posted by Biru Subedi. article of om dharananda on 2012 June 1
ऐतिहासिक गल्तीको शिकार : नेवार समुदाय
ओम धरानन्द राजोपाध्याय
Source: https://www.facebook.com/groups/128162230572742/permalink/505661206156174/
- "... यार तैले त जातैले पाएको, जे पनि खान पाउंछस् हामीले पो ..."
- "... तिमीहरुको भोजभतेर त खतरा पो हुन्छ, घाँटी पोल्ने सोमरस नभई त ..."
- "... तिमी साहूजीहरु त वैश्य होइनौ र - फेरि यो जनै कहाँबाट आयो - ..."
- "... तपाईंहरुको विवाह त बज्राचार्यहरुसँग हुन्छ होला, होइन - ..."
- "... तपाईं कुन जातको हुनु भो - बाहुन, छेत्री कि नेवार ..."
यी वाक्यांशहरु कपोलकल्पित नभएर स्वयं यी पंक्तिकारप्रति लक्षित बेलाबखतका अभिव्यक्ति हुन् । त्यसमा पनि उदेक लाग्दो कुरो त के भने यी सबै वाक्यांशहरु नेपालका प्रबुद्ध कहलिएका व्यक्तिहरुको मुखारविन्दबाट प्रस्फुरित हुन् । विज्ञ पाठकवर्ग सोचमा पर्नुभएको होला यो के छेउ न टुप्पाको अप्रासङ्गकि कुरा फलाक्दैछ - यस निमित्त म केही बेरको धर्ैयको अपेक्षा गर्दै यहाँहरुलाई एकै क्षण कल्पनालोकमा विचरण गराउन चाहन्छु ।
× × ×
दर्ुइ विशाल किन्तु पृथक धर्म र संस्कृतिका अनुयायीहरु भएको देशहरुको बीचमा विश्व मानचित्रमा कुनै 'क' नाम गरेको मुलुक अवस्थित छ । यस देशका अधिकांश जनताको धर्म र संस्कृति मिल्दोजुल्दो भएकोले दक्षिणतर्फो विशाल मुलुकसंग कुनै सीमा बन्देज छैन, दुबै मुलुकका नागरिकहरु निर्बाध रुपले सीमा प्रवेश तथा निवेश गर्न स्वतन्त्र छन् । यसै सौविध्यको सदुपयोग गर्दै छिमेकी मुलुकको सुरक्षा सेनासम्ममा पनि 'क' देशका नागरिकले प्रवेश पाउंदै आएका छन् । यिनीहरुको शौर्य, वीरता र इमान्दारी जगजाहेर छ र त्यसैकारण यी नागरिक तेश्रो मुलुकमा पनि भाडाका सिपाही बन्न ग्राहृय मानिन्छन् । यी परिश्रमी योद्धाको साहस र विश्वसनीयताको कदरस्वरुप यिनले विभिन्न सम्मान, पदक तथा अलङ्कार पनि पाएकाछन् ।
दक्षिणतर्फो छिमेकीको महत्वाकाङ्क्षाको फलस्वरुप यो सानो मुलुकले सामरिक रुपमा आफ्नो अस्तित्वको रक्षा गर्न नसकी अन्ततः त्यसैमा विलीन भयो । उसै त युद्धमा परास्त गरेर जितेको राज्य, त्यसमा पनि विजेता राष्ट्र धर्म र जातपातको भेदभावमा आपादमस्तक डुबेको हुंदा नौलो राज्यका नागरिकले सम्मान पाउने त कुरै भएन, उल्टो तिनलाई हरुवा भएकाले हेयाउने प्रयासहरु शुरु भए । यस निम्ति तिनलाई ठूलो परिश्रमको आवश्यकता पनि परेन । नौलो राज्यका नागरिक वीर सेनानीहरु भएको तथ्य जगजाहेर छंदैथियो, त्यसैले तारिफ गरेजस्तो गरी यी मानिसहरु वीर हुन््, क्षेत्रीय हुन्, यिनको रणकौशल गजबको हुन्छ भन्ने प्रचार शुरु भयो । सानो भइकन पनि आफैमा चार वर्ण्र्ाा छत्तीस जातको साझा फूलबारी भनिएको सो मुलुकका नागरिकहरु यसरी रातारात एकै वर्ण्र्ाा एकै जात अर्थात् क्षेत्रीयमा परिणत भए ।
