Tuesday, January 28, 2020

Rajopadhyaya in news : चार सय वर्ष पुरानो मूर्ति घरैबाट चोरी !

मंगलबार, माघ १४, २०७६

चार सय वर्ष पुरानो मूर्ति घरैबाट चोरी !

हिमालखबर
स्रोत : https://www.himalkhabar.com/news/111180

शङ्खरापुर नगरपालिकाको साँखुबाट ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ ।
साल्खा महादेवस्थानको नामले चिनिने सुनको जलप लगाएको तामाको प्रतिमूर्ति साँखुका मूल पुरोहित सुदनराज राजोपाध्यायको घरबाट गएराति चोरी भएको हो ।
हरेक वर्ष जनैपूर्णिमाको जात्रामा पूजा गरिने अन्दाजी २.५ फिटको चारमुखी ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति घरबाटै चोरी भएको पूजारी सुदनराज राजोपाध्यायले जानकारी दिए । भूकम्पले मूर्ति राख्ने घर भत्किएपछि पूजारीकै घरमा मूर्ति राख्ने गरिएको थियो ।
पूजारीको काका नाता पर्ने आनन्दराज राजोपाध्याय राति शौचालय जान खोज्दा घरको ढोकामा बाहिरबाट चुकुल लगाएको पाएपछि उनी झ्यालबाट निस्किएका थिए । मूर्ति राखिएको कोठाको ढोका खुल्ला देखिएपछि गएर हेर्दा चोरी भएको थाहा पाएको राजोपाध्यायले बताए ।
उनी भन्छन्, “अन्य कोठामा समेत बाहिरबाटै चुकुल लगाएको देखेपछि महादेवको मूर्ति राख्ने कोठामा गए, हेर्दा मूर्ति नभेटिएपछि तत्कालै छिमेकी र प्रहरीलाई खबर गरिहालेँ।”
उनका अनुसार, घरको पर्खालमा रहेको गमला फुटेको र पर्खाल नजिकै मूर्तिमा रहेको महादेवको नाग भेटिएकाले घरको पर्खाल चढेर मूर्ति चोरेको हुनसक्ने आशङ्का रहेको छ । मूर्ति राखिएको पूजारीको घरमा व्रतालुसमेत बस्ने गरेकाले व्रतालुलाई आवतजावतमा समस्या नहोस् भनी मूलद्वारमा तालासमेत लगाउने गरेको थिएन ।
घटनाको खबर प्राप्त भएलगत्तै प्रहरी परिचालन गरेको महानगरीय प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ । ज्योतिलिङ्गेश्वर महादेव ६४ लिङ्गेश्वरमध्ये ३४औँ लिङ्गेश्वरका नाममा चिनिन्छ ।
यस ठाउँमा माधवनारायण (ज्योतिलिङ्गेश्वर महादेवको व्रत बस्ने व्रतालु शिवरात्रिका दिन जाग्राम बस्दछन् । उक्त दिन जाग्राम बसेपछि मात्रै माधवनारायण व्रतका क्रममा आफूले इच्छाएको पूरा हुने जनविश्वास छ ।

Monday, January 27, 2020

Rajopadhyaya in news: भक्तपुरको वानेलाय्‌कुको वह्निराज नै स्वस्थानीको नवराज : संस्कृतिविद् महेश्वर जुजु

स्वस्थानी विशेष

भक्तपुरको वानेलाय्‌कुको वह्निराज नै स्वस्थानीको नवराज : संस्कृतिविद् महेश्वर जुजु

  • नेपालन्युज माघ १३, २०७६ | सोमबार | भक्तपुर 



Source: https://nepalnews.com/life-arts/16024-2020-01-27-00-51-54?fbclid=IwAR086ZOKHS32ZTsRpL6Yr110Yeilp3MHVR6fAet5uWYUTGhfQjadEfIMMTw#.Xi7qgExWGao.facebook

