Monday, September 24, 2018

Rajopadhyaya in News: मातृ सशक्तिकरण समूहपाखें कुमार पुजा

मातृ सशक्तिकरण समूहपाखें कुमार पुजा


येँया मौलिक नखःया रुपय् स्थापित जुयाच्वंगु येँयाःया लसताय् मातृ सशक्तिकरण समूह यतखापाखें थनया हनुमानध्वाखाय् कुमार पुजा याय्गु ज्या थौं यंलाथ्व चतुदर्शी कुन्हु याःगु दु । विद्धान
सुशील राजोपाध्यय
जुं कलश स्वाना पुजाआजा याना न्ह्याकूुगु थुुगु पुजाय् १४० म्ह कुमार मस्तय्सं ब्वति काःगु खँ ग्वसाः खलःपाखें जानकारी बियादीगु दु ।
 कुमार मस्तय्गु सुस्वास्थ्य बांलाय्मा व न्ह्यावलें कल्याण जुया च्वनेमाः धैगु कामना याना न्ह्याकूगु थुगु ज्याझ्वलय् भतmजनपिन्सं नं थःथःगु गच्छेकथं कुमार मस्तय्त दक्षिणा, चकलेट, कापि लगायत सामान देछायगु ज्या जूगु खः । ग्वसाः खलःपाखें मस्तयत खीर भोजनया लिसें सम्हय् ब्वः नं देछायगु ज्या जूगु खः । सम्यक वाःपौ
Image may contain: 2 people, people sitting, table, food and indoor


Image may contain: 9 people, people smiling, people sitting, table and food
Image may contain: 4 people, people sitting, child, shoes and outdoor
Image may contain: 7 people, people smiling, people sitting, people standing and child
Image may contain: 4 people, people standing, crowd and outdoor
source: Facebook post of 
Sugat Ratna Sindurakar


Rajopadhyaya in News: लिच्छविकालीन मूर्ति २० वर्षपछि प्रतिस्थापन

लिच्छविकालीन मूर्ति २० वर्षपछि प्रतिस्थापन

प्रशान्त माली
ललितपुर — पाटन दरबारस्थित मूलचोकमा आइतबार बिहान नाश भइसकेको लिच्छविकालीन गुठीका गुठियारको भीडभाड थियो । शरीरमा रातो कपडा लगाएर जम्मा भएका राजोपाध्याय समुदायबाहेक जनप्रतिनिधि, तलेजुका पुजारी, गुठी संस्थान त:बहाल कार्यालयका प्रतिनिधिको उपस्थित थियो ।


पाटन दरबार क्षेत्रको लिच्छविकालीन मन्दिरको मूर्ति २० वर्षपछि बाहिर ल्याइँदै । १९९० को भूकम्पले मन्दिरमा क्षति पुगेपछि मूर्ति पाटन संग्रहालय स्टोरमा राखिँदै आएको थियो । तस्बिर : प्रशान्त

पुरातत्त्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय मंगलबार, पाटन संग्रहालय, मंगलटोल सुधार समिति, प्रहरी तथा पर्यटक जम्मा भएका थिए ।

पाटनको सबैभन्दा पुरानो ऐतिहासिक खड्ग जात्रा पुन: सञ्चालन गर्न लिच्छविकालीन मू: छेँ आग: द्य: (मानमानेश्वरी देवी) को मूर्ति पाटन संग्रहालयबाट बाहिर ल्याउने साइत बिहान ११ बजे थियो ।

१९९० को भूकम्पले मानमानेश्वरी देवी मन्दिर भत्केपछि त्यहाँका मूर्ति, खड्गहरू संग्रहालयमा स्टोरमा राखिएको थियो । मन्दिरसँग सम्बन्धित जात्रा २० वर्षअघि बन्द भएको थियो । यस वर्ष जात्रा पुन: सञ्चालन गर्न संग्रहालयबाट मूर्ति बाहिर ल्याएर दरबारस्थित बहादुर शाह भवनको उत्तरपट्टिको भूकम्पले भत्केको मू: छेँ आँगन घरमा प्रतिस्थापन गरिएको छ ।

तान्त्रिक विधिपूर्वक होम जप गरेर क्षमापूजा पनि गरिएको छ । मू: छेँ आग: द्य: गुठी व्यवस्थापक साम्राज्यदेव श्रेष्ठ भन्छन्, ‘गुठियारको आफ्नै खर्चमा क्षमा पूजा गरेका छौं । जात्रा सञ्चालन गर्न भने ललितपुर महानगरले सहयोग गर्ने अपेक्षमा छौं ।’ उनले १९९० को भूकम्पले क्षति भएको मन्दिर ८५ वर्षपछि पनि पुनर्निर्माण हुन नसकेकामा दु:ख व्यक्त गरे । जात्रा गर्न संग्रहालयबाट बाहिर ल्याएर लिच्छविकालीन मुख्य देवतासँगै सिद्धिलक्ष्मी, शिव, सूर्य, शिवपार्वती, चामुण्डा, काली, सरस्वतीलगायत मूर्ति प्रतिस्थापन गरिएको छ ।

दरबार क्षेत्रसँग सम्बन्धित लोप भइसकेका नाच पुन: सञ्चालनमा ल्याउन जनप्रतिनिधि, तलेजु र कुम्भेश्वरका पुजारी, न:कबहिलको अष्टमातृका नाच खल:, पाटनका नाय: बाजा, कायगु ननी:, डंगु, मुहाली र इन्द्रबाजा खल:, कुमारी घर: पनि लागि परेका छन् ।

ठेचोका नवदुर्गा गुठियारले भने ललितपुर महानगरमा लिखित रूपमा पत्र नै दर्ता गराएर जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । नवदुर्गा गुठी पुजारी गोपाल माली भन्छन्, ‘नाच सञ्चालन गर्न क्षमा पूजा गरिसकेका छौं । ‘अब आवश्यक फूलमाला, गरगहना, बाजा मर्मत गर्न बाँकी छ,’ उनले भने ।

