Saturday, July 2, 2016

राजोपाध्याय नेवार ब्राम्हण होइन, मूल ब्राम्हण नै हो….–ओमधर राजोपाध्याय शर्मा



राजोपाध्याय नेवार ब्राम्हण होइन, मूल ब्राम्हण नै हो….




–ओमधर राजोपाध्याय शर्मा
काठमाडौ । नेपाललाई चार जात छत्तिस बर्णको साझा फूलवारीको रुपमा कुनैबेला इंगित गरेकै हो। नेपाल र नेपालीले यसलाई अझैपनि मान्दैआएको छ। जात–जाति तथा धर्ममा नेपालमा जस्तो सहिष्णुता अरु कुनै मुलुकमा छैन्। यो नेपालको गौरबता नै हो। यस गौरबतामा नेपालको ब्राम्हण जातिमा पर्ने राजोपाध्याय जाति अल्पसंख्यामा पर्दै गएकोले आफूपनि यही जातिको भएकोले कुनैबेला लोप हुने हो कि भन्ने चिन्तामा परेको छु।
मूलत ब्राम्हण जाति भएतापनि नेवार कला र संस्कृतिमा अन्तरसांस्कृतिकरण हुंदै नेवारभित्र विलय हुने हो कि भन्ने अर्को आशंका पनि जन्मिएको छ। धेरैले राजोपाध्याय जातिलाई नेवार जातिभित्र नै लिइने गरेको छ। नेवारहरुको पुरोहित बाजे तथा नेवार भाषा नै बोल्ने भएकोले राजोपाध्यायलाई नेवारमा राखिनु नौलो कुरा होइन। म भन्छु–राजोपाध्याय नेवार होइन। ब्राम्हण हो। ब्राम्हण राजोपाध्याय नै हाल नेवार भनेर चिनिन थालेको छ। यो विडम्वना भनौ या यथार्थता आँकन गर्न नै कठिन भैसकेको छ।
राजोपाध्याय जाति तीन गोत्रमा विभाजित छन्। ती गोत्रमा भारव्दाज, कौशिक र गर्ग हुन्। यी तीन गोत्रमा रहेका राजोपाध्याय जातिको विहेवारी आफ् जातिभित्र मात्र हुंदैआएकोमा हाल ब्राम्हण बर्गसँग पनि हुन थालेको छ। पुरेत्याई लगायतका कर्मकाण्डवाट काठमाडौ उपत्यकामा आफ्नो पहिचान राख्दैआएका राजोपाध्याय अन्य जिल्लाहरुमा पनि नगण्य रुपमा छरिएर रहेको पाइन्छ। झ्वाट्ट हेर्दा नेवार जस्तो देखिने र नेवार बोल्ने भएतापनि राजोपाध्यायको खास भाषा संस्कृत हो।
नेवार नभइकन ब्राम्हण नै हो। यर्दुवेदका अध्ययनकर्ता अनि गायत्री मन्त्रका उपासक राजोपाध्यायमा सुवेदी, शुक्ल, रिमाल, आचार्य र शर्मा थर लेख्ने प्रचलन रहेको छ। बैदिक र तान्त्रिक दुवैवाट आफ्ना पूजापाठ गर्ने यी ब्राम्हण नेवार जातिसंग घुलमिल भएर नेवार बोल्ने र नेवार संस्कृति पनि मान्ने भएकोले नेवार भएको भ्रम सवैमा पर्न गएको हो। नेवारको पुरोहित भएर कार्य गर्ने जाति भएकोले पनि बाजे भन्दा भन्दै नेवार बाजे बन्न पुगेको मात्र हो।
राजोपाध्याय देव ब्राम्हण नै हो। यतिखेर राजोपाध्याय जातिलाई नेवार ब्राम्हणभित्र मात्र राखेर संकुचित गर्न खोजिएको छ। जुन विडम्वना हो। यो जाति मूल ब्राम्हणभित्र नै पर्ने भएकोले मूल ब्राम्हणको रुपमा स्थापित गरिनु आवश्यक छ।
(लेखक ओमधर राजोपाध्याय शर्मा पुरोहित कर्मकाण्ड गर्ने स्थापित सामाजिक अभियन्ता समेत हुन। राजोपाध्यायलाई नेवार ब्राम्हणमा सिमित राख्न नहुने भन्ने सोच र विचारका हुनुहुन्छ। यो विचार ओमधर राजोपाध्याय शर्माको नितान्त व्यक्तिगत विचार मात्र हो।)
प्रकाशन मिति–२०७३ साल असार १८ गते शनिवार ।
Source:http://www.visionsansar.com/%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8B%E0%A4%AA%E0%A4%BE%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AF-%E0%A4%A8%E0%A5%87%E0%A4%B5%E0%A4%BE%E0%A4%B0-%E0%A4%AC%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A5%8D/

नेवार परिचय र पहिचान एबम संस्कारहरु - रमापतिराज शर्मा र बेलबहादुर शाक्य
















यो सामग्री उपलब्ध गराउनु हुने भक्तपुर निवासी श्री बिनोदराज शर्मा ज्यू प्रति आभारी छौ l

राजोपाध्यायबारे केहि कुराहरु - बिनोदराज शर्मा






यो सामग्री उपलब्ध गराउनु हुने भक्तपुर निवासी श्री बिनोदराज शर्मा ज्यू  प्रति आभारी छौ l