समयचक्र निरन्तर घुम्दै रहृयो । आफूबीचको आदायप्रदाय नै पर्याप्त भएकाले बाहृय समाजसंगको सर्म्पर्कको अभावमा आफूलाई एकै जात र धर्ममा परिणत गरेको कुरामा नौलो प्रान्तका नागरिकलाई न त चासो रहृयो, न जानकारी नै । यसरी नै कयौं पुस्ता बिते । यसबीचमा बाहृय समाजको सर्म्पर्कमा आउन थालेका केहीले यस विषयमा थाहा पाए तथा भ्रमपर्ूण्ा मान्यताको प्रतिकार गर्ने प्रयास पनि गरे तर त्यतिञ्जेलसम्म ढीलो भइसकेकोले तिनीहरुको स्वरलाई दमन गरियो । निरन्तरको सुगारर्टाई र भ्रमपर्ूण्ा पाठ्य सामग्रीको प्रतिफल अझ भयावह रुपमा देखा पर्यो - कुनैबेला पृथक अस्तित्व बोकेको राष्ट्रका ती नागरिकहरु स्वयंले आफूलाई र्सगर्व हामी फलानो जाती भनेर आप\mनो परिचयलाई सीमित र सङ्कुचित गर्न थाले ।
× × ×
अव वास्तविकतातर्फफर्कौं । यस कल्पित घटनाक्रममा यदि नेपाल नै सो 'क' नामको मुलुक भएको भए भारतमा विलय हुंदाको अवस्थामा सबै नेपाली रातारात क्षेत्रीय बन्ने थिए त - र्ससर्ति हर्ेदा यसो हुनै सक्दैन भन्ने भ्रम पर्न सक्छ । तर कटु सत्य के हो भने यथार्थमै यस्तो युगान्तकारी घटनाक्रमबाट कुनै ऐतिहासिक कालखण्ड गुज्रिसकेकोछ । फरक केवल नाम र साधनको हो । प्राचीन नेपाल राष्ट्र -नेवार राज्य) लाई सो 'क' नामको मुलुक मान्नुहोस् र तिनको पहिचानमा रहेको वीरताको ठाउंमा व्यापार व्यवसायलाई राख्नुहोस् । त्यसैगरी विजयोन्मादी राज्यको रुपमा राजा पृथ्वीनारायण शाहको गोरखालाई लिनुहोस् । अब आप\mनो अन्तरआत्मालाई साक्षी राखी आफैसंग सोध्नुहोस् - के माथि उल्लिखित घटनाक्रम ऐतिहासिक वास्तविकता होइन - के व्यापार व्यवसायमा साख रहेेकै कारण रातारात सम्पर्ूण्ा नेपाल राज्यका नागरिकहरु एकैपटक साहुजी याने वैश्य मानिन पुगेनन् - अझ बिडम्बनाको कुरा के स्वयं नेवार समुदायका मानिसहरु, जो तत्कालीन स्वतन्त्र र पृथक धर्म तथा जातजाति भएको नेवार -तत्कालीन नेपाल) राष्ट्रका नागरिक थिए, आजकल जातको ठाउंमा नेवार लेख्दैनन् - के यसैबाट नेवार समुदाय एक गम्भीर ऐतिहासिक गल्तीको शिकार भएको आभास हुंदैन -
