Thursday, September 6, 2018

सार्वजनिक रुपमा उठेका प्रश्न वा मिथ्या बारे मौन, किन ?

सार्वजनिक रुपमा उठेका प्रश्न वा मिथ्या बारे मौन, किन ?

हामी राजोपाध्यायहरु एक आपसमा बिभिन्न बिषयमा मज्जाले क्रिया प्रतिक्रिया वा आलोचना गर्ने गर्छौ l सार्वजनिक रुपमा राजोपाध्यायका बारेमा उठेका प्रश्न वा मिथ्या एबम गलत तथ्यहरु बारे मौन हुन्छौ, किन ?
'राजोपाध्याय' बारे संचार माध्यमहरुमा कहिले काँही सम्प्रेषण हुने सामाग्रीहरुमा प्रश्न लगायत मिथ्या एबम गलत तथ्यहरु पनि समावेश हुने गरेका छन् l यस्ता बिषयमा कहीं कतैबाट क्रिया प्रतिक्रिया, आलोचना वा खण्डन गर्ने गराउने बारे कुनै किसिमको गतिबिधिले गति लिदैन, किन ?
यस्ता बिषयमा व्यक्तिगत रुपमा भन्दा संस्थागत रुपमा सम्बोधन गरिनु प्रभावकारी हुन्छ तर बिडम्बना राजोपाध्यायसंग सम्बन्धित संघ संस्था र गुठीहरु समेत मौन, किन ? यो 'मौनब्रत' आखिर के का लागि ?
यो त राजोपाध्यायबारेमा थप जानकारी सर्वासाधारणमा पुर्याउने गज्जबको अवसर हो l यस्ता अवसरको भरपुर सदुपयोग गरिनु पर्दछ l
यसरी मौन हुनुले राजोपाध्यायहरुमा एकताको अभाव रहेको तथ्य उजागर हुन्छ l एकतामा भएको कमजोरीको कारणले नै कुनै बिषयमा आपसमा बृहद छलफल गरि समयमै ठोस निर्णय गर्न सकेको देखिदैन l आबश्यकता अनुसार कुनै पनि प्रश्न र मिथ्या एबम गलत तथ्यहरुबारेमा तत्काल सम्बोधन गर्न पनि सकिरहको छैनौ l
त्यति मात्रै होईन, बिस्तारै बिस्तारै राजोपाध्यायको इतिहासमा क्षय भईरहेको अवस्था छ l प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजोपाध्यायसंग सम्बन्धित वा राजोपाध्याय सम्मिलित धार्मिक, ऐतिहासिक एबम अन्य कार्य अथवा कार्यक्रमहरुको पनि बैज्ञानिक ढंगले अभिलेखीकरण गर्नु आजको आबश्यकता भैसकेको छ l हामीले "आज गरेको अभिलेखीकरण नै भोलिको इतिहास हो " भन्ने तथ्य मनन गर्न अब ढिला गर्नु हुदैन l
जनसंख्याको आधारमा हेर्ने हो भने 'राजोपाध्याय' पनि अल्पसंख्यकमा पर्न आउछ l एकताको कमीका कारण अल्पसंख्यकको रुपमा दर्ज हुन सकेका छैनौ l जसले गर्दा अल्पसंख्यकका रुपमा राज्यबाट प्राप्त हुने सुबिधाबाट समेत बन्चित हुनु परेको छ l
यसका लागि सर्व प्रथम "एकता नै बल हो" भन्ने तथ्यलाई आत्मसात गरौ l प्रत्येक राजोपाध्यायहरु पनि अब जागरुक हुनुपर्यो आफुसंग सम्बन्धित संघ संस्था र गुठीहरुलाई पनि यस्ता बिषयमा क्रियाशील हुन घचघच्याउन जरुरी भै सकेको छ l

सार्वजनिक रुपमा उठेका प्रश्न र मिथ्या बारेका दुइ उदाहरण :

०१. सार्वजनिक रुपमा उठेको एक प्रश्न:
....... कात्तिक नाच गर्ने देव ब्राह्मण (राजोपाध्याय) नेवार ब्राह्मण नभए को हुन् त ?......(यो प्रश्न, कान्तिपुर दैनिकको २०७५ भदौ २० गते, बर्ष २६ अंक १९९को पृष्ठ ६ मा 'पाठक मंच'मा बानेश्वर,काठमान्डौका श्री राजन न्यौपानेको नाममा छापिएको " नेवार कसरी जनजाति ?" शिर्षकको सामग्रीबाट उधृत गरीएको हो l लिंक :https://www.kantipurdaily.com/pathakmanch/2018/09/05/15361221155218012.html

०२. सार्वजनिक भयको एउटा मिथ्या
. .....मन्दिर (पूर्णचण्डी) मा तन्त्रविद्याबाट हुने विशेष पूजा राजोपाध्याय पुजारीबाट हुन्छ भने मन्दिरको नित्यपूजा र रेखदेख ज्यापु समुदायले गर्छन्।’....( सबिना श्रेष्ठद्वारा लिखित तथा सेतोपाटीमा २०७४ माघ ३० गते सम्प्रेषित "आठ वर्षअघि नै जिर्णोद्वार गरिएको पोखरी अझै सुख्खा मैदान' शिर्षकको लेखबाट, लिंक : https://setopati.com/social/129878




No comments:

Post a Comment