नेवार समुदायको धर्म र संस्कार
Posted Sat, 02/20/2010 - 19:37 by kashinath.tamot
नेवार समुदायको धर्म र संस्कार
- काशीनाथ तमोट
- काशीनाथ तमोट
१. धर्म
नेवार समुदायलाई धर्मको दृष्टिले कुनै एक धर्मसँग सम्वद्ध गर्न सकिंदैन। मूलतः भोटवर्मेली भाषाभाषी हुँदा यस समुदायमा शामानी (शामानिजम्/परम्परागत भूतप्रेत मान्ने) धर्मको अवशेष पनि हुनुपर्ने हो, तर ती छन् भने कुन रुपमा छन् यसै भन्न सकिन्न। अहिले नेवार समुदाय मूलतः आर्य धर्म मान्दछन्। तिनमा हिन्दू र बौद्ध दुइ शाखा छन्।
नेवार समुदायलाई धर्मको दृष्टिले कुनै एक धर्मसँग सम्वद्ध गर्न सकिंदैन। मूलतः भोटवर्मेली भाषाभाषी हुँदा यस समुदायमा शामानी (शामानिजम्/परम्परागत भूतप्रेत मान्ने) धर्मको अवशेष पनि हुनुपर्ने हो, तर ती छन् भने कुन रुपमा छन् यसै भन्न सकिन्न। अहिले नेवार समुदाय मूलतः आर्य धर्म मान्दछन्। तिनमा हिन्दू र बौद्ध दुइ शाखा छन्।
नेपालको इतिहासमा वर्णित
इशापूर्व सहस्राब्दिभित्रका
गोपाल, महिषपाल, किरात
र प्राचीन कालका
वर्मा, लिच्छवि, गुप्त
आदि र मध्यकालका मल्ल,
राउत, प्रधान, अमात्य,
महापात्र आदि सबै अठारौं
शदीसम्मका नेपालमण्डलमा रहेका सम्पूर्ण समुदाय
नेवार भएकाले झण्डै
२५ सय वर्षभत्रका नेपाल-वासीहरुले अपनाएको धर्म नै वर्तमान नेवारहरुको धर्म
हो। यसो हुँदा
प्राचीन, मध्यकालीन नेपालको धार्मिक समन्वयको इतिहास भन्नु नै
नेवारहरुको धर्मको इतिहास हो।
वर्तमान नेवार समुदायमा हिन्दू
धर्मावलम्वीहरुमा
राजोपाध्याय पुरोहित छन् भने बौद्धहरुमा वज्राचार्य पुरोहित छन्।
नेपालको बौर्द्धधर्म महायानी हो। यसभित्र वज्रयानी प्रमुख
छन्। यस शताब्दिको शुरुदेखि थेरवादी बौर्द्धधर्म पनि
श्रीलंका-वर्माबाट नेपालमा प्रवेश गरेको छ।
अहिले यसले नेवार
समुदायमा गहिरो जरा गाड्दै
कतिपय नेवारहरुको यो
जीवनपद्धति बन्न गएको छ।नेवारहरु मध्ये
कतिपय भोटिया (लामा)
बौद्ध धर्मावलम्बी पनि
रहेका छन्।
नेपाल
पसेका अन्य धर्महरुले पनि
नेवारहरुलाई आकषिर्त गरेको छ। त्यसमध्य इशाई
झण्डै अढाइ सय
वर्षअघिदेखि कतिपय नेवारहरुले अपनाउँदै आएको
छ। नेवारहरु मध्ये
मुसलमानी धर्म मान्ने पनि
छन्। मल्लकालमा नेपाल
पसेका मुसलमानहरु नेवार
समुदायभित्र आफ्नै जातिगत पहिचान
कायम राखी बसेका
छन्।
नेवारहरुको धर्मसम्बन्धमा स्वदेशी अनुसन्धाताहरुले अध्ययन
गर्न थालेका छन्।
ती मध्ये "नेवार बौद्ध
धर्म" विशेष नाम दिई