नवदुर्गा नाच मूलचोकमा विजयादशमी र कोजाग्रत पूर्णिमा गरेर दुई पटक मञ्चन गर्ने चलन छ । अहिले पूर्णिमा तिथिमा मात्र सञ्चालनमा छ । विजयादशमीमा नचाउने चलन बन्द भएको २० वर्ष बितिसक्यो । लोप भइसकेको नाच यस वर्ष सञ्चालन गर्न महानगरका मेयर चिरीबाबु महर्जनले सहयोग गर्न गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने मालीको भनाइ छ । ‘दरबन्दी रकम समानुकूल वृद्धि गराउन महानगरमा धाएको आधा दशक बितिसक्यो । तर, अहिलेसम्म वृद्धि भएको छैन,’ उनले भने ।
प्रकाशित : आश्विन ८, २०७५ ०७:३२Source: https://www.kantipurdaily.com/national/2018/09/24/153775347319382111.html

Wednesday, September 19, 2018

Rajopadhyaya in News : मृत्यु संस्कार परिमार्जनको पहल


चेतबहादुर सिंह/प्रशान्त माली
ललितपुर — नेवार समुदायमा मृत्युपछि १ वर्षभित्र कम्तीमा ७ पटक मृत्यु संस्कार गर्नुपर्ने चलन छ । त्यसक्रममा चारपटक भोज खुवाउनुपर्छ ।


नेवारी समुदायमा यी संस्कार समयनुकूल परिमार्जन र छोटयाउन नसक्दा फजुल खर्च हुने गरेको बुद्धिजीवीहरू बताउँछन् । बुद्धिजीवीहरूका अनुसार मृत्यु संस्कार छोटयाउन र त्याग्न खोज्नेलाई समाजले छुट्टै दृष्टिकोणले हेर्दा परिमार्जन हुन नसकेको हो । मल्लकालदेखि चलेको यो संस्कार अझै कायमै छ ।

पूर्वसंस्कृतिमन्त्री बुद्धिराज वज्रचार्यले पाटनका नेवारी समुदायमा मृत्यु संस्कार छोटयाउन पटक–पटक छलफल भएको बताए । ‘तर समयनुकूल परिमार्जन हुन सकेको छैन,’ उनले भने, ‘कसै–कसैले भने ४५ दिनमा गरिने संस्कार १३ दिन छोटयाएका छन् ।’ उनका अनुसार प्राय:ले पुरानै परम्परालाई निरन्तरता दिएका छन् । ‘यसले समय र पैसा दुवै अनावश्यक खर्च हुने गरेको छ,’ उनले भने, ‘पहिला नातेदार पनि कम हुन्थे, भोज भतेर गर्दा पनि कम खर्चमा पुग्थ्यो ।’ समयसापेक्ष मृत्यु संस्कारलाई छोटयाउनेबारे अधिकांश नेवार समुदायमा पटक–पटक छलफल भएका छन् । तर, पनि व्यवहारमा लागू भएको छैन ।


बुङमती र खोकनाका केही समुदायले भने ४५ दिनमा गरिने लत्या भोजलाई छोटयाएर १३ दिनमा सीमित गरेका छन् । ताम्राकार समाजले १४ वर्षअघि नै आवश्यक संस्कारबाहेक फजुल भोजभतेर नगर्ने नीतिलाई कडाइका साथ लागू गरेको छ । ‘मृत्यु भइसकेपछि लत्या, खुला, दकिला र निदँतिथि भनी गरिने श्रद्धा भोजलाई परिवार मात्र बसी सक्ने नीति बनाएका छौं,’ ताम्राकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्राकारले भने, ‘दु:खमा आयोजना गरिने भोज तडकभडक हुनथालेपछि छोटयाएका हौं ।’ त्यस्तै
राजोपाध्याय समाजले राष्ट्रिय महत्त्वका पदमा रहेका व्यक्तिहरूलाई वर्ष दिनसम्म बर्खी बार्नु नपर्ने व्यवस्था मिलाइएको छ । १३औं र ४५औं दिनमा बर्खी फुकाल्ने व्यवस्था मिलाइएको छ । स्य:स्य: (श्रेष्ठ) समाजमा पनि १३औं दिनमा सबै संस्कार सक्ने परम्परा सुरु भएको स्य:स्य: समाजका अध्यक्ष केदारलाल श्रेष्ठले बताए । ‘विदेशमा हुने छोराले आफ्नो बुबाको मृत्यु हुँदा स्वदेश फर्की १३ दिनमा सबै संस्कार पूरा गरी विदेश फर्किने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘समाजले पनि मृत्यु संस्कारलाई छोटयाउन गृहकार्य गर्दै छ ।’

सुनाकोठीमा यो संस्कार परिमार्जनका लागि युवाहरूको समिति नै गठन गरिएको स्थानीय रामचन्द्र महर्जनले बताए । नेवारी समुदायमा मृत्यु भइसकेपछि चिपं थिक: वनेगु, विचा: वनेगु, ब्या: काय्गु/छयगु, लोचा:, न्हय्नुब्व तयेगु, दूब्यंक: वनेगु, लोचा: भनी मृतकका परिवारजनलाई सान्तवना र श्रद्धाञ्जलि दिन जाने चलन छ । सातौं दिनमा गरिने न्हय्नुब्वमा दिवंगत व्यक्तिलाई मन पर्ने विभिन्न खानेकुरा विवाह भइसकेका छोरीले कुश्लेलाई दान दिने चलन छ । दसै दिन परिवार, आफन्त र नातेदारलाई बोलाएर पुरोहितद्वारा शरीर, घर चोख्याउने गरिन्छ । जसलाई नेवारीमा दूब्यंक:वनेगु भनिन्छ । यसदिन छोराको कपाल मुन्डन गरी बर्खी बार्ने गरिन्छ । एघारौं दिन घ: सू भनी होम गरिन्छ । आफन्तजन, चेलीबेटी र नजिकका नातेदारलाई मात्र शुद्धीकरण गर्न बोलाएर भोज खुवाउने चलन छ । यस दिनको भोज साथीभाइलगायत अन्यले खान नहुने चलन छ । यी परम्परा नेवारी समाजअनुसार फरक छन् । त्यस्तै लत्या भनी ४५औं दिन, खुलाया भनी ६ महिना, दकिला भनी १ वर्ष र निदँतिथि भनी २ वर्षमा गरिने संस्कारमा भने तडकभडकसहित भोज गर्ने चलन छ ।


यी संस्कार चापागाउँ, सुनाकोठी, ठेचो, लुभु, सानोगाउँ, ठैब, हरिसिद्धि, लेले, पाटनलगायत नेवारी समुदायमा अझै कायम छ ।


