Tuesday, August 14, 2012

बिश्वनाथ उपाध्याय र हरिबंश उपाध्याय




कृष्ण जन्माष्टमीको  भोली पल्ट आमाले एउटा पुस्तक दिनु  भएको थियो  l  यस्सो हेरेको त श्री माणिक रत्त्न शाक्य द्वारा नेपाल भाषामा लिखित "कृष्ण देग:या शिलालेख"  शीर्षककको  पुस्तक  रहेछ   l   
     

कृष्ण जन्माष्टमीको भोली पल्ट पाटनमा आयोजना गरिएको कृष्ण पूजामा चढ़ाईएको रहेछ  यो पुस्तक तर कसले चढ़ाएको हो थाहा भएन  l  तर जे  भए पनि यस्तो महत्वपूर्ण  पुस्तक चढ़ाउने र लेखकलाई समेतलाई  धेरै धेरै धन्यवाद l  कृष्ण पूजा को अवसरमा  पाटन शहरभरी रहेका २०७  वटा कृष्ण मन्दिर अथवा मुर्तिहरुमा पूजा गर्ने गरिन्छ   l  तसर्थ उक्त  पुस्तक पनि २०७ स्थानमा चढ़ाईएको  हुनुपर्छ   l  २०६५ सालमा प्रकाशित,  १२३ पृष्ठको  यस पुस्तकको मूल्य रु.२००l०० रहेको छ l      

पुस्तक निक्कै उपयोगी र पठनीय छ  l पाटनका  तत्कालीन राजा सिद्धिनरसिंह मल्ल,  कृष्ण मन्दिरको  साथ साथै  मल्ल कालखण्डको बारेको धेरै जानकारी  यस पुस्तकमा समेटिएको छ   l 

यसको साथै राजोपाध्याय का पुर्बज श्री बिश्वनाथ उपाध्याय र हरिबंश उपाध्यायका  बारेमा पनि चर्चा गरिएको छ l यस पुस्तकको बिभिन्न पृष्ठ मा हरिबंश उपाध्याय उल्लेख गरिएता पनि  पृष्ठ ८१ मा  हरिबंश राजोपाध्याय उल्लेख गरिएको छ, तर यसको स्रोत ख़ुलाइएको  छैन l  






















No comments:

Post a Comment