२४ वर्षपछि पाटनमा खड्ग जात्राले निरन्तरता पायो
असाेज ३० – ललितपुरको पाटनमा २४ वर्षपछि खड्ग जात्राले निरन्तरता पाएको छ । फूलपातीका दिन मानमानेश्वरी देवीलार्इ खड्गसहित मुछेँ आगंबाट पाटन दरबार स्क्वायरस्थित मुलचोकमा बिधिपुर्वक भित्र्याएसँगै २४ वर्षसम्म संचालन हुन नसकेको खड्ग जात्राले निरन्तरता पाएको हाे ।

मानमानेश्वरी देवीलार्इ खड्गसहित मुछेँ आगंबाट पाटन मुलचोकमा बिधिपुर्वक भित्र्याएर मुछेँ आगंका थकाली अनन्त अाचार्य राजाेपाध्यायले विशेष पुजा गर्नु भएको थियो ।

गुथिका सदस्यहरू धनराजकान्त अाचार्य राजाेपाध्याय्, उद्दव अाचार्य राजाेपाध्याय् र माधव श्याम शर्माले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन लगायतलार्इ साे पुजाकाे टीका, फूल प्रदान गर्नुभएको थियो ।

ललितपुर महानगरपालिका, ललितपुर उद्योग वाणिज्य संघको विशेष पहलमा खड्ग जात्राले निरन्तरता पाएको हो ।

No comments:
Post a Comment