Thursday, August 30, 2018

Rajopadhyaya in News : नरसिह जात्रा चलाउन धौ धौ


नरसिह जात्रा चलाउन धौ धौ 


-सुनील महर्जन, ललितपुर
करिब ३ सय वर्ष पुरानो नरसिह जात्रा रकम अभावले धान्नै मुस्किल हुँदै गएको पाइएको छ ।
नेपाल संवत् अनुसारको नवौ महिना गुँला (श्रावण – भदौं ) महिनामा विशेषतः काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लामा अनेक जात्रा र पर्व सञ्चालन हुने गरिन्छ । त्यस मध्ये मँर्त र अमँर्त सांस्कृतिक सम्पदाका रुपमा रहेको नरसिह जात्रालाई संस्कृतिविद्हरुले विशिष्ट महत्वका रुपमा लिँदै आएको छ ।
धार्मिक र सांस्कृतिक महत्व बोकेको सो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन ललितपुरमा सञ्चालन हुने गर्दछ । यस अनुरुप आउँदो भदौं १५ गते शुक्रबारको सो जात्रा हुने भएको छ ।
छ कुल (षट्कुल) देवब्राम्हण (नेवार ब्राम्हण) राजोपाध्यायहरुको उपाकर्म गुठीका प्रत्येक सदस्यहरुले ज्येष्ठताका आधारमा पालैपालो आफ्नै खर्चमा सो जात्रा सञ्चालन गर्दै आएको छ ‘मल्लकालीन वैभव र कलाको झझल्को दिने सो नाच ऐतिहासिक दृष्टिले महत्वपँर्ण छ, तर रकम अभावले नाच सञ्चालन गर्न उपाकर्म गुठीका सदस्यहरुलाई निकै मुश्किल हुँदै गएको छ ।’ नरसिह जात्रा समारोह समितिका प्रवक्ता समेत रहनुभएका उपाकर्म गुठीका सचिव प्रमोद शर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
जात्रा सञ्चालनका लागि भनेर उपाकर्म गुठीलाई ललितपुर उपमहानगरपालिकाले वर्षेनी १३ हजार रुपैयाँ मात्र उपलब्ध गराउँदै आएको छ । महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने तयारी गरिरहँदा पर्यटकहरुको आर्कषणको केन्द्र रहेको नरसिह यात्रा संकटमा पर्दै जानुले महानगरपालिकाको सो नीतिलाई गिज्याइरहेको छ ।
जात्राको मुख्य आकर्षक पक्ष भगवान नरसिह, देवी लक्ष्मी र सरस्वतीका साथ नरसिहको पछाडि हिरण्याक्ष र हिरण्यकश्यपुको प्रतीक मानिने दुई पुतला लिएर नगर परिक्रमा गर्ने गर्दछ।
नगर परिक्रमा गर्ने क्रममा नरसिहको अघिल्लोपक्तिमा परम्परागत बाजागाजाका साथ भजन समँह, वाद्यय समू्ह, छत्र, कुचोले बाटो बढार्ने, दुबोले गाईको दँध र जल छर्कने, लावाअबिर छर्कने लगायत झाँकीहरु रहने गर्दछ । जात्रामा ताज, शिरविन्दु, भिपु माला लगाएका अप्सराको प्रतीकका रुपमा कुचो लिएका दुई बालिका अग्रपंक्तिमा रहने छन् ।
उनीहरुले नरसिंह हिडने बाटो सफा गर्ने भँमिका निर्वाह गर्ने छ । लगत्तै अर्का दुई बालिकाले गाईको दँध दँबो र लावा अविर छर्किएर बाटोलाई चोखो बनाउने गर्दछ । त्यसपछि राजदण्ड समाएर दुई बालिका अगाडी बढ्ने छ । उनीहरु प्रत्येक दुई र दुई जनालाई झल्लरवाला छत्रले ओढाउने गरिन्छ ।
यात्रामा नरसिंहका स्त्री ‘शक्ति सरस्वती र लक्ष्मीको भेषमा सजिएका दुई बालक नरसिंहको दायाँबायाँ बस्ने गर्दछ । भक्त प्रल्लाहदको भेषमा सजिएका एक पुरुषले नरसिंहलाई नमस्कार गर्दै पछाडीपट्टि फर्केर अगाडी बढ्ने गर्दछ ।
नरसिंह जात्रालाई नेवारीमा उपाकुलं सायाः भनिन्छ । राजोपाध्याय समुदायमा ज्येष्ठताको आधारमा पालो चलाइने जात्रा सायाः रुटमा परिक्रमा गराउने चलन छ ।
सो जात्रा सञ्चालनका लागि कम्तीमा २ लाख रुपैयाँ आवश्यक रहेको छ । यति रकम खर्च गर्न नसक्दा उपाकर्म गुठीका कतिपय सदस्यहरुले आफूले जात्रा सञ्चालन नगरी आफँ भन्दा कनिष्कलाई पालो दिने गरेको घटनाहरु दोहोरिँदै गएको गुठीले जनाएको छ । ‘यस्तो अवस्थाले निरन्तरता पाउँने हो भने यस जात्रा कुन बेला लोप हुने हो भन्न सकिन्न ’प्रवक्ता शर्माले भन्नुभयो ।
जात्रा सञ्चालनका लागि भनेर उपाकर्म गुठीलाई ललितपुर उपमहानगरपालिकाले वर्षेनी १३ हजार रुपैयाँ मात्र उपलब्ध गराउँदै आएको छ । महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने तयारी गरिरहँदा पर्यटकहरुको आर्कषणको केन्द्र रहेको नरसिह यात्रा संकंटमा पर्दै जानुले महानगरपालिकाको सो नीतिलाई गिज्याइरहेको नरसिह जात्रा समारोह समितिका संयोजक माधवश्याम शर्माले बताउनुभयो ।