‘मृत्यु संस्कारलाई समयनुसार परिमार्जन गर्न प्रयास भइरहेको छ,’
राजोपाध्याय समाजका अध्यक्ष बदनशर्मा राजोपाध्यायले भने, ‘समाजका सदस्यले परम्परादेखि चल्दै आएको संस्कृति तत्काल छाड्न मानेका छैनन् ।’ उनले आफ्नो आमाको मृत्युमा ४५ दिनमा बर्खी फुकालेको बताए ।

कुनै समुदायमा मृत्युसम्बन्धी काम गर्ने छुट्टै सना:, सी: र गोँ गुठी हुन्छ । यी गुठीका गुठियारलाई मृत्यु संस्कारमा गरिने श्रद्धामा अनिवार्य बोलाएर भोज खुवाउनुपर्ने चलन छ । ‘आफ्नो साथीको बुबा मृत्यु हुँदा मृत्यु संस्कार तीन दिनमा छोटयाउन प्रयास गरेको थिएँ,’ सुनाकोठीस्थित सना: गुठीका गुठीयार केदारमान महर्जनले भने, ‘तर नातागोतालाई सम्झाउन नसक्दा पुरानै परम्पराअनुसार गर्नुपर्‍यो ।’


प्रकाशित : फाल्गुन २९, २०७२ ०९:०९स्रोत : https://www.kantipurdaily.com/printedition/2016/03/12/20160312090912.html

Rajopadhyaay in News : नेवार राष्ट्रियता

नेवार राष्ट्रियता

शनिवार १९ मंसिर, २०७२   |

नेवार राष्ट्रियता
Read more at: https://www.indigenousvoice.com/522.html


पदम श्रेष्ठ

नेवार एउटा जात वा थर मात्रै नभई नेपालकै पर्याय हो । वर्तमानमा पूर्व मेची, पश्चिम महाकाली, उत्तर हिमाल र दक्षिण दशगजाभित्र बसोबास गर्ने जुनसुकै जात एवम् धर्मका भए पनि नेपाली भनिन्छ । त्यसैगरी नेपाल एकीकरण पूर्व काठमाडौं उपत्यकालाई नेपाल र नेपालभित्र बसोबास गर्ने जुनसुकै जात, धर्मावलम्बी पनि नेवाल नेपाल अथवा नेवार कहलाइन्थ्यो । यसबाट हामी निक्र्याैल गर्न सक्दछौं कि नेवार नेपालको ऐतिहासिक पहिचान हो र नेवारले बसोबास गरेको स्थानलाई नेपाल भनियो ।
शान्तिपक्षीय राजनीतिज्ञ तथा इतिहासविद् डा. डिल्लीरमण रेग्मी भन्नुहुन्थ्यो– नेवार आफैंमा जात होइन एउटा राष्ट्रियता हो अर्थात् नेवार राष्ट्रियताभित्र उत्तर चीन तिब्बत र दक्षिण भारतको इतिहासलाई समेत संयोजन गर्दै आफ्नो मौलिक अस्तिŒवलाई पहिचान दिनसक्ने शक्ति निहीत छ ।
          नेवार एउटै जाति, नश्ल, धर्म, संस्कृतिमुखी जात होइन भन्ने कुरा खसवंशीय ठकुरी राजा थकूजुजु मल्ल, आफूलाई किरा“तवंशी यलम्बरका वंशज भन्ने टेंपे व्यञ्जनकार, गास्ती किरात वंशज गथु भनिने माली र मैथिल नेवार धोविया र कनौजिया ब्राम्हण राजकर्णिकार सम्मका नश्लगत अस्तिŒव यस समाजमा पाइनुले पनि प्रमाणित गर्दछ
नेपाल एकीकरण पूर्व काठमाडौं उपत्यकालाई नेपाल र नेपालभित्र बसोबास गर्ने जुनसुकै जात, धर्मावलम्बी पनि नेवाल नेपाल अथवा नेवार कहलाइन्थ्यो । यसबाट हामी निक्र्याैल गर्न सक्दछौं कि नेवार नेपालको ऐतिहासिक पहिचान हो र नेवारले बसोबास गरेको स्थानलाई नेपाल भनियो । 
          आदिवासी ज्यापु जातिले आफूलाई तिब्बत बर्मेली नश्लस“ग नजिकको सम्बन्ध रहेको स्वीकार्छन् भने लिच्छवी वंशजस“ग समन्वय रहेको शेषान्त क्षेत्रका वासिन्दा स्यस्यः
(श्रेष्ठ), मङ्गोलियन नश्लका थारूवंशीय भगवान् बुद्धका वंशज शाक्य, भगवान् बुद्धका मावली खलक कोलियवंशी तण्डुकार खुसः (कोशल), मञ्जुश्रीका वंशज छिपा रञ्जितकारदेखि सात जात भाषा संस्कृतिको संयोजनयुक्त जात पहरीसम्म र बर्मेलीबाट बलामी बनेका राष्ट्रिय विभूति अंशुवर्मा र भृकुटीका वंशजसम्म नेवार छन् ।

