मेडिकल डाक्टर बन्न सफल डा. आदित्य सुवेदी राजोपाध्याय र समाजबाट सर्वप्रथम विद्यावारिधिअर्थात् पीएचडी गर्नुहुने स्व. दीपककान्त राजोपाध्यायलाई मरणोपरान्त सम्मान गरिएको थियो। सम्मानित विद्यार्थी एवम् व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख अतिथि ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले खादा ओढाई सम्मानपत्र प्रदान गर्नुभएको थियो।

सोही कार्यक्रममै
मृगेन्द्रराज सुवेदी राजोपाध्यायद्वारा लिखित अनुसन्धानात्मक पुस्तक तन्त्रमा नेवारको पनि विमोचन गरिएको थियो। विमोचित पुस्तकका लेखक मृगेन्द्रराज सुवेदी राजोपाध्यायले आफूले उक्त पुस्तक किन लेख्नुपर्यो भन्ने विषयमा र पुस्तकमा संकलित सामग्रीहरूबारे प्रकाश पार्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रजिअ श्रेष्ठका साथै ताम्राकार समाजका सचिव विनोद ताम्राकार, ज्यापु समाजका अध्यक्ष मंगल महर्जन, स्यस्यः समाज ललितपुरका अध्यक्ष केदारलाल श्रेष्ठ तथा जोशी समाज ललितपुरका अध्यक्ष वेदराज जोशीले समाज र देशको विकासका लागि एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो। सम्मान कार्यक्रम पश्चात् बन्द सत्रमा समाजका महासचिव
सञ्जय शर्मा राजोपाध्यायले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा छलफल भयो भने समाजका कोषाध्यक्ष जयन्ती शर्मा राजोपाध्यायले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। आर्थिक प्रतिवेदनमा उठेका जिज्ञाशाहरूको समाजका अध्यक्ष वदन ज्वालानन्दले उत्तर दिनुभएको थियो। कार्यक्रममा अध्यक्ष वदन ज्वालानन्द राजोपाध्यायको सभापतित्वमा भएको थियो
Published Date: November 13, 2014

Source: http://www.newsofnepal.com/new/nepal/2014/11/75089
This was also published in "Nepal Samachar Patra" daily , Nov. 13, 2014 (२०७० कार्तिक २७ ) page no. 9