पर्याप्त रकम नभएपनि उपाकर्म गुठीका सदस्यहरुले जात्रा सञ्चालन गर्ने जिम्मेवारी आइपर्दा आफ्नो पुर्खादेखि सञ्चालन हुँदै आएको धर्मकर्मको काम भनेर निरन्तरता दिँदै आएको पाइएको छ । छ कुल भनिएपनि सुन्धाराको कुल उतराधिकारीविहीन भएपछि हाल पाँच कुलका सदस्यहरुले मात्र जात्रा सञ्चालन गर्दै आएको पाइएको छ । यी पाँच कुल (बःलिम्ह, स्वनिम्ह, तधँलीवी, वलानिम्ह र मण्डिछें) ब्राम्हणहरुले गुठीको जात्रा सञ्चालन गर्दै आएको छ ।
सो परम्परा अनुसार यस वर्षको जात्रा सञ्चालन गर्ने पालोे ललितपुर पट्को टोलका धुव्रज्वालानन्द राजोपाध्यायको घरबाट संचालन हुन गइरहेको छ । यहि परिवारबाट पाँच पुस्ताले जात्रा संचालन गरिसकेको छ । जात्रो पालो लिने गुठीका सदस्यका ज्वाँई वा भाञ्जा मध्ये एक नरसिह बन्ने परम्परा रहेको छ ।
‘मलाई जात्रा संञ्चालन गर्ने पालो आएको हो । बडो भाग्यले मात्रा जात्रा सञ्चालन गर्ने जिम्मेवारी आइपर्दछ । ’ यस वर्षको जात्रा सञ्चालक राजोपाध्याय भन्नुभयो । उहँँले भन्नुभयो ‘आफ्नै खर्चमा जात्राको व्यवस्थापन गर्दछु । सरकार र स्थानीय तहबाट जात्राको लागि पर्याप्त रकम बन्दोबस्तो गरिदिए राम्रो हुने थियो ।’
रकम अभावको विषयलाई गम्भीरतापँर्वक उठाउने ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो।वडाअध्यक्ष शाक्यले भन्नुभयो ‘यस्ता संस्कृतिहरु लोप हुनदिने छैनौ ।’

वडा नं १६ लाई सांस्कृतिक र पर्यटकीय क्ष्ँेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउँदै वडा वडाअध्यक्ष शाक्यले भन्नुभयोे ‘यही वडा अधिकाशं मँर्त र अमँर्त संस्कृति सञ्चालन हुने मुख्य थलोको रुपमा छ । त्यसैले कला, संस्कृतिका विशेष क्षेत्र वा सांस्कृतिक वडाको रुपमा घोषणा गरी सोही अनुरुप कार्य अघि बढाउन लागिएको छ । यस्तो अवस्था नरसिह जात्रा चलाउनको लागि वडाबाट बजेटको व्यवस्था गर्ने छु ।’
यो जात्रा कहिलेदेखि शुरु भयो भने अहिलेसम्म पनि यकिनका साथ भन्न सकिने अवस्था नभएको गुठीका सदस्यहरु बताउँछन् । ‘उपाकर्म गुठीको हस्तलिखित ग्रन्थमा नेपाल संवत् ८६९ अर्थात वि सं १८०६ देखिको जात्राको मात्र अभिलेख रहेको छ । ’जात्राका अध्येयता हेरम्बानन्द राजोपाध्यायले भन्नुभयो ।
वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले राजोपाध्यायहरुको सीमित प्रयासले गर्दा जेनतेन सञ्चालन हुँदै आएको सो जात्रालाई राष्ट्रियस्तरमा व्यापक गर्दै जानुपर्ने खाँचो औल्याउनुभयो । संस्कृतिविद् जोशीले भन्नुभयो ‘जात्राको महत्व बारे राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमै प्रचार प्रसार गर्नुपर्ने खाँचो छ । यस जात्रालाई पनि समयसापेक्ष सञ्चालन गर्नुपर्दछ ।’