भक्तपुर नगरमा दुईवटा प्रसिद्ध तलेजु मन्दिर छन्। एउटा क्षेत्रीय स्तरको अर्थात् मल्ल राजाको र अर्को ब्राह्मण स्तरको अर्थात् मल्ल राजाइतरको।
मल्ल राजाले मान्ने तलेजु भक्तपुरको लाय्‌कुमा अवस्थित छ। नेपाल भाषामा लाय्‌कुको अर्थ हुन्छ, राजदरबार। तर मल्ल राजाइतरको अर्को तलेजु भने वानेलाय्‌कुमा छ।
ठिमीमा पाइएको एउटा हस्तलिखित स्वस्थानी कथामा श्रीवह्निराज पछि गएर नवराज भएको उल्लेख पाइन्छ। उनको आमाको नाम पनि गोमा, स्वस्थानीमा वर्णित नवराजकै आमाझैँ। उनको माइत फर्पिङ्‌ग, साँगा जरन्तालकी उनी घरबूढी बन्न पुगेकी थिइन्। वह्निशर्मा भने ललितपुरका महाद्यःननी कुलका ब्राह्मण थिए।
संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायले उक्त हस्तलिखित ग्रन्थ र अभिलेखलाई आधार मानी वह्निराज र गोमाको कथा सुनाउँछन्- गोमाले नयाँ राजा अर्थात् नवराजलाई वानेलाय्‌कुमा अर्को आगमघर बनाउन लगाएका थिए। उक्त आगममा पहिले पुरोहित र यजमानका रूपमा ब्राह्मण नै हुन्थे, तर हाल यस तलेजुको परम्परा कर्माचार्य थरीले धानिरहेका छन्।

झन्डै ३० वर्षपछि त्यसको उल्था गरिएको थियो नेपाल भाषामा, नेपाल संवत् ७२३ मा अर्थात् विक्रम संवत् १६५९ तदनुसार सन् १६०२ मा। त्यसको २०७ वर्षपछि मात्र यो कथा नेपाली भाषामा लेखिएको पाइन्छ।


