Tuesday, April 17, 2012

भारतीय पुजारी आवश्यक छैन
 
काठमाडौा, भदौ १८ गते । पशुपतिनाथ मन्दिरमा भारतीय पुजारी नियुक्तिको प्रकरण राष्ट्रियता र स्वाधिनताको मुद्दा भएको सङ्घर्षरत नागरिक समाजका प्रतिनिधिहरूले बताएका छन् ।
बिहीबार जनसञ्चार अभियान नेपालले आयोजना गरेको 'पशुपति पुजारी नियुक्ति प्रकरणको वास्तविकता विषयक' अन्तक्रिर्यामा वक्ताहरूले नेपालको इतिहासमा नेपाली पुजारीहरूले नै पूजापाठ गरेकोले भारतीय पुजारी आवश्यक नभएको बताएका छन् ।
उहााहरूले भारतमा गएर अध्ययन गर्ने र भारतमा संस्कृत भाषा सिकेर आउने भएकाले ज्योतिष शास्त्रमा विश्वास गर्ने राजनीतिक पार्टीका नेताहरूका कारण भारतीय पुजारी नै चाहिने मानसिकता जन्मेको बताएका थिए ।
नेपाल पशुपति पुजारी संयुक्त सङ्घर्ष समितिका सहसंयोजक गणेश अधिकारीले सरकारले सङ्घर्ष समितिका मागलाई बेवास्ता गरी जनतालाई झुक्याएर रहेका अधिकारीले भारतीय राजदूतावासको दबाबमा सरकारले भारतीय पुजारी नियुक्ति गरेको समाचार आउनु दुःखद भएको बताउादै भारतले दबाब दिएकै भए पनि त्यस्तो दबाब दिन बन्द गर्नुपर्ने बताउनुभयो ।
पशुपतिनाथको भेटीघाटी व्यवस्थापन गर्नसके त्यसैबाट राज्य चल्न सक्ने उहााले सम्भावना औाल्याउनुभयो । उहााले आफूहरूले पशुपति क्षेत्र विकास कोषमा कार्यरत हुादा बनाएको नियामावलीलाई निष्कृय बनाएको र अदालतमा सोको सम्बन्धमा विचाराधीन भएकाले नियुक्ति गर्न नहुने बताउनुभयो ।
उहााले परापूर्वकालदेखि नेपालका राजोपाध्याय, भण्डारीलगायतका पुजारीहरूले पूजा गरिरहेकाले सोही अनुसार गर्दा नेपाल राज्यको शासन पनि कोषको आम्दानीबाट हुने स्पष्ट पार्नुभयो ।
सोही अवसरमा नेपाल संन्यासी समाजका संयोजक विदुर भारतीले इतिहासदेखि नै पशुपतिनाथ मन्दिरमा शिवका दरसन्तान मानिएका संन्यासीहरूले पूजा गर्दै आएको दाबी गर्दै अब पनि पशुपतिमा संन्यासी पुजारी राख्नुपर्ने बताउनुभयो ।
पशुपतिनाथबाट उठ्ने भेटी व्यवस्थापन गरी ट्रस्ट निर्माण गरेर समाजसेवा गर्न सकिने बताउादै उहााले आफूहरू सामाजिक आन्दोलनकर्ता भएकाले कुनै पार्टी विशेषबाट निर्देशित नभएको बताउनुभयो ।
यस्तै, कार्यक्रममा दशनामी समाजका अध्यक्ष भूपेन्द्र गिरीले आन्दोलनलाई दबाउन खोजिए ७५वटै जिल्लाबाट आन्दोलनलाई राजधानी केन्दि्रत गर्ने बताउनुभयो । सोही अवसरमा वक्ताहरूले सरकारले आफ्ना मागको सम्बन्धमा बेवास्ता गरे काठमाडौाबाट आन्दोलनको सृष्टि गर्ने उद्घोष पनि गरेका थिए ।

Source:
http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=23841&cat_id=16

No comments:

Post a Comment