Friday, October 26, 2018

Rajopadhyaya in News : आजबाट ढोकाटोलमा एकमहिने कार्तिक महात्म्यको कथा वाचन






कार्तिक महिनामा महिलाहरूले ब्रम्हा मुहूर्तमा स्नान गरेर राधा—दामोदरको पूजा  गर्दा  मोक्ष प्राप्त हुने जिकिर  
काठमाडौं कार्तिक ८, वडा दशैको अन्तिम दिन अर्थात चन्द्रमास अनुसार कोजाग्रत पूर्णिमाको भोलीपल्टबाट सुरु हुने कार्तिक महिना १२ महिनाहरू मध्ये एक महिना हो। यो महिना शरदऋतुको दोस्रो महिना पनि हो । कात्तिक महिना भन्ने वित्तिकै कार्तिक स्नानको प्रसंग आउँछ ।
जुन स्नाको आफैमा ठुलो महत्व रहेको छ । धार्मिक मान्यता अनुसार यस महिनामा स्नान, दान, आदी कार्य गर्दा मोक्ष प्राप्तिको मार्ग पहिल्याउँन सकिने जानिफकारहरु बताउँछन ।
त्यस्तैभर्म शास्त्रमा कार्तिक महिनाको विशेष महत्व उल्लेख गर्दै १२ महिनामा हरेक महिनाको आफ्नैआफ्नै महत्व रहेपनि स्कन्द पुराणले कार्तिक महिनालाइ व्रत र तपको दृष्टिबाट अत्यन्त महत्वपूर्ण महिनाको रुपमा व्याख्या गरिएको छ ।  कार्तिक महिना कल्याणकारी महिना भएको जिकिर गर्दै यसको महिमा उल्लेख गरिएको छ ।हो यी यस्ता धार्मिक महत्वलाइ मनन गर्दै कामपा वडा न.१९स्थित ढोकाटोलमा श्री वाल गोपाल भजन सञ्चालन संस्थाद्दारा एक महिने कार्तिक महात्म्य वाचन कार्यक्रमको आयोजना गरेका छन ।

कथावाचक सुशील राजोपाध्यायको मुखारविन्दुबाट एकमहिना सम्म प्रत्येक दिन हुने कथा वाचन कार्यक्रम हुँने आयोजक संस्थाका उपाध्यक्ष गोपाल मानन्धरले जानकारी दिएका छन। साथै उपाध्यक्ष मानन्धरले कथा वाचन कार्यक्रम आयोजनाका लागि संस्थाका अध्यक्ष अम्विका सिंह महर्जनको अध्यक्षतामा ३१ सदस्यीय मुल समिति र विभिन्न उपसमितिहरु समेत गठन गरिएको बताए ।
यस्तो छ कार्तिक महात्म्यको महत्व :  तुलाराशिमा सूर्यनारायण प्रवेश हुनेबित्तिकै प्रारम्भ हुने कार्तिक महिनाको महत्वको पद्म पुराण र स्कन्द पुराणमा विशेष रूप वर्णन गरिएको छ । कार्तिक महिनामा महिलाहरूले ब्रम्हा मुहूर्तमा स्नान गरेर राधा—दामोदरको पूजा गर्दछन् । यसरी पूजा गर्दा व्रत बस्दा मोक्ष प्राप्त हुने जिकिर गरिएको छ ।  यस विषयमा भगवान् नारायणले ब्रम्हा लाई, ब्रम्हाले नारदलाई र नारदले महाराज पृथुलाई कार्तिक महिना नै सर्वगुण सम्पन्न महात्म्यको सम्वन्धमा बताउनुभएको उल्लेख गरिएको छ ।

जसअनुसार संसारमा सबै मानिस सुख, शान्ति र परम आनन्द चाहन्छन् । कोही पनि यस्ता हुँदैनन, जो आफू र आफ्ना परिवारलाई अशान्ति र दुःख चाहोस् । तर मानिसले बुझ्नपर्दछ कि दुःखबाट मुक्ति कसरी प्राप्त गर्न सकिन्छ । शास्त्रको भनाइअनुसार कार्तिक महिनामा स्नान व्रत जस्ले गर्दछ, उसले संयमका साथ नियमको पालना गर्नुपर्दछ । साथै श्रद्धा भक्तिपूर्वक भगवानको आराधना गर्नुपर्दछ । जसले यसरी नियममा रहेर कार्तिक महिनाभर स्नान व्रत गर्दछ, ऊ सपरिवारले आनन्द प्राप्त गर्ने सवामाल कुनै शंकोच नभएको र यस महिनामा व्रत बस्नेले अमलाको बोट मुनि बसेर भगवान् कार्तिकेयको कथा सुन्नुपर्दछ । साथै कन्या कुमारीलाई भोजन गराई आफूहरू पनि भोजन गर्नु पर्ने बताइएको छ । कार्तिक महिनाभर तुलसीको पूजा, आकाश दीप, पाताल दीप बालेर सेवा गर्नुपर्दछ र यसरी पूजा गरिएको । ठाउँमा यमराजका दूतहरू पनि आउन नसक्ने धर्मसास्त्रमा वर्णन गरिएको पाइन्छ ।