सबभन्दा बढी अध्ययन गर्न
थालिएको छ। यो खास
गरी वज्रयान धर्म
हो। यो धर्म
भारत तथा तिब्बत
(भोट)को महयानी
बौद्ध धर्मभन्दा भिन्न
छ। यस्तै बौद्ध
तथा हिन्दू, शाक्त
धर्ममा पनि विद्वानहरुको चाख
बढेको छ। नेवार
हिन्दू धर्म पनि
अलग अध्ययन हुनुपर्ने विषय
छ। राजोपाध्याय
नभएका ठाउँ, खस
ब्राम्हणहरुद्धारा
नै आफ्ना सबै
पौरोहित्यको काम नेवारहरुले गराउँदै आएको
नेवार हिन्दू धर्मको
फरक रुपमा अध्ययन
गर्ने परम्परा नै
बस्न सकेको छैन।
वास्तवमा खसिया र नेवार
हिन्दू धर्म कतिपय
संस्कार तथा कर्मकाण्डहरु भिन्न
छन्।
नेवार
हिन्दू तथा बौद्ध
धर्मलाई यसरी स्थूल रुपमा
छुट्याउन सकिए पनि सूक्ष्म रुपले
हेर्दा छुट्याउन नसकिने
गरी यी दुइ
समन्वित रहेको छ। नेपालमा देखिएको अन्यत्र नदेखिने किसिमको धार्मिक सहिष्णुता नेवारहरुले अपनाएको नेपालको स्थानीय सिर्जना हो।
बाहिरबाट खास गरी उत्तर
भारतबाट नेपाल पसेका विविध
धर्मावलम्बीहरुले
आ-आफ्नो धार्मिक कट्टरता छोडेर
यहाँ समन्वय गरेर
बाँच्न सिके र
एक विशिष्ट धर्मको
निर्माण भयो। यो विशिष्टता हिन्दू
र बौद्ध दुवै
धर्ममा रहेको छ।
ती अरुभन्दा भिन्न
नेवार हिन्दू धर्म
तथा नेवार बौद्ध
धर्म हुन्, जसलाई
नेपाली हिन्दूधर्म तथा
नेपाली बौद्ध धर्मको
मूलधारा मान्न सकिन्छ।
२. संस्कार
नेवारहरुको जीवन
तथा मृत्यु संस्कार मूलतः
हिन्दू संस्कारमा आधारित
छ। मनु अन्दाजी र्इ.पू.२००-१००
ले आफ्नो स्मृति
(धर्मनीति ग्रन्थ)मा बाह्र
संस्कारको उल्लेख गरेकोमा पछि
ती सोह्र पुंर्याइए। हिन्दूहरुको 'सोह्र
संस्कार' भन्ने भनाइ प्रसिद्ध छ
। यी संस्कार खास
गरी ब्राह्मण जातिका
लागि बनाइएको हो।
नेपालमा त्यसले शास्त्रीय परम्परा 'दश
कर्म' पद्धतिले ठाउँ
लियो। शास्त्रीय परम्पराभन्दा भिन्न
नेवार समुदायमा फेरि
आफ्नै किसिमले परम्परामा थप
लौकिक संस्कार र
कर्महरु गर्ने परम्परा बस्यो।
तल सोह्र, दश
र नेवार लोक
प्रचलित समान संस्कारको तुलना
प्रस्तुत गरिन्छ। जस्तोः
सोह्र संस्कार
|
दश संस्कार
|
नेवार संस्कार
|
|
१
|
गर्भाधान
|
गर्भाधान
|
गर्भ
(राख्नु)
|
२
|
पुंसवन
|
पुंसवन
|
धौबजि नकःवने
|
(छोरो पाउने कामना)
|
(दहिचिउरा खुवाउन जाने)
|
||
३
|
सीमन्तोन्नयन
|
सीमन्तोन्नयन
|
|
(सिउँदो फटाउनु)
|
|||
४
|
जातकर्म
|
जातकर्म
|
मचाबू ब्यंके
|
(जन्म-काम)
|
(बच्चा जन्मेको चोख्याउने)
|
||
५
|
नामकर्म
|
नामकर्म
|
नां
छुये
|
(नाम राख्ने काम)
