Monday, January 13, 2014

देवताहरुको वंशावली

यो सामग्री उपलब्ध गराई सहयोग गरिदिनु भएकोमा श्री आभास राजोपाध्याय ज्यु प्रति आभार प्रकट गर्दछौ /




Tuesday, January 7, 2014

ऐतिहासिक गल्तीको शिकार : नेवार समुदाय - ओम्धरानन्द राजोपाध्याय

posted by Biru Subedi. article of om dharananda on 2012 June 1 
ऐतिहासिक गल्तीको शिकार : नेवार समुदाय
ओम धरानन्द राजोपाध्याय
Source: https://www.facebook.com/groups/128162230572742/permalink/505661206156174/
- "... यार तैले त जातैले पाएको, जे पनि खान पाउंछस् हामीले पो ..."
- "... तिमीहरुको भोजभतेर त खतरा पो हुन्छ, घाँटी पोल्ने सोमरस नभई त ..."
- "... तिमी साहूजीहरु त वैश्य होइनौ र - फेरि यो जनै कहाँबाट आयो - ..."
- "... तपाईंहरुको विवाह त बज्राचार्यहरुसँग हुन्छ होला, होइन - ..."
- "... तपाईं कुन जातको हुनु भो - बाहुन, छेत्री कि नेवार ..."
यी वाक्यांशहरु कपोलकल्पित नभएर स्वयं यी पंक्तिकारप्रति लक्षित बेलाबखतका अभिव्यक्ति हुन् । त्यसमा पनि उदेक लाग्दो कुरो त के भने यी सबै वाक्यांशहरु नेपालका प्रबुद्ध कहलिएका व्यक्तिहरुको मुखारविन्दबाट प्रस्फुरित हुन् । विज्ञ पाठकवर्ग सोचमा पर्नुभएको होला यो के छेउ न टुप्पाको अप्रासङ्गकि कुरा फलाक्दैछ - यस निमित्त म केही बेरको धर्ैयको अपेक्षा गर्दै यहाँहरुलाई एकै क्षण कल्पनालोकमा विचरण गराउन चाहन्छु ।
× × ×
दर्ुइ विशाल किन्तु पृथक धर्म र संस्कृतिका अनुयायीहरु भएको देशहरुको बीचमा विश्व मानचित्रमा कुनै 'क' नाम गरेको मुलुक अवस्थित छ । यस देशका अधिकांश जनताको धर्म र संस्कृति मिल्दोजुल्दो भएकोले दक्षिणतर्फो विशाल मुलुकसंग कुनै सीमा बन्देज छैन, दुबै मुलुकका नागरिकहरु निर्बाध रुपले सीमा प्रवेश तथा निवेश गर्न स्वतन्त्र छन् । यसै सौविध्यको सदुपयोग गर्दै छिमेकी मुलुकको सुरक्षा सेनासम्ममा पनि 'क' देशका नागरिकले प्रवेश पाउंदै आएका छन् । यिनीहरुको शौर्य, वीरता र इमान्दारी जगजाहेर छ र त्यसैकारण यी नागरिक तेश्रो मुलुकमा पनि भाडाका सिपाही बन्न ग्राहृय मानिन्छन् । यी परिश्रमी योद्धाको साहस र विश्वसनीयताको कदरस्वरुप यिनले विभिन्न सम्मान, पदक तथा अलङ्कार पनि पाएकाछन् ।

दक्षिणतर्फो छिमेकीको महत्वाकाङ्क्षाको फलस्वरुप यो सानो मुलुकले सामरिक रुपमा आफ्नो अस्तित्वको रक्षा गर्न नसकी अन्ततः त्यसैमा विलीन भयो । उसै त युद्धमा परास्त गरेर जितेको राज्य, त्यसमा पनि विजेता राष्ट्र धर्म र जातपातको भेदभावमा आपादमस्तक डुबेको हुंदा नौलो राज्यका नागरिकले सम्मान पाउने त कुरै भएन, उल्टो तिनलाई हरुवा भएकाले हेयाउने प्रयासहरु शुरु भए । यस निम्ति तिनलाई ठूलो परिश्रमको आवश्यकता पनि परेन । नौलो राज्यका नागरिक वीर सेनानीहरु भएको तथ्य जगजाहेर छंदैथियो, त्यसैले तारिफ गरेजस्तो गरी यी मानिसहरु वीर हुन््, क्षेत्रीय हुन्, यिनको रणकौशल गजबको हुन्छ भन्ने प्रचार शुरु भयो । सानो भइकन पनि आफैमा चार वर्ण्र्ाा छत्तीस जातको साझा फूलबारी भनिएको सो मुलुकका नागरिकहरु यसरी रातारात एकै वर्ण्र्ाा एकै जात अर्थात् क्षेत्रीयमा परिणत भए ।

समयचक्र निरन्तर घुम्दै रहृयो । आफूबीचको आदायप्रदाय नै पर्याप्त भएकाले बाहृय समाजसंगको सर्म्पर्कको अभावमा आफूलाई एकै जात र धर्ममा परिणत गरेको कुरामा नौलो प्रान्तका नागरिकलाई न त चासो रहृयो, न जानकारी नै । यसरी नै कयौं पुस्ता बिते । यसबीचमा बाहृय समाजको सर्म्पर्कमा आउन थालेका केहीले यस विषयमा थाहा पाए तथा भ्रमपर्ूण्ा मान्यताको प्रतिकार गर्ने प्रयास पनि गरे तर त्यतिञ्जेलसम्म ढीलो भइसकेकोले तिनीहरुको स्वरलाई दमन गरियो । निरन्तरको सुगारर्टाई र भ्रमपर्ूण्ा पाठ्य सामग्रीको प्रतिफल अझ भयावह रुपमा देखा पर्‍यो - कुनैबेला पृथक अस्तित्व बोकेको राष्ट्रका ती नागरिकहरु स्वयंले आफूलाई र्सगर्व हामी फलानो जाती भनेर आप\mनो परिचयलाई सीमित र सङ्कुचित गर्न थाले ।
× × ×
अव वास्तविकतातर्फफर्कौं । यस कल्पित घटनाक्रममा यदि नेपाल नै सो 'क' नामको मुलुक भएको भए भारतमा विलय हुंदाको अवस्थामा सबै नेपाली रातारात क्षेत्रीय बन्ने थिए त - र्ससर्ति हर्ेदा यसो हुनै सक्दैन भन्ने भ्रम पर्न सक्छ । तर कटु सत्य के हो भने यथार्थमै यस्तो युगान्तकारी घटनाक्रमबाट कुनै ऐतिहासिक कालखण्ड गुज्रिसकेकोछ । फरक केवल नाम र साधनको हो । प्राचीन नेपाल राष्ट्र -नेवार राज्य) लाई सो 'क' नामको मुलुक मान्नुहोस् र तिनको पहिचानमा रहेको वीरताको ठाउंमा व्यापार व्यवसायलाई राख्नुहोस् । त्यसैगरी विजयोन्मादी राज्यको रुपमा राजा पृथ्वीनारायण शाहको गोरखालाई लिनुहोस् । अब आप\mनो अन्तरआत्मालाई साक्षी राखी आफैसंग सोध्नुहोस् - के माथि उल्लिखित घटनाक्रम ऐतिहासिक वास्तविकता होइन - के व्यापार व्यवसायमा साख रहेेकै कारण रातारात सम्पर्ूण्ा नेपाल राज्यका नागरिकहरु एकैपटक साहुजी याने वैश्य मानिन पुगेनन् - अझ बिडम्बनाको कुरा के स्वयं नेवार समुदायका मानिसहरु, जो तत्कालीन स्वतन्त्र र पृथक धर्म तथा जातजाति भएको नेवार -तत्कालीन नेपाल) राष्ट्रका नागरिक थिए, आजकल जातको ठाउंमा नेवार लेख्दैनन् - के यसैबाट नेवार समुदाय एक गम्भीर ऐतिहासिक गल्तीको शिकार भएको आभास हुंदैन -
विज्ञ पाठकवर्गलाई इतिहास सम्झाइरहनु पर्ने आवश्यकता म देख्दिन । परापर्ूवकालदेखि नै नेपाल राज्यमा सनातन वर्ण्र्ाायवस्था रहेको भएपनि ठकुरी राजा -मल्ल राजालाई थकु जुजु पनि भन्दछन् जसको अर्थ ठकुरी राजा हुन्छ) जयस्थिति मल्लको समयसम्म पुग्दा बौर्द्धधर्म निकै विकसित भएको र त्यस समयमा नागरिकहरु सम्पन्न भई खानलाउनको दुःख पनि नभएकोले श्रमप्रधान वा फोहर चलाउनुपर्ने कामहरु गर्न छाडी सबैले विलासितापर्ूण्ा जीवन यापन गर्न थालेकाले श्रम र सामाजिक सन्तुलन कायम गर्न तथा ह्रासोन्मुख वर्ण्ााश्रम व्यवस्था बचाउनकै लागि अ-आप\mनो जातलाई तोकिएको काम गर्दिन भन्न नपाउने गरी कामको बांडफांडको व्यवस्था राजा जयस्थिति मल्लले मिलाए । तर यसैलाई तिनले जातिपातिको व्यवस्था गरेको रुपमा इतिहासको अपव्याख्या भइरहेको छ । यदि उसबेला मात्र जातीय व्यवस्था शुरु भएको मान्ने हो भने जयस्थिति मल्ल भन्दा अगाडि नेपालका मन्दिर, देवालयहरुमा पूजापाठ समेत हुंदैनथ्यो, वर्ण्ााश्रम धर्म अनुकूलका कर्मकाण्ड सम्पन्न हुंदैनथे भनी सनातनकालदेखि चल्दै आएका परम्पराको अस्तित्व नै अस्वीकार गर्नुपर्ने हुन्छ । त्यसो होइन भने वर्ण्र्ााजात र संस्कारको प्रचलन त जयस्थिति मल्लको समयअघि पनि भएकै मान्नर्ुपर्छ । त्यसैले जयस्थिति मल्लको समयमा नेवार समुदायभित्र वैश्य समाज मात्र रहेको र त्यसमध्येबाटै जातजातिको प्रादर्ुभाव भएको भन्ने संकर्ीण्ा मानसिकताले ग्रस्त मान्यताले टेक्ने कुनै ठोस धरातल विद्यमान छैन ।