Monday, October 22, 2018

Rajopadhyaya in news: खड्गसहित मानमानेश्वरी मुछेंमा विराजमान



 ०६ कार्तिक २०७५ ०७:१९:००
ललितपुर : सामान्यतया पाटनदरबार परिसरमा रहेको ठूलो घण्टा शान्त रहन्छ। सोमबार दिउँसो भने एक हुल युवाले लगातार ठूलो घण्टा बजाइरहेका थिए। दरबारभित्रको मूलचोकमा कुसुलेबाजा बजिरहेको थियो। नेपाली र विदेशीको बाक्लो भीड देखिन्थ्यो। उनीहरू सबै २४ वर्षपछि सुचारु भएको पायः (खड्ग) जात्रा हेर्न घण्टौंदेखि बसिरहेका थिए।
 त्यसै क्रममा सेतो दौरासुरुवाल र सेतै फेटा गुथेर विधिपूर्वक खड्ग बोकी साम्राज्यदेव श्रेष्ठ बाहिर निस्किए। उनका साथमा थिए अर्का पुजारी जो मानमानेश्वरी भवानी बोकेर पछिपछि आए। मूलचोकमा एकपटक परिक्रमा लगाएपछि मानमानेश्वरी भवानी र खड्गलाई लिच्छवीकालीन मूलघर (मुछें) लगेर विराजमान गराइएको थियो।
चौबीस वर्षसम्म बन्द रहेको यो जात्रालाई ललितपुरको एउटा महत्वपूर्ण जात्राको रूपमा हेरिन्छ। खड्गजात्रा सञ्चालक तथा लिच्छवीकालीन मुछें आँगन गुठीका सञ्चालक साम्राज्यदेव श्रेष्ठले विभिन्न समस्याका कारण जात्रालाई निरन्तरता दिन नपाएको बताए।
उनका अनुसार यो जात्रा पन्ध्र दिनसम्म चल्छ। ‘घटस्थापनादेखि सुरु भएर कोजाग्रत पूर्णिमासम्म यथावत् रहन्छ’, श्रेष्ठले भने। यो जात्रामा सप्तमीको दिन मानमानेश्वरी भवानीलाई खड्गसहित मूलचोकमा भित्र्याइएको थियो। नवमीको राति महालक्ष्मी मन्दिरबाट बाजागाजासहित पाटन दरबार ल्याइयो र विजयादशमीका दिन ठेँचो नवदुर्गाका तर्फबाट मानमानेश्वरी भवानीलाई माल्यार्पण गरिएको थियो। सोमबार भने मानमानेश्वरी भवानीलाई खड्गसहित मुछेंमा विराजमान गराइएको हो। श्रेष्ठले भने, ‘पाटनमा अलि विशेषखालको जात्रा हुन्छ, जहाँ नवदुर्गाले मानमानेश्वरीलाई सम्मान गर्ने चलन छ।
लिच्छवीका सन्तान भएका कारण यो जात्रा गर्ने मुख्य जिम्मेवारी पाएको श्रेष्ठको भनाइ छ। पुजारीहरू भने राजोपाध्याय रहेका छन्। जात्रा सञ्चालन गर्न पनि निकै कठिन रहेको भन्दै उनले घटस्थापनादेखि प्रायः भोको बस्नुपर्ने बताए। ‘कोजाग्रत पूर्णिमासम्म बाहिर खान मिल्दैन’, उनले भने।
यो वर्ष ललितपुर महानगरपालिका, गुठी संस्थान, उद्योग वाणिज्य महासंघ ललितपुर लगायतले खड्गजात्रा सुचारु गर्न सहयोग गरेको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए। लोकप्रिय जात्रा रोकिनुमा आर्थिक समस्या, ठूलो संख्याको उपस्थिति, विभिन्न समुदायको सहभागिता र उनीहरूमा हुने समन्वयको अभाव रहेको भनाइ पौडेलको छ। ‘समूह समूहको माग फरक हुन्छ, कुरै मिल्दैन’, पौडेलले भने।
यसपटक संस्थानका तर्फबाट पूजाका लागि चाहिने एउटा राँगा, एउटा बोका, एउटा हाँस र बाह्र हजार नगद छुट्याइएको थियो। त्यस्तै राँगाको टाउको बोकेर शहर घुमाउनेका लागि ६ सय रुपैयाँ दक्षिणा र पूजाको समयमा ‘का’ वाजा बजाउनेलाई १४ हजार ४ सय रुपैयाँ छुट्याइएको थियो। यो रकम अपुग भएको सञ्चालक श्रेष्ठले बताए।
पाटन दरबारक्षेत्रमा रहेको भीमसेन मन्दिरको पछाडि राजा मानदेवको पालामा बनेको खड्ग राख्ने घर भूकम्पले भत्किएका कारण पूजाविधिका लागि सरसफाइ गरेर अस्थायी ठाउँ बनाइएको जानकारी प्याकुरेलले दिए।
source: http://annapurnapost.com/news/111100