‘भारतबाट आएका स्वस्थानी व्रतकथाका पुस्तकले नेपालका पीठहरूलाई मानेको छैन,’ संस्कृतिविद् महेश्वर जुजु भन्छन्, ‘तर हामीले त्यही कथाहरू मान्न बाध्य भएका छौँ।’
गुह्येश्वरी नेपालको सबैभन्दा ठूलो शक्तिपीठ हो, जहाँ सतीदेवीको गुह्य अङ्‌ग पतन भएको मानिन्छ। तर केही भारतीय किताबहरूले त्यहाँ घुँडा पतन भएको उल्लेख गरेका छन्।
सतीदेवीको अङ्‌गपतनका कथा नेपालका विभिन्न भागमा पाइन्छ, तर ‘ती पीठका बारे बनारसबाट प्रकाशित स्वस्थानी किताबमा कुनै उल्लेख पाइँदैन,’ संस्कृतिविद् राजोपाध्याय दुःखेसो पोख्छन्।
स्वस्थानीमा वर्णित लावण्यपुर उनी हालको साँखु र भक्तपुरलाई एकै सहरका रूपमा मान्छन्। त्यस्तै, टोखामा दक्षप्रजापतिले यज्ञ गरेको स्थल मानिन्छ, जसलाई तोषखण्ड मानिन्छ। शिवपुरीकै फेदमा अर्को कैलाश वर्णन गरी देवीपुराणले यज्ञस्थलका बारे उल्लेख गरेको उनको भनाइ छ। ‘हाल प्रकाशनमा पाइने स्वस्थानी कथामा यी कुरा उल्लेख छैनन्,’ संस्कृतिविद् राजोपाध्याय बताउँछन्।
स्वस्थानीको कथामा उल्लेख छ, यो कथा स्कन्दपुराणको केदारखण्डको माघमहात्म्य कुमार-अगस्त्यको संवादको रूपमा सङ्‌कलित छ।
नेपाल भाषा केन्द्रीय विभागका उपप्राध्यापक राजनलाल जोशी प्रश्न गर्छन्, ‘यो केदारखण्डको कथा कसरी काठमाडौं उपत्यकाको मौलिक हुन्छ?’ केदारखण्ड भनी भारतको गढवाल क्षेत्रलाई लिइन्छ।
स्कन्द पुराणले हिमालय क्षेत्रलाई पाँच खण्डमा विभाजन गर्छ- हिमवत् खण्ड (नेपाल), कुर्मांचल (कुमाउँ), केदार खण्ड (गढवाल), जालन्धर (हिमाचल प्रदेश) र कश्मीर।
खण्डाः पञ्च हिमालस्य कथिताः नैपालकूमाँचंलौ ।
केदारोऽथ जालन्धरोऽथ रूचिर काश्मीर संज्ञाऽन्तिमः ।।
यसरी हेर्दा यो कथा हाल भारतको गढवाल क्षेत्रको भन्ने देखिन्छ। तर, काठमाडौं उपत्यकामा स्वस्थानीका कथा हस्तलिखित ग्रन्थमा पाइएको र यससम्बन्धी संस्कृति जीवित रहेकोले यहाँकै मौलिक मान्छन्, संस्कृतिविद् महेश्वर जुजु राजोपाध्याय
जयन्तदेवले नेपाल संवत् ६९३ फाल्गुन शुक्ल पञ्चमी वृहस्पतिबारका दिन ताडपत्रमा सारेको स्वस्थानी कथा संस्कृत भाषामा पाइएको छ। यो मिति विक्रम संवत्मा १६२९ हुन्छ, तदनुसार ईश्वी संवत् १५७२। उक्त कथा कसले रचना गर्‌यो भन्ने उल्लेख त पाइँदैन, तर त्यतिबेला सारिएको हो।
झन्डै ३० वर्षपछि त्यसको उल्था गरिएको थियो नेपाल भाषामा, नेपाल संवत् ७२३ मा अर्थात् विक्रम संवत् १६५९ तदनुसार सन् १६०२ मा। त्यसको २०७ वर्षपछि मात्र यो कथा नेपाली भाषामा लेखिएको पाइन्छ।
‘अहिले मैथिली, भारतमा पनि हिन्दी भाषामा पनि आइसक्यो,’ उनी भन्छन्, ‘तर यो काठमाडौंकै मौलिक संस्कृति हो।’
प्रकाशित: Jan 27, 2020 | 06:36:54

Rajopadhyaya in news : क-कसले पाए नेवाः स्टार अवार्डस्? (पूर्ण सूचीसहित)

क-कसले पाए नेवाः स्टार अवार्डस्? (पूर्ण सूचीसहित)



नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डस् २०७६ बाट ६२ जना विभिन्न कलाकारहरूलाई सम्मान गरिएको छ।
वरिष्ठ सङ्गीतकार तथा जनसङ्गीत स्रष्टा अमरराज शर्मा राजोपाध्यायलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट कार्यक्रममा सम्मान गरिएको छ। यससँगै संसार बहुमुखी प्रतिमा सम्मानबाट ललेन्द्र शाक्यलाई सम्मान गरिएको छ।
कार्यक्रममा वरिष्ठ सिनेपत्रकार विजयरत्न असंबरे, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य, वरिष्ठ नायक जय महर्जन, वरिष्ठ नायिका हिसिला महर्जन, वरिष्ठ निर्देशक पवन जोशी, वरिष्ठ गायक जुजुकाजी रञ्जित र वरिष्ठ शृङ्गार कलाकार सनमकुमार श्रेष्ठलाई सप्तरङ्गी सम्मान प्रदान गरिएको छ।
यो नेपाल भाषा म्युजिक भिडियो क्षेत्रमा सर्वाधिक विधामा पुरस्कार दिइने अवार्ड हो।
उक्त कार्यक्रममा सम्मानित भएका र अवार्ड विजेताहरूको पूर्ण सूची यस्तो छ-
  • संसार जीवनकालीन समर्पण सम्मान – वरिष्ठ सङ्गीतकार अमरराज शर्मा राजोपाध्याय
  • संसार बहुमुखी प्रतिभा सम्मान – ललेन्द्र शाक्य
  • संसार सप्तरङ्गी सम्मान १ – वरिष्ठ निर्देशक पवन जोशी
  • संसार सप्तरङ्गी सम्मान २ – वरिष्ठ सङ्गीतकार मनराजा नकर्मी
  • संसार सप्तरङ्गी सम्मान ३ – वरिष्ठ सिने पत्रकार विजयरत्न असम्बरे
  • संसार सप्तरङ्गी सम्मान ४ – वरिष्ठ नायिका हिसिला महर्जन
  • संसार सप्तरङ्गी सम्मान ५ – वरिष्ठ नायक जय श्रेष्ठ
  • संसार सप्तरङ्गी सम्मान ६ – वरिष्ठ गायक जुजुकाजी रञ्जित
  • संसार सप्तरङ्गी सम्मान ७ – वरिष्ठ शृङ्गार कलाकार सनमकुमार श्रेष्ठ
  • सर्वोत्कृष्ट म्युजिक भिडियो – सुनिता राजभण्डारी, फागु पुन्हिया होली ...
  • सर्वोत्कृष्ट म्युजिक भिडियो (पपुलर) – कृष्णभक्त महर्जन, वा दिल मै वा वा ...
  • सर्वोत्कृष्ट शृङ्गार – मणि महर्जन, पिया च्वने ...
  • सर्वोत्कृष्ट भेषभूषा – गिफ्ट नेपाल, फागु पुन्हिया होली ...
  • सर्वोत्कृष्ट रचना – राजभाइ जकमिः, मा या यम्ह ...
  • सर्वोत्कृष्ट रचना (प्रोत्साहन) – शैलेश शाक्य, भुतुमालि पौ च्वा ...
  • सर्वोत्कृष्ट सङ्गीत संयोजन – हरिशरण सायमि, मतिनाया स्वाँ ...
  • सर्वोत्कृष्ट सङ्गीत संयोजन (प्रोत्साहन) – जीवित जल्मिः, स्वनिगः बाँला ...
  • सर्वोत्कृष्ट सङ्गीत संयोजन (पपुलर) – बुद्ध सायमि, झि निम्ह नापं च्वना ...
  • सर्वोत्कृष्ट सङ्गीतकार – जुगल डंगोल, ऐ भ्वासिम्ह भाजु ...
  • सर्वोत्कृष्ट सङ्गीतकार (प्रोत्साहन) – रिता महर्जन, भुतुमालि पौ च्वया ...
  • सर्वोत्कृष्ट सङ्गीतकार (पपुलर) – गोविन्द ह्युमत, हाकु पतासि ह्याउगु स्वाँ ...
  • सर्वोत्कृष्ट रेकर्डिङ कक्ष – हिसि रेकर्डिङ स्टुडियो (सुमन कपाली), पिया च्वना ...
  • सर्वोत्कृष्ट भिडियो रङ्ग सम्मिश्रण – लुःज सिं, तमिम्ह ...
  • सर्वोत्कृष्ट भिडियो सम्पादक – बालकृष्ण बंसी, मैंचाया सपले ...
  • सर्वोत्कृष्ट छायाँकार – बि के जल्मि, झसुका तया च्वना ला ...
  • सर्वोत्कृष्ट छायाँकार (पपुलर) – सोहन मानन्धर, फागु पुन्हिया होली ...
  • सर्वोत्कृष्ट मोडल पुरुष – धिरेन शाक्य, थौ हाकन छंगु लुमन्ति ...
  • सर्वोत्कृष्ट मोडल पुरुष (पपुलर) – राजेन्द्रकुमार महर्जन, छ जुल अमेरिकाय् ...
  • सर्वोत्कृष्ट मोडल पुरुष मल्टिमिडिया – राजु महर्जन जुजु, झि निम्ह नापं च्वना ...
  • सवोत्कृष्ट नवोदित मोडल पुरुष – निराजन प्रधान, मतिनाया स्वाँ ...
  • सर्वोत्कृष्ट नवोदित मोडल पुरुष (प्रोत्साहन) – प्रतीक श्रेष्ठ, मैंचाया सपले ...
  • सर्वोत्कृष्ट नवोदित मोडल पुरुष (पब्लिक च्वाइस) – कृष्णप्रसाद खड्गी, वनेमते झि ...
  • सवोत्कृष्ट मोडल महिला – आशिष्मा नकर्मी, वये मते ल्यू ल्यू ...
  • सर्वोत्कृष्ट मोडल महिला (पपुलर) – आराध्य लक्ष्मी खड्गी, स्वयम्भूइ देके ...
  • सर्वोत्कृष्ट मोडल महिला (पब्लिक च्वाइस) – शोभा महर्जन, भुतुमालि पौ च्वया ...
  • सर्वोत्कृष्ट नवोदित मोडल महिला – करुणा श्रेष्ठ, मतिना या स्वाँ ...
  • सर्वोत्कृष्ट मोडल महिला (प्रोत्साहन) – रुक्साना महर्जन, भुतुमालि ब्यये थें ...
  • सर्वोत्कृष्ट गायक – सुरजवीर वज्राचार्य, तसकं यम्ह ...
  • सर्वोत्कृष्ट गायक (प्रोत्साहन) – राजेन्द्रकुमार महर्जन, तमिम्ह ...
  • सर्वोत्कृष्ट गायक (पब्लिक च्वाइस) – नवीन महर्जन, थौ हाकन छंगु लुमन्ति ...
  • सर्वोत्कृष्ट गायक (पपुलर) – रामभक्त महर्जन, नापलावये झि मंगले ...
  • सर्वोत्कृष्ट नवोदित गायक – राजकुमार मानन्धर, नाय्त्वने यतले ...
  • सर्वोत्कृष्ट नवोदित गायक (प्रोत्साहन) – राजेन्द्र शाक्य, छ गन जि गन ...
  • सर्वोत्कृष्ट नवोदित गायक (पब्लिक च्वाइस) – शैलेन्द्र तुलाधर, चिकु धाधाँ ...
  • सर्वोत्कृष्ट गायिका – सरस्वती मानन्धर, ए भ्वासिम्ह भाजु ...
  • सर्वोत्कृष्ट गायिका (प्रोत्साहन) – सोनम महर्जन, मतिना या स्वाँ ...
  • सर्वोत्कृष्ट गायिका (पब्लिक च्वाइस) – गंगादेवी महर्जन, मक जन्म काइधका ...
  • सर्वोत्कृष्ट नवोदित गायिका – देवकुमारी खड्गी, जिगु मनया ...
  • सर्वोत्कृष्ट नवोदित गायिका (पब्लिक च्वाइस) – हसना शाक्य, होली हसन ...
  • सर्वोत्कृष्ट नृत्य निर्देशक – नापाला वय् झि मंगले ...
  • सर्वोत्कृष्ट नृत्य निर्देशक (प्रोत्साहन) – गौतम तण्डुकार, मन त्याका वया ...
  • सर्वोत्कृष्ट नृत्य निर्देशक (पपुलर) – राजन शाही, स्वयम्भुइ देके ...
  • सर्वोत्कृष्ट निर्देशक – रामकृष्ण खड्गी, भुतुमाति पौ च्वया ...
  • सर्वोत्कृष्ट निर्देशक (प्रोत्साहन) – हृदयप्रसाद मिश्र, नेय त्वने यतले ...
  • सर्वोत्कृष्ट निर्देशक (पब्लिक च्वाइस) – सुनिता राजभण्डारी, फागु पुन्हिया होली ...
  • सर्वोत्कृष्ट निर्देशक गैर-नेवाः (निर्णायक) – सोनम पाख्रिन, वा दिल मै वा वा ...
  • सर्वोत्कृष्ट राइजिङ स्टार गायक – पूर्णमान महर्जन, स्वनिगः बांला ...
  • सर्वोत्कृष्ट राइजिङ स्टार गायक (प्रोत्साहन) – भेष महर्जन, लोकंह्वाम्ह ...
  • संसार बहुमुखी प्रतिभा कलाकार (निर्णायक) – सुरज नापित
  • संसार अलराउन्डर स्वयंसेवी अवार्ड (निर्णायक) – उजय शाही
  • फेसबुक प्रोफाइल सर्वाधिक लाइक पुरुष अवार्ड – राजु महर्जन
  • फेसबुक प्रोफाइल सर्वाधिक लाइक महिला अवार्ड – सरिता वज्राचार्य 
प्रकाशित: Jan 26, 2020 | 19:21:32

