Thursday, August 16, 2012

"गिरिन्द्र राज राजोपाध्याय: व्यक्ति एक आयाम अनेक"


मलाई आजकल मेरा (राजोपाध्याय)  पुर्खाहरुका बारेमा थाहा पाउने अभिलाषा जागेको छ l मेरा पुर्खाहरुको कारण नै म आज छु l मेरा पुर्खाहरु के कस्ता थिए? उनीहरु का पौरख, बिद्वातता र परिचय के कस्ता थिए ? हामीले आफ्ना पुर्खाहरु प्रति गौरब गर्ने बिषय के के छन् ? यस्ता बिषयमा आधिकारिक रुपमा जानकारी पाउन  सजिलो छ जस्तो मलाई लागेन l मेरी हजुरआमा स्वर्गीय गोपीमैया राजोपाध्यायले दन्त्य कथाका रुपमा केहि  कुराहरु सुनाउनु भएको थियो तर अहिले सम्झना भएन l हाम्रा भावी सन्ततिलाई हाम्रा पुर्खाहरुका बारेमा हामीले के बताउने? के जानकारी गराउने? हाम्रा पुर्खाहरुको योगदानका बारेमा कसरी जानकारी गराउने? के आज पनि हामीले दन्त्य कथा मै सिमित राख्ने? 

 यस बिषयमा हाम्रो (राजोपाध्याय) विभिन्न भेटघाट तथा कार्यक्रमहरुमा मैले यो बिषय उठाउने गरेको छु   l   हामी संग सम्बन्धित विभिन्न जात्रा, गुठी, पूजा पर्व आदि मनाउदा अथवा सम्पन्न गर्दा यी कार्यहरुका बारेमा बिस्तृत अध्ययन पनि गरिनु  पर्यो  l  यी कार्यहरु कहिले देखि शुरु भएको हो ? कसले, किन शुरु गरिएको हो ? यसमा हाम्रा पुर्खाहरुको के कस्ता योगदान रहेको छ ? इत्यादी बिषयमा अध्ययन हुन सके हामीले गर्दै आईरहेका कार्यहरुको महत्व अझै  बढ्ने बिषयमा दुइमत नहोला जस्तो मलाई लागेको छ  l  

मल्ल कालका हाम्रा पुर्खा श्री विश्वनाथ उपाध्याय र हरिबंश उपाध्यायका बारेमा थोरै भए पनि जानकारी अधिल्लो सामग्री (http://rajopadhyaya.blogspot.com/2012/08/blog-post_14.html) बाट पायौ यस्तै प्रकारका अन्य थप सामग्रीहरुका बारेमा खोजी गरिरहे थिए, मेरी जीवन संगिनी दिपनाले एउटा पुस्तक दिईन l उक्त पुस्तक नेपाल साहित्य मन्दिर भक्तपुर का निम्ति राजोपाध्याय परिवारद्वारा  मिति २०६६ फाल्गुन २४ गते प्रकशित पृष्ठ ७४ को " गिरिन्द्र राज राजोपाध्याय: व्यक्ति एक आयाम अनेक"  शिर्षकको  रहेछ l  हामीले एक पटक  पढ्नै  पर्ने पुस्तक रहेछ यो   l यो पुस्तकको  बारेमा म धेरै चर्चा नगर्दै यसका बिषयबस्तुहरु यहाँ प्रस्तुत गरेको छु ...... 








No comments:

Post a Comment