Rajopadhyaya in news : मानमानेश्वरी भवानी खड्ग सहित अाफ्नै अासनमा विराजमान




कार्तिक ६ – ललितपुरको मानमानेश्वरी भवानीलाई खड्ग सहित अाफ्नै अासनमा विराजमान गरिएको छ ।  
पाटन दरबार मूल चोकस्थित बिद्यापिठमा मूछें आगमका पुजारी एवं गुठियार घनश्याम शर्माले चतुर्थी पूजा गरि 
लिच्छविकालीन मानमानेश्वरी भवानीलाई फिर्तियात्रा गराई मूछें आगममा मन्मानेश्वरी भवानीलाई खड्ग सहित 
विराजमान गराउनु भएकाे हाे ।
फिर्तियात्रामा बाजागाजा सहित गुठियार साम्राज्यदेव श्रेष्ठले खड्ग बोक्नु भएको थियाे भने मानमानेश्वरी भवानीलाई 
पुजारी एवं गुठियारहरु उद्धव आचार्य राजोपाध्याय शिवश्याम शर्माले बोक्नु भएको थियो । अरू गुठियारहरु धुपबत्ती 
लिई यात्रामा सहभागी भएका थिए । मानमानेश्वरी भवानीलाई खड्ग सहित विराजमान गराए पश्चात् विधिपूर्वक पूजापाठ
 गरि सम्बन्धित गुठियारहरु, जात्राका सहयोगी संस्थाहरु ललितपुर महानगरपालिका, गूठी संस्थान, ललितपुर उद्योग 
बाणिज्य संघ लगायत अन्य सहयोगी संघसंस्था र ब्यक्तिहरुलाई फूल प्रसाद प्रदान गरिएको हो ।

Sunday, October 21, 2018

Rajopadhyaya in News : २४ वर्षपछि पायो जात्रा

प्रशान्त माली
ललितपुर — पाटन दरबार क्षेत्रमा शुक्रबार साँझ ३४ गुठीका गुठियारको भीडभाड थियो  । २४ वर्षपछि सञ्चालन भएको पायो जात्रा (खड्ग जात्रा), २० वर्षपछि चलाइएको लिच्छविकालीन माजु द्य: (मनमानेश्वरी देवी) र ठेचोस्थित नवदुर्गा देवीबीच तीनपल्ट ढोगभेट गराउने जात्रा हेर्न उपत्यकाका तीनै जिल्लाका स्थानीयवासी जम्मा भएका थिए  ।


   प्रहरी र स्वयंसेवकलाई भीड व्यवस्थापन गर्न हम्मे परेको थियो ।

भैरव, काली र बाराहीको नृत्यसहित मनमानेश्वरी देवीलाई माल्यार्पण जात्राको मुख्य आकर्षण हो । पायो जात्रा पाटन दरबार क्षेत्रसँग सम्बन्धित लिच्छवि, मल्ल र शाहकालीनमध्ये सबैभन्दा पुरानो जात्रा हो । यो जात्रा लिच्छविकालीन मू (मूल) छेँ (घर) आँगन गुठीद्वारा सञ्चालन गरिन्छ । मनमानेश्वरी देवीको पूजा विधि अर्को महत्त्वपूर्ण पर्व हो । यो पर्व बन्द भएसँगै ठेचोस्थित नवदुर्गा नाच र पाटन नकबहिलको अष्टमात्रिका नाचको गमन पर्व बन्द भएको थियो । गमन पर्वमा दरबारको दसैं घरमा राखिएको जमरा जता ढल्किन्छ, त्यतै नगर परिक्रमा गरिन्छ ।


बन्द भइसकेको जात्रालाई मू छेँ आँगन गुठियारले यस वर्ष पुन: सञ्चालनमा ल्याएको हो । नेवा पत्रकार राष्ट्रिय दुब ललितपुर शाखाले जात्रा सञ्चालनको पहलकदमी लिएको थियो ।

लाइझोलका सूर्जमान माली र रत्नबहादुर मालीले ठेचोको नवदुर्गा नाच र पायो जात्रामा चिराग समाए । व्यवसायी र हस्तकलाकर्मी उनीहरू दुवै गुठियार होइनन् । नवदुर्गा गुठीमा केही वर्षदेखि चिराग समाउने गुठियार थिएनन् । नवदुर्गा नाच एक ठाउँबाट अर्को ठाउँ लैजाँदा र नाच प्रदर्शन गर्दा चिराग अनिवार्य बाल्नुपर्ने धार्मिक परम्परा छ ।

ठेचो फुंगासी टोलका जितेन्द्र माली चालक हुन् । उनी नवदुर्गा गुठीमा प्रवेश गरेर मल्लकालीन परम्परा बचाउन अग्रसर भए । स्थानीय रत्नमान माली, महेन्द्र माली, सर्जुमान माली, राजन माली, अमित माली र राजीव मालीले पोमी (देवता समात्ने) व्यक्तिको भूमिका निभाए । उनीहरू पनि गुठियार होइनन् । गुठीमा बाराही, कुमारी र ब्रह्मायाणी समात्ने गुठियार छैनन् । सफल, हेरा, रमा, सञ्जु, नग्मा माली पनि गुठियार होइनन् । नाच सञ्चालन गर्नै नसक्ने अवस्था आएपछि उनीहरू संस्कृति जोगाउन अग्रसर भएका हुन् ।
एकादशीका दिन ठेचोस्थित तल्लो लछी डबलीमा नवदुर्गा नृत्य। तस्बिर सौजन्य : सन्तु महर्जन

मू छेँ आँगन घर गुठीका मूल पुजारी
अनन्त ज्वालानन्द राजोपाध्याय भन्छन्, ‘देवी नाच नेपालको प्राचीन संस्कृतिको धरोहर हो । यस नाचको अध्ययन–अनुसन्धान गर्न स्वदेशीभन्दा विदेशी बढी आकर्षित छन् । सबैको साथ र सहयोगमा यस वर्ष मनमानेश्वरी देवी र पायो जात्रा सञ्चालन भयो ।’

पायो (खड्ग) बोक्ने साम्राज्यदेव श्रेष्ठले जात्रा सञ्चालन गर्न मुकुटलगायत आवश्यक सामान आफ्नै खर्चमा व्यवस्था गरेको बताए । ललितपुर महानगरबाट जात्रा सञ्चालन गर्न दरबन्दी व्यवस्था छैन,’ उनले भने ।


नवदुर्गा नाच मंगलबार चतुर्थी र बुधबार कोजाग्रत पूर्णिमाका अवसरमा पाटन दरबार क्षेत्रस्थित मूलचोकमा प्रदर्शन गरिन्छ ।

भक्तपुर र काठमाडौंमा पनि मनाइयो
विजयादशमीको मध्यरातमा भक्तपुर तलेजुको पाय:द्यो (खड्ग देव) जात्रा मनाइएको छ । तलेजु भवानीको साक्षात् रूप मानिने पाय:द्योलाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई यो जात्रा मनाइन्छ ।
दशमी राति तलेजु आगम मन्दिरको खँ कुथि कोठाबाट विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्रअस्त्रसहित तलेजुको प्रतिरूप पाय: द्योलाई तलेजुका मूल आचाजु, पुरोहितले राजोपाध्यायलाई हस्तान्तरण गरेपछि जात्रा सुरु हुने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए । तलेजुमा राजोपाध्यायले पाय:द्योलाई आफ्ना काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा छ । काठमाडौं हनुमान ढोका दरबार र असन बाकु ननी:लगायत टोलबाट पनि पायो जात्रा निकालियो ।
प्रकाशित : कार्तिक ५, २०७५ ०७:३६Source: https://www.kantipurdaily.com/news/2018/10/22/154017309232651324.html

Friday, October 19, 2018

Rajopadhyaya in News : फूलपाती भित्र्याइयो





- कान्तिपुर संवाददाता

पाटन दरबारस्वायरमा फूलपाति भित्र्याइँदै ।तस्बिर : कान्तिपुर
ललितपुर– बडादसंैको अवसरमा हनुमानढोका र पाटन दरबार क्षेत्रस्थित मूल चोकमा फूलपातीको बिहानको शुभसाइत परेर मल्लकालीन तलेजु भवानी देवी सारिएको छ । तलेजु मल्ल राजाका इष्टदेवता हुन् । पाटन दरबारस्थित दसैघरमा तलेजु बिराजमान गराउन तलेजुका पुजारी नीरण राजोपाध्याय र कात्तिक नाचका गुरु सञ्जय राजोपाध्याय मिलेर बिहान अबिरले अष्टमंगलको चित्र बनाएका थिए । त्यस्तै मू: छेँ आगन घरबाट लिच्छविकाली मनमानेश्वरी देवी मूर्ति पनि मूलचोकस्थित विद्यापीठमा सारिएको छ ।

यसका लागि मू: छेँ आग: घरका मूल पुजारी अनन्तकान्त आचार्यले तान्त्रिक विधिवत् रूपमा पूजा गरेका थिए । ऐतिहासिक खड्ग गुठीका व्यवस्थापक साम्रज्यदेव श्रेष्ठ र लिच्छविकालीन भगवान् सहायक पुजारी माधवश्याम शर्मा, उद्धव आचार्यले मन्दिर बोकेर बाहिर ल्याएका थिए । पाटन दरबारमा धादिङस्थित दनुवार बस्तीबाट ल्याइएको फूलपाती बलि दिई भित्र्याइयो । भने हनुमानढोका दरबारमा गोरखाबाट ल्याइएको फूलपाती पञ्चबाजा र सैनिक ब्यान्ड बाजासहित विशेष उत्सवका साथ हर्षबढाइँ गर्दै हनुमानढोका भित्र्याइयो । फूलपाती भित्र्याउन बिहानको ९ बजेर २१ मिनेटको शुभसाइत थियो ।

