Sunday, September 16, 2018

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा राजोपाध्यायको खोजी

आज मिति २०७५ भाद्र ३१ गते,   नेपाल प्रज्ञा प्रतिष्ठानमा भैरहेको पुस्तक प्रदर्शनीमा प्रदर्शित पुस्तकहरुको अवलोकन गर्ने काम भयो उक्त प्रदर्शनीमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरु मात्र राखिएका थिए अवलोकनको मूख्य उद्धेश्य नेपाल प्रज्ञा प्रतिष्ठानका प्रकाशनहरुमा 'राजोपाध्याय' को खोजि थियो l करिब ५००संख्याको  हाराहारीमा पुस्तकहरु प्रदर्शनीमा राखिएका थिए l जसमध्ये अधिकाश पुस्तकहरु  बिशेषगरि साहित्य र संस्कृति सम्बन्धि थिए l  राजोपाध्याय उल्लेख हुने आश गरिएको  पुस्तकहरुमा समेत राजोपाध्याय उल्लेख भएको नहुँदा नरमाइलो लाग्नु अस्वाभाविक थिएन l उदाहरण नेपालका पुरोहित सम्बन्धि जानकारी समेटिएको पुस्तकमा समेत 'राजोपाध्याय' उल्लेख थिएन l

यसो हुनुमा, सार्वजनिक रुपमा हामीले ऐतिहासिक पक्षको जानकारी गराउदै देश र समाजमा आफ्नो उपस्थिति जनाउन  कहिँ कतै हाम्रो(राजोपाध्याय) आफ्नै कमि कमजोरी पो रहन गयो की भन्ने अनुभूति भयो l 

बिशेष गरि हाम्रो ध्यान संस्कृति सम्बन्धि पुस्तकहरुमा केन्द्रित थियो तर राजोपाध्याय उल्लेख भएका वा राजोपाध्याय द्वारा लिखित कुनै पुस्तक हामीले भेटेनौ l तर निराश भने हुनु परेन l  साहित्य सम्बन्धि पुस्तकहरु मध्ये 'थायभु' शिर्षकको नेपाल भाषाको बार्षिकरुपमा प्रकाशित हुने  साहित्यिक पत्रिकाको बर्ष २०६७ पूर्णांक ३ को पृष्ठ ९३ मा श्री सुशील राजोपाध्यायद्वारा लिखित 'स्वपु चिबाखं' शिर्षकको लधु कथा प्रकाशित भएको पायौं l उक्त सामाग्री तपाईहरु समक्ष प्रस्तुत गर्दा खुशीको अनुभव हामीले गरेका छौ l






यसका साथै 'सिद्धाग्नी कोट्याहुति देवल प्रतिष्ठा' शिर्षकको पुस्तकमा र 'प्रज्ञा' शिर्षकको नेपली भाषाको शोधमूलक अर्धबार्षिक पत्रिकाको २०६७ पूर्नांक ९८को कुलचन्द्र कोईरालाज्यू 'नेपालमा इन्द्रजात्रा' शिर्षकको लेखमा पनि  'राजोपाध्याय' बारे कहीं केहि उल्लेख हुने आशा गरेका छौ l उक्त सामाग्रीहरुको अध्ययन पश्चात राजोपाध्याय उल्लेख भएको पाईएमा सकभर छिटो जानकारी गराउने छौ l





यदि तपाईहरुलाई यस बिषयमा जानकरी भए सो बारेको सूचना उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछौ l
साथै तपाईहरुसंग राजोपाध्याय सम्बन्धि कुनै पानि सामाग्रीहरु भए जानकारी गराई दिनुहुन पनि बिशेष अनुरोध गर्दछौ l   
         

  
            



No comments:

Post a Comment