नेवार समुदायभित्रको अन्य जातजातिका सम्बन्धमा म अधिक जानकारी राख्दिन किन्तु म स्वयंले देखे भोगेका यथार्थ र आप\mनै जातथरबारेको विश्लेषण नै पनि धेरै हो भन्ने मलाई लाग्दछ । हाल राष्ट्रभाषाको रुपमा नेपाली भाषा प्रचलनमा छ र देशका धेरै जनताले पारिवारिक भाषाको रुपमा यसलाई अङ्गकिार गरेका छन् । तर के नेपाली बोल्ने भएकै कारणले मात्र कोही नेपाली ब्राहृमणलाई नेपालेतर ब्राहृमणले सवर्ण्र्ााोइन भन्न मिल्छ - त्यसैगरी तत्काल प्रचलनमा रहेको राष्ट्रभाषालाई मातृभाषाको रुपमा स्वीकार गरेकै कारणले नेवार समुदायका ब्राहृमणले चाहिं वैश्य बन्नुपर्ने स्थिति किन उत्पन्न भयो त - यस विश्लेषणको अभ्रि्राय कुनै जातिवादी कलह उत्पन्न गर्ने दुश्चेष्टा नभई केवल एक ठूलो ऐतिहासिक त्रुटिको चित्रण गर्नुमा सीमित छ । जातिवादी अमानवीय व्यवस्थाको पक्षधर म स्वयं पनि होइन, तर संस्कृतिको विकृतिपर्ूण्ा व्याख्या भइरहेको तथ्यलाई उजागर गर्न भने आवश्यक ठानेको छु ।

आफूले भोगेका र देखेका केही प्रसङ्ग राखौं । नेवारेतर व्यक्तिलाई मैले आफ्नो परिचय दिंदा धेरैजसो अवस्थामा सुन्नेले 'राज उपाध्याय' सुन्दछन् र तत्कालको प्रतिक्रिया बडो उदेक लाग्दो हुन्छ । "..उपाध्याय भन्नुहुन्छ फेरि राम्रैसंग नेवार कुरा पनि गर्नुहुन्छ !..." म तत्काल सच्याइदिन्छु - 'राज उपाध्याय' होइन 'राजोपाध्याय' । अब उनले कुरा बुझ्दछन् र टाउको हल्लाउंछन् । तर बिडम्बना ... बुभ\mन त बुभ\mछन् किन्तु गलत बुभ\mछन् । भलै म उनको सगोत्री/सजातीय किन नहोउं, उनी मलाई वैश्य मानिहाल्छन् । त्यत्तिखेर मलाई उनको विद्वत्ताप्रति दया लाग्दछ - खासगरी एकै गायत्रीमन्त्र जप्ने र उनै वैदिक ऋचाले त्रिकाल सन्ध्योपासन गर्ने भएपनि मानसिकरुपमै विभेदपर्ूण्ा मान्यता बोक्ने तथाकथित 'व्रि्र' लाई यथार्थ बुझाउनमा समयको अपव्यय गर्नु श्रेयस्कर पनि हुंदैन ।

वृहत् समुदायले बोल्ने भाषालाई जातीयताको परिभाषाभित्र सीमित गर्ने हो भने हिन्दी, अवधी, मैथिली, भोजपुरी आदि विभिन्न भाषा बोल्नेहरुलाई पनि पृथक जात नै मान्नुपर्ने हुन्छ । स्वयं नेवार समुदायमा धेरैपछि मात्र प्रवेश पाएका तिरहूतहरुको आजसम्म पनि मिथिलाप्रदेशको तिरहूतसंगै वैवाहिक सम्बन्ध कायम भइरहेकोछ तर उनीहरुले पनि मातृभाषाको रुपमा नेवारभाषालाई नै स्वीकार गरिआएकाछन् । ती झा तथा मिश्रहरुलाई नेपालप्रवेशको छोटो अवधिमा मिथिलाञ्चलसंग सर्म्पर्क टुटिनसकेको कारणले आज पर्यन्त ब्राहृमणकै रुपमा स्वीकार गरिएकोछ । तर आचार्य, सुवेदी, लामिछाने, रिमाल लगायतका विभिन्न थर गोत्र भएका राजोपाध्यायहरु भने प्राचीनताकै कारणले वैश्य बन्नुपर्ने स्थिति किन आयो -
२०५८ सालको जनगणनाको क्रममा मेरो आप\mनै भोगाईको एक क्षण यस्तो रहृयो -
- तपाईंको जात -
- उपाध्याय ब्राहृमण ।
- मातृभाषा -
- नेपालभाषा -नेवारी शव्द विकृतिजन्य हो । तत्कालीन नेपाल राष्ट्रको राष्ट्रभाषा नेपालभाषा नै कहलिनर्ुपर्छ, अन्यथा इतिहासलाई असम्मान गरेको ठहरिन्छ भन्ने मेरो मान्यता छ)
- यस्तो कसरी हुन्छ - नेवार पनि कहीं ब्राहृमण हुन्छ -
- उसो भए हिन्दूधर्मावलम्वी नेवारको ब्राहृमणबाट गरिनुपर्ने कर्मकाण्ड आजसम्म कसले गराउंदै आएको मान्नुहुन्छ - कि परापर्ूव एवं लिच्छवी तथा मल्लकालमै पनि तपाईंले जस्तै नेपाली भाषा बोल्ने ब्राहृमणहरु नेपाल उपत्यकाभित्र दैनिक आएर कर्मकाण्ड गराएर फर्किने गर्थे भनिठान्नुहुन्छ -
- त्यो मलाई थाहाछैन, तर नेवारको पनि बाहुन भन्ने हो भने हामीचाहिं के बाहुनको बाहुन भयौं त - यस्तो पनि कहीं हुन्छ - यो त लेख्नै मिल्दैन ...
अब देशको जनसंख्या, भाषा, वर्ण्र्ााजात, पेशा, संस्कार आदिको तथ्याङ्क सङ्कलन गर्न हिंडेका ती कर्मचारीको पर्ूवाग्रहयुक्त मनस्थितिले तथ्याङ्क सङ्कलन भयो होला कि मिथ्याङ्क, त्यो त दैव जानुन् तर मेरो समयको भने अनाहकमा निकै अपव्यय भयो ।

नागरिकताको प्रमाणपत्र लिने क्रममा पनि मेरा एक मित्रलाई यस्तै समस्या आइपर्‍यो । कुरो के भएछ भने उनका पिताले आप\mनो नागरिकतामा राजोपाध्याय लेखाउनु भएको रहेछ । जबकि राजोपाध्यायले शर्मा वा आप\mनो थर मात्र लेख्ने गरेको पनि प्रशस्त उदाहरण छन् । त्यसैले मेरा मित्र साढेपांच अक्षर लामो राजोपाध्याको साटो आप\mनो समाजमा सहज प्रचलनमा रहेको शर्मा मात्र लेख्न चाहन्थे । नेवारको छोरो बाहुन हुन सक्दैन भन्ने पर्ूवाग्रहले यहाँ पनि आप\mनो कमाल देखायो । शैक्षिक लगायत आप\mना अरु प्रमाणपत्रहरुमा शर्मा लेखाएका उनको नागरिकतामा भने राजोपाध्याय लेखिएकै कारणले पछि कतिपटक यस दर्ुभावनाको उनले शिकार हुनुपर्‍यो गनी साध्य छैन । नेवारलाई एउटै जात मान्ने मिथ्या सुगारर्टाईले अरु कति दुष्प्रभाव परिरहेको होला, सोचनीय छ ।
राजाको गुरु वा पुरोहित भएका कारणले राजोपाध्याय लेखिन थालेको वा अमूक राजाले उपाधिको रुपमा दिएको भन्ने एकथरी मत छ भने अर्को मत अनुसार विगतमा नगरक्षेत्र बाहिरको प्रादेशिक प्रशासनको कार्यभार समेत धर्माधिकारीको हैसियतले यीनै राजोपाध्यायले वहन गरेको हुंदा यिनलाई राज्योपाध्याय भनिएको हो र पछि राज्योपाध्यायबाट राजोपाध्याय बन्न पुगेको हो । प्राचीन लिखतहरुमा कतै कतै राज्योपाध्याय शव्द प्रयोग भएको पनि पाइन्छ । यस मतको पुष्टिको निमित्त दर्ुइवटा कुरा अघि सारिएकाछन् - पहिलो कुरा त राजोपाध्याय ब्राहृमणलाई अद्यापि जुजु -यस शव्दको अर्थ राजा हुन्छ) वा कतैकतै राजा नै भनेर पनि संवोधन गरिन्छ र यसक्रममा नेपालभाषामा उपल्लो तहकै सम्मानपर्ूण्ा वचन -बक्सियोस् आदि) को प्रयोग गरिन्छ तथा चाँगुनारायण जस्तो देवालयमा पूजाहारीले आशौच समेत बार्न नहुने र रातो पोशाक लगाएर नित्य पूजाआजा गर्नुपर्ने परम्परा छ जबकि बाबुआमा मर्दा आशौच बार्न नपर्ने उन्मुक्ति केवल गद्दीनसीन राजालाई मात्र प्राप्त हुन्छ । त्यस्तै, दोश्रो उदाहरण हालसम्म पनि प्रचलनमा रहेको पशुपतिनाथसंग सम्बद्ध छ -पशुपतिमा प्रशासकीय अधिकार मूलभट्टले प्रयोग गर्दै आएको नमूना आजसम्म पनि हाम्रो सामु स्पष्ट छंदैछ भने धर्मभीरुको बाहुल्य रहेको परापर्ूवकालमा धर्माधिकारीको रुपमा यसैगरी अन्य देवस्थलहरुमा पनि ब्राहृमणलाई प्रशासकीय अधिकार नदिइएको होला भन्न सकिंदैन । दक्षिण भारतबाट भट्टहरु ल्याई पशुपतिमा पूजा गर्न लगाउने कार्य धेरै पछि मल्लकालमा आएर मात्र भएको र त्यसअघि त्यहाँँ पनि राजोपाध्यायहरुले नै पूजाआजा गर्दै आएको सर्न्दर्भमा यो तर्क पनि गहन नै प्रतीत हुन्छ । शायद यसै कारणले राजोपाध्यायेतर ब्राहृमणहरुलाई आफूभन्दा सानो मानेर आजसम्म पनि आम राजोपाध्यायको भातभान्साभित्र प्रवेश बर्जित गरिएको तथा गैरनेवार ब्राम्हण कन्यालाई समेत राजोपाध्यायले स्वीकार नगरेको पाइन्छ ।
उल्लिखित आधार तथा प्रमाणहरुको कसीमा अब शुरुमा उठाइएका प्रश्न वा जिज्ञासाको समाधान खोजौं -
- नेवारभित्र शाक्त, वैष्णव लगायतका सनातन तथा बुद्धमार्गी समेत पर्ने भएकोले सबै नेवार र्सवभक्षी हुंदैनन् यर्सथ जे पनि खान पाउने भन्ने प्रश्नै रहेन
- सोमरस पनि सबै नेवारलाई चल्दैन, कतिपय त जातैले वैष्णव हुन्छन्
- सबै नेवार साहूजी वा वैश्य होइनन्
- राजोपाध्यायको विवाह बज्राचार्यसंग हुने भए अरु उपाध्यायले पनि मौलाना वधू वा पादरी कन्यासंग विवाह गरे भयो, यी सबै त अ-आप\mना धर्मका गुरु वा पुरोहित नै हुन्
- 'बाहुन कि छेत्री कि नेवार' भन्ने विकल्प सहितको प्रश्न उचित हो भने 'तपाईं बाहुन कि मदेशीे' अथवा 'तपाईं छेत्री कि मैथिल' भनेर पनि प्रश्न गर्न मिल्ने भयो । किनभने मदेशी र मैथिल भने जस्तै नेवार पनि स्थान र भाषाविशेषसंग सम्बन्धित वृहत् समुदायको नाम हो ।
चारै वर्ण्र्ाा छत्तीस भन्दा बढी जात त नेवार समुदायको हिन्दू -सनातन-) धर्मावलम्बीबीच मात्रै पनि अद्यापि अस्तित्वमा छ । यस बाहेक बुर्द्धधर्मका अनुयायी पनि नेवार समुदायभित्रै छन् । केही मुसलमान परिवार पनि नेवार समुदायभित्र भएको वाल्यकालमा सुनेको थिएं । मल्ल कालमै क्रिश्चियन धर्मप्रचारको कुरा तथा चर्च बनाउने स्वीकृति सम्बन्धी कुरामा विवाद उठेको चर्चा पनि पढ्न पाइन्छ । चतर्ुवर्ण्र्ाार्थात् ब्राहृमण, क्षेत्रीय, वैश्य र शूद्रको अस्तित्व भएको सनातन तथा बौद्ध समेत दर्ुइ ठूला धर्मावलम्बीहरुको वृहत् उपस्थिति रहेको पृथक राज्यका नागरिकहरुको समूह कसरी एकै जात मात्र हुनसक्छ - जात भनेको त वर्ण्र्ााशेषको पनि एक सानो भेद मात्र हो कि होइन - एकै जातभित्र कहिल्यै छूत र अछूत -विगतमा भए पनि हाल कानूनतः वर्जित) पनि समाहित हुन सक्छ - अब नेवारलाई एक जात मात्र मान्ने हो कि वृहत् समुदाय मान्ने हो त - भ्रम निवारण गर्ने प्रयास र चिन्तन आजै शुरु गरौं र विगतमा भएको ऐतिहासिक गल्तीलाई सुधार्ने प्रण गरौं । सबैमा निर्भिक भएर सत्यको सामना गर्ने साहस र क्षमता जागोस् । यस विषयमा अध्ययन र अनुसन्धान गर्न सम्बन्धित विज्ञहरुलाई यस लेखले उत्प्रेरित गर्नसके म कृतकृत्य हुनेछु । अस्तु ।

