Friday, August 16, 2019

Rajopadhyaya in News : मल्ल राजालाई नरसिंह जात्रामा निमन्त्रणा



ललितपुरको उपाकलं सायाः जात्रा

मल्ल राजालाई नरसिंह जात्रामा निमन्त्रणा

  • नेपालन्युज साउन १, २०७६ | बुधबार | ललितपुर
800
SHARES



तस्बिर : शिवेश शर्मा
देशभर गुरु पूर्णिमा मनाउँदै गर्दा ललितपुरको उपाकर्म गुठीका गुठीयार भने अर्कै विशिष्ट सांस्कृतिक कार्यमा संलग्न थिए।
सन्दर्भ हो, ललितपुरको नरसिंह जात्रा। स्थानीय नेपाल भाषामा यसलाई उपाकलं सायाः भनिन्छ। उपाकर्मको संक्षिप्त रूप हो– उपाकलं, सायाःको अर्थ गाईजात्रा। गाईजात्राकै क्रममा ललितपुरको नरसिंह जात्रा निकालिने हुनाले यसलाई सायाः भनिएको हो।
मंगलबार उपाकर्म गुठी ललितपुरका ब्राह्मणहरू फूलमाला तथा पूजासामग्रीसहित पाटन दरबारको सुन्दरी चोक पुगे। उक्त चोकमा लामो ढुङ्गा बिछ्याइएको छ, यसलाई राजा सिद्धिनरसिंह मल्लको खाट मानिन्छ।
किंवदन्ती छ, सिद्धिनरसिंह मल्ल गर्मीमा पञ्चाग्नि ताप्थे र जाडोमा यही चिसो ढुङ्गामा सुत्थे।
निमन्त्रणाकै क्रममा उपाकर्म गुठी तथा नरसिंह जात्राका पालोवाला सुलिह्म, हामोननी निवासी हेरम्बराज राजोपाध्यायले खाटमा माल्यार्पण गरे।
नेपालमा राजसंस्था हटे पनि राजालाई यसरी निमन्त्रणा गर्ने परम्पराले भने निरन्तरता पाएको छ, अझ शाह राजा हुँदा समेत यहाँ सिद्धिनरसिंह मल्ललाई नै विशेष निमन्त्रणा गरिन्थ्यो। मल्ल राजाले धर्माधिकार थामेको धेरै उदाहरणमध्ये एक हो, नरसिंह जात्राको निमन्त्रणा।
सो अवसरमा गुठी संस्थान ललितपुरका तर्फबाट पनि प्रतिनिधिको उपस्थिति रहेको थियो।
ललितपुरको यस नरसिंहको जात्रा विश्वमै दुर्लभ मानिन्छ। यस वर्ष नरसिंह जात्रा आगामी भाद्र ३ गते निकालिन्छ।
प्रकाशित: Jul 17, 2019 | 15:19:36

No comments:

Post a Comment