पाटन तलेजुका पुजारी नीरण राजोपाध्याय भन्छन्, ‘तलेजुको पूजा तान्त्रिक, यान्त्रिक र वैदिक गरेर तीन विधिबाट पूजा गर्नुपर्छ । मूलचोकलाई तलेजुको मूलघर मानिन्छ ।’ हुनमान दरबार मूलचोकमा सारिएको तलेजु भवानी देवी चार दिनपछि पुन: तलेजु मन्दिरमै लगेर राखिन्छ । पाटनको तलेजु सिद्धिनरसिंह मल्लले स्थापना गरेको मानिन्छ । भने काठमाडौंको रत्न मल्लले गरेका हुन् । काठमाडौंमा फूलपाती भित्र्याउन उखु, अदुवा, तथा केराको बोट, धानको बाला, बेलपत्र, दारिम, हलेदो, अशोकको पातसहित फलफूल र अन्य पालुवासमेतको फूलपातीलाई गोरखाबाट सोमबार जमल पुर्‍याइएको थियो । उक्त फूलपातीलाई डोलीमा राखेर गुरुजुको पल्टन, पञ्चेबाजा, मंगलसेनी, कलसेनी, हवलाको सामान (चन्द्र, सूर्य, घण्टा र चामर बोकेको टोली), ब्यान्डबाजा, समरजंगको टोली र नेपाली सेनाको पल्टनले हनुमानढोका दरबार पुर्‍याएको थियो । हनुमानढोका हर्षबढाइँ गरेको थियो । त्यस अवसरमा मुलुकमा विशिष्ट व्यक्तिहरूको उपस्थित थियो । त्यस्तै यसअघि हनुमानढोका दरबार गद्दी बैठकसँगैको कँडेलचोक भगवती मन्दिरबाट ल्याइएको फूलपाती भित्र्याइएको थियो । यस वर्ष विजयादशमी देवी विसर्जन बिहान ९ बजेर ३९ मिनेट र तुलजा भवानीको यात्रा बिहान ८ बजेर ३५ मिनेटमा परेको छ । दरबार क्षेत्रको सबैभन्दा ठूलो चोक मानिन्छ मूलचोक । भक्तपुरमा पनि तलेजु भवानीको विशेष पूजा हुन्छ । काठमाडौंको तलेजु भक्तपुरबाटै लगिएको मानिन्छ । भक्तपुर तलेजु पनि नवमीको दिनमा मात्रै सर्वसाधारणका लागि खुला गरिन्छ ।

साभार :  कान्तिपुर दैनिक, २०७५ असोज ३१, पृष्ठ ५  

Thursday, October 18, 2018

Rajopadhyaya in News : २४ वर्षपछि पाटनमा खड्ग जात्राले निरन्तरता पायो

असाेज ३० – ललितपुरको पाटनमा २४ वर्षपछि खड्ग जात्राले  निरन्तरता पाएको छ । फूलपातीका दिन मानमानेश्वरी देवीलार्इ खड्गसहित मुछेँ आगंबाट पाटन दरबार स्क्वायरस्थित मुलचोकमा बिधिपुर्वक भित्र्याएसँगै २४ वर्षसम्म संचालन हुन नसकेको खड्ग जात्राले  निरन्तरता पाएको हाे ।
मानमानेश्वरी देवीलार्इ खड्गसहित मुछेँ आगंबाट पाटन मुलचोकमा बिधिपुर्वक भित्र्याएर मुछेँ आगंका थकाली अनन्त अाचार्य राजाेपाध्यायले विशेष पुजा  गर्नु भएको थियो ।
गुथिका सदस्यहरू धनराजकान्त अाचार्य राजाेपाध्याय्, उद्दव अाचार्य राजाेपाध्याय् र माधव श्याम शर्माले ललितपुर महानगरपालिकाका मेयर  चिरीबाबु महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन लगायतलार्इ  साे पुजाकाे टीका, फूल प्रदान गर्नुभएको थियो ।
ललितपुर महानगरपालिका, ललितपुर उद्योग वाणिज्य संघको विशेष पहलमा खड्ग जात्राले निरन्तरता पाएको हो ।

Saturday, October 13, 2018

Rajopadhyaya in News: साँस्कृतिक महत्वो आगंम घर संकटमा( बिज्ञप्ति सहित )

 आश्विन २६ ,ललितपुर/
ललितपुर कृष्ण मन्दिरका , पूर्णचण्डी पुजारी र कार्तिक नाचका गुरु नृसिंहको भूमिकामा समेत निरन्तर रुपंमा निर्वाह गर्दै आएका राजोपाध्याय समुदायको आगम घर संकटमा परेको छ । 

ललितपुर १९ वडा महाद्यःननि चॊकमा रहेको एेतिहासिक र साँस्कृतिक महत्वो बोकेको ,विभिन्न पर्व साथै कार्तिक नाचको समयमा समेत तान्त्रिक विधिबाट गोप्य पुजा सम्पन्न गर्नुपर्ने आगम घरको अस्तित्वो नै संकटमा पुग्ने अवस्था प्रति सरोकार वाला गुठीका सदस्य रविन्द्रधर शर्मा तथा महाद्यःननि आगं गुठिका गुठियार समुहले बिहिबार पत्रकार सम्मेलन मार्फत बिज्ञप्ति सर्वोजनिक गरेको छ ।
सो बिज्ञप्तिमा “ललितपुर महानगरपालिका वडा न १९ पूर्णचण्डीमा रहेको कित्ता नम्बर ३ गुठिको निजी स्वमित्वो आगम घर तथा जग्गामा संगैको संधियार चन्द्रकुमारी श्रेष्ठ र कविता श्रेष्ठले आफ्नो घर बनाउदा कुनै जानकारी समेत नदिइ आगम घरको निजी जग्गा समेत सार्वजनिक चोक देखाई अनियमित तरिका बाट संरचना निर्माण भैरहेको छ । जसका कारण उक्त आगम घरमा विभिन्न समयेमा हुदैआएको तान्त्रिक पूजाय समेतमा प्रभाव पर्ने उल्लेख गरिएको छ ।”

सांस्कृतिक, ऐतिहासिक महत्वका आगंम घरको सुरक्षा गरिदिन वडा वडाध्यक्ष विनोद ताम्राकारलाई जानकारी दिदा समेत संधियार पत्र उपलब्ध नगराएको विषयमा जानकारी माग्दा सार्वजनिक चोक भएको कारण जानकारी दिनु नपर्ने भनि गैरजिम्मेवारीपूर्ण उत्तर पाएको र आगंम घर संरक्षणका निमित्त वडाध्यक्ष ताम्राकारबाट कुनै सहयोग नभएको सो बिज्ञप्तिमा उल्लेख छ ।

Source: http://nonstopkhabar.com/?p=15609#.W8GEGddSpV0.facebook

Friday, October 12, 2018

Rajopadhyaya in News: आगमघर संरक्षणको अभावमा कार्तिक नाच समेत प्रभावित


प्रकाशित: २०७५ असोज २५ विहिबार
- करुण

ललितपुर/कार्तिक नाचको नरसिंह अवतार प्रदर्शनी बन्द हुनसक्ने बताइएको छ । कार्तिक नाचका वाद्यगुरु साथै नरसिंह खलक राजोपाध्यायहरुले नरसिंहसँग सम्बन्धित आगमघरको संरक्षण हुन नसक्दा यस्तो अवस्था रहेको बताएका हुन् ।
 
ललितपुरको कृष्ण मन्दिर र पूर्णचण्डि मन्दिरका पूजारी साथै कार्तिक नाचका गुरु र नृसिंह खलक राजोपाध्यायहरुको महाःद्यःननि आगमघरको अस्तित्व संकटमा परेको हो । महाःद्यःननि आगमघर गुठीका गुठीयार राजोपाध्यायहरुले आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक साँस्कृतिक महत्वका आगमघरहरुको संरक्षणमा राज्यको स्पष्ट नीति नहुँदा अस्तित्व संकटमा परेको बताएका हुन् ।

जीर्ण अवस्थामा रहेको महाद्यःननि आगमघरको बाहिर नै गरिएको पत्रकार सम्मेलनमा बोल्दै आगमघर गुठीका गुठियार रविन्द्रधर शर्माले आगमघरको जिर्णोद्धार तत्काल गरिहाल्नुपर्ने अवस्था रहेको तर जीर्णोद्धारको लागी राज्य तहबाटै प्रक्रियागत समस्याहरु हुँदा समस्या भएको बताउनुभयो । यस किसिमका आगमघरको स्वामित्व राज्यले गुठीलाई पनि नदिने र राज्य आफैंले पनि संरक्षण नगर्ने अवस्थामा समस्या भएको बताइएको हो ।

 
‘यहि आगमघरमा कृष्णमन्दिर, पूर्णचण्डी मन्दिरसँग सम्बन्धित तान्त्रिक पूजाहरु पनि हुन्छ । कार्तिक नाचको नृसिंह अवतारसँग सम्बन्धित पूजा पनि गर्नुपर्छ’ गुठीका अर्का गुठीयार प्रतापधर शर्माले बताउनुभयो, ‘यो आगमघर बचाउन सकिएन भने कार्तिक नाचको नृसिंह अवतार बन्द हुने अवस्था समेत आउनसक्छ । आवश्यक पूजाविधि गर्नलाई आगमघर नै भएन भने कसरी नृसिंह अवतार प्रदर्शन गर्ने ?’ प्रतापधरको प्रश्न थियो । कार्तिक नाचका लागी नृसिंहको मुकुण्डो निर्माण गर्न यहि आगमघरमा तान्त्रिक विधिबाट पूजा सम्पन्न गर्ने गरिन्छ । साथमा बलि पूजा पनि यहिँ सम्पन्न हुने गर्दछ । कृष्णमन्दिर साथै पूर्णचण्डिको नित्य पूजाका लागी आवश्यक पर्ने फुल पनि यहि आगमघरको बारीबाट टिपेर लग्ने गरिन्छ ।


 
गुठीबाट आगमघरको संरक्षणकै लागी भनेर लालपूर्जा बनाउन खोज्दा ३५ दिने सार्वजनिक सूचना समेत प्रकाशित भएको अवस्थामा पनि लालपूर्जा भने नबनेको पत्रकार सम्मेलनमा बताईयो । पत्रकारहरुको प्रश्नको उत्तरमा गुठीयार रविन्द्रधरले लालपूर्जाको प्रक्रिया कहाँ पुग्यो भनी बुझ्न खोज्दा मालपोत कार्यालयबाट जानकारी दिन नमिल्ने भन्दै कुनै जानकारी पनि नपाईएको भन्नुभयो । 
 
वर्तमान समयमा संधियारले आगमघरको जग्गालाई सार्वजनिक चोक भनी उल्लेख गरेर घर निर्माण गरिरहँदा पनि नक्सा पास स्थानीय तहबाट अनियमित निर्माण रोक्न कुनै चासो नदिई उल्टो प्रोत्साहन दिइरहेको आरोप गुठीयारहरुको थियो । संधियारले अनियमित तरीकाले आगमघरको जग्गातिर झ्याल, ढोका राख्नुको साथै टप समेत निकाल्दा पनि स्थानीइ निकायले वास्ता नगरेको गुठीयारहरुले बताए । यस सम्बन्धमा १९ वडा कार्यालयलाई जानकारी गराउँदा सार्वजनिक चोक भएकोले जानकारी दिनुनपर्ने भन्दै अनियमित निर्माणलाई निरन्तरता दिन लगाएको गुनासो गुठीयारहरुको थियो । ललितपुर महानगरपालिकामा उजुरी नै हाल्दा पनि आगमघरको लालपूर्जा नभएको भन्दै उजुरी खारेज गरिदिएको गुठीयारहरुको भनाई थियो । 
 
यस्तो अवस्थामा आगमघरको जग्गा नै सार्वजनिक चोकमा परिणत भई यसको अस्तित्व नै समाप्त हुने अवस्था श्रृजना भएको भन्दै अव केही उपाय नलागेर आफुहरु न्यायालयको शरणमा जान लागेको गुठीयारहरुले बताए, ‘राज्यमा न्याय बाँकि छ भन्ने विश्वास हामीलाई छ । अदालतले निसाफ गर्नेछ र आगमघरको अस्तित्व बचाउनेछ भन्ने आशासहित रिट दायर गर्न हामीले तयारी थालिसक्यौं ।’ आगमघर गुठीयार रविन्द्रधरले भन्नुभयो ।
 
महाःद्यःननि आगंछेँ ललितपुर महानगरपालिका १९ वडा वला टोलमा अवस्थित छ । यस आगमघरको गुठीमा कार्तिक नाचका गुरु खलक साथै नृसिंह अवतारको भूमिका निर्वाह गर्ने र कृष्ण मन्दिरको नित्य पूजा गर्ने पूजारी महाःद्यःननि चोकका राजोपाध्यायसाथै ललितपुर गाःबहालस्थित पूर्णचण्डि मन्दिरका पूजारी र पूर्णचण्डि मन्दिर नजिकै रहेको स्थान कुंछेँका राजोपाध्यायहरुको साझा आगमघर हो । केही वर्ष अगाडीबाट जीर्ण अवस्थामा रहेको आगमघर अहिले ७२ सालको भूकम्पपछि जम्मा दुइ तल्लामात्र  बाँकि छ । आगमघरको बाँकि भाग पनि निकै जीर्ण अवस्थामा रहेको छ ।https://www.mahanagarkhabar.com/%E0%A4%86%E0%A4%97%E0%A4%AE%E0%A4%98%E0%A4%B0-%E0%A4%B8%E0%A4%82%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%A3%E0%A4%95%E0%A5%8B-%E0%A4%85%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%95-%E0%A4%A8%E0%A4%BE%E0%A4%9A-%E0%A4%B8%E0%A4%AE%E0%A5%87%E0%A4%A4-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%A4Source

Thursday, October 11, 2018

Rajopadhyaya in News : यलया वला महाद्यःननि चुकया आगंछेँ संकटय्, यल मनपां निवेदन खारेज

नेवा: अनलाइन न्युज – राजीव राजोपाध्याय | २०७५ आश्विन २५, बिहिबार १७:०९:२०
यल महानगरपालिकाया वला महाद्यःननि निवासी कृष्ण देगः लिसें पूर्णचण्डी पुजारी व कातिप्याखंया गुरु लिसें नृसिंहया भूमिका तकं निरन्तर रुपं निर्वाह यानाः वयाच्वंपिं राजोपाध्याय ब्राम्हण छेँजःया वला महाद्यःननि चुकया आगंछेँ संकटय् लाःगु दु ।

