Friday, July 5, 2013

पश्चिम बंगालको सांगीतिक यात्रासँगै सुदर्शनलाई सम्मान



pachim
सरोद वादक सुदर्शन राजोपाध्यायले भारतको पश्चिम बंगालमा सांगीतिक यात्रा गरेका छन्। कलकत्ता, अगरहाला र त्रिपुराका स्रोतालाई सरोद वादनमा झुमाएपछि उनी दंग परेका मात्रै छैनन्, आफूलाई भारतीय संगीत परखीहरूमाझ चिनाउन पाएकामा रमाएका पनि छन्।
भारतकै प्रयाग संगीत महाविद्यायलबाट संगीतमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेर नेपाल आएका उनले भारतमै गएर आफ्नो कला सुनाउन पाएकोमा हर्षित हुँदै भने– ‘मैले आफूलाई भारतीय कलाकारको माझमा पनि चिनाउन पाएँ। त्यत्ति धेरै राम्रा कलाकार रहेको देशमा आफूलाई परिचित गराउन सक्नु ठूलो कुरा हो।’
उनका लागि बंगालको संगीत यात्रा यस कारण पनि उपलब्धिमूलक ठहरियो कि उनलाई बंगाल सरकारले संगीत मञ्जरी अवार्ड प्रदान गर्ने घोषणा गरेको छ। ‘मलाई बंगाल सरकारले संगीत मञ्जरी अवार्डद्वारा सम्मान गर्ने घोषणा गरेको छ। अब कहिले बोलाउनुहुन्छ अनि अवार्डका लागि फेरि बंगाल जानेछु।’ –उनले खुसी हुँदै आफ्नो योजना सुनाए। उनी यसपालिको संगीत यात्रामा अगरशालाकै सुर संगीत म्युजिक एकेडेमी र साथीहरूको निम्तोमा त्यहाँ पुगेका हुन्। उनलाई प्रस्तुतिका लागि बंगालकै कलाकारले तबला वादनमा साथ दिएका थिए। अब केही महिनापछि नै फेरि आफ्ना लागि राजस्थानमा कार्यक्रम तय भइरहेको पनि उनले जनाकारी गराए।

source: