Monday, January 27, 2020

Rajopadhyaya in news : एक-दिने आधारभूत पञ्चाङ्ग तालिम सम्पन्न

एक-दिने आधारभूत पञ्चाङ्ग तालिम सम्पन्न



ललितपुरमा शनिबार एक-दिने आधारभूत पञ्चाङ्ग तालिम सम्पन्न भएको छ।
नेपाल ज्योतिष परिषद्, ललितपुर जिल्लाका उपाध्यक्ष ज्योतिषी सुभद्रिका शर्माले उक्त प्रशिक्षण दिएकी थिइन्।
राजोपाध्याय समाजको जिल्ला समन्वय समिति, ललितपुरको आयोजना रहेको उक्त तालिम समापनपछि आयोजित समारोहमा प्रशिक्षक शर्मालाई खादा र मायाको चिनो प्रदान गरिएको थियो। सहभागी प्रशिक्षार्थीलाई पनि सोही अवसरमा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमलाई समाजका तर्फबाट उपाध्यक्ष सञ्जय शर्मा राजोपाध्याय तथा सहकोषाध्यक्ष उद्धव आचार्यले सम्बोधन गरेका थिए।
प्रकाशित: Jan 19, 2020 | 10:17:41

No comments:

Post a Comment