Tuesday, January 28, 2020

Rajopadhyaya in news : चार सय वर्ष पुरानो मूर्ति घरैबाट चोरी !

मंगलबार, माघ १४, २०७६

चार सय वर्ष पुरानो मूर्ति घरैबाट चोरी !

हिमालखबर
स्रोत : https://www.himalkhabar.com/news/111180

शङ्खरापुर नगरपालिकाको साँखुबाट ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ ।
साल्खा महादेवस्थानको नामले चिनिने सुनको जलप लगाएको तामाको प्रतिमूर्ति साँखुका मूल पुरोहित सुदनराज राजोपाध्यायको घरबाट गएराति चोरी भएको हो ।
हरेक वर्ष जनैपूर्णिमाको जात्रामा पूजा गरिने अन्दाजी २.५ फिटको चारमुखी ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति घरबाटै चोरी भएको पूजारी सुदनराज राजोपाध्यायले जानकारी दिए । भूकम्पले मूर्ति राख्ने घर भत्किएपछि पूजारीकै घरमा मूर्ति राख्ने गरिएको थियो ।
पूजारीको काका नाता पर्ने आनन्दराज राजोपाध्याय राति शौचालय जान खोज्दा घरको ढोकामा बाहिरबाट चुकुल लगाएको पाएपछि उनी झ्यालबाट निस्किएका थिए । मूर्ति राखिएको कोठाको ढोका खुल्ला देखिएपछि गएर हेर्दा चोरी भएको थाहा पाएको राजोपाध्यायले बताए ।
उनी भन्छन्, “अन्य कोठामा समेत बाहिरबाटै चुकुल लगाएको देखेपछि महादेवको मूर्ति राख्ने कोठामा गए, हेर्दा मूर्ति नभेटिएपछि तत्कालै छिमेकी र प्रहरीलाई खबर गरिहालेँ।”
उनका अनुसार, घरको पर्खालमा रहेको गमला फुटेको र पर्खाल नजिकै मूर्तिमा रहेको महादेवको नाग भेटिएकाले घरको पर्खाल चढेर मूर्ति चोरेको हुनसक्ने आशङ्का रहेको छ । मूर्ति राखिएको पूजारीको घरमा व्रतालुसमेत बस्ने गरेकाले व्रतालुलाई आवतजावतमा समस्या नहोस् भनी मूलद्वारमा तालासमेत लगाउने गरेको थिएन ।
घटनाको खबर प्राप्त भएलगत्तै प्रहरी परिचालन गरेको महानगरीय प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ । ज्योतिलिङ्गेश्वर महादेव ६४ लिङ्गेश्वरमध्ये ३४औँ लिङ्गेश्वरका नाममा चिनिन्छ ।
यस ठाउँमा माधवनारायण (ज्योतिलिङ्गेश्वर महादेवको व्रत बस्ने व्रतालु शिवरात्रिका दिन जाग्राम बस्दछन् । उक्त दिन जाग्राम बसेपछि मात्रै माधवनारायण व्रतका क्रममा आफूले इच्छाएको पूरा हुने जनविश्वास छ ।

2 comments:

  1. Ok...

    What I'm going to tell you might sound kind of creepy, maybe even a little "strange"

    HOW would you like it if you could simply hit "Play" to listen to a short, "magical tone"...

    And INSTANTLY attract MORE MONEY into your life???

    I'm talking about hundreds... even thousands of dollars!

    Think it's too EASY??? Think this couldn't possibly be for REAL?

    Well then, Let me tell you the news...

    Many times the greatest blessings life has to offer are also the SIMPLEST!

    Honestly, I'm going to PROVE it to you by letting you listen to a real-life "miracle wealth building tone" I've synthesized...

    You simply hit "Play" and watch money coming right into your life... it starts right away...

    CLICK here to play this wonderful "Miracle Money Tone" - it's my gift to you!

    ReplyDelete
  2. Alright...

    This might sound pretty weird, and maybe even a little "out there..."

    BUT what if you could simply click "PLAY" to listen to a short, "musical tone"...

    And suddenly attract MORE MONEY to your life??

    What I'm talking about is hundreds... even thousands of dollars!!

    Sound too EASY?? Think something like this is not for real?!?

    Well, I've got news for you..

    Many times the greatest blessings life has to offer are the SIMPLEST!!

    Honestly, I will provide you with PROOF by allowing you to listen to a REAL "miracle wealth building tone" I developed...

    And TOTALLY FOR FREE

    You simply hit "PLAY" and watch money coming right into your life.. starting almost INSTANTLY..

    GO here NOW to play the magical "Miracle Money-Magnet Tone" - as my gift to you!!

    ReplyDelete