Sunday, September 2, 2018

Rajopadhyaya in News : पाटनमा नरसिंह जात्रा



कान्तिपुर दैनिक, २०७५ भदौ १७ गते, पृष्ठ ५

उपत्यका
पाटनमा नरसिंह जात्रा
- कान्तिपुर संवाददाता
ललितपुर (कास)– ताज, शिरविन्दु, भिपु माला लगाएका अप्सराको प्रतीकका रूपमा कुचो लिएका २ बालिका अग्रपंक्तिमा थिए उनीहरू नरसिंह हिँड्ने बाटो सफा गर्ने भूमिकामा थिए लगत्तै अर्का / बालिकाले गाईको दूध, दूबो र लावा, अबिर छर्किएर बाटो चोख्याइरहेका थिए लगत्तै राजदण्ड समाएर २ बालिका अगाडि बढे उनीहरूलाई झल्लरवाला छत्र ओढाइएको थियो यात्रामा खुट्टामा अल: (एक प्रकारको रङ) कम्मरमा जबी, लच्कन भएको कपडा घाँटीमा ताय: माला शिरमा मुकुट लगाएका नरसिंहको भेषमा एक पुरुष थिए

पाटनमा मनाइएको नरसिंह जात्रामा देखिएको दृश्य हो उपाकर्म गुठीद्वारा सञ्चालित जात्रामा नरसिंहको भूमिकामा देखापर्ने यसपटक भक्तपुरबाट आएका हुन् परम्पराअनुसार जात्रामा पालोवालाको ज्वाइँ अथवा भान्जा नरसिंह बनेर ललितपुर प्राचीन नगरीमा साया: रुटमा परिक्रमा गराउने चलन राजोपाध्याय समुदायमा ज्येष्ठताको आधारमा पालो चलाइने जात्रा यसपालि पटकु टोलका ध्रुव ज्वालानन्द राजोपाध्यायको पालो हो उनका ज्वाइँ भक्तपुरका मनिन्द्र शर्मा नरसिंहको भूमिका देखिए

आयोजक राजोपाध्याय भन्छन्, ‘प्राचीनकालमा पाटन सहर स्थापना गर्दा समयमा मघा (नराम्रो) नक्षत्र परेको थियो यस क्षेत्रमा जन्मे हुर्केकाको शुभ होस् भन्ने कामना गर्दै जात्रा गर्ने चलन छ।’ यात्रामा धार्मिक मान्यताअनुसार नरसिंहको कम्मरमा मधु कैटभ दैत्यको प्रतीकका रूपमा पुतली बाँध्ने गरिन्छ यसले पाटनवासीलाई भयबाट मुक्त भएको सन्देश दिन दैत्यको प्रतीकका रूपमा राख्ने गरेको उनको भनाइ छ नरसिंह विष्णु भगवान्को दसमध्ये चौथो अवतार हो
जात्राका लागि राजोपाध्याय गुरुहरूले चतुर्थी पूजा गरेका थिए गुरुपूर्णिमामा पाटन दरबार स्क्वायरस्थित सुन्दरी चोकमा पुगी मल्ल राजालाई जात्राको निमन्त्रणा चढाएका थिए जनैपूर्णिमामा भगवानको उपाकर्म गरिएको थियो

नरसिंह जात्रा समारोह समिति २०७५ का संयोजक केदार ज्वालानन्द राजोपाध्याय भन्छन्, ‘जात्रा सञ्चालन गर्न ४/५ लाख रुपैयाँ आवश्यक पर्छ ललितपुर महानगरपालिकाले १३ हजार रुपैयाँ मात्र दिने गरेको अपुग रकम हारगुहार गरेर जम्मा गर्न बाध्य छौं।’ उनका अनुसार अहिले कुल (सटुल) देवब्राह्मण (नेवार ब्राह्मण) राजोपाध्यायहरूको उपाकर्म गुठीका प्रत्येक सदस्यले ज्येष्ठताका आधारमा पालैपालो खर्च गरी जात्रा मनाउँदै आएका छन्




No comments:

Post a Comment