Tuesday, February 5, 2019

Rajopadhyaya in News: भक्तपुर तलेजुमा मूल नाइके भन्ने पद छैन, म मुल नाइके भन्ने कोहि भए झुट हो


भक्तपुर तलेजुमा मूल नाइके भन्ने पद छैन, म मुल नाइके भन्ने कोहि भए झुट हो



भक्तपुर । भक्तपुर तलेजुमा वास्तवमा मूल नाइके भन्ने पद नै नरहेको त्यहाँका पुजारीहरुले स्पष्ट पारेका छन् । विगत केही समयदेखि भक्तपुरको तलेजु मन्दिरमा मूल नाइकेको हवाला दिंदै विभिन्न पत्रपत्रिकाहरुमा समाचार पनि प्रकाशित हुँदै आएको थियो ।

पत्रपत्रिकाहरुमा मूल नाइके भनेर भन्ने नरेन्द्र प्रसाद जोशीले आफ्नो नाम छपाउँदै आएता पनि वास्तवमा तलेजु भक्तपुरमा मूल नाइके भन्ने पद नै नरहेको तलेजुकै पुजारी नाइके डा. सिद्धिवीर कर्माचार्य, पुजारी नाइके उत्तमाङ्गराज उपाध्याय, पुजारी नाइके फत्तेबहादुर कर्माचार्यका छोरा पद्मलोचन कर्माचार्यले स्पष्ट पारेका छन् ।

उहाँहरुले बताउनु भएअनुसार तलेजुमा हाल चारजना पुजारी नाइकेहरु रहेका छन् । उहाँ पनि पुजारी नाइके मात्रै हुन् । तलेजु नेतृत्वविहीन भनेर समाचार प्रकाशित भएपछि पुजारी नाइके नरेन्द्रप्रसाद जोशीले आफू तलेजूको मूल नाइके भनेर समाचार प्रकाशित गराएपछि तीनैजना पुजारी नाइकेले आपत्ति जनाएका छन् ।

उहाँहरुले पुजारी नाइके जोशीले दिनदिनै आएर तलेजुको दैनिक पुजाआजामा नेतृत्व प्रदान गर्दै काम सम्पन्न गराउनुपर्ने कुनै भूमिका नै नभएको प्रष्ट पार्दै त्यहाँ दैनिक आएर काम सम्पन्न गर्ने व्यक्ति भनेको राजोपाध्याय, कर्माचार्य, सुवाल, नकिंचाहरुसमेत पर्ने बताउनुभएको छ ।

यसभन्दा अघि पनि धेरैपटक मूल नाइके भनेर समाचार नआएको होइन आएको थियो ।
त्यसमा उहाँलाई उक्त पदमा सुशोभित भएकोमा आनन्द होला अथवा एक किसिमको बालहट ठानेर हामीले उहाँलाई आनन्द प्रदान ग¥यौं तर अहिले तलेजुसम्बन्धी प्रकाशित खबरमा झूठमुठ बढी भएको र तलेजुको संरक्षण र सम्बद्र्धनभन्दा उहाँलाई मूल नाइके भनाउने बढी लालसा भएको तीनैजना पुजारी नाइकहरुले बताएका छन् ।

उहाँहरुले तलेजुमा मूल नाइके भनिने पद नै नभएको यसको लागि गुठी संस्थान, केन्द्रीय लगत्त तथा अभिलेख शाखा कार्यालय भद्रकाली काठमाडौंमा बुझे थाहा हुने पनि बताउनुभएको छ । प्रमाणको लागि उहाँहरुले १९९२।१०।१८, १९९२।१०।२८, २०४३।१०।११ को दस्तावेज पनि पेश गर्नुभएको छ ।

२०५० सालदेखि तलेजुको मूल नाइके पदमा जोशीजीले नियुक्ती पाएको दाबी पनि गरिएको छ । तर त्यो एकदम गलत भएको तीनै जना पुजारी नाइकेहरुको भनाइ छ ।

यदि कसैले उक्त नियुक्ती दिएको भए पनि एकदम गलत, किर्ते र जालसाजी हो किनभने अभिलेख शाखामा मूल नाइके पद छँदै थिएन् र छैन पनि । स्मरण रहोस् अभिलेख शाखाले उक्त पदहरु ( पुजारी नाइकेको) मूल स्रोत भएको बताइएको छ ।

तीनजना पुजारी नाइकेहरुले यसरी पुजारी नाइके नरेन्द्रप्रसाद जोशीले आफूलाई तलेजुको मूल नाइके भनेर भक्तपुरका जनतालाई भ्रममा पार्नु गलत भएको भन्दै सत्य यथार्थ कुरा जनसमक्ष ल्याएका छन् ।

उहाँहरुले तलेजुमा चारजना पुजारी नाइकेहरु रहेको जसमा राजोपाध्यायतर्फबाट एकजना पुजारी नाइके ., जोशीको तर्फबाट एकजना पुजारी नाइके., कर्माचार्यको तर्फबाट दुईजना पुजारी नाइके . रहेको बताएका छन् । प्रमाणको लागि दस्तावेजले स्पष्ट पारेको बताउँदै तीमध्ये नरेन्द्रप्रसाद जोशीजी जोशीको तर्फबाट पुजारी नाइके मात्र रहेको मूल नाइके नभएको तीनैजना पुजारी नाइकेहरुले स्पष्ट पार्नुभएको छ ।

उहाँहरुले भद्रकालीको अभिलेख शाखामा हुँदै नभएको पदमा आफू सुशोभित भएको भनेर खबर छपाउँदै हिंड्नु गैरकानुनी भएको र भक्तपुरका जनताको आँखामा छारो हाल्नु सिवाय अरु केही नभएको पनि खुलस्त पार्नुभएको छ ।

Source: https://sambahak.com/2019/02/05/%E0%A4%AD%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%AA%E0%A5%81%E0%A4%B0-%E0%A4%A4%E0%A4%B2%E0%A5%87%E0%A4%9C%E0%A5%81%E0%A4%AE%E0%A4%BE-%E0%A4%AE%E0%A5%82%E0%A4%B2-%E0%A4%A8%E0%A4%BE%E0%A4%87%E0%A4%95/?fbclid=IwAR2wUt7N0zXHgqSCfDI36bD4rc364XfeAB-pHClmyZe2hwBINAJ8-V5svCM

Related : https://rajopadhyaya.blogspot.com/2019/01/rajopadhyaya-in-news.html