Friday, August 16, 2019

Rajopadhyaya in News : वैदिक कालको परम्परा धान्ने अग्निहोत्रीलाई नृसिंह जात्रामा निमन्त्रणा

वैदिक कालको परम्परा धान्ने अग्निहोत्रीलाई नृसिंह जात्रामा निमन्त्रणा

  • नेपालन्युज साउन २८, २०७६ | मंगलबार | ललितपुर


वैदिककालको पञ्चाग्निलाई पूजा गर्ने परम्परा बोकेको एक मात्र स्थल हो, ललितपुरको अग्निशाला मन्दिर।
यस अग्निशालाको महत्त्वपूर्ण विशेषता हो, अग्निहोत्री परम्परा। अग्निशालामा पूजाको प्रमुख जिम्मेवारी हुन्छ, अग्निहोत्री र उनकी पत्नीको। अग्निहोत्री जहिले पनि दम्पत्ति नै हुनुपर्ने मान्यता छ।
ललितपुरका द्यःभाजु राजोपाध्याय ब्राह्मणका षट्कुलले यहाँको परम्परा धान्छन्। तर हाल सुन्धाराको एउटा कुल यसमा संलग्न नभएपछि ५ वटा कुलले यसलाई धानिरहेका छन्।
राजोपाध्याय ब्राह्मणले चलाउने अर्को परम्परागत संस्था हो, उपाकर्म गुठी। विशेषतः श्रावणी कर्मको जिम्मेवारी बोक्छ, यस गुठीले। तर उपाकर्म गुठीले थप एउटा जात्रा चलाउनुपर्छ, नृसिंह यात्रा अर्थात् स्थानीय भाषामा उपाकलं सायाः।
उपाकर्म गुठीका पालोवाला हेरम्बराज शर्माले अग्निहोत्री पं. विष्णुमोहनधर राजोपाध्यायलाई सोमबार नरसिंह जात्राको निमन्त्रणा गरेका छन्।
उक्त जात्राका पाटनका जेठा (थकाली) राजोपाध्याय ब्राह्मणहरू गोपालराज शर्माहेरम्बानन्द राजोपाध्याय तथा तलेजुका मूल पुजारी अनन्त ज्वालानन्द राजोपाध्यायलाई परम्पराअनुसार निमन्त्रणा गरेका छन्।
यसअघि पाटन दरबारमा मल्ल राजालाई पनि निमन्त्रणा गरिएको थियो।
पाटनको नरसिंह जात्रा आगामी भाद्र ३ गते मनाइनेछ।
यो पनि हेर्नुहोस्–
मल्ल राजालाई नरसिंह जात्रामा निमन्त्रणा
प्रकाशित: Aug 13, 2019 | 14:55:54

No comments:

Post a Comment