विज्ञ पाठकवर्गलाई इतिहास सम्झाइरहनु पर्ने आवश्यकता म देख्दिन । परापर्ूवकालदेखि नै नेपाल राज्यमा सनातन वर्ण्र्ाायवस्था रहेको भएपनि ठकुरी राजा -मल्ल राजालाई थकु जुजु पनि भन्दछन् जसको अर्थ ठकुरी राजा हुन्छ) जयस्थिति मल्लको समयसम्म पुग्दा बौर्द्धधर्म निकै विकसित भएको र त्यस समयमा नागरिकहरु सम्पन्न भई खानलाउनको दुःख पनि नभएकोले श्रमप्रधान वा फोहर चलाउनुपर्ने कामहरु गर्न छाडी सबैले विलासितापर्ूण्ा जीवन यापन गर्न थालेकाले श्रम र सामाजिक सन्तुलन कायम गर्न तथा ह्रासोन्मुख वर्ण्ााश्रम व्यवस्था बचाउनकै लागि अ-आप\mनो जातलाई तोकिएको काम गर्दिन भन्न नपाउने गरी कामको बांडफांडको व्यवस्था राजा जयस्थिति मल्लले मिलाए । तर यसैलाई तिनले जातिपातिको व्यवस्था गरेको रुपमा इतिहासको अपव्याख्या भइरहेको छ । यदि उसबेला मात्र जातीय व्यवस्था शुरु भएको मान्ने हो भने जयस्थिति मल्ल भन्दा अगाडि नेपालका मन्दिर, देवालयहरुमा पूजापाठ समेत हुंदैनथ्यो, वर्ण्ााश्रम धर्म अनुकूलका कर्मकाण्ड सम्पन्न हुंदैनथे भनी सनातनकालदेखि चल्दै आएका परम्पराको अस्तित्व नै अस्वीकार गर्नुपर्ने हुन्छ । त्यसो होइन भने वर्ण्र्ााजात र संस्कारको प्रचलन त जयस्थिति मल्लको समयअघि पनि भएकै मान्नर्ुपर्छ । त्यसैले जयस्थिति मल्लको समयमा नेवार समुदायभित्र वैश्य समाज मात्र रहेको र त्यसमध्येबाटै जातजातिको प्रादर्ुभाव भएको भन्ने संकर्ीण्ा मानसिकताले ग्रस्त मान्यताले टेक्ने कुनै ठोस धरातल विद्यमान छैन ।
नेवार समुदायभित्रको अन्य जातजातिका सम्बन्धमा म अधिक जानकारी राख्दिन किन्तु म स्वयंले देखे भोगेका यथार्थ र आप\mनै जातथरबारेको विश्लेषण नै पनि धेरै हो भन्ने मलाई लाग्दछ । हाल राष्ट्रभाषाको रुपमा नेपाली भाषा प्रचलनमा छ र देशका धेरै जनताले पारिवारिक भाषाको रुपमा यसलाई अङ्गकिार गरेका छन् । तर के नेपाली बोल्ने भएकै कारणले मात्र कोही नेपाली ब्राहृमणलाई नेपालेतर ब्राहृमणले सवर्ण्र्ााोइन भन्न मिल्छ - त्यसैगरी तत्काल प्रचलनमा रहेको राष्ट्रभाषालाई मातृभाषाको रुपमा स्वीकार गरेकै कारणले नेवार समुदायका ब्राहृमणले चाहिं वैश्य बन्नुपर्ने स्थिति किन उत्पन्न भयो त - यस विश्लेषणको अभ्रि्राय कुनै जातिवादी कलह उत्पन्न गर्ने दुश्चेष्टा नभई केवल एक ठूलो ऐतिहासिक त्रुटिको चित्रण गर्नुमा सीमित छ । जातिवादी अमानवीय व्यवस्थाको पक्षधर म स्वयं पनि होइन, तर संस्कृतिको विकृतिपर्ूण्ा व्याख्या भइरहेको तथ्यलाई उजागर गर्न भने आवश्यक ठानेको छु ।
आफूले भोगेका र देखेका केही प्रसङ्ग राखौं । नेवारेतर व्यक्तिलाई मैले आफ्नो परिचय दिंदा धेरैजसो अवस्थामा सुन्नेले 'राज उपाध्याय' सुन्दछन् र तत्कालको प्रतिक्रिया बडो उदेक लाग्दो हुन्छ । "..उपाध्याय भन्नुहुन्छ फेरि राम्रैसंग नेवार कुरा पनि गर्नुहुन्छ !..." म तत्काल सच्याइदिन्छु - 'राज उपाध्याय' होइन 'राजोपाध्याय' । अब उनले कुरा बुझ्दछन् र टाउको हल्लाउंछन् । तर बिडम्बना ... बुभ\mन त बुभ\mछन् किन्तु गलत बुभ\mछन् । भलै म उनको सगोत्री/सजातीय किन नहोउं, उनी मलाई वैश्य मानिहाल्छन् । त्यत्तिखेर मलाई उनको विद्वत्ताप्रति दया लाग्दछ - खासगरी एकै गायत्रीमन्त्र जप्ने र उनै वैदिक ऋचाले त्रिकाल सन्ध्योपासन गर्ने भएपनि मानसिकरुपमै विभेदपर्ूण्ा मान्यता बोक्ने तथाकथित 'व्रि्र' लाई यथार्थ बुझाउनमा समयको अपव्यय गर्नु श्रेयस्कर पनि हुंदैन ।
वृहत् समुदायले बोल्ने भाषालाई जातीयताको परिभाषाभित्र सीमित गर्ने हो भने हिन्दी, अवधी, मैथिली, भोजपुरी आदि विभिन्न भाषा बोल्नेहरुलाई पनि पृथक जात नै मान्नुपर्ने हुन्छ । स्वयं नेवार समुदायमा धेरैपछि मात्र प्रवेश पाएका तिरहूतहरुको आजसम्म पनि मिथिलाप्रदेशको तिरहूतसंगै वैवाहिक सम्बन्ध कायम भइरहेकोछ तर उनीहरुले पनि मातृभाषाको रुपमा नेवारभाषालाई नै स्वीकार गरिआएकाछन् । ती झा तथा मिश्रहरुलाई नेपालप्रवेशको छोटो अवधिमा मिथिलाञ्चलसंग सर्म्पर्क टुटिनसकेको कारणले आज पर्यन्त ब्राहृमणकै रुपमा स्वीकार गरिएकोछ । तर आचार्य, सुवेदी, लामिछाने, रिमाल लगायतका विभिन्न थर गोत्र भएका राजोपाध्यायहरु भने प्राचीनताकै कारणले वैश्य बन्नुपर्ने स्थिति किन आयो -
२०५८ सालको जनगणनाको क्रममा मेरो आप\mनै भोगाईको एक क्षण यस्तो रहृयो -
- तपाईंको जात -
- उपाध्याय ब्राहृमण ।
- मातृभाषा -
- नेपालभाषा -नेवारी शव्द विकृतिजन्य हो । तत्कालीन नेपाल राष्ट्रको राष्ट्रभाषा नेपालभाषा नै कहलिनर्ुपर्छ, अन्यथा इतिहासलाई असम्मान गरेको ठहरिन्छ भन्ने मेरो मान्यता छ)
- यस्तो कसरी हुन्छ - नेवार पनि कहीं ब्राहृमण हुन्छ -
- उसो भए हिन्दूधर्मावलम्वी नेवारको ब्राहृमणबाट गरिनुपर्ने कर्मकाण्ड आजसम्म कसले गराउंदै आएको मान्नुहुन्छ - कि परापर्ूव एवं लिच्छवी तथा मल्लकालमै पनि तपाईंले जस्तै नेपाली भाषा बोल्ने ब्राहृमणहरु नेपाल उपत्यकाभित्र दैनिक आएर कर्मकाण्ड गराएर फर्किने गर्थे भनिठान्नुहुन्छ -
- त्यो मलाई थाहाछैन, तर नेवारको पनि बाहुन भन्ने हो भने हामीचाहिं के बाहुनको बाहुन भयौं त - यस्तो पनि कहीं हुन्छ - यो त लेख्नै मिल्दैन ...
अब देशको जनसंख्या, भाषा, वर्ण्र्ााजात, पेशा, संस्कार आदिको तथ्याङ्क सङ्कलन गर्न हिंडेका ती कर्मचारीको पर्ूवाग्रहयुक्त मनस्थितिले तथ्याङ्क सङ्कलन भयो होला कि मिथ्याङ्क, त्यो त दैव जानुन् तर मेरो समयको भने अनाहकमा निकै अपव्यय भयो ।
नागरिकताको प्रमाणपत्र लिने क्रममा पनि मेरा एक मित्रलाई यस्तै समस्या आइपर्यो । कुरो के भएछ भने उनका पिताले आप\mनो नागरिकतामा राजोपाध्याय लेखाउनु भएको रहेछ । जबकि राजोपाध्यायले शर्मा वा आप\mनो थर मात्र लेख्ने गरेको पनि प्रशस्त उदाहरण छन् । त्यसैले मेरा मित्र साढेपांच अक्षर लामो राजोपाध्यायको साटो आप\mनो समाजमा सहज प्रचलनमा रहेको शर्मा मात्र लेख्न चाहन्थे । नेवारको छोरो बाहुन हुन सक्दैन भन्ने पर्ूवाग्रहले यहाँ पनि आप\mनो कमाल देखायो । शैक्षिक लगायत आप\mना अरु प्रमाणपत्रहरुमा शर्मा लेखाएका उनको नागरिकतामा भने राजोपाध्याय लेखिएकै कारणले पछि कतिपटक यस दर्ुभावनाको उनले शिकार हुनुपर्यो गनी साध्य छैन । नेवारलाई एउटै जात मान्ने मिथ्या सुगारर्टाईले अरु कति दुष्प्रभाव परिरहेको होला, सोचनीय छ ।
राजाको गुरु वा पुरोहित भएका कारणले राजोपाध्याय लेखिन थालेको वा अमूक राजाले उपाधिको रुपमा दिएको भन्ने एकथरी मत छ भने अर्को मत अनुसार विगतमा नगरक्षेत्र बाहिरको प्रादेशिक प्रशासनको कार्यभार समेत धर्माधिकारीको हैसियतले यीनै राजोपाध्यायले वहन गरेको हुंदा यिनलाई राज्योपाध्याय भनिएको हो र पछि राज्योपाध्यायबाट राजोपाध्याय बन्न पुगेको हो । प्राचीन लिखतहरुमा कतै कतै राज्योपाध्याय शव्द प्रयोग भएको पनि पाइन्छ । यस मतको पुष्टिको निमित्त दर्ुइवटा कुरा अघि सारिएकाछन् - पहिलो कुरा त राजोपाध्याय ब्राहृमणलाई अद्यापि जुजु -यस शव्दको अर्थ राजा हुन्छ) वा कतैकतै राजा नै भनेर पनि संवोधन गरिन्छ र यसक्रममा नेपालभाषामा उपल्लो तहकै सम्मानपर्ूण्ा वचन -बक्सियोस् आदि) को प्रयोग गरिन्छ तथा चाँगुनारायण जस्तो देवालयमा पूजाहारीले आशौच समेत बार्न नहुने र रातो पोशाक लगाएर नित्य पूजाआजा गर्नुपर्ने परम्परा छ जबकि बाबुआमा मर्दा आशौच बार्न नपर्ने उन्मुक्ति केवल गद्दीनसीन राजालाई मात्र प्राप्त हुन्छ । त्यस्तै, दोश्रो उदाहरण हालसम्म पनि प्रचलनमा रहेको पशुपतिनाथसंग सम्बद्ध छ -पशुपतिमा प्रशासकीय अधिकार मूलभट्टले प्रयोग गर्दै आएको नमूना आजसम्म पनि हाम्रो सामु स्पष्ट छंदैछ भने धर्मभीरुको बाहुल्य रहेको परापर्ूवकालमा धर्माधिकारीको रुपमा यसैगरी अन्य देवस्थलहरुमा पनि ब्राहृमणलाई प्रशासकीय अधिकार नदिइएको होला भन्न सकिंदैन । दक्षिण भारतबाट भट्टहरु ल्याई पशुपतिमा पूजा गर्न लगाउने कार्य धेरै पछि मल्लकालमा आएर मात्र भएको र त्यसअघि त्यहाँँ पनि राजोपाध्यायहरुले नै पूजाआजा गर्दै आएको सर्न्दर्भमा यो तर्क पनि गहन नै प्रतीत हुन्छ । शायद यसै कारणले राजोपाध्यायेतर ब्राहृमणहरुलाई आफूभन्दा सानो मानेर आजसम्म पनि आम राजोपाध्यायको भातभान्साभित्र प्रवेश बर्जित गरिएको तथा गैरनेवार ब्राम्हण कन्यालाई समेत राजोपाध्यायले स्वीकार नगरेको पाइन्छ ।