स्रोत : http://www.newsofnepal.com/2018/08/30/137805/

Tuesday, August 28, 2018

तस्बिरमा कलश यात्रा (फोटो फिचर)

तस्बिरमा कलश यात्रा (फोटो फिचर)

बिहिबार, ०७ भदौ २०७५, १९ : ३७ सुजन श्रेष्ठ



काठमाडौं- चाँगुनारायणबाट हनुमान ढोकामा कलश यात्रा आइपुगेको छ। चाँगुदेखि मुलपानी, बौद्ध, चावहिल, डिल्लीबजार, रानीपोखरी हुँदै हनुमान ढोका दरबारमा कलश यात्रा हुने गर्छ। कलशको राष्ट्र प्रमुखले दर्शन गर्ने चलन रहँदै आएको छ।
तस्बिर : सुजन श्रेष्ठ







source  https://nagariknews.nagariknetwork.com/news/55616/

पुनर्निर्मित कृष्ण मन्दिर सर्वसाधारणलाई खुला !



शब्द/तस्बिर :सुरविन्द्रकुमार पुन

काठमाडौँ — पुनर्निर्माण सम्पन्न भएपछि युनेस्को विश्व सम्पदा सूचीमा सुचीकृत पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर शुक्रबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले साँझको ४ बजे मन्दिरभित्र गईविधिवत् रुपमा पूजाआजा गरे । अधिकारीले कृष्ण मन्दिरबाटै त्यहाँस्थित पुरातात्विक सम्पदाहरुको अवलोकन गरे भनेअन्य मठमन्दिर समेत घुमे ।

प्रकाशित : भाद्र ९, २०७५ ११:३२

मन्दिरमा आयोजित पूजा कार्यक्रममा मन्त्री अधिकारीसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्याल लगायत सहभागी थिए ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले कृष्ण मन्दिर पूर्ण रुपले क्षतिग्रस्त बनेको थियो । मन्दिर क्षतिग्रस्त बनेपछिको झण्डै २ वर्षपश्चात् पुनर्निर्माणको काम थालिएको थियो । मन्दिरको पुनर्निर्माण कार्यको जिम्मा काठमान्डु भ्याली प्रिजर्भेसन ट्रष्ट (केभीपीटी) ले लिएको हो । पुनर्निर्माण सम्पन्न भएपछि मन्दिरको वरिपरि लगाइएको जाली (बार) झिकिएको छ । योसँगै त्यहाँ वरपर रहेका अन्य मन्दिरहरुको पुनर्निर्माण पनि धमाधम भइरहेको र अन्तिम अन्तिम चरणतर्फ आइपुगेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय मंगलबजारले जनाएको छ ।

मन्दिर पुनर्निर्माण भइसकेको शुभसाइत जुराएर सोमबारबाट सुरु हुने गाईजात्राको शुभारम्भ ललितपुरको हकमा यही कृष्ण मन्दिरबाट बिहान ९ बजेदेखि सुरु गर्ने आयोजक श्रीकृष्ण गुठी मंगलबजारले सूचना समेत जारी गरेको छ ।

पाटन दरबार क्षेत्रमा अवस्थित यो मन्दिर १७ औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएको इतिहास छ । शिखर शैलीमा निर्माण गरिएको यस मन्दिरलाई मुलुककै सबैभन्दा ठूलो कृष्ण मन्दिरको रुपमा चिन्ने गरिन्छ । २१ वटा गजुर भएको यो मन्दिर ढुङ्गैढुङ्गाबाट बनाइएको छ ।






htस्रोत : www.kantipurdaily.com/photo_feature/2018/08/25/153517602248057236.html

Thursday, August 16, 2018

Rajopadhyaya in News :

दोश्रो राष्ट्रिय नृत्य महोत्सव भव्यताका साथ सम्पन्न


प्रकाशित: २०७५ श्रावण २६
- करुण

नृत्य निर्देशक संघ नेपालको दोश्रो वार्षिकोत्सवको साथमा दोश्रो राष्ट्रिय नृत्य महोत्सव आज काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ । विभिन्न सांस्कृतिक नृत्यहरको साथै सम्मान कार्यक्रम गर्दै राष्ट्रिय नृत्य महोत्सव मनाइएको हो ।