पत्राचार निमित्त ः
odhara2003@yahoo.com

आदिवासी उपत्यकाली व्राम्हण भनौं

लेख :– आदिवासी उपत्यकाली व्राम्हण भनौं
लेखक :– बिजु सुवेदी “विजय”
source:https://www.facebook.com/bijusubedibijay?hc_location=stream

राजोपाध्याय
का बारेमा आफूले पनि केही जानकारी दिने उद्देश्यले आपूmलाई लागेका कुराहरु पहिलो पटक यो ग्रुपमा ओकल्दैछु । हामीले कसैलाई राजोपाध्याय भनेको के हो ? भनेर सोध्यौं भने नेवार वाहुन हो भनेर भत्रु मनासिव हँुदैन किनभने ९९ प्रतिशतहरुलाई नेवार भनेको वैश्य जात हो भनेर मात्र थाहा छ । त्यसैले सम्झाउने बेला उनीहरु टाढा पुगिसकेका हुन्छन् र हामीले वैश्य भएर रहनुपर्ने अवस्था आउँछ र हामीले सम्झाउनै पाउँदैनौं । अनि हामी व्राम्हण भएर पनि वैश्यमा गनिन्छौं । त्यसैले ल तिमी राजोपाध्याय तर तिम्रो जात के हो ? भनेर सोध्यो भने अथवा राजोपाध्याय भनेको के हो भनेर सोधनी गर्दा आदिवासी उपत्यकाली व्राम्हण भन्दा उपयु्क्त हुन्छ । यसरी भन्दा सम्झाइराख्नुपर्ने झण्झट हुँदैन । यही नै मेरो ठम्याइ हो ।

हुन त आजकाल व्यापारको युग हो । कसैले केही व्राम्हण कर्म गरेर समाजसेवा गर्यौं भने के फाइदा छ , कति पैसा आउँछ ? भनेर जसले पनि सोध्ने गर्दछन् । त्यसैले सबैजना वैश्यजस्ता छन् । त्यसैले जसले व्राम्हणरुपी कर्म विनाभेदभाव विनामूल्य समाजलाई राम्रो बनाउने कर्म गर्दछन् त्यो व्यक्ति जातले कसाइँ , पोडे , च्यामे , क्षेत्री , वैश्य वा जुनसुकै तुच्छ जात भएपनि ऊ व्राम्हण हुन्छ , उसको कर्मले । यही अहिलेको रुपान्तरित भएर आएको हाम्रो देशको आमूल परिवर्तनले हामीलाई सिकाएको पाठ हो । र यसैलाई अङ्गिकार पनि गनैै पर्छ ।

हुन त अहिले
राजोपाध्याय समाज पनि गठन भइसकेको अवस्था छ र निर्विरोध निर्वाचित भइरहेको पनि अवस्था छ । उपस्थितिहरु मात्र सदस्य भएर पनि यस्तो भएको पनि हुन सक्दछ । उहाँहरुलाई नेवार भत्रुमा गर्व छ । त्यस्तो एकतर्फी बिचारका व्यक्तिहरु मात्रै भएको राजोपाध्याय समाजको केही तुक देखिँदैन । र तसर्थ उहाँहरुबाट समाजलाई परिवर्तनको दिशातर्फ लाने क्षमता कतै देखित्र ।
राजोपाध्यायहरुमा एक आपसमा खुट्टा तात्रे प्रवृत्ति व्याप्त छ । यी सब नेवारको संगतमा परेर भएको हो । नेवारहरु न त आफूहरु माथि उठ्छन् नत अरु नेवारलाई माथि उठ्न दिन्छन् । त्यसैले राज्यमा कुनैपनि खास ठाउँहरुमा नेवारहरु पुग्न सकिरहेका छैनन् । जति पनि पुगेका छन् ती सब क्षेत्री वाहुनहरुले गर्दा नै पुगेका हुन् । यसो भन्दा कत्तिको कन्सिरिको रौं ठाडो भयो होला तर वास्तविकता यही हो ।

उदाहरणका लागि नेवारको दिल यत्ति सानो हुन्छ भनेर अहिलेको मेरो सानो मुक्तक पेश गरेको उदाहरण दिउँ । यस्ता उदाहरण त कैयौं छन् । वास्तवमा भत्रे हो भने अहिले आएर हामीले यो जात , ऊ जात भनेर जातिपाति छुवाछुतको कुरा गर्नु भनेको योभन्दा महामूर्खता सिवाय अरु केही हुँदैन । उदाहरणको रुपमा यो

मलाई नेवार होइन न्यार भनेकोमा गर्व लाग्छ
मलाई खस होइन खेचा भनेकोमा गर्व लाग्छ
सबै हल्ला मात्र गर्ने सल्लाह मात्र गर्ने निर्णयचाहिँ नगर्ने देख्दा
विदेशी स्याउ भत्रु भन्दा नेपालको नासपाती पासी भनेकोमा गर्व लाग्छ

मुक्तकलाई एकजना पनि नेवारले लाइक गरेका छैनन् बरु क्षत्री वाहुनहरुले तुरुन्तै थुप्रै लाइकहरु गरे । यसलाई मेरो वालमा हेर्न सक्नुहुन्छ । त्यसैले देवकोटाले भनेजस्तै “ मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ” ।

साथै त्यसर्थ यस ग्रुपमा कुरा गर्दा , कार्यकलापहरु गर्दा नेवार प्रवृत्तिले होइन कि क्षेत्री वाहुन प्रवृत्तिले गर्यौ भने मात्र हामी धेरै माथि उठ्न सक्छौं ।
फेरि जातपातको कुरा गर्नु हुँदैन पनि भत्रे फेरि
राजोपाध्यायको पनि परिचय माग्नेृ भत्रु होला तर अहिलेको ०६२÷०६३ को जन आन्दोलनले देशको आमूल परिवर्तन पछि रुपान्तरित परिवर्तित भएको अवस्थाले कुनै एक क्षेत्रलाई उठाउन मात्रै राजोपाध्यायवर्गको उत्थान गरी संधीयताको हिसाबले मात्रै हेरेको कुरा पनि जग जाहेर गर्न चाहन्छु ।
जहाँसम्म मैले अहिले साहित्य र लेख रचनाहरुमा यहाँहरुबाट प्रोत्साहन नपाएपनि सफलता हासिल गरिरहेको छु यसमा नेवारहरुको पटक्कै योगदान छैन । बरु उनीहरुले तथा
राजोपाध्यायहरुले हतोत्साहि पार्ने कोशिश गरे । क्षेत्री वाहु्नहरुको प्रोत्साहनले नै म यहाँसम्म पुग्न सफल भएको छु । कृपया दुःख नमात्रु होला मैले वास्तविकता मात्र जाहेर गरेको हुँ । आफूभन्दा कम उमेरका र बढी उमेरका जोसुकैले सफलता हासिल गरेको छ भने नेवारलाई चाकडी गर्ने कृयाकलापमा मात्र होइन कि प्रत्येक राम्रा कृयाकलाप गर्नेहरु सबैलाई प्रोत्साहन गरौं । अनि मात्र राजोपाध्यायहरु माथि पुग्ने पक्कै छ ।