नेवार समाजभित्र लिच्छविकालीन ब्राम्हण नाथ–योगी, कुश्ले कपालीदेखि हरिसिंह देवका सन्तान खड्गी, मिलान्धरबाट मानन्धर बनेका साय्मि मात्र होइन नेवार समाजभित्रै पिछडिएका पुतुवार, राजवाहक, वैदिक ब्राम्हण, राजोपाध्याय, शर्मा, रिमालदेखि बौद्ध पुरोहित गुरुजु बज्राचार्यसम्म यस समाजभित्रका पहिचान हुन् । त्यसका अलावा अष्टमातृका पीठका वंशज च्याम्हःखलः, पीठका पुजारी द्यःला पोडे र तिब्बतियनस“ग संयोजन भई जन्मिएका नश्लगत जाति उदास–उराय् (तुलाधर, स्थापित, सिन्दुराकार, शिलालिक, शिलाकार, कंसाकार, शिल्पकार, ताम्राकार) सहित एउटा स्वतन्त्र राष्ट्र सञ्चालनार्थ आवश्यक जात धर्म, पेशा र संस्कृति संयोजन नेवार राष्ट्रियताभित्र समाहित छ ।
नेवार समाजभित्र लिच्छविकालीन ब्राम्हण नाथ–योगी, कुश्ले कपालीदेखि हरिसिंह देवका सन्तान खड्गी, मिलान्धरबाट मानन्धर बनेका साय्मि मात्र होइन नेवार समाजभित्रै पिछडिएका पुतुवार, राजवाहक, वैदिक ब्राम्हण, राजोपाध्याय, शर्मा, रिमालदेखि बौद्ध पुरोहित गुरुजु बज्राचार्यसम्म यस समाजभित्रका पहिचान हुन् । 
          देशयमरु भ्mयाः साप्ताहिक पत्रिकाका सम्पादक प्रदीपमान श्रेष्ठ भन्नुहुन्छ– गोरखाका राजा पृथ्वीनारायण शाह र उनका वंशज पनि नेवार नै हुन् । किनकि ने. सं. ८८८ मा गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको राजगद्दी हत्याउ“दा तुयू आजुको नेतृत्वमा हनुमान्ढोका दरबारको राजगद्दी घेराबन्दी गरी नेवार संस्कृति र मातृसत्ताŒमक राज्यसत्ताको नेतृत्वरूपी जीवित देवी कुमारीका हातबाट टीका लगाउने हो भने मात्र पृथ्वी नारायणशाहलाई नेपालको राजा स्वीकार गर्ने अन्यथा नगर्ने प्रतिबद्धता व्यक्त गराइएको थियो ।
          फलस्वरूप आजसम्म मातृसत्ताŒमक  नेवार संस्कृतिको प्रतीक कुमारीका हातबाट प्रत्येक वर्ष इन्द्रजात्राका दिन कुमारी घर वसन्तपुरमा शाहवंशीय राजा सवारी हुने र नेवार समाजको नेतृत्वमा हुने उपत्यकाका विभिन्न जात्रा पर्वमा राजाको सक्रिय सहयोग र सहभागिता रह“दै आइरहेको छ भने शाहवंशीय राजाको कर्मकाण्ड देखावटी रूपमा वैदिक परम्परा अनुरूप भए पनि मृतकको नाउ“मा सापारु गाईजात्रा पठाउने, भद्रकाली पीठमा जन्मदेखि मृत्यु संस्कार गर्ने र हनुमान्ढोका राजदरबारमा नै गद्दी आरोहण गर्ने नेवारी परम्परा अद्यापि कायमै छ ।
          गोपाल, अहिर, किरात, लिच्छवी, मल्ल नायरलगायत जुनसुकै वंशज पनि नेपाल मण्डल अर्थात् काठमाडौं उपत्यकाभित्र आएपछि नेवार बनेर गएका छन् भने शाहवंशीय नेवार नहुने सवालै छैन । जसरी नेवार एउटै नश्ल, वंश, परम्परामा आधारित जात होइन, त्यसैगरी नेवार एउटै धर्म सम्प्रदायमा आधारित जात होइन ।

नेवार धर्म संस्कृति र नेवार दर्शन

          इतिहास अध्ययन गर्दै जा“दा नेवार जात नभई नेपाल राष्ट्रियताको पर्याय हो भन्ने कुरा सम्बन्धित जातजाति स्वयम्बाट स्वीकारिन्छ । नश्लगत रूपमा नेवार राष्ट्रियताभित्र मङ्गोलियन, आर्यन ड्रविडियन, किरा“त लगायतका नश्ल पाउ“दछौं भने धर्मको आधारमा नेवारलाई वैदिक, बौद्ध, शाक्त, कापलिक, शैव, नागा, गणपद मुस्लिम र क्रिस्चियन जस्ता विविध मतावलम्बीको रूपमा पाउद“छौं । साथै नया“ धर्म सम्प्रदाय बहाई, साई, ब्रम्हकुमारी, रजनीश र मनोक्रान्तिमा पनि असङ्ख्य नेवार आबद्ध रहेका पाइन्छन् ।
   इतिहास अध्ययन गर्दै जा“दा नेवार जात नभई नेपाल राष्ट्रियताको पर्याय हो भन्ने कुरा सम्बन्धित जातजाति स्वयम्बाट स्वीकारिन्छ । नश्लगत रूपमा नेवार राष्ट्रियताभित्र मङ्गोलियन, आर्यन ड्रविडियन, किरा“त लगायतका नश्ल पाउ“दछौं
मूलभूत रूपमा यी विविध धर्मावलम्बीलाई  एउटै राष्ट्रिय धर्मका रूपमा व्याख्या गर्नुपर्दा नेपाल धर्मावलम्बी वा नेपाल धर्म भन्न सक्दछौं । जसरी हिन्दूस्तानमा प्रचलित धर्मावलम्बीलाई समष्टिगत रूपमा हिन्दू धर्म भनियो, त्यसैगरी, नेवारको पर्याय नेपालभित्र प्रचलित विविध धर्मलाई नेपाल धर्म भन्न सक्दछौं । नेवारको मूलभाषा तिब्बत बर्मेली भाषा समूहभित्रको मानिए पनि लिच्छविकालपछि संस्कृत र मल्लकालपछि मैथिल खस र फारसी, उर्दू र अन्य भाषाभाषी संस्कृतिको पनि संयोजन हु“दै नेपाल भाषाको उपाधि प्राप्त गर्न सफल रह्यो । भाषा मात्र होइन नेपाल भाषाले अ“गालेको रञ्जना, भूजिंमोल र प्रचलित लिपिको पनि छुट्टै पहिचान रहेको छ । त्यसैले त नेपाल भाषाको रञ्जना लिपि संयुक्त राष्ट्र सङ्घमा प्रस्तुत गरेर नेपाललाई छुट्टै स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको दर्जा दिन सक्षम भएका छौं ।
          हिन्दूस्थानीको धर्म हिन्दू, भाषा हिन्दी भनिएझैं नेपालका आदिवासी नेवारले मान्ने धर्म नेपाल धर्म, बोल्ने भाषा लिपि नेपाल भाषा लिपि, नेपालभित्र प्रचलित चन्द्रमासको आधारमा गणना गरिने संवत् नेपाल संवत् हो, जुन संवत् सम्पूर्ण नेपालवासीको ऋण चुक्ता गरी राष्ट्रिय विभूति शंखधर साख्वाःले शुरु गराउनुभएको थियो ।
नेवारको जातीय नश्ल हेर्दा जसरी मंगोलियन, आर्यन, ड्रविडियन, मधेसिया जस्ता अनेक नश्ल देखिन्छ । त्यसैगरी धर्ममा पनि एउटै जातिभित्र बुद्ध जयन्तीका बेला आफ्नो घरमा बौद्ध झण्डा फहराउ“छन् भने दशैंमा बोका बलि दिएर भगवतीको पूजा र ठूलो एकादशीको बेला वा घर पूजामा सत्यनारायणको व्रत निराहार बस्ने समेत गर्दछन् । नेवार राज्यसत्ताले लादेको जस्तो हिन्दू होइन । यस समाजलाई तान्त्रिक शाक्त संयोजनयुक्त धर्मावलम्बी भाषा र संस्कृतिले एक बनाएको समुदाय भन्न सकिन्छ ।