Rajopadhyaya in news : लिच्छवीकालिन परम्परा – प्रतीक स्वरुप स्वंगलं वहःया कलश येँया तलेजुइ


लिच्छवीकालिन परम्परा – प्रतीक स्वरुप स्वंगलं वहःया कलश येँया तलेजुइ


रेखा शाक्य
येँ । पोहेला गाः दुतिया ११४०
वंगु शुक्रबाः मिला पुन्हिकुन्हु दँय्दसंथें चाँगुनारायणया प्रतीक वहःया कलश येँया तलेजु दुने बिज्यात । लिच्छवीकालिन परम्पराकथं चाँगुनारायणया कलशया नापं मेगु निगः वहःया कलश नं नापं तलेजु बिज्यागु खः ।  निगः कलश लक्ष्मी व सरस्वतीया प्रतिक खः । मूल पुजारीं चाँगु नारायणया कलश व सहयोगी भँडेलपिन्सं लक्ष्मी व सरस्वतीया प्रतीक कलश प्वाथय् घय्पुनाः हःगु खः ।
चाँगुंनिसें हे न्यासी बिज्यानाः थाय् थासय् पुजा फयाः येँ बिज्याकेगु झ्वलय् चाँगु डाँछी,-मुलपानी-दक्षिणध्वाका-जोरपाटी -खास्ती-चाबहिल-कालो पुल-नक्साल भगवती-नाग पोखरी-कमलादी गणेश – रानी पोखरी- जमल-तलेजु गेट हयाः  जमलय् जगतनारायण द्यगलय् थ्यंकूगु खः । जमलय् जात्रायात लसकुस यायेकथं गुरुजुया पल्टन, मल्ल जुजुया प्रतीक खड्ग व हनुमानध्वाखा दरबारया महाने त वंगु खः ।
अन सकल प्रतीक द्यःपिन्त हनुमानध्वाखाया दरबारं नं पुजा बिइमाःगु चलन दु । उगु हे झ्वलय् गुरुजु पल्टनं चाँगुनारायणया नामय् सलामी बिउगु खः । अनया सकतां यायेमाःगु विधि क्वचाय्काः गुरुजु पल्टन न्ह्यःने स्वंग कलश, मल्ल जुजुया प्रतीक खड्ग व महानेत कलश ज्वना बिज्यापिन्त थी धकाः सुरक्षा बिइकथं लिउलिउ  जमः, कुनात्वाः, असं, बालकुमारी, जनबहाः, वंघः, मखं जुया येँया हनुमान ध्य्वाखाय् थ्यंक बिज्यागु खः । द्यः मखं थ्यनेवं हे महाद्यःया न्ह्यःने चाया थलबल तं तं तया उकिइ दुने मी च्याकाः द्यःयात अपशकुन क्यनेगु परम्पराकथं अन चाया थलबल तछ्यागु खः ।
स्वंगलं कलश तलेजुया मू ध्वाकाय् थ्यनेवं येँया लाय्कू कुमारी साक्षी तयाः नारांद्यःयात तलेजुया राजोपाध्याय पुजारीं लसकुसयाना पुजायाःगु खः । अथेहे कुमारीयात तलेजुया जोशी व कर्माचाय् पुजारीपिन्स पुजायानाः चाँगु कलश ज्वना बिज्याम्ह पुजारीयात माता ज्वंकाः तलेजुइ लसकुस याःसें बिज्याकूगु खः । उगु इलय् हाकनं गुरुजुया पल्टनं तोप तया सलामी बिउगु खःसा थुखे कुमारी नं साक्षी च्वना बिज्यानाः थःगु लाय्कु छेँय् हे लिहाँ बिज्यागु खः ।