फेसबुककै उदाहरण अनुसार मैले जतिपनि
राजोपाध्याय नेवारहरुलाई उनीहरुले गरेका कार्यहरुलाई प्रोत्साहन गर्न कमेन्ट तथा लाइक गरेको थिएँ त्यसका वदलामा मलाई लाइक तथा कमेन्टहरु कहिल्यै प्राप्त भएनन् । च्याटमा पनि त्यस्तै छ आफूले बोल्यो भने बोल्छन् नत्र मौनम् सम्पत्ति लक्षणम् । जब म क्षेत्री वाहुनहरुलाई कमेन्ट गर्छु , लाइक गर्छु उनीहरु मलाई प्रोत्साहन गर्न पछि पर्दैनन् । नराम्रा क्ुरा नराम्रो भत्र पनि पछि पर्दैनन् । यही मेरो सफलताक्रमको रहस्य पनि हो । त्यसैले भनेको नेवार प्रवृत्ति छोड्नु पर्छ । तर यहाँ राजोपाधयाय समाजलाई नेवार हुनु मै गर्व छ र यस ग्रुपका सञ्चालकहरुलाई पनि ।

र अन्त्यमा मैले पुस्तकहरु लेख्ने कार्य गर्दै आएको हुनाले स्वतन्त्रताको कसीमा रहेर
राजोपाध्याय शयप्रतिशत नै उत्रने गरी लेख्नका लागि किताबका लागि राजोपाध्याय भनेको यहाँहरुका बिचारमा के हो ? र को हुन् ? कसरी राजोपाध्याय भएको ? किन राजोपाध्याय आवश्यक छ ? यहाँ यत्रा यत्रा विद्वान राजोपाध्याय साहब साथीहरुले गन्थन र सल्लाह मात्रै गर्न गइरहनु भएको छ र मूख्य राजोपाध्याय विषयमा केन्द्रित गरी ध्यान दिई हामी एकजूट भई माथि उठ्न मीठो मानिकन जिब्रो पड्काएर ट्याक्क छ भनाउनका लागि सक्दो लेखकिय सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।

साथै यसग्रुपको सरसल्लाह कुराकानीको दौरानमा पेश गरिएका
चन्दना राजोपाध्यायजी , दिपन शर्माजी तथा अनिल शर्माजीका लेखनीहरुलाई मैले राजोपाध्यायका बारेमा लेख्नलाई छनौट गरी पोष्ट गरिसकेकको क्ुरा पनि यहाँहरुलाई अवगत गराउन पाउँदा अत्यन्तै खुसी लागेको छ । यहाँहरुले यसलाई मैले राजोपाध्याय सम्बन्धी पुस्तक बनाउन खोलेको राजोपाध्याय पेजमा हेर्न सक्न्ुहुन्छ ।

अन्त्यमा सानो आफ्नै कुरा :– उदाहरणका लागि यहाँ अनिल शर्माजीलाई मात्र एक्लो पारी जायज कुरा राख्दा पनि सबैले हाहा र हुहु पारी एक्ल्याउने व्यवहार गरेकोमा म स्तब्ध भएको छु । त्यसैले यी माथिका कुराहरुलाई मनन गरि यहाँहरुले व्यवहार गरिदिनुभएमा उहाँका सम्पूर्ण कुराहरु जायज लाग्नेछन् भत्रे कुरामा म विश्वस्त छु । हुन त मेरो यो ग्रुप मा यो मेरो पहिलो कमेन्ट हो केही कमी कमजोरीहरु भएमा क्षमाप्रार्थी छु ।
कृपया एकआपसमा शब्दहरु प्रयोग गर्दा भाइ, तिमी , तँ भनेर तुच्छ शब्द आफू वर्षले ठूलै भए पनि मामा , काका , दाइ , दिदी सबै नातेदारहरुले एकजना सिनियर व्यक्तिलाई प्रयोग गरिने शब्दह्ररु यस फेसबुकमा प्रयोग गरिदिनुहुन विशेष अनुरोध गर्दछु ।

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगा नझुकेको कहाँ छ र ।।

बिजु स्वेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com

निराको उत्कृस्ट प्रदर्शन: समाचार संकलन

http://www.newsofnepal.com/sports/2014/01/33174/


कीर्तिमानसँगै राजोपाध्यायको ब्याटिङमा धाक


kritiman
नेपाल समाचारपत्र, काठमाडौं
लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत जारी सिनियर महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कीर्तिमानको ओइरो लागेको छ।
राष्ट्रिय टोलीकी पूर्वकप्तान नेरी थापाले कीर्तिमान राख्दा अर्की पूर्वराष्ट्रिय कप्तान नीरा राजोपाध्यायले पनि आफू कम नभएको सावित गरिन्। एपीएफकी कप्तान नीराको शतकले विभागीय टोलीले मंगलबार क्षेत्र नम्बर–८ पोखरालाई २ सय ८७ रनको भारीअन्तरले हरायो। यो महिला क्रिकेटमा सबैभन्दा ठूलोअन्तरको जितको कीर्तिमानसमेत बन्यो। यसअघि यसै प्रतियोगितामा बैतडीले सोही प्रतिद्वन्द्वीलाई २ सय २९ रनले हराएर ठूलोअन्तरको जितको कीर्तिमान रचेको थियो।
तर पुल्चोक इन्जिनियरिङ मैदानमा नीराको व्यक्तिगत प्रदर्शन आकर्षणको विषय बन्यो। व्यक्तिगत रूपमा नीराले नयाँ कीर्तिमान रचेकी छिन्। नीराले बैतडीकी ओपनर रेखा रावलले शनिबार राखेको दुर्लभ कीर्तिमानलाई पनि पछिछाडिन्। कीर्तिमानीको ओइरो लागेको यस प्रतियोगितामा नीराले केबल ७० बलमा शतक हानेर छिटो शतक हान्ने कीर्तिमान आफ्नो नाममा लेखाइन्। रेखाले ७४ बलमा शतकमा पुगेर छिटो शतक हान्ने कीर्तिमान बनाएकी थिइन्। तीन दिनपछि यो कीर्तिमान तोडिएको छ। नीराको प्रदर्शन अन्तिममा आएर झनै खारियो। नीराले एकै ओभरमा लगातार ६ चौका हानेर एक दुर्लभ कीर्तिमानमा पनि आफ्नो नाम लेखाइन्। प्लेयर अफ म्याचले यो साहस ३९औं ओभरमा गरिन्। उनले सुनीता जीसीको एकै ओभरमा २४ रन बटुलेकी थिइन्।
नीराले नेपाल समाचारपत्रलाई बताइन्– ‘शतक बनाउने लक्ष्य थिएन। शतक बन्यो रमाइलो लाग्यो। हाम्रो लक्ष्य भनेको ४० ओभर टिक्नुथियो। छिटो शतकसमेत बन्दा म ज्यादै खुसी भए। पोखरामा धेरै नयाँ खेलाडी छन्। यदि प्रतिस्पर्धा कडा भए राम्रो हुन्छ। मैले ७० रन पुगेपछि मात्रै आक्रमक ब्याटिङ प्रस्तुत गरेको थिएँ। अर्को मैले सावित गरें कि मैले अझै खेल्न सक्छु।’
चौथो नम्बरमा ब्याटिङ गर्न आएकी नीराले ७५ बलमा १८ चौकासहित १ सय १७ रनमा नटआउट रहिन्। उनी महिला क्रिकेटमा शतक हान्नेमा चौथो खेलाडी बनेकी छिन्। यसअघि नेपालगञ्जकी कप्तान नेरी थापा, बैतडीका रेखा रावल र अञ्जली चन्दले शतक हानेका थिए। पहिले ब्याटिङ गर्न आएको एपीएफले निर्धारित ४० ओभरमा ४ विकेट गुमाएर ३ सय ३९ रन जोड्यो। मधु थापा ३ रनमा र ज्योति पाण्डे १७ रनमा आउट हुँदै टोलीले १०.१ ओभरमा दुई विकेट गुमाएको थियो। प्रभा नेपालीले मधुलाई आउट गरिन् भने ज्योतिको विकेट करिना गुरुङले लिएकी थिइन्। यसबेला टोली ४७ रनमा थियो। त्यसपछि सीता रानामगर व्यक्तिगत ४६ रनमा रनआउट भइन्। ९६ रनमा सीता आउट भएपछि नीराले दुई सानदार साझेदारी गरिन्। उनले बिनु बुढामगरसँग चौथो विकेटको लागि ८२ रनको साझेदारी गरिन्। बिनुलाई करिनाले बोल्ड गर्दा उनको व्यक्तिगत ४५ रन थियो।
यसपछि नीराको साथमा सरिता मगर आएपछि बाँकी १७ ओभरमा १ सय ६१ रनको साझेदारी बनेको थियो। सरिता ८१ रनमा नट आउट रहिन्। ६० बलमा ९ चौका हानेकी सरिताले नीराले झैं ३९ बलमा अर्धशतक प्रहार गरेकी थिइन्। पोखराले ब्याटिङमा पनि दयनीय प्रदर्शन जारी गर्दा ३६.१ ओभरमा ५२ रनमा अल आउट हुँदै लगातार तेस्रो हार बेहोर्यो। एपीएफका प्रत्येक बलरले १० रन पनि खर्च गरेनन्। कसिकसाउ बलिङमा पोखराकी कप्तान आरती बिदारीले १९ रन बनाएर दोहोरो अंकमा रहिन्। तर अन्यले आत्मसमर्पण गरेका थिए।
एपीएफको बलिङतर्फ बिनु बुढामगरले ७ ओभरमा ९ रन दिई तीन विकेट लिइन्। सोनु खड्काले ८ ओभरमा ८ रन खर्चेर २ विकेट हात पार्द करुणा भण्डारीले ६ ओभरमा त्यति नै रन दिएर त्यति नै विकेट हासिल गरेकी थिइन्। सीता रानामगरले ३.१ ओभरमा २ रन दिई १ विकेट लिइन् भने रुबिना क्षेत्रीले ८ ओभरमा ६ रन दिएकी थिइन्। हिजै भक्तपुरको मैदानमा क्षेत्र नम्बर–५ नेपालगन्जले क्षेत्र नम्बर–४ भैरहवालाई २३ रनले हराएर सेमिफाइनलको यात्रा तय गरेको छ। समूह ‘बी’ मा टोलीको यो लगातार चौथो जितसमेत हो। नेपालगञ्जले ३२.१ ओभरमा १ सय १७ रनमा रोकिँदै भैरहवालाई ९४ रनमा अलआउट गरेको थियो। नेपालगञ्जका बलरमा तृष्णा सिंहले २० रन दिई ४ विकेट लिइन्। चारै विकेट एलबीडब्ल्यूमा उनले हासिल गरेकी थिइन्। नेरीले ब्याटिमा ४९ रन र बलिङमा ३ विकेट लिइन्। उनी प्लेयर अफ म्याच बनिन्।

