Tuesday, January 7, 2014

आदिवासी उपत्यकाली व्राम्हण भनौं

लेख :– आदिवासी उपत्यकाली व्राम्हण भनौं
लेखक :– बिजु सुवेदी “विजय”
source:https://www.facebook.com/bijusubedibijay?hc_location=stream

राजोपाध्याय
का बारेमा आफूले पनि केही जानकारी दिने उद्देश्यले आपूmलाई लागेका कुराहरु पहिलो पटक यो ग्रुपमा ओकल्दैछु । हामीले कसैलाई राजोपाध्याय भनेको के हो ? भनेर सोध्यौं भने नेवार वाहुन हो भनेर भत्रु मनासिव हँुदैन किनभने ९९ प्रतिशतहरुलाई नेवार भनेको वैश्य जात हो भनेर मात्र थाहा छ । त्यसैले सम्झाउने बेला उनीहरु टाढा पुगिसकेका हुन्छन् र हामीले वैश्य भएर रहनुपर्ने अवस्था आउँछ र हामीले सम्झाउनै पाउँदैनौं । अनि हामी व्राम्हण भएर पनि वैश्यमा गनिन्छौं । त्यसैले ल तिमी राजोपाध्याय तर तिम्रो जात के हो ? भनेर सोध्यो भने अथवा राजोपाध्याय भनेको के हो भनेर सोधनी गर्दा आदिवासी उपत्यकाली व्राम्हण भन्दा उपयु्क्त हुन्छ । यसरी भन्दा सम्झाइराख्नुपर्ने झण्झट हुँदैन । यही नै मेरो ठम्याइ हो ।

हुन त आजकाल व्यापारको युग हो । कसैले केही व्राम्हण कर्म गरेर समाजसेवा गर्यौं भने के फाइदा छ , कति पैसा आउँछ ? भनेर जसले पनि सोध्ने गर्दछन् । त्यसैले सबैजना वैश्यजस्ता छन् । त्यसैले जसले व्राम्हणरुपी कर्म विनाभेदभाव विनामूल्य समाजलाई राम्रो बनाउने कर्म गर्दछन् त्यो व्यक्ति जातले कसाइँ , पोडे , च्यामे , क्षेत्री , वैश्य वा जुनसुकै तुच्छ जात भएपनि ऊ व्राम्हण हुन्छ , उसको कर्मले । यही अहिलेको रुपान्तरित भएर आएको हाम्रो देशको आमूल परिवर्तनले हामीलाई सिकाएको पाठ हो । र यसैलाई अङ्गिकार पनि गनैै पर्छ ।

हुन त अहिले
राजोपाध्याय समाज पनि गठन भइसकेको अवस्था छ र निर्विरोध निर्वाचित भइरहेको पनि अवस्था छ । उपस्थितिहरु मात्र सदस्य भएर पनि यस्तो भएको पनि हुन सक्दछ । उहाँहरुलाई नेवार भत्रुमा गर्व छ । त्यस्तो एकतर्फी बिचारका व्यक्तिहरु मात्रै भएको राजोपाध्याय समाजको केही तुक देखिँदैन । र तसर्थ उहाँहरुबाट समाजलाई परिवर्तनको दिशातर्फ लाने क्षमता कतै देखित्र ।
राजोपाध्यायहरुमा एक आपसमा खुट्टा तात्रे प्रवृत्ति व्याप्त छ । यी सब नेवारको संगतमा परेर भएको हो । नेवारहरु न त आफूहरु माथि उठ्छन् नत अरु नेवारलाई माथि उठ्न दिन्छन् । त्यसैले राज्यमा कुनैपनि खास ठाउँहरुमा नेवारहरु पुग्न सकिरहेका छैनन् । जति पनि पुगेका छन् ती सब क्षेत्री वाहुनहरुले गर्दा नै पुगेका हुन् । यसो भन्दा कत्तिको कन्सिरिको रौं ठाडो भयो होला तर वास्तविकता यही हो ।

उदाहरणका लागि नेवारको दिल यत्ति सानो हुन्छ भनेर अहिलेको मेरो सानो मुक्तक पेश गरेको उदाहरण दिउँ । यस्ता उदाहरण त कैयौं छन् । वास्तवमा भत्रे हो भने अहिले आएर हामीले यो जात , ऊ जात भनेर जातिपाति छुवाछुतको कुरा गर्नु भनेको योभन्दा महामूर्खता सिवाय अरु केही हुँदैन । उदाहरणको रुपमा यो

मलाई नेवार होइन न्यार भनेकोमा गर्व लाग्छ
मलाई खस होइन खेचा भनेकोमा गर्व लाग्छ
सबै हल्ला मात्र गर्ने सल्लाह मात्र गर्ने निर्णयचाहिँ नगर्ने देख्दा
विदेशी स्याउ भत्रु भन्दा नेपालको नासपाती पासी भनेकोमा गर्व लाग्छ

मुक्तकलाई एकजना पनि नेवारले लाइक गरेका छैनन् बरु क्षत्री वाहुनहरुले तुरुन्तै थुप्रै लाइकहरु गरे । यसलाई मेरो वालमा हेर्न सक्नुहुन्छ । त्यसैले देवकोटाले भनेजस्तै “ मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ” ।

