Friday, August 16, 2019

Rajopadhyaya in news : राष्ट्रपतिलाई कान्तिपुरीय उपाकर्म गुठीको निमन्त्रणा

राष्ट्रपतिलाई कान्तिपुरीय उपाकर्म गुठीको निमन्त्रणा

  • नेपालन्युज साउन २७, २०७६ | सोमबार | काठमाडौं


काठमाडौंका ब्राह्मणहरूको आफ्नै एउटा गुठी छ, कान्तिपुरीय उपाकर्म गुठी।
उक्त गुठीको प्रयोजन भनेको श्रावणी कर्म वा उपाकर्म सञ्चालन गर्नु हो। यस्तै गुठी पाटन र भक्तपुरमा पनि छ।
विशेषतः उपत्यकाका द्यःभाजु राजोपाध्याय ब्राह्मणले यसरी उपाकर्म गुठी चलाउने गर्दछन्। उपाकर्म गुठी ललितपुरले भने नृसिंह जात्रा "उपाकलं सायाः" पनि चलाउने गर्दछ।
श्रावणी कर्म जनै पूर्णिमाका दिन गरिन्छ। यसको ४ दिनअघि राष्ट्रप्रमुखलाई निमन्त्रणा गरिने चलन छ।
पहिले राजालाई निमन्त्रणा गरिन्थ्यो। तर ६३ सालदेखि भने यसरी निमन्त्रणा पूजा जाने क्रम रोकिएको थियो। पालो चलाइसकेको गुठियार श्रीमणिराज शर्मा भन्छन्, ‘६३ सालमा राज कलश हराएको थियो, अझ सङ्क्रमण काल भएकोले पनि जान गाह्रो भएको थियो।’
तर १३ वर्षपछि पुनः यो परम्परा सुचारु गरिएको हो, यसपटक भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई उक्त निमन्त्रणा सोमबार दिइएको छ।
निमन्त्रणा पत्रसँगै रोटी, फूलप्रसाद, पूलमाला कान्तिपुरीय उपाकर्म गुठीका तर्फबाट दिइएको थियो, राष्ट्रपति भण्डारीलाई।
अब जनै पूर्णिमाका दिन पूजा गरिएको कलश लिएर राष्ट्रपतिलाई अभिषेक गरिने तथा नेवाः परम्पराअनुसार डल्लो सहितको जनै डोरो बाँध्न जाने कार्यक्रम रहेको गुठियार श्रीमणिराज शर्मा बताउँछन्।
प्रकाशित: Aug 12, 2019 | 21:37:39

No comments:

Post a Comment