कीर्तिमानको ओइरो

    (2 Votes)
    cricket



    काठमाडौ, पुस २४ - नेपाली महिला क्रिकेटले स्वरूपमा परिवर्तन मात्र के गरेको थियो, यो साता कीर्तिमानको ओइरो नै लाग्यो । सातौं संस्करणदेखि ४० ओभर खेल सुरु भएपछि ६ दिनमै चार शतक बनेको छ ।
    ब्याट्सवुमनले एकपछि अर्को शतक बनाउन थालेपछि पुरुष क्रिकेटले वर्चस्व कायम गरेको क्रिकेटमा महिलाले पनि आफ्नो रौनक देखाउन सुरु गरेका छन् । यसअघिका छ संस्करणमा कुनै शतक बनेका थिएनन् ।
    प्रतियोगितामा मंगलबार शतकको नयाँ कीर्तिमान बन्यो । अनुभवी निरा राजोपाध्यायले पोखराविरुद्ध सबैभन्दा छिटो शतक पूरा गरिन् । एपीएफबाट खेल्दै नटआउट १ सय १७ रन बनाएकी उनले ७० बलमा सय रन पूरा गरेकी हुन् । उनले एकै ओभरमा छ चौका हानिन् । ३९औं ओभरमा पोखराको बलिङ सुनिता जिसीले सम्हालेकी थिइन् । त्यसै ओभरको चौथो बलमा निराले शतक पूरा गरिन् भने सबै बललाई 'बाउन्ड्री लाइन' कटाइन् । उनले जम्मा १८ चौका प्रहार गरिन् ।
    बैतडीकी रेखा रावलले शनिबार पोखराविरुद्ध ७४ बलमा बनाएको कीर्तिमान पूर्वराष्ट्रिय कप्तान निराले भंग गरिन् । 'कीर्तिमान बनाउन सकेकामा खुसी छु,' काठमाडौं मखनकी निराले भनिन्, 'शतक प्रहार गर्नेबारे सोचेकी थिइनँ, तर पूरै ओभर टिकेर खेल्छु भन्ने थियो ।'
    उनले कम बलमै शतक बनाएको इनिङ्स सकिएपछि मात्र थाहा पाएको बताइन् । 'अर्धशतक बनाएपछि शतक प्रहार गर्छु जस्तो लागेको थियो,' एपीएफकी कप्तानले भनिन्, 'पहिले २५ ओभरको खेल हुँदा कम रन बन्थ्यो । अहिले बढी रन बनाउन सजिलो भएको हो ।'
    महिला क्रिकेटको प्रशिक्षक पनि रहेकी उनले दक्षिण कोरियाबाट आएका खेलाडीलाई पनि सिकाइरहेकी छन् । उनले यू-१९ राष्ट्रिय क्रिकेटमा काठमाडौं टिमलाई प्रशिक्षण दिएकी थिइन् ।
    चौथो क्रममा ब्याटिङ गर्न आएकी उनले सीता मगरसँग नटआउट १ सय ६१ रनको साझेदारी गरेपछि एपीएफले २ सय ८७ रनको फराकिलो अन्तरको जित दर्ता भएको थियो । यसअघि नेरी थापा, रेखा रावल र अञ्जली चन्दले शतक बनाए । पहिलो शतक पूरा गर्ने कीर्तिमान नेपालगन्जकी कप्तान नेरीको नाममा रह्यो ।
    'प्रतियोगिताको स्वरूप परिवर्तनले पनि ब्याटिङ राम्रो भएको छ,' महिला राष्ट्रिय टिमलाई प्रशिक्षण दिइसकेका अरुण अर्यालले भने, 'यस पटक सहभागी टिमको स्तरमा पनि फरक देखियो ।'
    अहिलेसम्म सम्भव भएका चारमध्ये तीन शतक पोखराविरुद्ध नै बने । रेखाले १ सय ३१ रनको सबैभन्दा धेरै रनको कीर्तिमान र अञ्जलीको शतक पनि शनिबार पोखराविरुद्ध बनेको थियो । पुरुष क्रिकेटमा भने एक संस्करणमा तीन शतकमात्र बनेको छ भने जम्मामा छ बनेका छन् ।
    प्रकाशित मिति: २०७० पुस २४ ०९:१२
    - See more at: http://www.ekantipur.com/np/2070/9/24/full-story/382083.html#sthash.z8XVbpI2.dpuf



    http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=312272

    नेपालगन्ज सेमिफाइनलमा

      महिला राष्ट्रिय क्रिकेटमा मंगलबार पोखराविरुद्ध शतक पूरा गरेपछि एपीएफकी नीरा राजोपाध्याय । तस्बिर : कान्तिपुर
      काठमाडौ, पुस २३ -
      नेपालगन्ज राष्ट्रिय महिला क्रिकेटको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ । लगातार चौथो जित दर्ता गर्दै मंगलबार समूह 'बी' विजेताको रूपमा क्षेत्र नम्बर ५ नेपालगन्जले अन्तिम चारमा स्थान पक्का गरेको हो । कीर्तिपुर मैदानमा भएको खेलमा उसले क्षेत्र नम्बर ४ भैरहवामाथि २३ रनको जित दर्ता गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालगन्जले ३२ ओभर १ बलमा अलआउट हुँदै १ सय १७ रन बनायो ।

      उत्कृष्ट र्फममा रहेकी कप्तान नेरी थापाले सर्वाधिक ४९ रन बनाइन् भने रेखा बीसीले २२ रनको योगदान गरिन् । महिला क्रिकेटमा पहिलो शतकको कीर्तिमान राखेकी नेरीले पहिलो खेलमा पनि अर्धशतक बनाएकी थिइन् भने कञ्चनपुरविरुद्ध पाँच विकेट लिएकी छन् । नेरीलाई पूजा भण्डारीले बोल्ड गर्नुअघि ५८ बलमा ८ चौका हानेकी थिइन् । नेपालगन्जका अन्य कुनै पनि खेलाडीले दोहोरो रन बनाएनन् । भैरहवाका लागि कप्तान इन्दु बर्माले तीन विकेट लिइन् भने पूजा, सुधा थापा र सोनिया बर्माले दुई/दुई विकेट हासिल गरे ।

      प्रत्युत्तरमा भैरहवा ३४ ओभर ५ बलमा ९४ रनमा अलआउट भयो । उसलाई सस्तैमा समेट्न विजयी टिमकी तृष्णा सिंहले ८ ओभरमा चार मेडनसहित २० रन खर्चेर चार विकेट लिइन् । अलराउन्ड प्रदर्शन गरेकी नेरीले पनि तीन विकेट आफ्नो पोल्टामा पारिन् । भैरहवाकी कप्तान इन्दु बर्माले २५ तथा आश्ना थापाले ११ रन जोडे । चारमध्ये दुईमा हार बेहोरेको भैरहवाको ४ अंक मात्र भएको छ र उसको सेमिफाइनल प्रवेश सम्भावना कमजोर भएको छ । तीन खेलबाट चार अंक जोडेको काठमाडौंको खेलमा उसको सम्भावना निर्भर गर्नेछ ।

      नीराको कीर्तिमान

      नीरा राजोपाध्यायले कीर्तिमानी शतक प्रहार गरेपछि विभागीय टिम एपीएफले पुल्चोक मैदानमा मंगलबार पोखराविरुद्ध २ सय ८७ रनको फराकिलो जित दर्ता गरेको छ । यो महिला क्रिकेटमा सबैभन्दा फराकिलो अन्तर पनि हो । पहिले ब्याटिङ गरेको एपीएफले कमजोर देखिएको पोखरासामु चार विकेट क्षतिमा ३ सय ३९ रनको स्कोर खडा गर्‍यो । जवाफमा पोखरा ३६ ओभर १ बलमा ५२ रनमा समेटियो । कमजोर देखिएको पोखराविरुद्ध बैतडीले दुई शतकका साथ ३ सय ६२ रनको स्कोर खडा गरेको थियो ।

      एपीएफका लागि नटआउट १ सय १७ रन बनाएकी नीराले ७० बलमा शतक पूरा गरिन् । यो सबैभन्दा छिटो शतकको कीर्तिमान हो । उनले यसअघि पोखरा विरुद्धकै खेलमा रेखा रावलले ७४ बलमा बनाएको छिटो शतकको कीर्तिमान भङ्ग गरिन् । उनले पाँचौं विकेटका लागि सरिता मगरसँग १ सय ६१ रनको नटआउट साझेदारी पनि गरिन् । सरिता ८१ रनमा अन्तिमसम्म क्रिजमा रहिन् । त्यस्तै, सीता राना मगरले ४६ तथा बिना बुढा मगरले ४५ रनको योगदान दिए । जवाफमा पुरै ४० ओभर टिक्ने लक्ष्य देखाएको पोखराका लागि आरती विडारीले १९ रन बनाउनुबाहेक अन्यले दोहोरो रन जोडेनन् ।


      HTTP://NAGARIKNEWS.COM/SPORTS/CRICKET/STORY/11895

      महिला क्रिकेटमा चौथो शतक

      • 08 Jan 2014 | 08:36am
      • बुधबार २४ पुष, २०७०

      महिला क्रिकेटमा चौथो शतक
      काठमाडौं– नीरा राजोपाध्याय प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत जारी महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक बनाउने चौथो खेलाडी बनेकी छन्। सशस्त्र प्रहरीको एपिएफ क्लबकी कप्तान नीराले मंगलबार पोखराविरुद्ध १ सय १६ रनको अविजित इनिङ्स खेलिन्।

      नेपालगन्जकी नेरी थापाले यसै प्रतियोगितामा काठमाडौंविरुद्ध अविजित १ सय २१ रन बनाउँदै महिला क्रिकेटमा शतकको सुरुआत गरेकी थिइन्। त्यसलाई निरन्तरता दिँदै बैतडीकी रेखा रावल र अञ्जली चन्दले पोखराविरुद्ध क्रमशः १ सय ३१ र १ सय ११ रन बनाएका थिए।

      पोखरा कमजोर प्रतिद्वन्द्वी भए पनि नीराको मंगलबारको शतक विशेष थियो। उनले ७० बलमै शतक पूरा गरेर कम बलमा तीन अंक छुने कीर्तिमान बनाएकी थिइन्। पुल्चोक क्याम्पस मैदानमा ७५ बलको इनिङ्समा उनले कुल १८ चौका प्रहार गरेकी थिइन्। ३९औं ओभरमा नीराले सुनिता जिसीलाई लगातार ६ चौका प्रहार गरिन्। एकै ओभरमा ६ चौका प्रहार गर्नु महिला राष्ट्रियको अर्को कीर्तिमान हो।