साथै त्यसर्थ यस ग्रुपमा कुरा गर्दा , कार्यकलापहरु गर्दा नेवार प्रवृत्तिले होइन कि क्षेत्री वाहुन प्रवृत्तिले गर्यौ भने मात्र हामी धेरै माथि उठ्न सक्छौं ।
फेरि जातपातको कुरा गर्नु हुँदैन पनि भत्रे फेरि
राजोपाध्यायको पनि परिचय माग्नेृ भत्रु होला तर अहिलेको ०६२÷०६३ को जन आन्दोलनले देशको आमूल परिवर्तन पछि रुपान्तरित परिवर्तित भएको अवस्थाले कुनै एक क्षेत्रलाई उठाउन मात्रै राजोपाध्यायवर्गको उत्थान गरी संधीयताको हिसाबले मात्रै हेरेको कुरा पनि जग जाहेर गर्न चाहन्छु ।
जहाँसम्म मैले अहिले साहित्य र लेख रचनाहरुमा यहाँहरुबाट प्रोत्साहन नपाएपनि सफलता हासिल गरिरहेको छु यसमा नेवारहरुको पटक्कै योगदान छैन । बरु उनीहरुले तथा
राजोपाध्यायहरुले हतोत्साहि पार्ने कोशिश गरे । क्षेत्री वाहु्नहरुको प्रोत्साहनले नै म यहाँसम्म पुग्न सफल भएको छु । कृपया दुःख नमात्रु होला मैले वास्तविकता मात्र जाहेर गरेको हुँ । आफूभन्दा कम उमेरका र बढी उमेरका जोसुकैले सफलता हासिल गरेको छ भने नेवारलाई चाकडी गर्ने कृयाकलापमा मात्र होइन कि प्रत्येक राम्रा कृयाकलाप गर्नेहरु सबैलाई प्रोत्साहन गरौं । अनि मात्र राजोपाध्यायहरु माथि पुग्ने पक्कै छ ।

फेसबुककै उदाहरण अनुसार मैले जतिपनि
राजोपाध्याय नेवारहरुलाई उनीहरुले गरेका कार्यहरुलाई प्रोत्साहन गर्न कमेन्ट तथा लाइक गरेको थिएँ त्यसका वदलामा मलाई लाइक तथा कमेन्टहरु कहिल्यै प्राप्त भएनन् । च्याटमा पनि त्यस्तै छ आफूले बोल्यो भने बोल्छन् नत्र मौनम् सम्पत्ति लक्षणम् । जब म क्षेत्री वाहुनहरुलाई कमेन्ट गर्छु , लाइक गर्छु उनीहरु मलाई प्रोत्साहन गर्न पछि पर्दैनन् । नराम्रा क्ुरा नराम्रो भत्र पनि पछि पर्दैनन् । यही मेरो सफलताक्रमको रहस्य पनि हो । त्यसैले भनेको नेवार प्रवृत्ति छोड्नु पर्छ । तर यहाँ राजोपाधयाय समाजलाई नेवार हुनु मै गर्व छ र यस ग्रुपका सञ्चालकहरुलाई पनि ।

र अन्त्यमा मैले पुस्तकहरु लेख्ने कार्य गर्दै आएको हुनाले स्वतन्त्रताको कसीमा रहेर
राजोपाध्याय शयप्रतिशत नै उत्रने गरी लेख्नका लागि किताबका लागि राजोपाध्याय भनेको यहाँहरुका बिचारमा के हो ? र को हुन् ? कसरी राजोपाध्याय भएको ? किन राजोपाध्याय आवश्यक छ ? यहाँ यत्रा यत्रा विद्वान राजोपाध्याय साहब साथीहरुले गन्थन र सल्लाह मात्रै गर्न गइरहनु भएको छ र मूख्य राजोपाध्याय विषयमा केन्द्रित गरी ध्यान दिई हामी एकजूट भई माथि उठ्न मीठो मानिकन जिब्रो पड्काएर ट्याक्क छ भनाउनका लागि सक्दो लेखकिय सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।

साथै यसग्रुपको सरसल्लाह कुराकानीको दौरानमा पेश गरिएका
चन्दना राजोपाध्यायजी , दिपन शर्माजी तथा अनिल शर्माजीका लेखनीहरुलाई मैले राजोपाध्यायका बारेमा लेख्नलाई छनौट गरी पोष्ट गरिसकेकको क्ुरा पनि यहाँहरुलाई अवगत गराउन पाउँदा अत्यन्तै खुसी लागेको छ । यहाँहरुले यसलाई मैले राजोपाध्याय सम्बन्धी पुस्तक बनाउन खोलेको राजोपाध्याय पेजमा हेर्न सक्न्ुहुन्छ ।

अन्त्यमा सानो आफ्नै कुरा :– उदाहरणका लागि यहाँ अनिल शर्माजीलाई मात्र एक्लो पारी जायज कुरा राख्दा पनि सबैले हाहा र हुहु पारी एक्ल्याउने व्यवहार गरेकोमा म स्तब्ध भएको छु । त्यसैले यी माथिका कुराहरुलाई मनन गरि यहाँहरुले व्यवहार गरिदिनुभएमा उहाँका सम्पूर्ण कुराहरु जायज लाग्नेछन् भत्रे कुरामा म विश्वस्त छु । हुन त मेरो यो ग्रुप मा यो मेरो पहिलो कमेन्ट हो केही कमी कमजोरीहरु भएमा क्षमाप्रार्थी छु ।
कृपया एकआपसमा शब्दहरु प्रयोग गर्दा भाइ, तिमी , तँ भनेर तुच्छ शब्द आफू वर्षले ठूलै भए पनि मामा , काका , दाइ , दिदी सबै नातेदारहरुले एकजना सिनियर व्यक्तिलाई प्रयोग गरिने शब्दह्ररु यस फेसबुकमा प्रयोग गरिदिनुहुन विशेष अनुरोध गर्दछु ।

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगा नझुकेको कहाँ छ र ।।

बिजु स्वेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com

No comments:

Post a Comment