Sunday, September 2, 2018

Rajopadhyaya in News : राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिरमा पूजा आराधना

राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिरमा पूजा आराधना


भदौ १७, २०७५
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर जानुभई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्नुभएको छ । 
प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्नुहुने परम्परा रही आएको छ । राष्ट्रपति भण्डारीले मन्दिरका पूजारीबाट फूल एवं प्रसाद ग्रहण गर्नुभयो । 

सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको उक्त मन्दिर गोरखा भूकम्पबाट आंशिक क्षति पुगेकामा हालै मर्मतसम्भार गरिएको हो ।

मन्दिरको जीर्णोद्धार रु ५७ लाखको लागतमा काठमाडौँ उपत्यका संरक्षण कोषले गरेको हो । महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंह मल्लले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेको थियो । त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको पूजारी विष्णुधर राजोपाध्यायले जानकारी दिनुभयो । 

मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । दिउँसो दुई बजेसम्म दुई लाख ५० हजारभन्दा बढी भक्तजनले मन्दिरमा पूजा एवं दर्शन गरेको उहाँले बताउनुभयो । राति १२ बजे श्रीकृष्ण जन्म भएको सम्झनामा यहाँ विशेष कार्यक्रम हुने गरेको छ । 
भदौ १७, २०७५ मा प्रकाशित

स्रोत: http://lokaantar.com/samachar/53540


No comments:

Post a Comment