|
(नाउँ राख्ने)
|
||
६
|
निष्क्रमण
|
मचाबू लहीकः वने-थःछेँ
|
|
(निस्कनु)
|
(बच्चा जन्मेको पोस्न जाने
-माइती)
|
||
७
|
अन्नप्राशन
|
मचा
जंको
|
|
(अन्न खुवाउनु)
|
(बच्चालाई भात
खुवाएको)
|
||
८
|
कर्णवेध
|
न्हाय्पं
खने
|
|
(कान छेडनु)
|
(कान छेड्ने)
|
||
९
|
विद्यारम्भ
|
आखः
स्यने -ससु पूजा खुन्हु
|
|
(अक्षर सिकाउने-सरस्वती पूजाको दिन)
|
|||
१०
|
चूडाकर्म
|
चूडाकर्म
|
(क) बुसँखा-काय्मचा
|
(जन्म केश
कटाइ- केटा)
|
|||
११
|
केशान्त
|
||
(केश काट्नु)
|
|||
१२
|
उपनयन
|
उपनयन
|
क)१)कय्तापूजा (हिन्दू काय्मचा)
|
(नजिक लैजानु/जनै
लगाउन पाउनु)
|
(लगौंटी पूजा-
हिन्दू केटा)
|
||
२)
बरे छुये (बौद्ध कायमचा)
|
|||
(मान्य हुन
शुरु हुने- बौद्ध केटा)
|
|||
ख)बाह्रा तये (हि.बौ.
म्ह्याय्मचा)
|
|||
(द्वादशा राख्ने - हिन्दू बौद्ध केटी)
|
|||
१३
|
वेदारम्भ
|
व्रतोपदेश
|
|
(वेद शुरु)
|
|||
१४
|
समावर्तन
|
संमावर्तन
|
|
(फर्कनु)
|
|||
१५
|
विवाह
|
पाणिग्रहण
|
इहिपा
|
(बिहा)
|
(हात समात्नु)
|
(बिहा भएको)
|
|
१६
|
अन्त्येष्टि
|
सीगु
|
|
(आखिरी इच्छा)
|
(मरेको)
|
नेवारहरुको साझा
संस्कार मध्यम जातका नेवारहरुले अपनाउने संस्कार हो।
यिनीहरुको लागि काम गर्ने
उच्च पुरोहितवर्ग र
निम्न च्यामे-पोडे
अछूत वर्गका नेवारहरुमा ती
साझा संस्कार नहुन
पनि सक्छ, जस्तो
उच्च जातमा
राजोपाध्याय र निम्नमा च्यामेहरुको 'इही'
गर्ने नै चलन
छैन। संस्कारहरु मध्ये
उच्च वर्गमा कोही
बढी र निम्न
वर्गमा केही घटी
संस्कार हुने गर्दछ। यहाँ
मध्यम वर्गमा प्रायः
सबैले मान्ने संस्कार कर्मको
नै उल्लेख गरिन्छ। नेवार
संस्कार कर्मलाई जीवनकालका अवस्थाअनुसार तीन कालमा विभाजन
गर्न सकिन्छ। जस्तोः
१)
गर्भकाल २) जीवनकाल ३)
मृत्युकाल
यिनमा
पनि जीवनकाललाई उमेरको
हिसाबले लोक प्रचलित पाँच
तहमा बाँड्न सकिन्छ। जस्तोः
२.१ शिशु- संस्कार २.२ बाल- संस्कार २.३ किशोर-संस्कार २.४ प्रौढ- संस्कार २.५ वृद्ध-संस्कार
नेवार
असमान जातहरुको समुदाय
हुनाले यसको साझा
संस्कार कर्म हुन मुश्किल पर्न
सक्थ्यो, तर यिनीहरुमा ऐतिहासिक क्रममा
बहुसंख्यक जातहरुले मान्ने साझा संस्कार विकसित
भएको छ। अन्य
जाति भन्दा भिन्न
यी संस्कार कर्महरु नेवार
समुदायको साझा संस्कार मान्न
सकिन्छ। यी साझा पद्धति
संस्कार्रकर्म
घटी वा बढी
हुनु नेवार समुदायभित्र पनि
कुनै खास खास
जातको वैशिष्ट्य मान्नु