 Read more at: https://www.indigenousvoice.com/522.html
Read more at: https://www.indigenousvoice.com/522.html
Read more at: https://www.indigenousvoice.com/522.html
Read more at: https://www.indigenousvoice.com/522.html

Sunday, September 16, 2018

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा राजोपाध्यायको खोजी

आज मिति २०७५ भाद्र ३१ गते,   नेपाल प्रज्ञा प्रतिष्ठानमा भैरहेको पुस्तक प्रदर्शनीमा प्रदर्शित पुस्तकहरुको अवलोकन गर्ने काम भयो उक्त प्रदर्शनीमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरु मात्र राखिएका थिए अवलोकनको मूख्य उद्धेश्य नेपाल प्रज्ञा प्रतिष्ठानका प्रकाशनहरुमा 'राजोपाध्याय' को खोजि थियो l करिब ५००संख्याको  हाराहारीमा पुस्तकहरु प्रदर्शनीमा राखिएका थिए l जसमध्ये अधिकाश पुस्तकहरु  बिशेषगरि साहित्य र संस्कृति सम्बन्धि थिए l  राजोपाध्याय उल्लेख हुने आश गरिएको  पुस्तकहरुमा समेत राजोपाध्याय उल्लेख भएको नहुँदा नरमाइलो लाग्नु अस्वाभाविक थिएन l उदाहरण नेपालका पुरोहित सम्बन्धि जानकारी समेटिएको पुस्तकमा समेत 'राजोपाध्याय' उल्लेख थिएन l

यसो हुनुमा, सार्वजनिक रुपमा हामीले ऐतिहासिक पक्षको जानकारी गराउदै देश र समाजमा आफ्नो उपस्थिति जनाउन  कहिँ कतै हाम्रो(राजोपाध्याय) आफ्नै कमि कमजोरी पो रहन गयो की भन्ने अनुभूति भयो l 

बिशेष गरि हाम्रो ध्यान संस्कृति सम्बन्धि पुस्तकहरुमा केन्द्रित थियो तर राजोपाध्याय उल्लेख भएका वा राजोपाध्याय द्वारा लिखित कुनै पुस्तक हामीले भेटेनौ l तर निराश भने हुनु परेन l  साहित्य सम्बन्धि पुस्तकहरु मध्ये 'थायभु' शिर्षकको नेपाल भाषाको बार्षिकरुपमा प्रकाशित हुने  साहित्यिक पत्रिकाको बर्ष २०६७ पूर्णांक ३ को पृष्ठ ९३ मा श्री सुशील राजोपाध्यायद्वारा लिखित 'स्वपु चिबाखं' शिर्षकको लधु कथा प्रकाशित भएको पायौं l उक्त सामाग्री तपाईहरु समक्ष प्रस्तुत गर्दा खुशीको अनुभव हामीले गरेका छौ l






यसका साथै 'सिद्धाग्नी कोट्याहुति देवल प्रतिष्ठा' शिर्षकको पुस्तकमा र 'प्रज्ञा' शिर्षकको नेपली भाषाको शोधमूलक अर्धबार्षिक पत्रिकाको २०६७ पूर्नांक ९८को कुलचन्द्र कोईरालाज्यू 'नेपालमा इन्द्रजात्रा' शिर्षकको लेखमा पनि  'राजोपाध्याय' बारे कहीं केहि उल्लेख हुने आशा गरेका छौ l उक्त सामाग्रीहरुको अध्ययन पश्चात राजोपाध्याय उल्लेख भएको पाईएमा सकभर छिटो जानकारी गराउने छौ l





यदि तपाईहरुलाई यस बिषयमा जानकरी भए सो बारेको सूचना उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछौ l
साथै तपाईहरुसंग राजोपाध्याय सम्बन्धि कुनै पानि सामाग्रीहरु भए जानकारी गराई दिनुहुन पनि बिशेष अनुरोध गर्दछौ l   
         

  
            