वर्तमान इलय् महाद्यःननि  चुकय् च्वंगु ऐतिहासिक व सांस्कृतिक महत्व कुबियाच्वंगु, थीथी पर्वय् लिसें कातिप्याखंया इलय् तकं तान्त्रिक विधिपाखें गोप्य पूजा क्वचायेकेमाःगु आगंछेँया अस्तित्व संकटय् लाःगु जानकारी रविन्द्रधर शर्मा लिसें वला महाद्यःननि आगं गुथिया सकल गुथ्याःपिन्सं मंकाः कथं ल्हाःचिं तयाः छगू विज्ञप्ति सार्वजनिक याःगु दु ।
वय्कःपिन्सं उगु आगंछेँया अवस्था संकंटय् लाःगुलिं चिन्ता नं प्वंकातःगु दु उगु विज्ञप्तिइ ।
उगु विज्ञप्तिइ धयातःगु दु, “यल महानगरपालिका वडा ल्याः १९ य् च्वंगु वला पूर्णचण्डीइ च्वंगु कित्ता नम्बर ३ जिमिगु निजी आगंछेँ जग्गा नापंच्वंगु संधियार चन्द्रकुमारी श्रेष्ठ व कविता श्रेष्ठं छेँ दयेकूगु इलय् जानकारी तकं मब्यूसे आगंंछेँया निजी जग्गायात सार्वजनिक चोक धकाः न्ह्यथनाः अनियमित तरिकां छेँ निर्माण यानाच्वंगु दु । उकिं यानाः उगु आगंछेँय् थीथी इलय् जुइगु तान्त्रिक पूजाय् तकं लिच्वः लाइगु जूगु दु ।”
थुगु खँया जानकारी बिहिवाः छगू पत्रकार सम्मेलन यानाः जानकारी ब्यूगु खः ।
सार्वजनिक याःगु विज्ञप्तिइ उगु विषयस माःगु कथं पलाः न्ह्याकाः सांस्कृतिक, ऐतिहासिक महत्वया आगंछेँया सुरक्षा यानाबिइत यल महानगरपालिका १९ वडाया वडाध्यक्ष विनोद ताम्राकारयात जानकारी बियाः संधियार पौ उपलब्ध मयाकूगु हुनिया विषयस न्यनेकने याःबलय् सार्वजनिक चुक जूगु हुनिं जानकारी बिइम्वाःगु  धकाः गैरजिम्मेवारीपूर्ण लिसः ब्यूगु खँ न्ह्यथनातःगु दुसा आगंछेँया संरक्षणया नितिं वडाध्यक्ष ताम्राकारपाखें छुं नं ग्वाहालि मजूगु खँ नं न्ह्यथनातःगु दु ।
यल महानगरपालिकाय् हे वनाः उगु अनियमित निर्माण रोक्का यायेत राजोपाध्याय समुदायं निवेदन तकं ब्यूगु खः । निवेदन ब्यूसां नं ऐतिहासिक व सांस्कृतिक सम्पदाया संरक्षण यायेमाः धकाः भाषण बिइगु महानगरपालिका हे भक्षक जुया लालपूर्जा मदूगु धकाः यल महानगरपालिकां निवेदन खारेज याःगु खँ नं विज्ञप्तिइ न्ह्यथनातःगु दु ।
विज्ञप्तिइ फिल्डबुकय् आगंछेँया उगु क्षेत्रयात स्पष्ट रुपं जग्गा धकाः उल्लेख दूगु व ०६८ सालय् लालपूर्जा पिकायेगु नितिं प्रक्रिया न्ह्यःने यंकाः ३५ दिं सुचं तकं प्रकाशन जुइधुंकूगु व आः लालपूर्जाया सकतां ज्या रोक्का जुयाच्वंगु अवस्थाय् नं स्मरण याकाच्वना धकाः धयातःगु दु ।

लालपूर्जा रोक्का जुयाच्वंगु इलय् मेमेगु छुं उपाय मदयाः सांस्कृतिक व ऐतिहासिक सम्पदा कुबियाच्वंगु महाद्यःननि आगंछेँया संरक्षणया नितिं अनियमित निर्माण व यल महानगरपालिका विरुद्ध अदालत वनेत वाध्य जूगु दु धकाः नं विज्ञप्तिइ न्ह्यथनातःगु दु ।

विज्ञप्तिइ अनियमित निर्माणयात रोक्का यानाः महाद्यःननि आगंछेँया संरक्षणया नितिं अदालतय् मुद्दा दायर यायेत प्रक्रिया न्ह्यने यंकेधुनागु जानकारी बिसें स्थानीय तहपाखें छुं ग्वाहालि मजूगु अवस्थाय् न्यायालयपाखें न्याय जुइगु खँय् न विश्वस्त जुयाः न्ह्यथनातःगु दु ।
विज्ञप्तिइ उगु ज्याय् ग्वाहालि यायेत त्वाःबासी, त्वाःलिसे सरोकार तइगु थीथी संघसंस्था, बुद्धिजिवी, पत्रकार, पुरातत्व विभाग लिसें फुक्क सरोकारवाला निकाययात रविन्द्रधर शर्मा लिसें वला महाद्यःननि आगंछेँया सकल गुथ्याःपिन्सं इनाप याःगु दु ।