Sunday, August 26, 2012

बिश्वनाथ उपाध्याय र जावालाखेल चिड़ियाघर स्थित पोखरी

आज मेरो बिदाको दिन घरमा थिए l   मेरी जीबन संगिनी दिपना ले ललितपुरवाट प्रकाशित हुने बर्ष ४ अंक ३  मिति २०६९ भाद्र ४ गतेको साप्ताहिक  अनलाइन पत्रिका मेरो हातमा दिदै  भनिन "यसमा राजोपाध्याय  ब्लगको लागी उपयुक्त  सामग्री छ लौ आफै पत्ता लगाउनु l "  पत्रिकामा प्रकाशित समाचारहरुको हेडिंग वाट  पत्ता  लगाउने  प्रयाश गरे तर मेरो अनुमान भन्दा बिपरीत पहिलो  पृष्ठमा प्रकाशित  भ्रस्टाचारको  समाचार होला   भनेको  समाचारनै  यस ब्लगको लागी उपयुक्त  रहेछ यस समाचारमा राजोपाध्यायको पुर्खा तथा मल्ला राजा सिद्दिनरसिंह मल्लका गुरु बिश्वनाथ उपाध्याय र जावालाखेल  चिड़ियाघर स्थित पोखरीको बारेमा उल्लेख गरिएको छ तपाई पनि पढने की .......








Thursday, August 16, 2012

"गिरिन्द्र राज राजोपाध्याय: व्यक्ति एक आयाम अनेक"


मलाई आजकल मेरा (राजोपाध्याय)  पुर्खाहरुका बारेमा थाहा पाउने अभिलाषा जागेको छ l मेरा पुर्खाहरुको कारण नै म आज छु l मेरा पुर्खाहरु के कस्ता थिए? उनीहरु का पौरख, बिद्वातता र परिचय के कस्ता थिए ? हामीले आफ्ना पुर्खाहरु प्रति गौरब गर्ने बिषय के के छन् ? यस्ता बिषयमा आधिकारिक रुपमा जानकारी पाउन  सजिलो छ जस्तो मलाई लागेन l मेरी हजुरआमा स्वर्गीय गोपीमैया राजोपाध्यायले दन्त्य कथाका रुपमा केहि  कुराहरु सुनाउनु भएको थियो तर अहिले सम्झना भएन l हाम्रा भावी सन्ततिलाई हाम्रा पुर्खाहरुका बारेमा हामीले के बताउने? के जानकारी गराउने? हाम्रा पुर्खाहरुको योगदानका बारेमा कसरी जानकारी गराउने? के आज पनि हामीले दन्त्य कथा मै सिमित राख्ने? 

 यस बिषयमा हाम्रो (राजोपाध्याय) विभिन्न भेटघाट तथा कार्यक्रमहरुमा मैले यो बिषय उठाउने गरेको छु   l   हामी संग सम्बन्धित विभिन्न जात्रा, गुठी, पूजा पर्व आदि मनाउदा अथवा सम्पन्न गर्दा यी कार्यहरुका बारेमा बिस्तृत अध्ययन पनि गरिनु  पर्यो  l  यी कार्यहरु कहिले देखि शुरु भएको हो ? कसले, किन शुरु गरिएको हो ? यसमा हाम्रा पुर्खाहरुको के कस्ता योगदान रहेको छ ? इत्यादी बिषयमा अध्ययन हुन सके हामीले गर्दै आईरहेका कार्यहरुको महत्व अझै  बढ्ने बिषयमा दुइमत नहोला जस्तो मलाई लागेको छ  l  

मल्ल कालका हाम्रा पुर्खा श्री विश्वनाथ उपाध्याय र हरिबंश उपाध्यायका बारेमा थोरै भए पनि जानकारी अधिल्लो सामग्री (http://rajopadhyaya.blogspot.com/2012/08/blog-post_14.html) बाट पायौ यस्तै प्रकारका अन्य थप सामग्रीहरुका बारेमा खोजी गरिरहे थिए, मेरी जीवन संगिनी दिपनाले एउटा पुस्तक दिईन l उक्त पुस्तक नेपाल साहित्य मन्दिर भक्तपुर का निम्ति राजोपाध्याय परिवारद्वारा  मिति २०६६ फाल्गुन २४ गते प्रकशित पृष्ठ ७४ को " गिरिन्द्र राज राजोपाध्याय: व्यक्ति एक आयाम अनेक"  शिर्षकको  रहेछ l  हामीले एक पटक  पढ्नै  पर्ने पुस्तक रहेछ यो   l यो पुस्तकको  बारेमा म धेरै चर्चा नगर्दै यसका बिषयबस्तुहरु यहाँ प्रस्तुत गरेको छु ...... 








Tuesday, August 14, 2012

बिश्वनाथ उपाध्याय र हरिबंश उपाध्याय




कृष्ण जन्माष्टमीको  भोली पल्ट आमाले एउटा पुस्तक दिनु  भएको थियो  l  यस्सो हेरेको त श्री माणिक रत्त्न शाक्य द्वारा नेपाल भाषामा लिखित "कृष्ण देग:या शिलालेख"  शीर्षककको  पुस्तक  रहेछ   l   
     

कृष्ण जन्माष्टमीको भोली पल्ट पाटनमा आयोजना गरिएको कृष्ण पूजामा चढ़ाईएको रहेछ  यो पुस्तक तर कसले चढ़ाएको हो थाहा भएन  l  तर जे  भए पनि यस्तो महत्वपूर्ण  पुस्तक चढ़ाउने र लेखकलाई समेतलाई  धेरै धेरै धन्यवाद l  कृष्ण पूजा को अवसरमा  पाटन शहरभरी रहेका २०७  वटा कृष्ण मन्दिर अथवा मुर्तिहरुमा पूजा गर्ने गरिन्छ   l  तसर्थ उक्त  पुस्तक पनि २०७ स्थानमा चढ़ाईएको  हुनुपर्छ   l  २०६५ सालमा प्रकाशित,  १२३ पृष्ठको  यस पुस्तकको मूल्य रु.२००l०० रहेको छ l      

पुस्तक निक्कै उपयोगी र पठनीय छ  l पाटनका  तत्कालीन राजा सिद्धिनरसिंह मल्ल,  कृष्ण मन्दिरको  साथ साथै  मल्ल कालखण्डको बारेको धेरै जानकारी  यस पुस्तकमा समेटिएको छ   l 

यसको साथै राजोपाध्याय का पुर्बज श्री बिश्वनाथ उपाध्याय र हरिबंश उपाध्यायका  बारेमा पनि चर्चा गरिएको छ l यस पुस्तकको बिभिन्न पृष्ठ मा हरिबंश उपाध्याय उल्लेख गरिएता पनि  पृष्ठ ८१ मा  हरिबंश राजोपाध्याय उल्लेख गरिएको छ, तर यसको स्रोत ख़ुलाइएको  छैन l  






















Monday, August 6, 2012

Social Organisation of Rajopadhyaya Brahmans -Gerard Toffin


Thank you Mr.Gerard Toffin for providing this document.




























राजोपाध्याय ब्राम्हणहरुको इतिहास - गेरार्ड तोफ्फिन



यो सामग्री भक्तापुरका श्री बिनोद राज शर्मा ज्यू  ले  उपलब्ध गराउनु भएको हो,  यसका  लागी   rajopadhyaya.blogspot.com  आभार प्रकट गर्दछ