      'शतक बनाउँछु भनेर सोचेको थिइनँ। ४० ओभरसम्म खेल्छु भनेर गएको थिएँ। खेल्दै थिएँ, स्कोर बोर्ड पनि हेरेको थिइनँ। अर्धशतक पूरा गर्न लागेपछि मैले ठूलो इनिङ्स खेलिरहेको महसुस भयो। ३० ओभरपछि मेरो स्कोर ७७ रन जति थियो, त्यसपछि मैले आक्रामक भएर खेले,' नीराले भनिन्, 'छिटो शतक र लगातार ६ चौका मैदान बाहिर आएपछि मात्र थाहा पाएँ। पूरा ओभरसम्म टिक्ने म मा स्टामिना छ भनेर देखाउनु थियो। पहिलो दुई खेलमा पनि मसँग त्यो अवसर थियो। तर आज यो अवसर गुमाइनँ।'

      नीरासँगै सरिता मगरले पनि ठूलो इनिङ्स खेल्दा एपिएफले ४ विकेट गुमाई ३ सय ३९ रन बनायो। महिला राष्ट्रियमा यो दोस्रो ठूलो टिम स्कोर हो। रेखा र अञ्जलीले शतक बनाउँदा बैतडीले पोखराविरुद्ध ३ सय ६२ रन बनाएको थियो। पोखरालाई ३६.१ ओभरमा ५२ रनमा सीमित गरी एपिएफले २ सय ८७ रनले खेल जितेर अर्को नयाँ कीर्तिमान बनायो। बैतडीले पोखरासँगको खेल २ सय २९ रनले जित्नु महिला क्रिकेटको यसअघि ठूलो रनअन्तरको जित–हार थियो।

      टस जितेको एपिएफबाट मधु थापा ३ रनमै आउट भइन्। ज्योति पाण्डेले १७ रन बनाइन्। ओपनर सीता रानामगरले ४८ बलमा ५ चौकासहित ४६ रन बनाइन्। बिनु बुढामगरले नीरासँग चौथो विकेटमा १ सय ८२ रनको साझेदारी गरिन्। बिनुले २७ बलमा ६ चौकासहित ४५ रन बनाएकी हुन्। नीरा र सरिताले पाँचौं विकेटमा १ सय ६१ रनको अविजित साझेदारी गरेका थिए। सरिताले ६० बल खेल्दै ९ चौकासहित ८१ रन बनाइन्।

      नीरा र सरिता दुवैले ३९ बलमा अर्धशतक पूर गरेका थिए। वैतडीले खेलमा कुल ३६ चौका प्रहार गरी यसै प्रतियोगितामा बनाएको कीर्तिमानलाई मंगलबार सशस्त्रले उछिनेको छ। सशस्त्रले खेलमा कुल ४० चौका प्रहार गर्‍यो। पोखराबाट करिना गुरुङले २ र प्रभा नेपालीले १ विकेट लिए।

      पोखराबाट कप्तान आरती बिँडारीले १९ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन्। एपिएफकी बिनुले ३ विकेट लिए। उनले ७ ओभरमा २ मेडन राख्दै ९ रन खर्चिन्। सोनु खड्का र करुणा भण्डारीले २–२ तथा सीताले १ विकेट लिएका थिए।

      पहिलो पटक ४० ओभरमा खेलाइएको महिला राष्ट्रिय क्रिकेटमा यसपटकमात्र १ दर्जनभन्दा बढी कीर्तिमान बनिसकेको छ। नेपालगन्जकी कप्तान नेरीले मंगलबार अर्को कीर्तिमान थपेकी छिन्। उनी लगातार चौथो खेलमा उत्कृष्ट खेलाडीमा चुनिइन्। यससँगै अंकको आधारमा दिइने प्रतियोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार नेरीले पाउने लगभग पक्का भएको छ।

      कीर्तिपुरस्थित त्रिवि मैदानमा भैरहवालाई २३ रनले पराजित गरी नेपालगन्जले सेमिफाइनल पुग्यो। नेपालगन्जको लगातार चौथो विजय हो। ४९ रन बनाएकी नेरीले बलिङमा ३ विकेट लिइन्। ५८ बल खेली चौका प्रहार गरेकी नेरीलाई पूजा भण्डारीले बोल्ड गरिन्। पहिला ब्याटिङ गरेको नेपालगन्ज ३२.१ ओभरमा १ सय १७ रनमा रोकियो। नेरीबाहेक रेखा बिसीले २२ रन बनाइन्। भैरहवाबाट कप्तान इन्दु बर्माले ३ विकेट लिइन्। उनले ७ ओभरमा २ मेडन राख्दै २३ रन खर्चेकी थिइन्। सोनिया पौडेल, सुधा थापा र पूजाले २–२ विकेट लिए।

      नेरी र तृष्णा सिंहको धारिलो बलिङपछि भैरहवा ३४.५ ओभरमा ९४ रनमा रोकियो। इन्दुले २५, एलिशा केसीले अविजित १४, आस्ना थापाले ११ र सोनिया पौडेलले १० रन जोडेका थिए। तृष्णाले ८ ओभरमा ४ मेडन राख्दै २० रन खर्चेर ४ विकेट लिइन्। नेरीले ८ ओभरमा १ मेडन राख्दै १७ रन खर्चिन्। सम्झना शर्मा र सामना पुन मगरले १–१ विकेट लिए।

      बुधबार कीर्तिपुरमा एपिएफ र बैतडी तथा पुल्चोकमा विराटनगर र जनकपुरधामबीच खेल हुनेछन्।
      - See more at: http://nagariknews.com/sports/cricket/story/11895#sthash.33GJwb97.dpuf
      प्रकाशित मिति: २०७० पुस २४ १०:४५
      http://annapurnapost.com/en/news/sports/2279/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%97%E0%A4%A8%E0%A5%8D%E0%A4%9C-%E0%A4%B8%E0%A5%87%E0%A4%AE%E0%A4%BF%E0%A4%AB%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%B2%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A5%81%E0%A4%97%E0%A5%8D%E0%A4%A8%E0%A5%87-%E0%A4%AA%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A5%8B-%E0%A4%9F%E0%A5%8B%E0%A4%B2%E0%A5%80.htm

      नेपालगन्ज सेमिफाइनलमा पुग्ने पहिलो टोली
      मिति : २०७० पुस २४, बुधबार [4 पटक पढिएको]
      अन्नपुर्ण |
      काठमाडौं : क्षेत्र नम्बर ४ भैरहवालाई २३ रनले हराउँदै क्षेत्र नम्बर ५ नेपालगन्ज महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ। नेपालगन्ज लगातार चार जित हात पार्दै समूहविजेता बन्यो। अर्को खेलमा क्षेत्र नम्बर ८ पोखरालाई दुई सय ८७ रनले पराजित गर्दै एपीएफ क्लब सेमिफाइनलनजिक पुग्यो।
      आर्मी क्रिकेट मैदानमा मंगलबार टस जितेर ब्याटिङ गरेको नेपालगन्जले ३२.१ ओभरमा एक सय १७ रन जोडेको थियो। नेपालगन्जका लागि कप्तान नेरी थापाले ४९ रनको योगदान गरिन्। भैरहवा ३४.५ ओभरमा ९४ रनमा सीमित भयो। 'लो स्कोरिङ' खेलमा भैरहवालाई सस्तैमा समेट्न नेपालगन्जका बलर तृष्णा कुँवरले चार र नेरी थापाले तीन विकेट लिए।
      सम्झना शर्मा र सामना पुन मगरले पनि एकएक विकेट हातपारे। भैरहवाका लागि कप्तान इन्दु बर्माले २५ रन जोडिन्। सोनिया पौडेल १० र आस्ना थापाले ११ रन बनाए। एलिसा केसी १४ रनमा अविजित रहिन्। भैरहवाका सुरुका पाँचमध्ये तीन खेलाडीले खातासम्म खोल्न सकेनन्।
      यसअघि नेपालगन्जका लागि नेरी र रेखा केसीले मात्र दोहोरो संख्यामा रन बनाएका थिए। रेखाले २२ रनको योगदान गरिन्। नेपालगन्जका चार खेलाडीले खाता खोल्न सकेनन्। ३६ रन जोड्दा चार विकेट गुमाएको नेपालगन्जका नेरी र रेखाले पाँचौं विकेटका लागि ४३ रनको साझेदारी गरे। भैरहवाका बलर इन्दुले तीन तथा पूजा भण्डारी, सोनिया पौडेल र सुधा थापाले दुईदुई विकेट लिए।
      नेपालगन्जले २५ रन अतिरिक्त रूपमा पायो। अलराउन्ड प्रदर्शन गरेकी नेरी प्लेयर अफ दि म्याच घोषित भइन्। समूह बीमा नेपालगन्जले चार खेलबाट आठ अंक जोड्यो। तीन खेलबाट चार अंक बटुलेको क्षेत्र नम्बर ३ काठमाडौं दोस्रो स्थानमा छ। भैरहवाको चार खेलमा चार अंक छ।
      यसैगरी समूह एअन्तर्गतको खेलमा राष्ट्रिय टोलीकी पूर्वकप्तान निरा राजोपाध्यायले दुई राष्ट्रिय कीर्तिमानसहित शतक बनाएपछि एपीएफले फराकिलो जित हातपा:यो। निराको अविजित एक सय १६ रनमा एपीएफले निर्धारित ४० ओभरमा चार विकेट गुमाउँदै तीन सय ३९ रन जोडेको थियो। पोखरा भने ३६.१ ओभरमा ५२ रनमा समेटियो।
      एपीएफकी सरिता मगर ८१ रनमा अविजित रहिन्। सीता रानामगरले ४६ र बिनु बुढामगरले ४५ रनको योगदान गरे। निरा र सरिताबीच पाँचौं विकेटका लागि अविजित एक सय ६१ रनको साझेदारी भयो। बलिङमा पनि एपीएफले स्तरीय प्रदर्शन गर्‍यो। पोखरालाई सस्तोमा समेट्ने क्रममा बिनु बुढामगरले तीन तथा सोनु खड्का र करुणा भण्डारीले दुईदुई विकेट लिए।
      पोखराका कुनै पनि खेलाडी लामो समय ब्याटिङ क्रिजमा टिक्न सकेनन्। कप्तान आरती बिडारीले १९ रन जोडिन्। पोखराका ६ खेलाडीले खातासम्म खोल्न सकेनन्। उक्त खेलमा एपीएफकी निरा प्लेयर अफ दि म्याच घोषित भइन्। समूहमा एपीएफ तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दुई खेल खेलेको क्षेत्र नम्बर ६ बैतडी, क्षेत्र ७ जनकपुर र क्षेत्र १ विराटनगरको दुईदुई अंक छ।
      निराका नाममा दुई राष्ट्रिय कीर्तिमान
      महिला राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने निरा राजोपाध्याय चौथो खेलाडी बनेकी छन्। उनले मंगलबार पोखराविरुद्ध शतकमात्र प्रहार गरिनन्, दुईवटा राष्ट्रिय कीर्तिमान पनि बनाइन्। ७० बलमा शतक पूरा गरेकी निराले सबैभन्दा थोरै बलमा शतक पूरा गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा पारिन्। खेलमा उनले एक सय १६ रन बनाएकी थिइन्।
      यसैगरी उनले एउटै ओभरमा ६ वटा चौका प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि बनाइन्। ३९ औं ओभरमा बलिङ गर्न आएकी पोखराकी सुनिता जीसीको सबै बलमा निराले चौका प्रहार गरेकी थिइन्। सोही ओभरको चौथो बलमा निराले शतक पनि पूरा गरेकी थिइन्।
      यसअघि सबैभन्दा कम बलमा शतक बनाउने खेलाडीको कीर्तिमान बैतडीकी रेखा रावलका नाममा थियो। चार दिनअघि रेखाले पोखराविरुद्ध ७४ बलमा शतक पूरा गरेकी थिइन्। गत शुक्रबारमात्र नेपाली महिला क्रिकेटमा नेरी थापाले पहिलो शतक बनाएकी थिइन्। त्यसको भोलिपल्टै बैतडीका अञ्जली चन्द र रेखा रावलले पनि शतक बनाएका थिए। यी चारमध्ये तीनवटा शतक पोखराविरुद्ध बनेका हुन्।

