Sunday, September 16, 2018

Rajopadhyaya in News : आकाश र अदिती मोडल हन्ट

आकाश र अदिती मोडल हन्ट

author-image
सपना महर्जन
मनोरञ्जन
 ३१ भदौ २०७५ ११:३३:००



काठमाडौं : शुक्रबार साँझ ६ बजेको थियो । सोल्टी क्राउन प्लाजाको प्रांगणमा थुप्रै युवा अनुहार देखिए । अग्लो कद अनि छाँटिएको शरीरका ती युवा अरूभन्दा फरक थिए । विभिन्न डिजाइनका पहिरन, सुहाउँदो मेकअप र हेयर स्टाइलले ती युवाको व्यक्तित्वलाई अझै निखारेको थियो । ती युवाहरू मोडल बन्ने सपना देखेर त्यहाँ भेला भएका थिए ।
मोडल हन्ट नेपाल २०१८ को दृश्य हो यो । विगत चार वर्षदेखि नियमित आयोजना हुँदै आएको यो प्रतियोगिताबाट प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गर्ने लक्ष्य छ । १८ देखि २८ वर्षका ५० भन्दा बढी युवा प्रतियोगी रहेको उक्त कार्यक्रममा थुप्रै डिजाइनर र मिडिया सेलिब्रेटी पनि उपस्थित थिए ।
कार्यक्रमको सुरुआत यिन एन्ड योङ थिमबाट भएको थियो । तिनमा मोडलहरू आआफ्ना डिजाइनरले बनाएका कालो र सेतो रङको पहिरनमा र्‍याम्पमा उत्रिए । सकारात्मक र नकारात्मक सोचको प्रतिनिधित्व गरेको उक्त कलर कम्बिनेसनले मोडलहरू अझै आकर्षक देखिएका थिए । साथै डर्पिन, रोयल र मिक्स म्याच थिममा पनि मोडलहरू र्‍याम्पमा उत्रिए । यिनमा मरुन, ग्रे, गोल्डन र सिल्भर कलरका पहिरन थिए ।
तीन राउन्डमा विभाजित उक्त फिनाले राउन्डमा ३३ पुरुष र २५ महिला मोडलको सहभागिता थियो । साउनबाटै सुरु भएको अडिसनमा पोखरा, नारायणगढ, बुटवल, धरान, चितवन र काठमाडौंका मोडलहरू सहभागी थिए ।
यसै क्रममा यस वर्षको मोडल हन्ट नेपाल २०१८ को उपाधि पुरुषतर्फ आकाश केसी र महिलातर्फ अदिती अधिकारीले जितेकी छन् । शुक्रबारै घोषित नतिजाअनुसार अदिती र आकाशले बाजी मारेका हुन् । उपाधिसँगै दुवैले जनही नगद ५० हजार र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने मौका पाएका छन् ।
साथै फस्ट रनरअपमा सुरज राजोपाध्याय र रुबिस्का श्रेष्ठ, सेकेन्ड रनरअपमा मुनिर अहमत र हेली गुरुङ भए भने थर्ड रनरअपमा आदर्श ज्ञवाली र शनी महर्जनले उपाधि जिते ।
कार्यक्रममा बेस्ट पर्सनालिटी, मस्ट स्टाइलिस, फोटोजेनिक, बेस्ट ओक, मोस्ट पपुलर, पब्लिक च्वाइस जस्ता सबटाइटलमा पनि सहभागी मोडलहरू छानिएका थिए ।
अविवाहित युवकयुवती सहभागी यस प्रतियोगितामा केटाको उचाइ पाँच फिट आठ इन्च र केटीको उचाइ पाँच फिट चार इन्च अनिवार्य गरिएको थियो । प्रतियोगिताका लागि सबै चरणको अडिसनबाट ४० युवा र ४० युवती अन्तिम प्रतिस्पर्धाका लागि छानिएका थिए । नेक्स्ट मोडल्सले यो वर्षको ‘मोडल हन्ट नेपाल २०१८’ आयोजना गरेको हो ।
स्रोत : http://annapurnapost.com/news/108310

No comments:

Post a Comment