Sunday, September 16, 2018

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा राजोपाध्यायको खोजी

आज मिति २०७५ भाद्र ३१ गते,   नेपाल प्रज्ञा प्रतिष्ठानमा भैरहेको पुस्तक प्रदर्शनीमा प्रदर्शित पुस्तकहरुको अवलोकन गर्ने काम भयो l  उक्त प्रदर्शनीमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरु मात्र राखिएका थिए l  अवलोकनको मूख्य उद्धेश्य नेपाल प्रज्ञा प्रतिष्ठानका प्रकाशनहरुमा 'राजोपाध्याय' को खोजि थियो l करिब ५००संख्याको  हाराहारीमा पुस्तकहरु प्रदर्शनीमा राखिएका थिए l जसमध्ये अधिकाश पुस्तकहरु  बिशेषगरि साहित्य र संस्कृति सम्बन्धि थिए l  राजोपाध्याय उल्लेख हुने आश गरिएको  पुस्तकहरुमा समेत राजोपाध्याय उल्लेख भएको नहुँदा नरमाइलो लाग्नु अस्वाभाविक थिएन l उदाहरण ,  नेपालका पुरोहित सम्बन्धि जानकारी समेटिएको पुस्तकमा समेत 'राजोपाध्याय' उल्लेख थिएन l

यसो हुनुमा, सार्वजनिक रुपमा हामीले ऐतिहासिक पक्षको जानकारी गराउदै देश र समाजमा आफ्नो उपस्थिति जनाउन  कहिँ कतै हाम्रो(राजोपाध्याय) आफ्नै कमि कमजोरी पो रहन गयो की भन्ने अनुभूति भयो l 

बिशेष गरि हाम्रो ध्यान संस्कृति सम्बन्धि पुस्तकहरुमा केन्द्रित थियो तर राजोपाध्याय उल्लेख भएका वा राजोपाध्याय द्वारा लिखित कुनै पुस्तक हामीले भेटेनौ l तर निराश भने हुनु परेन l  साहित्य सम्बन्धि पुस्तकहरु मध्ये 'थायभु' शिर्षकको नेपाल भाषाको बार्षिकरुपमा प्रकाशित हुने  साहित्यिक पत्रिकाको बर्ष २०६७ पूर्णांक ३ को पृष्ठ ९३ मा श्री सुशील राजोपाध्यायद्वारा लिखित 'स्वपु चिबाखं' शिर्षकको लधु कथा प्रकाशित भएको पायौं l उक्त सामाग्री तपाईहरु समक्ष प्रस्तुत गर्दा खुशीको अनुभव हामीले गरेका छौ l






यसका साथै 'सिद्धाग्नी कोट्याहुति देवल प्रतिष्ठा' शिर्षकको पुस्तकमा र 'प्रज्ञा' शिर्षकको नेपली भाषाको शोधमूलक अर्धबार्षिक पत्रिकाको २०६७ पूर्नांक ९८को कुलचन्द्र कोईरालाज्यू 'नेपालमा इन्द्रजात्रा' शिर्षकको लेखमा पनि  'राजोपाध्याय' बारे कहीं केहि उल्लेख हुने आशा गरेका छौ l उक्त सामाग्रीहरुको अध्ययन पश्चात राजोपाध्याय उल्लेख भएको पाईएमा सकभर छिटो जानकारी गराउने छौ l





यदि तपाईहरुलाई यस बिषयमा जानकरी भए सो बारेको सूचना उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछौ l
साथै तपाईहरुसंग राजोपाध्याय सम्बन्धि कुनै पानि सामाग्रीहरु भए जानकारी गराई दिनुहुन पनि बिशेष अनुरोध गर्दछौ l   
         

  
            



No comments:

Post a Comment