Rajopadhyaya in News : आकाश र अदिती मोडल हन्ट

आकाश र अदिती मोडल हन्ट

author-image
सपना महर्जन
मनोरञ्जन
 ३१ भदौ २०७५ ११:३३:००



काठमाडौं : शुक्रबार साँझ ६ बजेको थियो । सोल्टी क्राउन प्लाजाको प्रांगणमा थुप्रै युवा अनुहार देखिए । अग्लो कद अनि छाँटिएको शरीरका ती युवा अरूभन्दा फरक थिए । विभिन्न डिजाइनका पहिरन, सुहाउँदो मेकअप र हेयर स्टाइलले ती युवाको व्यक्तित्वलाई अझै निखारेको थियो । ती युवाहरू मोडल बन्ने सपना देखेर त्यहाँ भेला भएका थिए ।
मोडल हन्ट नेपाल २०१८ को दृश्य हो यो । विगत चार वर्षदेखि नियमित आयोजना हुँदै आएको यो प्रतियोगिताबाट प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गर्ने लक्ष्य छ । १८ देखि २८ वर्षका ५० भन्दा बढी युवा प्रतियोगी रहेको उक्त कार्यक्रममा थुप्रै डिजाइनर र मिडिया सेलिब्रेटी पनि उपस्थित थिए ।
कार्यक्रमको सुरुआत यिन एन्ड योङ थिमबाट भएको थियो । तिनमा मोडलहरू आआफ्ना डिजाइनरले बनाएका कालो र सेतो रङको पहिरनमा र्‍याम्पमा उत्रिए । सकारात्मक र नकारात्मक सोचको प्रतिनिधित्व गरेको उक्त कलर कम्बिनेसनले मोडलहरू अझै आकर्षक देखिएका थिए । साथै डर्पिन, रोयल र मिक्स म्याच थिममा पनि मोडलहरू र्‍याम्पमा उत्रिए । यिनमा मरुन, ग्रे, गोल्डन र सिल्भर कलरका पहिरन थिए ।
तीन राउन्डमा विभाजित उक्त फिनाले राउन्डमा ३३ पुरुष र २५ महिला मोडलको सहभागिता थियो । साउनबाटै सुरु भएको अडिसनमा पोखरा, नारायणगढ, बुटवल, धरान, चितवन र काठमाडौंका मोडलहरू सहभागी थिए ।
यसै क्रममा यस वर्षको मोडल हन्ट नेपाल २०१८ को उपाधि पुरुषतर्फ आकाश केसी र महिलातर्फ अदिती अधिकारीले जितेकी छन् । शुक्रबारै घोषित नतिजाअनुसार अदिती र आकाशले बाजी मारेका हुन् । उपाधिसँगै दुवैले जनही नगद ५० हजार र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने मौका पाएका छन् ।
साथै फस्ट रनरअपमा सुरज राजोपाध्याय र रुबिस्का श्रेष्ठ, सेकेन्ड रनरअपमा मुनिर अहमत र हेली गुरुङ भए भने थर्ड रनरअपमा आदर्श ज्ञवाली र शनी महर्जनले उपाधि जिते ।
कार्यक्रममा बेस्ट पर्सनालिटी, मस्ट स्टाइलिस, फोटोजेनिक, बेस्ट ओक, मोस्ट पपुलर, पब्लिक च्वाइस जस्ता सबटाइटलमा पनि सहभागी मोडलहरू छानिएका थिए ।
अविवाहित युवकयुवती सहभागी यस प्रतियोगितामा केटाको उचाइ पाँच फिट आठ इन्च र केटीको उचाइ पाँच फिट चार इन्च अनिवार्य गरिएको थियो । प्रतियोगिताका लागि सबै चरणको अडिसनबाट ४० युवा र ४० युवती अन्तिम प्रतिस्पर्धाका लागि छानिएका थिए । नेक्स्ट मोडल्सले यो वर्षको ‘मोडल हन्ट नेपाल २०१८’ आयोजना गरेको हो ।
स्रोत : http://annapurnapost.com/news/108310

Wednesday, September 12, 2018

Rajopadhyaya in News : समाचार प्रभाव: डा. वैद्यद्वारा उपाकर्म गुठीलाई ५० हजार सहयोग


समाचार प्रभाव: डा. वैद्यद्वारा उपाकर्म गुठीलाई ५० हजार सहयोग


काठमाडाैं । ‘नरसिंह जात्रा चलाउन धौं धौं शीर्षक’ को समाचार पढेर बेलायतमा बस्दै आएका एक नेपालीले ५० हजार रुपैया“ प्रदान गरेका छन् ।
भदौं १४ गते विहीबार नेपाल समाचारपत्रको यही पृष्ठमा सो समाचार प्रकाशित भएको थियो ।ललितपुरमा मनाईने ऐतिहासिक र धार्मिक महत्वको नरसिह जात्रा रकम अभावले सम्बन्धित गुठीयारहरुलाई चलाउन कठिनाई भएकोमा केन्द्रीत रहेको थियो ।सोही समाचार पढेर डा शम्भुगोविन्द वद्यैले ५० हजार रुपैया“ सहयोग स्वरुप उपलब्ध गराएको उपाकर्म गुठी व्यवस्थापन समितिले जनाएको छ ।
समाचार प्रकाशित भएको भोलिपल्ट नै डा. वैद्यले पठाएको नगद परिवारमार्फत नरसिह जात्रा पालो लिने व्यक्ति धु्रवज्वालानन्द राजोपाध्यायलाई सो रकम प्रदान गरिएको थियो ।यसैबीच समितिले एक विज्ञप्त प्रकाशित गरेर धर्मसंस्कृतिप्रेमी दाताको ध्यानआकृष्ट गर्न सफल भएको नेपाल समाचारपत्र दैनिक र दाता डा वैद्यलाई आभार व्यक्त गरेको छ ।

स्रोत : http://www.newsofnepal.com/2018/09/13/142202/

Saturday, September 8, 2018

Rajopadhyaya in News : २५० वर्षअघि कीर्तिपुर

२५० वर्षअघि कीर्तिपुर

चलचित्र
कान्तिपुर संवाददाताडौँ — नेपालको इतिहासमा कीर्तिपुर एउटा यस्तो अध्याय हो जहाँ असंख्य कथाकहानी लुकेर बसेका छन् । तिनमा कतिपय कथा साँचो, सही होलान् अथवा कतिपय उडन्ते नि होलान्— तर कीर्तिपुरमा कथाकहानी जारी छ । नेवार आमाहरूले घरको भित्ताले पनि नसुन्ने गरी कथाहरू भनिरहे ।


यसैगरी एउटा कथा भनिन थालेको २ सय ५० वर्ष भएछ अर्थात् अढाई शताब्दी । संसारमैं कला– संस्कृतिका धनी भनेर चिनिने नेवारहरू अन्तत: उपत्यका घेराबाट बाहिरिंदै गए । आफूसँगै आफ्नो संस्कृति र सम्पदाको खानी बोकेरै बाहिर निस्किए । यही कथानकमाथि बनेको छ निर्देशक प्रदीप खड्गीको नेपाली कथानक चलचित्र : कीर्तिपुर– द लेजेन्ड अफ् कीर्तिलक्ष्मी ।

नेपालभाषा तथा अन्य नेपाली भाषामा बनेका चलचित्र निर्माण क्रमलाई हेर्न हो भने संविधानले बहुभाषीय एवं बहुजातीय घोषणा गरिसकेको गणतन्त्र नेपालमा अझै पनि सांस्कृतिक स्वतन्त्रताको मुद्दा पेचिलो छँदैछ । निर्देशक खड्गीले पनि आफ्नो पहिलो चलचित्रलाई खसभाषामै निर्माण गरेका छन् । सेन्सर बोर्डबाट भर्खरै पारित ‘कीर्तिपुर’ मा शाह वंशको बर्बरतापूर्ण इतिहासलाई निर्भीकता र इमानदारीसाथ बयान गरिएको छ । पृथ्वीनारायण शाहले युद्धबन्दीलाई कसरी व्यवहार गर्थे ? कसरी कीर्तिपुर डाँडामा नाकाबन्दी गरी खाद्य सामग्री र पिउने पानीको महिनौंसम्म हाहाकार सिर्जना गरी उनले अन्तत: विजय हासिल गरेका थिए ? विजयपश्चात् कीर्तिपुरे जनतामाथि निर्ममतापूर्वक नाक–कान काट्नेजस्तो के–कस्तो आपराधिक काम भयो ? २५० वर्षसम्म लुकाएर लुक्न नसकेका यिनै तथ्यलाई उजागर गर्दै चलचित्रले नेपालीजनको एकता र सहिष्णुतालाई समझदारीको चस्माबाट हेर्न रचनात्मक दृष्टि दिएको छ ।

