Sunday, February 22, 2015

धर्मानन्द राजोपाध्याय र रेडियो नेपाल


धर्मानन्द राजोपाध्याय र रेडियो नेपाल 

स्व. धर्मानन्द राजोपाध्याय 

काठमाण्डौ, इन्द्रचोक निवासी श्री धर्मानन्द राजोपाध्याय ज्यू रेडियो नेपालमा राग (शास्त्रीय गान ) गाउनु हुन्थ्यो l तत्कालिन अवस्थामा रेडियो नेपालमा रेकर्ड गरेर गाउने चलन रहेनछ  र उहाँ को शास्त्रीय गान प्रत्यक्ष प्रसारण हुन्थ्यो l

 त्यसरी  एउटा शास्त्रीय गीत गाए  बापत उहाँलाई रेडियो नेपालले जम्मा जाम्मी रू. २५ /= पारिश्रमिक दिदो 
रहेछ l यसको लागि करार पत्र उपलब्ध गराउने गरिएको रहेछ l 

यहि करार पत्रको आधारमा रेडियो नेपालमा सम्पर्क सुत्र मार्फत उहाँले गाउनु भएको शास्त्रीय गीतको अडियो रेकर्डको खोजी गर्ने प्रयास हामीले गर्यौ तर दुखको कुरो कुनै पनि रेकर्ड भेटिएन l 



उपरोक्त सबै सामाग्रीहरुश्री धर्मानन्द राजोपाध्याय ज्यूका जेष्ठ सुपुत्र श्री जीवन राजोपाध्याय ज्यू ले उपलब्ध गराउनु भएको हो l 

नेपालय शास्त्रीय संगीत - धर्मानन्द राजोपाध्याय



नेपालय शास्त्रीय संगीत 

- धर्मानन्द राजोपाध्याय 

शिक्षक - ललित कला क्याम्पस








This document was provided by Dipana Sharma

Tuesday, February 3, 2015

Rajopadhyay in News : सेन्सरले रोक्यो 'कीर्तिपुर'

सेन्सरले रोक्यो 'कीर्तिपुर'

अन्‍नपूर्ण|२०७१ माघ २० मंगलवार3122 पटक पढिएको
काठमाडौं : ऐतिहासिक चलचित्र 'कीर्तिपुर, द लिजेन्ड अफ कीर्तिलक्ष्मी'लाई सेन्सर बोर्डले रोकेको छ। चलचित्र अठारौं शताब्दीमा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि गरेको आक्रमणको विषयमा आधारित छ। 
 
चलचित्र निर्माण शैली अब्बल भए पनि ऐतिहासिक पक्ष तथा राजपरिवारसम्बन्धी विषय भएकाले तुरुन्तै निर्णय गर्न नसकिएको सेन्सर बोर्डका सदस्य तथा सञ्चार मन्त्रालय उपसचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिए। चलचित्र ऐतिहासिक विषयमा आधारित भएकाले दर्शकलाई दिने सन्देशका बारेमा टुंगो नलगाई अनुमति दिन नमिल्ने उनको भनाइ छ। 
 
फोकस पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप खड्गीले निर्देशन गरेका हुन्। चलचित्रमा हिसिला महर्जन, मणि लवट, सुरज गराच, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, शूरवीर पण्डित, सुशील राजोपाध्याय, विनोद श्रेष्ठ, उदय श्रेष्ठलगायतले अभिनय गरेका छन्। 
 
त्यसैगरी चलचित्रमा भीएफएक्स सुपरभाइजर सन्तोष केसीको एनिमेसन, हरिशरण सायमीको संगीत, उदय श्रेष्ठको द्वन्द्व, मृत मरहठा र दीपसन परियारको शृंगार एवं शंकर महर्जन तथा नवीन जोशीको छायांकन रहेको यस चलचित्रमा वीरेन्द्र ताम्रकार, प्रेम खड्गी र अनन्त श्रेष्ठको लगानी रहेको छ। 
 
चलचित्र निर्माणको सर्वमान्य सिद्धान्तलाई आधार बनाएर तयार गरिएको चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मीमा सन्तुलित कथावस्तु भएको निर्देशक प्रदीप खड्गीको दाबी छ। 
 
चलचित्र विकास बोर्डमा औपचारिक दर्तापश्चात् बनाइएको चलचित्रलाई प्रदर्शनीको समयमा रोक्नु उपयुक्त नभएको चलचित्रका कला निर्देशक केके मानन्धरले बताए। विकास बोर्डको हलमा दुई महिना अगाडि सेन्सर बोर्डका सदस्यले चलचित्र हेरेका थिए। 
Source: http://annapurnapost.com/News.aspx/story/6787

Monday, February 2, 2015

Rajopadhyaya in News : अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

36
टिओके संवाददाता । १९, माघ ।
पाँचौं अन्तर्राष्ट्रिय आर्ट फेष्टिभलमा सामूहिक तस्विर खिचाउँदै न्यू आर्ट सर्कलका कलाकारहरु बायाँवाट क्रमश – नरेश सुन्दर सैंजु, रत्नकाजी शाक्य, शान्तकुमार राई, जीवन राजोपाध्याय र हरि खड्का । बबरमहल स्थित आर्ट काउन्सिलमा सुरु भएको यस प्रदर्शनीमा सार्क लगायत ९ देशका कलाकारका कलाकृति समावेश छन् । सोमबारवाट सुरु भएको प्रदर्शनी ४ दिनसम्म चल्ने छ । फेष्टिभलको आयोजना न्यू आर्ट सर्कल र आर्ट काउन्सिलले संयुक्त रुपमा गरेका हुन् ।
???????????????????????????????
लौ खिच्नुस् – आर्ट फेष्टिभलमा आफ्नै चित्रको अगाडि तस्विर खिचाउँदै सहिद गेटका समेत डिजाइनर रहेका बरिष्ठ इञ्जिनियर तथा कलाकार शंकरनाथ रिमाल ।
???????????????????????????????
हाम्रो पनि खिच्नुस् न – फेष्टिभल सफलताकोलागी सक्रिय रहेका आयोजक कलाकार शान्तकुमार राई र नरेश सुन्दर सैंजु (बायाँ) ।
तस्विर – दिवस
Source: http://www.timesofkathmandu.com/2015/02/965