Sunday, February 22, 2015

धर्मानन्द राजोपाध्याय र रेडियो नेपाल


धर्मानन्द राजोपाध्याय र रेडियो नेपाल 

स्व. धर्मानन्द राजोपाध्याय 

काठमाण्डौ, इन्द्रचोक निवासी श्री धर्मानन्द राजोपाध्याय ज्यू रेडियो नेपालमा राग (शास्त्रीय गान ) गाउनु हुन्थ्यो l तत्कालिन अवस्थामा रेडियो नेपालमा रेकर्ड गरेर गाउने चलन रहेनछ  र उहाँ को शास्त्रीय गान प्रत्यक्ष प्रसारण हुन्थ्यो l

 त्यसरी  एउटा शास्त्रीय गीत गाए  बापत उहाँलाई रेडियो नेपालले जम्मा जाम्मी रू. २५ /= पारिश्रमिक दिदो 
रहेछ l यसको लागि करार पत्र उपलब्ध गराउने गरिएको रहेछ l 

यहि करार पत्रको आधारमा रेडियो नेपालमा सम्पर्क सुत्र मार्फत उहाँले गाउनु भएको शास्त्रीय गीतको अडियो रेकर्डको खोजी गर्ने प्रयास हामीले गर्यौ तर दुखको कुरो कुनै पनि रेकर्ड भेटिएन l 



उपरोक्त सबै सामाग्रीहरुश्री धर्मानन्द राजोपाध्याय ज्यूका जेष्ठ सुपुत्र श्री जीवन राजोपाध्याय ज्यू ले उपलब्ध गराउनु भएको हो l 

No comments:

Post a Comment