अमेरिकाको न्युयोर्कपछि बेलायतको लन्डनमा पासा पुच: गुथि, यूकेको संयोजनमा यो साता प्रदर्शनमा आउन लागेको ‘कीर्तिपुर’ ले एक पटक सांस्कृतिक सम्पदाको अस्मितालाई जोगाउन आवाज मुखर गरिदिने भएको छ । यो अस्मितालाई जोगाइराख्न कसरी एउटी साहसी महिलाले देश र जनतालाई अन्तिम घडीसम्म लड्न हौस्याउँदै आफ्नो जीवनको आहूतिसमेत दिएर गइन् भन्ने इतिहास यसमा देख्न सकिनेछ ।

‘कीर्तिपुर’ कथा हो, एक साहसी नारी कीर्तिलक्ष्मीको । एकै ढुंगामाथि ठडिएको कीर्तिपुर डाँडामा जन्मिएर सानैदेखि युद्धकलामा पारंगत बनेकी कीर्तिलक्ष्मी कसरी राजा ज्ञानप्रजासँग विवाह साइनोमा गाँसिइन् भनेर चलचित्रमा देखाइएको छ । ‘राजमति’ चलचित्रबाट उदाएकी नायिका हिसिला महर्जनको ‘कीर्तिपुर’ मा पनि अभिनय छ, उनको पिता भूमिकामा कलाकार मदनदास श्रेष्ठ र गुरुका रूपमा सुशील राजोपाध्याय छन् ।

नेवार समुदायमा प्रचलित सानाभन्दा साना आख्यान र उपलब्ध शोधग्रन्थ आधारित ’कीर्तिपुर’ ले इतिहासलाई निकै संवेदनशीलताका साथ उठाएको छ । चलचित्रको एउटा बलियो पक्ष भनेको यसको भिजुअल–इफेक्ट पनि हो । ऐतिहासिक कीर्तिपुर र पृथ्वीनारायण शाहको गोरखा दरबारभित्रका दृश्यको पुनर्सिर्जनालाई आकर्षक तवरमा देखाइएको छ ।
– संयुक्त श्रेष्ठ
प्रकाशित : भाद्र २३, २०७५ ०९:०९स्रोत : https://www.kantipurdaily.com/koseli/2018/09/08/153637706309666674.html

Thursday, September 6, 2018

सार्वजनिक रुपमा उठेका प्रश्न वा मिथ्या बारे मौन, किन ?

सार्वजनिक रुपमा उठेका प्रश्न वा मिथ्या बारे मौन, किन ?

हामी राजोपाध्यायहरु एक आपसमा बिभिन्न बिषयमा मज्जाले क्रिया प्रतिक्रिया वा आलोचना गर्ने गर्छौ l सार्वजनिक रुपमा राजोपाध्यायका बारेमा उठेका प्रश्न वा मिथ्या एबम गलत तथ्यहरु बारे मौन हुन्छौ, किन ?
'राजोपाध्याय' बारे संचार माध्यमहरुमा कहिले काँही सम्प्रेषण हुने सामाग्रीहरुमा प्रश्न लगायत मिथ्या एबम गलत तथ्यहरु पनि समावेश हुने गरेका छन् l यस्ता बिषयमा कहीं कतैबाट क्रिया प्रतिक्रिया, आलोचना वा खण्डन गर्ने गराउने बारे कुनै किसिमको गतिबिधिले गति लिदैन, किन ?
यस्ता बिषयमा व्यक्तिगत रुपमा भन्दा संस्थागत रुपमा सम्बोधन गरिनु प्रभावकारी हुन्छ तर बिडम्बना राजोपाध्यायसंग सम्बन्धित संघ संस्था र गुठीहरु समेत मौन, किन ? यो 'मौनब्रत' आखिर के का लागि ?
यो त राजोपाध्यायबारेमा थप जानकारी सर्वासाधारणमा पुर्याउने गज्जबको अवसर हो l यस्ता अवसरको भरपुर सदुपयोग गरिनु पर्दछ l
यसरी मौन हुनुले राजोपाध्यायहरुमा एकताको अभाव रहेको तथ्य उजागर हुन्छ l एकतामा भएको कमजोरीको कारणले नै कुनै बिषयमा आपसमा बृहद छलफल गरि समयमै ठोस निर्णय गर्न सकेको देखिदैन l आबश्यकता अनुसार कुनै पनि प्रश्न र मिथ्या एबम गलत तथ्यहरुबारेमा तत्काल सम्बोधन गर्न पनि सकिरहको छैनौ l
त्यति मात्रै होईन, बिस्तारै बिस्तारै राजोपाध्यायको इतिहासमा क्षय भईरहेको अवस्था छ l प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजोपाध्यायसंग सम्बन्धित वा राजोपाध्याय सम्मिलित धार्मिक, ऐतिहासिक एबम अन्य कार्य अथवा कार्यक्रमहरुको पनि बैज्ञानिक ढंगले अभिलेखीकरण गर्नु आजको आबश्यकता भैसकेको छ l हामीले "आज गरेको अभिलेखीकरण नै भोलिको इतिहास हो " भन्ने तथ्य मनन गर्न अब ढिला गर्नु हुदैन l
जनसंख्याको आधारमा हेर्ने हो भने 'राजोपाध्याय' पनि अल्पसंख्यकमा पर्न आउछ l एकताको कमीका कारण अल्पसंख्यकको रुपमा दर्ज हुन सकेका छैनौ l जसले गर्दा अल्पसंख्यकका रुपमा राज्यबाट प्राप्त हुने सुबिधाबाट समेत बन्चित हुनु परेको छ l
यसका लागि सर्व प्रथम "एकता नै बल हो" भन्ने तथ्यलाई आत्मसात गरौ l प्रत्येक राजोपाध्यायहरु पनि अब जागरुक हुनुपर्यो आफुसंग सम्बन्धित संघ संस्था र गुठीहरुलाई पनि यस्ता बिषयमा क्रियाशील हुन घचघच्याउन जरुरी भै सकेको छ l

सार्वजनिक रुपमा उठेका प्रश्न र मिथ्या बारेका दुइ उदाहरण :