तलेजु दुने स्वंगलं कलशयात त्रिशुल चोक, मूल चोक जुयालि इनार चोक दुने यंकेमाःगु परम्परा दु । अन दूगु आसनय् स्वंगलं कलश बिराजमान यानाः तलेजुया पुजारी, चाँगुनारायणया पुजारी पुरोहितपाखें हाकनं पुजा याःगु खः ।
अन हनुमानध्वाखां नियुक्त यानातःम्ह पुजारीं कलशया पुजा याये धुंकाः चाँगुनारायणया नैंक्या व पुजा हिला काःगु खः । अनलिपा पुजाया स्वां व सिन्ह राष्ट्रपतियाथाय् यंकूगु खः ।
न्हापा न्हापा तलेजु दुने स्वंगलं कलश थापना यानाः होम पुजा याइगु इलय्या मीया ज्वाला चाँगुया डांडांनिसें खनेदइगुु जनधारणा दु । व कुँ वा मीया ज्वाला खनेधुंकाः चाँगुनारायणय् मेपिं पुजारीपिन्सं द्यः थासय् बिज्याये धुंकल धकाः पालं याइगु धइगु खँ नं न्यनेदु । अथे हे न्हापा द्यःया प्रसाद जुजुयात नं  बिइगु व उगु कलशय् जुजुं थःगु ख्वाःपाः स्वइगु परम्परा खःसा वर्तमान परिस्थितिइ थौंकन्हे राष्ट्रपतियात जल प्रसाद बिउवनिगु यानाःच्वंगु दु ।  अन लिपा उगु हे दिनय् उगु कलशया जल शोभा भगवती (भचा खुसिइ) हनुमान ध्वाखाया महाने यंकाः अन हे जल विर्सजन याइ ।  चाँगुया पुरोहित राजोपाध्यायपिं नं हनुमान ध्वाखाया पुजा क्वचायेवं  हाकनं चाँगु हे लिहाँ बिज्याइगु खः ।
किंवदन्ती कथं चाँगुनारायण, लक्ष्मी व सरस्वतीया प्रतिक कथं स्वंगः वहया कलशयात राजोपाध्याय व भँडेलपिन्सं  थी थी थासं बिज्याकाः येँ हयेगु चलन पौराणिक लिच्छवीकालिन परम्परांनिसें न्ह्यानाच्वंगु खः ।
जनधारणा कथं उबलय् उबलय् द्यःपिं भु लोकय् चाहिउ बिज्याइगु जुयाच्वन । अथे हे चाह्यु बिज्यागु झ्वलय् नारायण द्यः थुगु येँया लायकुलिइ थ्यंगु जुयाच्वन । थुगु थाय् धैगु न्हापानिसें तान्त्रिक बिद्यां सःपिनिगु थाय् जुयाच्वन ।
अले छम्ह तान्त्रिकं उम्ह मनूया भेषय् बिज्याम्ह नारांद्यःयात म्हसिकाः द्यःयात थन हे बिज्याके दःसा सकल मानवया कल्याण जुइगुया लिसें भय, दुख, कष्ट पाखें मुक्त जुयाच्वने फइ अथे हे द्यःया छत्रछायाँय् च्वने दयेवं जगतया हे उध्दार जुइ धैगु मति तयाः थःगु तान्त्रिक बिद्यां चाया थल छगः दयेकाः द्यःया न्ह्यने तछ्याना बिल हँ । थथे अलक्षिण जूगु खनेवं नारांद्यवं का थ्व ला मखुथें जुल धैगु वाः चायेका गन वने धकाः छचाखेरं स्वबलय् येँया लायकु खनेवं अन हे दुहाँ बिज्यात हँ । द्यः बिज्यागुलिं अन तःधंक होम व पुजा यानाः द्यःयात पलिस्था यागु धैगु खनेदु । उबलय् निसें हे थौं तक नं थ्व परम्परायात न्ह्याका च्वंगु दनि ।
