Tuesday, April 17, 2012

कुमारी जात्रा सकियो



   भक्तपुर ३१ असोज
 जीवित देवीका रूपमा पुजिने एकान्त कुमारीको १० दिन लामो कुमारी जात्रा  आज सूर्यमढीबाट ब्रम्हायणी पीठ कुमारीघर पु¥याएपछि सम्पन्न भएको छ ।
घटस्थापनाको दिन कुमारीघरमा एकान्त कुमारीलाई विराजमान गराएपछि १० दिनसम्म कुमारीघरमै बस्ने परम्परा छ । राजोपाध्याय र कर्माचार्य पुजारीद्वारा पाठ गरेपछि १० दिनसम्म कुमारीको पूजा गरी कुमारी जात्रा मनाइएको हो ।
एकान्त कुमारीलाई महानवमीका दिन साँझ तलेजुको आगमघरमा तलेजुका मूलनाइके नरेन्द्र जोशीले लगेर राखेपछि आज विजयादशमीमा टीका प्रसाद ग्रहण गरिएको थियो । आज कुमारीजात्रा सम्पन्न भएपछि कुमारीलाई कुमारी घरमा पूजा गरी जात्रा सम्पन्न गरिएको थियो । जात्रा सम्पन्न भएपछि कुमारीलाई कुमारीघरबाट आफ्नै घरमा लगिन्छ ।
रासस
Source:
http://www.rajyasatta.com/updated-news/258-2010-10-17-16-08-42
 

No comments:

Post a Comment