संस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री रविन्द्र अधिकारीले महोत्सवको उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्तव्य राख्ने क्रममा मन्त्री अधिकारीले २०७६ सालबाट हरेक वर्ष श्रावण २६को दिनलाई राष्ट्रिय नृत्य दिवस मनाउने घोषणा गर्नुभयो । यो दिवस अन्य दिवस जस्तै विदा मनाउनका लागी नभई उत्सव मनाउनका लागी हुने मन्त्री अधिकारीको भनाई थियो ।

नृत्य निर्देशक संघ नेपालका का.वा. अध्यक्ष संजय शर्मा राजोपाध्यायले कलाकारलाई गहनाको नाम दिएर आवश्यक परे प्रयोग गर्ने आवश्यक नभए बेवास्ता गर्ने खालको व्यवहार बन्द गरिनुपर्ने बताउनुभयो । कला र कलाकारिता क्षेत्रलाई राज्यको पाँचौ अंगको रुपमा परिभाषित गरिनुपर्ने माग राजोपाध्यायले गर्नुभयो । 

संघका केन्द्रीय उपाध्यक्ष साथै महोत्सव संयोजक प्रदिप श्रेष्ठले स्वागत मन्तव्यको क्रममा संघमा विगतमा भएका कार्यक्रम एवम् गतिविधिको बारे जानकारी दिनुका साथै भावी योजनाहरु सार्वजनिक गर्नुभयो ।

सोही कार्यक्रममा भारतको प्रख्यात रियालिटि शो डान्स प्लस २ मा सहभागी भई प्रशंसा कमाएको वाइल्ड रिपर्ज क्रुलाई सम्मान गरिएको थियो । सम्मान ग्रहण गरिसकेर वाइल्ड रिपर्ज क्रुले आगामी दिनमा डान्स ओलम्पिकमा भाग लिएर नेपालका लागी स्वर्ण पदक जित्ने उद्घोष गर्यो ।

कार्यक्रममा नृत्य निर्देशक संघका बिभिन्न शाखाहरुको साथै विभिन्न विद्यालयका विद्यार्थीहरुबाट पनि आकर्षक र रमाईला नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा बनेपाको ऐतिहासिक राजारानी नाच, काभ्रेको चामुण्डा खैजेडी भजन समूहबाट भजनसँगै नृत्य, संघ ललितपुर शाखाबाट धिमे नाच, चितवन, काभ्रे, भक्तपुर लगायतका विभिन्न ठाउँका साथै विभिन्न विद्यालयका विद्यार्थीहरुबाट पनि नाच प्रस्तुत गरिएको थियो ।

सांस्कृतिक कार्यक्रममा भन्दा अगाडि दोश्रो राष्ट्रिय नृत्य महोत्सवको अवसरमा ¥याली निकालिएको थियो । नृत्य निर्देशक संघ नेपालका विभिन्न शाखाको साथै नृत्य सम्वद्ध विभिन्न संस्थाहरु र नृत्यप्रेमीहरुको सहभागीता थियो । विभिन्न बाजागाजा र झाँकीको साथमा निकालिएको ¥याली भृकुटिमण्डपबाट शुरु भई भद्रकाली, सुन्धारा, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै फेरी भृकुटिमण्डपमै पुगेर सम्पन्न भएको थियो । सो ¥यालीको उद्घाटन भने साँस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा रिबन काटेर गर्नुभएको थियो ।

Source https://www.mahanagarkhabar.com/%E0%A4%A6%E0%A5%8B%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%8B-%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF-%E0%A4%A8%E0%A5%83%E0%A4%A4%E0%A5%8D%E0%A4%AF-%E0%A4%AE%E0%A4%B9%E0%A5%8B%E0%A4%A4%E0%A5%8D%E0%A4%B8%E0%A4%B5-%E0%A4%AD%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%A4%E0%A4%BE%E0%A4%95%E0%A4%BE-%E0%A4%B8%E0%A4%BE%E0%A4%A5-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%A8

Rajopadhyaya in News :

Source: http://gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2018-08-13/d9a399440922cb025bf4acda505250a0.jpg

Tuesday, August 7, 2018

तन्त्रदीक्षा ग्रहण गर्न अमेरिका देखि...


