Thursday, August 24, 2017

एक पोखरेलीको आफ्नो संस्कृति प्रतिको लागाव



यहाँ राखिएका फोटोहरु भक्तपुर् निवासी श्री मृगेन्द्र राज सुबेदी राजोपाध्यायज्यूले पुरोहितको रुपमा शुभ अन्नप्राशनको कार्य गराईरहनुभएको समयको हो l श्री मृगेन्द्र राज सुबेदीज्यू संकृतिविद, शिक्षक, अनुसन्धानकर्ताको साथै लेखकको रुपमा सुपरिचित हुनुहुन्छ l यसका साथै उहाँले आफ्नो पुर्ख्यौली पेशा पुरोहित्याईलाई पनि निरन्तरता दिईरहनु भएको छ l

वहांले पोखरा स्थाई घर भई हाल भक्तपुर बालकोटमा बसोबास गरिरहनु भएका श्री बिशालजीत पालिखे र श्रीमती कविता कर्माचार्यकी सुपुत्री ब्रियना पालिखेको २०७४ असार १६ गते शुभ अन्नप्राशन कार्यमा पुरोहितको रुपमा कार्य गर्नुभएको थियो l  

श्री बिशालजीत पालिखेको पुर्खा अन्य पालिखे परिवार जस्तै भक्तपुरबाट बसाई सराईको क्रममा पोखरा पुगेका हुन् l 

यी फोटोहरु उपलब्ध गराउने क्रममा श्री बिशालजीत पालिखेले भन्नु भयो "आफु भक्तपुरको नेवार समुदायसंग सम्बन्धित भएको हुनाले आफ्नै समुदायको ब्राह्मण खोजि गर्ने क्रममा भक्तपुरमा श्री मृगेन्द्र राज सुबेदीज्यू भेट भए पछी उहाँबाट नै मेरी छोरीको अन्न्प्राशन गराउने अवसर जुर्यो l" आफ्नो संस्कृति प्रति सम्बेदनशील श्री पालिखेले "आफ्नो संकृतिको संक्षण र सम्बर्धन गर्ननै मैले आफ्नो समुदायको ब्राह्मण खोजी गरेको" बताउनु हुदै "मेरी छोरीको शुभ अन्नप्राशनको सम्पूर्ण बिधि विधानको भिडियो(https://www.youtube.com/watch?v=Rq873sgFzis&feature=youtu.be) पनि खिचेर राखेको" जानकारी गराउनु भयो l अब उप्रान्त गरिने संस्कारहरुमा पनि आफ्नै समुदायको ब्राह्मणबाट नै गराउने र सोहि अनुसार उक्त कार्यहरुको अभिलेखीकरण समेत गर्ने योजना रहेको जानकारी पनि गराउनु भयो l 


















 फोटो : ओमलाल 'अकेला'