Friday, October 5, 2018

Rajopadhyaya in News : राष्ट्रिय सेवा सम्मान २०७५ बाट वरिष्ठ संगितकार सुदर्शन राजोपाध्याय् सम्मानित

असोज १६ – तीन दशकदेखि निष्ठा र समर्पणका साथ संगीत तथा गायन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सेभ
 द नेशन मिडिया तथा राष्ट्र संरक्षण साप्ताहिक काठमाडाैंले  वरिष्ठ संगितकार तथा गायक  सुदर्शन राजोपाध्याय् 
यसराजलाई राष्ट्रिय सेवा सम्मान २०७५ बाट सम्मान गरेको छ । सोमबार काठमाडौंको पर्यटन बोर्डको सभाहलमा 
कार्यक्रम योजना गरि उक्त संस्थाले आफ्नो १० वार्षिकोत्सव तथा जेष्ठ नागरिक दिवसको अवसरमा संगितकार  
राजोपाध्याय् सहित अन्यलाई  सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संघिय मामिला तथा
 सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले उहाँहरुलाई सम्मान गर्नु भएको हो ।
कार्यक्रममा नेपाल भ्रमण वर्ष सफल पार्न मिडियाले खेल्नुपर्ने भूमिकाका विषयमा बृहत अन्तरक्रिया पनि भएको थियो ।
Source:

1 comment: