Sunday, January 18, 2015

Rajopadhyaya in News : जीवन जस्तै जीवनका चित्र

जीवन जस्तै जीवनका चित्र

Jeevan-1-_Nature-1_-30X30-in_-US_-715
मनोरञ्जन गुरागाईं । 
लोकसेवामा सोधिने नाम भएका छन् उनी ।
लोकसेवा आयोगका विद्यार्थिहरुले केही वर्षदेखि एउटा प्रश्न र त्यसको जवाफ संझनु पर्ने भएको छ । प्रश्न हो, – छैटौं बृहत्त राष्ट्रिय खेलकुदको लोगो कस्ले बनाएको हो ? यस प्रश्नको जवाफ मिलाउन जीवन राजोपाध्यायको नाम लिनै पर्ने हुन्छ । अन्यथा जवाफ गलत हुन्छ ।
jeevan rajopadhyay
अर्थात जीवन राजोपाध्याय लोक सेवा आयोग दिने विद्यार्थिका प्रश्न र जवाफ वनेका छन् । लोगो डिजाइनमा सिद्धहस्त जीवन सम्पूर्णखाले डिजाइन कलामा समेत उत्कृष्ट नाम हुन् । तर उनको खास परिचय भने आधुनिक चित्रकला क्षेत्रमा स्थापित छ ।
भर्खरै बबरमहल स्थित आर्ट काउन्सिल हलमा सम्पन्न एउटा सामूहिक चित्रकला प्रदर्शनीमा जीवनका चित्र प्रदर्शनमा राखिएका थिए । अर्धमूर्तवाट अघि बढेर अमूर्तकला तर्फ जाँदै गरेका उनका कला मनमोहक लाग्छन् । वास्तवमानै उनले चलाउने रंग फरक छ । रंगले नै उनी आफ्नो परिचय बाँडिरहेका छन् ।
साधनाले कलाकारलाई खार्दै लान्छ । उनका कला हेर्ने हो भने साधना, मेहनत र सृजना प्रष्टसँग झल्कन्छन् । प्रदर्शनीमा राखेका उनका कला उम्केलान् भनेर खरिद गर्न आउने कलेक्टरहरु पनि बढ्दै गरेको बुझिन्छ । आर्ट काउन्सिल स ञ्चालक समितिका सदस्य समेत रहेका जीवन बरिष्ठ कलाकार लैनसिंह बाङदेलका चेला समेत हुन् । न्यूआर्ट सर्कल र सोमा (सोसाइटी अफ मोर्डन आर्ट) मा आबद्ध उनी मुलुकका थोरै आधुनिक चित्रकारहरुको गन्तीमा समेत पर्न थालेका छन् ।
सरल, लगनशील, मिलनसार उनी क्यानभाष मार्फत जीवनको परिभाषा गर्छन् । तर आफ्नो सरल जीवन र लोकसेवामा सोधिने प्रश्नको जवाफ जस्तो चाहिं सरल छैनन् उनका क्यानभाष । उनको प्रस्तुति छाम्न कलाको मर्म गहिराईमा नै पुगेर अनुभव गर्न सक्नु पर्छ ।

No comments:

Post a Comment