      Neera blasts fastest century

      • Nepalgunj advance in semi-finals with 23-run win over BhairahawaPOST REPORT


      KATHMANDU, JAN 07 -
      The Senior Women’s National saw yet another record as Neera Rajopadhayay struck the fastest century ever in domestic cricket on Tuesday.
      The Armed Police Force (APF) batwoman completed the milestone in just 70 balls as the departmental team defeated Pokhara by 287 runs to top group A with six points from three matches. Pokhara are yet to win and lie bottom of the table. “I was looking to bat through 40 overs after completing 50. I was confident of scoring a ton but had no idea I had set the record,” Rajopadhayay said.
      Batting first, APF scored 339-4 in 40 over before Pokhara were dismissed for 52 in 36.1 overs. The APF batswoman broke Rekha Rawal’s record which she made in 74 balls against Pokhara on Saturday. It was also the fourth century of the tournament after Nepalgunj skipper Nary Thapa became the first to reach the milestone in domestic cricket.
      APF also set new records of highest total and margin of victory. They surpassed Baitadi’s mark 362 and 229-run win margin. Rajopa-dhayay, who also hit six fours in an over — 39th — bowled by Sunita GC. Rajopadhyay credited the 40-over format of for scoring big runs.
      “The 20-25 overs format gave us little time to score but 40 overs provide us plenty of time to play longer innings. All those who scored tons are all experienced cricketers,” said the former Nepal captain.
      Against Pokhara on Saturday, Baitadi’s Rawal and Anjali Chand both struck centuries which also saw them set the highest ever partnership for all wickets with a stand of 248 for the second wicket. Rawal holds the record of scoring the highest 131 runs.
      At the Pulchowk ground, Rajopadhayay struck 18 fours in her 75-ball unbeaten 116. Sarita Magar also joined in the run-scoring spree with a fiery 60-ball 81. Binu Budha Magar then return to take 3-9 to restrict Pokhara.
      At TU ground, Nepalgunj won their fourth consecutive match to book a semi-final berth by virtue of topping Group B. They beat Bhairahawa by 23 runs, who are third with four points. Nepalgunj made 117 in 32.1 over but dismissed Bhaira-hawa for 94 in 34.5 overs.
      Nary struck 49 and Rekha BC 22 runs for Nepalgunj. Indu Berma and Barsha Rana grabbed four wickets each for Bhairahawa. Trishna Singh claimed four and Nary three wickets to restrict Bhairahawa. Only Berma (25) and Aashana Thapa (11) contributed a notable runs to the poor Bhairahawa run chase.
      Posted on: 2014-01-08 09:30

      http://thehimalayantimes.com/fullNews.php?headline=Neera+records+fastest+century&NewsID=402191


      Neera records fastest century


         Added At:  2014-01-07 9:18 PM

         Last Updated At: 2014-01-07 9:18 PM
      Udipt Singh Chhetry / THT
      APF skipper Neera Rajopadhyaya celebrates her century against Pokhara at the Engineering College grounds in Lalitpur on Tuesday.
      HIMALAYAN NEWS SERVICE
      KATHMANDU: Nepal APF Club skipper Neera Rajopadhyaya smashed fastest century in a record win against Region-VIII (Pokhara), while Region-V (Nepalgunj) cruised to semi-finals of the Women’s National Cricket Tournament today.

      In Pulchowk, Neera broke Rekha Rawal’s three-day old record of fastest century reaching the triple figures in 70 balls. Rekha, a Region-VI (Baitadi) opener, had smashed 100 from 74 balls against Pokhara on a day when the region set eight new records. Neera today set two new records and her sensational innings saw APF break two more set by Baitadi.

      Neera shared 161-run unbeaten partnership for the fifth wicket with Sarita Magar as APF piled up a mammoth 339-4 in 40 overs. APF sent Pokhara packing for just 52 runs in 36.1 overs for a 287-run win to break Baitadi’s record win-margin of 229 runs against Pokhara. APF also broke Baitadi’s record for highest number of boundaries. Baitadi had struck 35 boundaries and APF hammered five more today.

      Neera also set a record of hitting six consecutive boundaries in an over doing it in the 39th over bowled by Sunita GC. Neera ended up making 116 off 75 balls with 18 boundaries and Sarita struck nine fours in her 60-ball 81 not out. Neera also shared 82 for the fourth wicket with Binu Budha Magar. Binu hammered 45 runs off just 27 balls and Sita Rana Magar chipped in 46 off 48.

      Karina Gurung picked up two wickets for Pokhara whose innings in reply included five duck outs. Aarati Bidari (19) was the only Pokhara batswomen to make runs in double figures.

      Binu took 3-9 from seven overs for APF with Sonu Khadka (2-8) and Karuna Bhandari (2-8) sharing four wickets between them. APF lead Group ‘A’ with six points from three matches.

      At the TU Stadium, skipper Nary Thapa received her fourth straight player-of-the-match award as Nepalgunj defeated Region-IV (Bhairahawa) by 23 runs to win Group ‘B’ with maximum eight points from four matches and the former national team captain was the difference in the team’s run-up.

      Nary — who became the first Nepali women to score a century in domestic cricket on January 3 — made 49 in Nepalgunj’s 117 all out in 32.1 overs. She then took three top order wickets as Bhairhawa were all out for 94 runs in 34.5 overs.

      Trishna Singh (4-20) destroyed the middle order. Skipper Indu Berma made 25 off 33 with three fours for Bhairahawa. Earlier, Nary rescued Nepalgunj from a collapse sharing 43-run partnership for the fifth wicket with Rekha BC (22). Nary struck eight boundaries in 58 balls. Indu took 3-23 for Bhairahawa.



      Bimal Chandra Sharma
      Kathmandu, Nepal.

      निराको उत्कृस्ट प्रदर्शन: एकै ओभरमा ६ चौका, ७० बलमै शतक
      Tuesday, January 7th, 2014
      Neera Rajopadhyay
      Share Button
      महिला रास्ट्रिय क्रिकेटको छैठो दिन रास्ट्रिय क्रिकेट टिमको पुर्ब कप्तान तथा  एपीएफ क्रिकेट क्लबकि  निरा राजोपाध्यायले एकै ओभरमा लगातार ६ चौका र सबैभन्दा शतक बनाउने किर्तिमान बनाएकि छिन् l पोखरा बिरुद्ध अविजित ११६ रनको इनिंग खेलेकी निराले मात्र ७० बलमा शतक पुरा गरेकी थिइन् भने खेलको ३९ औ ओभरमा सुनिता जीसीको बलमा लगातार ६ चौका प्रहार गरेकी थिईन् l
      यसभन्दा अगाडी नेरी थापा , रेखा रावल , अन्जली चन्दले यसै प्रतियोगितामा शतक प्रहार गरेका थिए l चौथो नम्बरमा ब्याटिंग गरेकी निराले ११६ रनको इनिंग खेल्दा १८ चौका प्रहार गरेकी थिइन् l टस जितेर पहिले ब्याटिंग गरेको एपीएफले ११ औ ओभरमा ४७ रनको स्कोरमा दोश्रो विकेट गुमाएपछि ब्याटिंग गर्न आएकी निराले पाचौ विकेटको लागि सरिता मगर संग १६१ रनको साझेदारी गरेकी थिईन् l हेर्नुस स्कोर कार्ड
      सबैभन्दा छिटो शतकको रेकर्ड पनि बनाएकी निराले यस भन्दा अघि रेखा रावलको ७४ बलमा शतकको रेकर्ड पनि तोडेकी छिन् l रेखा रावलले पोखरा बिरुद्धकै खेलमा शतक बनाउदै उक्त रेकर्ड राखेकी थिईन l अहिलेसम्म बनेका शतक ४ मध्य ३ वटा पोखरा बिरुद्ध बनेको हो भने एउटा काठमाडौँ बिरुद्ध l
      “निकै खुसि लागेको छ , जसरि पनि हान्छु भनेको थिए ” क्रिकेटलोक संग कुरा गर्दै निराले छ चौका हाने भन्ने थाहानै नपाएको बताइन l एपीएफका प्रशिक्षकले पोखरा संगको जित स्वाभाविक बताए भने निराको शतक अस्चार्यजनक नभएको बताए l सन् २००७ को एसीसी वुमेन्स क्रिकेट च्याम्पियनशिपमा नेपाली रास्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेकी निराले सिनियर रास्ट्रिय क्रिकेट टिमको लगातार प्रतिनिधित्व गर्दै ३३ खेल खेलिसकेकि छिन् l अलराउन्डर निराले अन्तरास्ट्रिय क्रिकेटमा इरान बिरुद्ध एसीसी वुमेन्स टि-२० २००९ मा प्रहार गरेको ३९ रन सर्बाधिक स्कोर हो भने मलेसिया संग २००९ को एसीसी वुमेन्स प्रतियोगितामा लिएको ४ विकेट सर्बाधिक राम्रो बलिंग l
      महिला रास्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ चौका प्रहार गर्ने निरा पहिलो खेलाडी हुन् l नेपालको तर्फबाट अन्तरास्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ चौका हान्ने रेकर्ड ज्ञानेन्द्र मल्लले २०१२ को एसीसी ट्रफीमा साउदी अरबका बलर मोहम्मद नदीमको ओभरमा बनाएका थिए l
      सबैभन्दा धेरै रन अन्तरको जित
      एपीएफले आजै भएको खेलमा पोखरालाई  २८७ रनको बिशाल अन्तरले पराजित गर्दै सबैभन्दा ठुलो अन्तरको जितको रेकर्ड पनि बनाएको छ l पहिलो ब्याटिंग गरि ३३९ रन बनाएको एपीएफले पोखरालाई मात्र ५२ रनमा अलआउट गराएपछि यसभन्दा अघि पोखरा बिरुद्ध बैतडीले २२९ रनको जित सबैभन्दा ठुलो जित थियो l