०१. सार्वजनिक रुपमा उठेको एक प्रश्न:
....... कात्तिक नाच गर्ने देव ब्राह्मण (राजोपाध्याय) नेवार ब्राह्मण नभए को हुन् त ?......(यो प्रश्न, कान्तिपुर दैनिकको २०७५ भदौ २० गते, बर्ष २६ अंक १९९को पृष्ठ ६ मा 'पाठक मंच'मा बानेश्वर,काठमान्डौका श्री राजन न्यौपानेको नाममा छापिएको " नेवार कसरी जनजाति ?" शिर्षकको सामग्रीबाट उधृत गरीएको हो l लिंक :https://www.kantipurdaily.com/pathakmanch/2018/09/05/15361221155218012.html

०२. सार्वजनिक भयको एउटा मिथ्या
. .....मन्दिर (पूर्णचण्डी) मा तन्त्रविद्याबाट हुने विशेष पूजा राजोपाध्याय पुजारीबाट हुन्छ भने मन्दिरको नित्यपूजा र रेखदेख ज्यापु समुदायले गर्छन्।’....( सबिना श्रेष्ठद्वारा लिखित तथा सेतोपाटीमा २०७४ माघ ३० गते सम्प्रेषित "आठ वर्षअघि नै जिर्णोद्वार गरिएको पोखरी अझै सुख्खा मैदान' शिर्षकको लेखबाट, लिंक : https://setopati.com/social/129878




Tuesday, September 4, 2018

Rajopadhyaya in News : नरसिंह जात्रा, २०७५

Rjopadhyaya in News : उपाकलं सायाः नरसिंह जात्रा पिदन

उपाकलं सायाः नरसिंह जात्रा पिदन


यल – दँय्दसं गुंलागा पंचमि (भदौ कृष्ण पंचमि) कुन्हु न्यायेका वयाच्वंगु उपाकलं सायाः नरसिंह जात्रा थुगुसी नं न्यायेकल । थुगुसी थुगु जात्रा पट्को त्वाःया ध्रुवज्वालानन्द शुक्ल राजोपाध्यायं न्यायेकादीगु खः । थनया राजोपाध्याय समुदायया उपाकर्म गुथिइ ज्येष्ठताया आधारय् न्यायेकेगु याना वयाच्वंगु थुगु जात्रा थुगुसी ध्रुवज्वालानन्दया छेँय् नं संचालन याःगु खः ।
तसकं वा वयाच्वंसां संचालन जूगु थुगुसीया जात्राय् पाःलाःया पुरोहित, जिलाजं व भिंचामध्ये छम्हेसित नरसिंह दयेकेगु परम्पराकथं थुगुसी पाःलाःया जिलाजं ख्वपया खौमा त्वालय् च्वंम्ह मनिन्द्रराज राजोपाध्याययात नरसिंह दयेकाः जात्रा पिथनाः यलया सायाः न्ह्याइगु लँपुया परिक्रमा याकूगु खः ।
पाःलाःया छेँय् नं न्ह्याःगु नरसिंह जात्रा यलया प्राचीन नगरया लँपु चाःहिलाः पाःलाःया हे छेँय् थ्यंकाः क्वचायेकूगु खः । नरसिंहयात न्याज्वः अप्सरा, लक्ष्मी, सरस्वति व प्रल्हादया लिसें नगर चाःहिकेगु परम्परा दु । जात्राय् अप्सराया जोडीलिसें दण्डसहित छज्वः, अथे हे छज्वलं पंचामृत ह्वलाः तुफि, च्वाम्वः पंखा ज्वनातःम्ह छम्ह व लावा ह्वलाः वनीम्ह छम्हलिसें न्याज्वः अप्सरा वनेगु याइ ।
नरसिंहया जवंखवं लक्ष्मी व सरस्वति च्वनेगु याइसा प्रल्हादं धुं ज्वनाः नरसिंहयात स्वयाः अःखवतं पलाः न्ह्याकाः वनी । थीथी सांस्कृतिक बाजं व लाखेलिसें पिहां वःगु नरसिंह जात्रा दर्शन व पुजा याइपिं आपालं दुगु खः । थुगु जात्रा थौं स्वयां ३८७ दँ न्ह्यः न्ह्याःगु आतकया प्रमाण लूगु स्थानीय संस्कृतिविद् नापं जात्रा विज्ञ हेरम्बानन्द राजोपाध्यायं कनादिल ।
यल देशय् निम्ह नरसिंह विराजमान जुयाच्वंगुया रुपय् कायेगु याः । छम्ह कात्तिक प्याखनय् पिहां वइम्ह खःसा मेम्ह सायाःया इलय् पिहां वइम्ह खः । कात्तिक प्याखनय् पिहां वइम्ह नरसिंहयात उग्ररुपया कायेगु यानातःगु दुसा सायाःया इलय् पिहां वइम्ह नरसिंहयात शान्त रुपया कायेगु याः ।

स्रोत : http://nepalbhasatimes.com/11660

Monday, September 3, 2018

Rajopadhyaya in News : पोखरीको मध्य भागमा अवस्थित कृष्ण मन्दिरमा पुजा अर्चना

पोखरीको मध्य भागमा अवस्थित कृष्ण मन्दिरमा पुजा अर्चना


ललितपुर, १७ भदौ l श्री कृष्ण जन्माष्टमीको अवसरमा ललितपुर महानगरपालिका वडा न २० पिम्बहाल स्थित हालै जिर्णोद्वार गरिएको पिम्बहाल पोखरीको मध्य भागमा अवस्थित कृष्ण मन्दिरमा रहेको श्री कृष्ण भगवानको बिशेष पुजा अर्चना गरिएको छ l मन्दिरका पुजारी श्री ऋतव शर्मा राजोपाध्यायले उक्त पुजा सम्पन्न गर्नु भएको थियो श्री कृष्ण जन्माष्टमीको दिन हरेक बर्ष यसरी बिशेष पुजा अर्चना गर्ने गरिएको छ l 

मन्दिर अगाडी रहेको पाटीमा चण्डेश्वरी महिला समूहको सक्रियतामा स्थानीय बासिन्दाहरुले निकै उत्साह पूर्वक राती अबेला सम्म भजन कीर्तन गर्नुका साथै दीप प्रज्वलन गरी प्रसाद वितरण समेत गरिएको थियो l      












 भजन कार्यक्रम        फोटो : श्री धनन्जय राजोपाध्याय