पर्दछ।
नेवार
संस्कार्रकर्ममा
निम्न संस्कारहर जात,
धर्म। लिंग भेद
नगरी प्रायः सबैमा
सामान्यतया मिल्दछ । जस्तोः
-
१)
गर्भ संस्कार- धौबजि
नकःवने -दही चिउरा
खुवाउन जाने)
२.१) शिशु संस्कार
क) सिचुपालु क्यने (जिफ्वः, चि, पालु "जाइफल नून अदुवा"देखाउने)
ख) मचाबू ब्यंके (छैठी तथा न्वारन)
ग) मचा जंको (जा-नक 'भात खुवाएको' बच्चापासनी, अन्नप्राशन)
घ) योमह्रि क्वखाय्के (योमरि भिराउने) निदँ बुन्हि- १२ वर्षभत्र दुई वा जोर वर्षो जन्मदिन)
२.४ प्रौढ संस्कार - इहिपा (विवाह)
२.५ बृद्ध संस्कार- ज्याजंको (बूढोपासनी)
३ मृत्यु संस्कार- सीगु (अन्त्येष्टि)
२.१) शिशु संस्कार
क) सिचुपालु क्यने (जिफ्वः, चि, पालु "जाइफल नून अदुवा"देखाउने)
ख) मचाबू ब्यंके (छैठी तथा न्वारन)
ग) मचा जंको (जा-नक 'भात खुवाएको' बच्चापासनी, अन्नप्राशन)
घ) योमह्रि क्वखाय्के (योमरि भिराउने) निदँ बुन्हि- १२ वर्षभत्र दुई वा जोर वर्षो जन्मदिन)
२.४ प्रौढ संस्कार - इहिपा (विवाह)
२.५ बृद्ध संस्कार- ज्याजंको (बूढोपासनी)
३ मृत्यु संस्कार- सीगु (अन्त्येष्टि)
यसको
बीचमा बाल संस्कारको बेला
भने लिङ्ग भेद
गर्ने गरिएको छ
। जस्तोः
२.२ बाल संस्कार
२.२ बाल संस्कार
मिजंमचा (छोरामान्छे)
|
मिसामचा (छोरीमान्छे)
|
बुसँखा (छेवर)
|
इही
(बेलविवाह)
|
फेरि
किशोर संस्कारको बेला
अझ लिङ्गभेदका साथै
धर्मभेद पनि गरिन्छ ।
जस्तोः
२.३ किशोर संस्कार
मिजंमचा (छोरामान्छे)
|
मिसामचा (छोरीमान्छे)
|
||
हिन्दू
|
बौद्ध
|
हिन्दू
|
बौद्ध
|
(उपनयन)
|
(प्रवज्या)
|
(रजस्वला पूर्वकर्म)
|
बाह्रा
शब्द द्वादशादित्य (१२
सूर्य)बाट विकसित
भएको बुझिन्छ ।
नेवार
संस्कार कर्ममा शिशु, किशोर
र विवाह कर्मताका केही
दिन किसिम किसिमका अन्य
कामहरु गरिन्छन्। नेवार
संस्कारमा ज्यादा औपचारिक कार्यहरु गर्नु
पर्दा जनसाधारणलाई निकै
मर्का पर्न गएको
तत्कालीन अन्य व्यवस्था हेतु
राणाकालमा 'नेवारजातको ऐन' (२००५) र
'द्योभाजु ब्राम्हण र श्रेष्ठको' रीतिस्थिति -१९९३)
को इस्तिहार जारी
गरिएको थियो।
नेवार
संस्कारहरुमा बालिकाको इही (बेलविवाह), ब्राह्रा (गुफा)
र बूढाबूढीको पासनीलाई अन्य
जातिको भन्दा भिन्न
विशेष संस्कार कर्म
मानिन्छ। बूढोपासनीमा न्हापांगु जंको (पहिलो पासनी)
भीमरथारोहण ७७ वर्ष ७
महीना, ७दिन, आदिमा,
निकःगु जंको (दोस्रो
पासनी) देवरथारोहण ८८
वर्ष ८ दिन,
आदिमा र स्वकःगु जंको
(तेस्रो पासनी) महारथारोहण ९९
वर्ष ९ महीना,
९ दिन, आदि
पुगेको मुहूर्तमा गरिन्छ। अर्को
सय वर्षभित्र पाँच
पटक बूढोपासनी गर्ने
पद्धति पनि रहेको
छ। नेपालीमा चौंरासी भनिने
सहस्रचन्द्रदर्शन
नेवारहरुमा ८१ (अधिकमास गनी)
वा ८४ (नगनी)
वर्षमा गरिन्छ। यसलाई
निकः (दोस्रो) जंक्व पनि भनिन्छ।
नेवार
मृत्यु संस्कार पनि
आफ्नै किसिमले विकास
भएको छ। यसको
लागि सीगुठी, सनांगुठी आदि
बनाइएको हुन्छ। काठमाडौं बाहिर
गएका नेवारहरुले सबभन्दा पहिले
आफ्नो समाजमा समान
जातकाहरु मिली सीगुठी (मृत्युसंस्कार समाज)
बनाउने गरेको देखिन्छ। यी
गुठीहरु खास गरी लास
उठाउने कामको लागि
हो। सनां गुठी
मलामी जान बनाइएको समाज
हो। नेवारहरुमा तेह्र
दिन (बौद्ध मार्गीमा सात
दिने)'दशक्रिया'को
विधि कार्य गरिन्छ। त्यस्तै एक
वा दुइवर्षभरि मासिक,
पैंतालीस दिन, ६ महिने,
बर्खी, दुइबर्खे काम
गरेपछि मृत्त व्यक्तिलाई 'पितृ'
मान्ने चलन छ।
पुनर्प्रकाशन/साभार
स्मारिका (श्री ५ वीरेन्द्र स्वर्ण शुभ-जन्मोत्सवाङ्क), नेपाल नेवाः समाज, विस २०५२ (ईस १९९५), पृ. २१-२४। (सामान्य सुधार गरी प्रस्तुत)
स्मारिका (श्री ५ वीरेन्द्र स्वर्ण शुभ-जन्मोत्सवाङ्क), नेपाल नेवाः समाज, विस २०५२ (ईस १९९५), पृ. २१-२४। (सामान्य सुधार गरी प्रस्तुत)
Comments
Comment
viewing options
Select your preferred way to display
the comments and click "Save settings" to activate your changes.
by guest/Niran (not verified) -
04/11/2010 - 02:43
नेवारहरुको जीवन
तथा मृत्यु संस्कार मूलतः
हिन्दू संस्कारमा आधारित
छ???? I think it is difficult to say
because Some Newars call Budhist Priest: Guvaju and some are Hindu priest:Newah Barmu.
How one can claim it as the newars practised mostly Hindu traditions´and and
rituals???? It is pre-judgement ? We practise Newar buddhist traditions that is
different from other buddhist but closer to Hindu but it still digfferent from
Hindu tradition as well. Doest't it fandamental different when it comes to
choosing Priest. there is even sometradition is similar between Christiana and
muslims. Can we say oone group of them practise another group's tradition??? It
is very confusing!!!!
source:
http://nepalmandal.org/node/46
No comments:
Post a Comment