      कम बलमा शतकको रेकर्ड ( महिला रास्ट्रिय क्रिकेट )

      खेलाडीकति बलमा शतककुल स्कोरबिरुद्ध/ कहिले
      निरा राजोपाध्याय७० बल११६पोखरा बिरुद्ध , महिला रास्ट्रिय २०७०
      रेखा रावल७४ बल१३१पोखरा बिरुद्ध , महिला रास्ट्रिय २०७०
      अन्जली चन्द९० बल१११पोखरा बिरुद्ध , महिला रास्ट्रिय २०७०
      नेरी थापा१०९ बल१२१काठमाडौँ बिरुद्ध , महिला रास्ट्रिय २०७०

      महिला क्रिकेटमा सर्बाधिक रन

      खेलाडीरनबल४/६प्रतियोगिता
      रेखा रावल१३१९८१९/०महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०७०
      नेरी थापा१२११२८२१/०महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०७०
      निरा राज उपाध्याय११६७५१८/०महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०७०
      अन्जलि चन्द१११९५१५/०महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०७०
      मधु थापा९२५९n/aमहिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०६७
      धन्यवाद : रमन सिवाकोटी

      नीराले बनाइन् छिटो शतकको कीर्तिमान

      २०७० पुष २३ गते १७:४७ मा प्रकाशित


      २३ पुस, काठमाडौं । नीरा राजोपाध्यायले राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक छिटो शतकको कीर्तिमान बनाएकी छिन् ।
      राष्ट्रिय महिला क्रिकेटमा नीराले क्षेत्र नम्बर ८ पोखराविरुद्ध सशस्त्र प्रहरीको एपीएफको तर्फटबाट ७० बलमा शतक प्रहार गर्दै रेखा रावलको कीर्तिमान तोडेकी हुन् । बैतडी ६ कि रेखाले यही प्रतियोगितामा ७४ बलमा शतक प्रहार गरेका थिइन् ।
      neera-rajopadhyaya finalनीराले ३९ बलमा अर्धशतक बनाएकी थिइन् । सुनिता जीशीको बलमा ४९ औं ओभरमा लगातार ६ चौका प्रहार गरेकी उनले ७५ बलमा अविजित १ सय १६ रन बनाइन् ।
      एपीएफका लागि शरिता मगरले ८७ रन बनाइन् । नीरा र शरिता चम्किएपछि एपीएफले ४० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ३९ रन बनायो ।
      ३ सय ४० रनको विशाल लक्ष्य पछ्याएको पोखरा ३६.१ ओभरमा ५२ रन जोड्दा अल आउट भयो र एपीएफले महिला क्रिकेटमा अहिलसम्मकै सबैभन्दा ठूलो अन्तर २ सय ८७ रनको जित हात पारेको छ ।
      नेपालगञ्ज सेमिफाइनलमा
      यसैबीच क्षेत्र नम्बर ४ भैरहवालाई २३ रनले पराजित गर्दै क्षेत्र नम्बर ५ नेपालगञ्ज ८ अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छ ।
      पहिले व्याटिङ्ग गरेको नेपालगञ्जले ३२.१ ओभरमा सबै विकेट गुमाएर १ सय १७ रन बनायो । उसका लागि नेरी थापाले ४९ रन बनाइन् । जवाफमा मैदान उत्रिएको भैरहवाले ९४ रन जोड्दा सबै विकेट गुमायो ।
      - See more at: http://www.onlinekhabar.com/2014/01/153127/#sthash.HJW4vCfK.dpuf








      Neera Records Fastest Century

      Arun Upreti

      Tuesday January 7 2014

      Neera-Rajopadhyay-of-APF-receiving-Player-of-the-Match-award-from-the-guest-e1349184736351
      Kathmandu – In the other match played today Armed Police Force defeated Pokhara by massive 287 runs, the biggest margin in National Women’s Cricket so far.
      Winning the toss and batting first APF posted 339/4 in 40 overs.
      Neera Rajopadhaya became the fourth woman to score a century and in doing so also set the record for the fastest hundred. Neera reached her century in just 70 balls, beating previous fastest by Rekha Rawal of Baitadi(74 balls).
      Neera smacked 4 consecutive fours in the first four balls 49th over bowled by Sunita GC to reach her century. The other two balls recieved the same fate and Neera also became the first player to do show in WOmen’s National Tournament.
      Sarita Magar scored 81 of 60 balls(50 of 39 balls) and added unbroken 159 runs for the 5th wicket. Sita Rana Magar(46 of 48) and Binu Budha Magar (45 of 27) were equally helpful in APF’s cause.
      Chasing an almost impossible target Pokhara were folded for just 52. Except Captain Aarati Bidari who made 19 noe of the other batters crossed the double digits.
      Sonu Khadka started with the wickets early on for APF getting rid of the openers. With number 4 and 5 run out, Binu Budha Magar and Karuna Bhandari got rid of the middle and lower order to give APF the  win.
      Record Summary:
      - Neera Rajopadhaya 50 Runs in 39 Balls
      - Sarita Magar 50 Runs in 39 Balls
      - Neera Rajopadhaya 100 Runs in 70 Balls (48.4 Overs)
      - Neera Rajopadhaya hits 6 consecutive 4 in 49th
      - 287 Runs is the biggest margin by any team to win the game in women’s National till now
      - Neera Rajopadhaya fastest 100, beating previous record of Rekha Rawal of R-6 (Baitadi) in 74
      Balls in current National

       नीराले बनाइन् छिटो शतकको कीर्तिमान


      (1 Vote)
      नीराले बनाइन् छिटो शतकको कीर्तिमान
      काठमाडौं– सशस्त्र आर्मी क्लवकी कप्तान नीरा राजोपाध्यायले महिला क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान बनाएकी छिन्। मंगलबार पुल्चोक इन्जिनियरिङ कलेज मैदानमा पोखरासँगको खेलमा उनले मात्र ७० बलमा शतक पूरा गरेकी हुन्।
      यसअघि छिटो शतक बनाउने रेकर्ड बैतडीकी रेखा रावलको नाममा थियो। उनले पोखराविरुद्धको खेलमा ७४ बलमा शतक बनाएकी थिइन्। जारी प्रतियोगितामा यो चौथो शतक हो। यसअघि नेपालगन्जकी नेरी थापा र बैतडीकी रेखासँगै अञ्जली चन्दले पनि शतक बनाएकी थिइन्।
      पुल्चोक इन्जिनियरिङ क्याम्पस मैदानमा ७५ बलको इनिङ्समा नीराले कुल १८ चौका प्रहार गरिन्। ३९औं ओभरमा नीराले सुनिता जिसीलाई लगातार ६ चौका प्रहार गरिन्। एकै ओभरमा ६ चौका प्रहार गर्नु महिला राष्ट्रियको अर्को कीर्तिमान हो।
      ‘शतक बनाउँछु भनेर सोचेको  थिइनँ, ४० ओभरसम्म खेल्छु भनेर गएको थिएँ। खेल्दै गएँ, स्कोर बोर्ड हेरेको पनि थिइनँ। अर्धशतक पूरा गर्न लागेपछि मैले ठूलो इनिङ्स खेलिरहेको महसुस भयो। ३० ओभरपछि मेरो स्कोर ७७ रन जति थियो, त्यसपछि मैले आक्रामक भएर खेले,’ नीराले भनिन्, ‘छिटो शतक र लगातार ६ चौका मैदान बाहिर आएपछिमात्र थाहा पाए। पूरा ओभरसम्म टिक्ने ममा स्टामिना छ भनेर देखाउनु थियो। पहिलो दुई खेलमा पनि मसँग त्यो अवसर थियो। तर आज यो अवसर गुमाइनँ ।’
      नीरासँगै सरिता मगरले पनि ठुलो इनिङ्स खेल्दा सशस्त्रले ४ विकेट गुमाई ३ सय ३९ रन बनायो। महिला राष्ट्रियमा यो दोस्रो ठूलो टिम स्कोर हो। रेखा र अञ्जलीले शतक बनाउदा बैतडीले पोखराविरुद्ध ३ सय ६२ रन बनाएको थियो। पोखरालाई ३६.१ ओभरमा ५२ रनमा सीमित गरी सशस्त्रले २ सय ८७ रनले खेल जितेर अर्को नयाँ कीर्तिमान बनायो। बैतडीले पोखरासँगको खेल २ सय २९ रनले जित्नु महिला क्रिकेटको यसअघिको ठुलो रन अन्तरको जितहार थियो ।
      पुल्चोक इन्जिनियरिङ क्याम्पस मैदानमा टस जितेको सशस्त्रबाट मधु थापा ३ रनमै आउट भइन्। ज्योति पाण्डेले १७ रनमा आउट भइन्। ओपनर सीता रानामगरले ४८ बलमा ५ चौकासहित ४६ रन बनाइन् । विनु बुढामगरले नीरासँग चौथो विकेटमा १ सय ८२ रनको साझेदारी गरिन्। विनुले २७ बलमा ६ चौकासहित ४५ रन बनाइन्। नीरा र सरिताले पाँचौं विकेटमा १ सय ६१ रनको अविजित साझेदारी गरिन्। सरितले ६० बल खेली ९ चौकासहित अविजित ८१ रन बनाइन्। नीरा र सरिता दुवैले ३९ बलमा अर्धशतक पूरा गरेकी थिइन् । पोखराकी करिना गुरुङले २ र प्रभा नेपालीले १ विकेट लिइन्।
      कप्तान आरती बिडाँरीले १९ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन्। सशस्त्रकी विनुले ३ विकेट लिए। उनले ७ ओभरमा २ मेडन राख्दै ९ रन खर्चिन्। सोनु खड्का र करुणा भण्डारीले २–२ तथा सीताले १ विकेट लिइन्।
      - See more at: http://nagariknews.com/sports/cricket/story/11875#sthash.W1GlAfNJ.VUPJYfwU.dpuf