तान्त्रिक दीक्षा पाएका पाँचजनालाई भक्तपुरमा सम्मान

तन्त्रदीक्षा ग्रहण गर्न अमेरिकादेखि


श्रावण १२, भक्तपुर ।

भक्तपुरको २५ गते परिवार नामक एक संस्थाले एक समारोहबीच तान्त्रिक दीक्षाप्राप्त पाँचजना युवा ब्राह्मण र ब्राह्मणीहरूलाई कदर–पत्रसहित सम्मान गरेको छ । दीक्षा पाउनेमध्ये एकजना अमेरिकाको ओक्लोहामा निवासी सुशील राज शर्मा तान्त्रिक दीक्षा ग्रहण गर्नकै लागि नेपाल आउनु भएको थियो ।


महेन्द्र राज शर्मा, अध्यक्ष ,खौमा बैठक, भक्तपुरबाट  कदर-पत्र ग्रहण गर्नु हुदै सुशील राज शर्मा  (बायाँ, ढाका टोपी लगाउनु भएका ) l  फोटो : संजय  राज शर्मा राजोपाध्याय 


नेवाः समुदायका ब्राह्मण राजोपाध्यायहरूमध्ये परम्परागत रूपमा मानिआएको पश्चिमाम्नाय तन्त्रमा दीक्षा प्राप्त गरी परम्परालाई निरन्तरता दिएकाले यो सम्मान कार्यक्रम आयोजना गरिएको २५ गते परिवारका संयोजक सुरेश राज शर्माले बताउनुभएको छ । तन्त्र परम्पराअनुसार छवटा आम्नाय वा दिशाहरू मानिन्छ — पश्चिम, पूर्व, उत्तर, दक्षिण, अर्ध र ऊध्र्व । पश्चिमाम्नायलाई सर्वाम्नाय (सबै आम्नायको अधिकारप्राप्त) वा ज्येष्ठाम्नाय (सबैभन्दा ज्येष्ठ वा उत्तम आम्नाय) मानिन्छ ।


 कदर - पत्र                               फोटो : सर्वेश राज शर्मा 


उक्त कार्यक्रममा तन्त्रदीक्षा गुरु ९३ वर्षीय पण्डित रत्न राज शर्मा राजोपाध्यायले यस संस्कृतिलाई जीवन्त राख्न नयाँ पुस्ताले देखाएको जागरुकताको प्रशंसा गर्दै भन्नुभयो, “हाम्रा कतिपय संस्कृतिहरू लोप हुन लागिसके, कति लोप भइसके । त्यसैले अहिलेको समयसापेक्ष हुने गरी दीक्षा दिने परम्परा पनि सकेसम्म छोटकरी गरेर भए पनि यसलाई जीवन्त राख्नु हाम्रो दायित्व हो ।”

तन्त्र गुरु पं. रत्न राज शर्मा राजोपाध्यायले गत श्रावण शुक्ल नवमीको ग्रीष्म नवरात्रका अवसरमा काठमाडौँको गौशाला निवासी अखण्ड शर्मा, भक्तपुर दरबार क्षेत्र निवासी सावित्री शर्मा, सोही क्षेत्रका तर अमेरिकाको ओक्लोहामा निवासी सुशील राज शर्मा, भक्तपुर दरबार क्षेत्रकै सलिल राज शर्मा र सर्वेश राज शर्मालाई दीक्षा प्रदान गर्नुभएको थियो ।


दीक्षा प्राप्त गरेकाहरूलाई यसरी सम्मान नै गरिएको यो सम्भवतः पहिलोपटक हो । यसले नयाँ पुस्तामा तन्त्रदीक्षासम्बन्धी जागरुकता र इच्छा बढाउने विज्ञ पं. विनोद राज शर्मा बताउनुहुन्छ ।


काठमाडौँ उपत्यकाका नेवाः समुदायका गुरु–पुरोहित राजोपाध्याय वर्गको जनसङ्ख्या करिब दुई हजारदेखि २५ सयको हाराहारीमा अनुमानित छ भने यस वर्गमा पश्चिमाम्नाय तन्त्रमा दीक्षित हुनेहरू करिब ५० जना मात्र अनुमानित छ । यसमध्ये सबैभन्दा बढी दीक्षित समुदाय भक्तपुरमा छन् र तीनै शहरहरूमा नयाँ पुस्तामा पनि उल्लेख्य दीक्षितहरू छन् ।


दीक्षित भएकाहरु सबै एकजुट भई यस बिषयमा थप अध्ययन, अनुसन्धान गर्नुका साथै युवा पुस्तालाई आर्कषित गर्न  गराउन सकिएमा यस मौलिक संस्कृतिको संरक्षण र सम्बर्धनमा टेवा पुग्ने देखिन्छ l