लुमंके बहःजु चाँगुया स्वंगलं कलश येँ दच्छिया निक्वः बिज्याकी । छक्वः गुन्पुन्हिया प्यन्हु न्ह्यः क्वाति फ्वयेगु सुचं बिइत बिज्याइसा उगु न्हि खुन्हु नं लायकु कुमारी बिज्याकी अले सम्पूर्ण विधि विधान कथं पुजा याइगु खः ।  न्हापा न्हापां द्यः बिज्याइगु दक्वं लँपुइ थुकथं हे चाया थलबल तछ्याइगु परम्परा दूगु खःसा आः केवल चाँगु ख्वप व मखनय् जक हे ल्यना च्वंगु दनि ।
न्हापा मखंया हे राष्ट्र विकास मखं क्लब पाखें संचालित व थनया हे स्थानीय मनूतयेगु पहलय् थ्व परम्परा न्ह्याकाच्वंगु खःसा लिपा इमिसं नं वास्ता मयायेवं मखंया तारिणी क्लब नीस्वनाः संचालक भाजु राजन महर्जनजुं विगत स्वंगू दशक न्ह्यः निसें थःगु मौलिक परम्परायात न्हंकाः छ्वये मज्यू धैगु वाः चायेकाः थौं तक नं उगु परम्परायात द्यः मखं महाद्यःया न्ह्यःने थ्यनेवं चाया थलबल तछ्यायेगु परम्परायात कायम यानाच्वंगु दनि ।  न्हापा चाया थलबल मनूतय्सं थःगु छेँ च्वंगु पुलांगु बिइ हइगु खःसा आः थौंकन्हे न्यानाः हे नं परम्परा न्ह्याकाच्वंगु व न्ह्याका हे च्वनेगु खँ थुम्ह पंक्तिकारयात महर्जनजुं कनादीगु खः ।

Rajopadhyaya in news : एक-दिने आधारभूत पञ्चाङ्ग तालिम सम्पन्न

एक-दिने आधारभूत पञ्चाङ्ग तालिम सम्पन्न



ललितपुरमा शनिबार एक-दिने आधारभूत पञ्चाङ्ग तालिम सम्पन्न भएको छ।
नेपाल ज्योतिष परिषद्, ललितपुर जिल्लाका उपाध्यक्ष ज्योतिषी सुभद्रिका शर्माले उक्त प्रशिक्षण दिएकी थिइन्।
राजोपाध्याय समाजको जिल्ला समन्वय समिति, ललितपुरको आयोजना रहेको उक्त तालिम समापनपछि आयोजित समारोहमा प्रशिक्षक शर्मालाई खादा र मायाको चिनो प्रदान गरिएको थियो। सहभागी प्रशिक्षार्थीलाई पनि सोही अवसरमा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमलाई समाजका तर्फबाट उपाध्यक्ष सञ्जय शर्मा राजोपाध्याय तथा सहकोषाध्यक्ष उद्धव आचार्यले सम्बोधन गरेका थिए।
प्रकाशित: Jan 19, 2020 | 10:17:41