उल्लिखित आधार तथा प्रमाणहरुको कसीमा अब शुरुमा उठाइएका प्रश्न वा जिज्ञासाको समाधान खोजौं -
- नेवारभित्र शाक्त, वैष्णव लगायतका सनातन तथा बुद्धमार्गी समेत पर्ने भएकोले सबै नेवार र्सवभक्षी हुंदैनन् यर्सथ जे पनि खान पाउने भन्ने प्रश्नै रहेन
- सोमरस पनि सबै नेवारलाई चल्दैन, कतिपय त जातैले वैष्णव हुन्छन्
- सबै नेवार साहूजी वा वैश्य होइनन्
- राजोपाध्यायको विवाह बज्राचार्यसंग हुने भए अरु उपाध्यायले पनि मौलाना वधू वा पादरी कन्यासंग विवाह गरे भयो, यी सबै त अ-आप\mना धर्मका गुरु वा पुरोहित नै हुन्
- 'बाहुन कि छेत्री कि नेवार' भन्ने विकल्प सहितको प्रश्न उचित हो भने 'तपाईं बाहुन कि मदेशीे' अथवा 'तपाईं छेत्री कि मैथिल' भनेर पनि प्रश्न गर्न मिल्ने भयो । किनभने मदेशी र मैथिल भने जस्तै नेवार पनि स्थान र भाषाविशेषसंग सम्बन्धित वृहत् समुदायको नाम हो ।
चारै वर्ण्र्ाा छत्तीस भन्दा बढी जात त नेवार समुदायको हिन्दू -सनातन-) धर्मावलम्बीबीच मात्रै पनि अद्यापि अस्तित्वमा छ । यस बाहेक बुर्द्धधर्मका अनुयायी पनि नेवार समुदायभित्रै छन् । केही मुसलमान परिवार पनि नेवार समुदायभित्र भएको वाल्यकालमा सुनेको थिएं । मल्ल कालमै क्रिश्चियन धर्मप्रचारको कुरा तथा चर्च बनाउने स्वीकृति सम्बन्धी कुरामा विवाद उठेको चर्चा पनि पढ्न पाइन्छ । चतर्ुवर्ण्र्ाार्थात् ब्राहृमण, क्षेत्रीय, वैश्य र शूद्रको अस्तित्व भएको सनातन तथा बौद्ध समेत दर्ुइ ठूला धर्मावलम्बीहरुको वृहत् उपस्थिति रहेको पृथक राज्यका नागरिकहरुको समूह कसरी एकै जात मात्र हुनसक्छ - जात भनेको त वर्ण्र्ााशेषको पनि एक सानो भेद मात्र हो कि होइन - एकै जातभित्र कहिल्यै छूत र अछूत -विगतमा भए पनि हाल कानूनतः वर्जित) पनि समाहित हुन सक्छ - अब नेवारलाई एक जात मात्र मान्ने हो कि वृहत् समुदाय मान्ने हो त - भ्रम निवारण गर्ने प्रयास र चिन्तन आजै शुरु गरौं र विगतमा भएको ऐतिहासिक गल्तीलाई सुधार्ने प्रण गरौं । सबैमा निर्भिक भएर सत्यको सामना गर्ने साहस र क्षमता जागोस् । यस विषयमा अध्ययन र अनुसन्धान गर्न सम्बन्धित विज्ञहरुलाई यस लेखले उत्प्रेरित गर्नसके म कृतकृत्य हुनेछु । अस्तु ।
पत्राचार निमित्त ः
odhara2003@yahoo.com

No comments:
Post a Comment