Friday, August 16, 2019

Rajopadhyaya in News : बाँधिन् नेवाःको डोरो

सन्दर्भ — जनै पूर्णिमा

राष्ट्रपतिले बाँधिन् नेवाःको डोरो

  • नेपालन्युज साउन ३०, २०७६ | बिहीबार | काठमाडौं


राष्ट्रपति विद्यादेवी भण्डारीले नेवाः परम्पराअनुसार गुंपुचः डोरो बाँधेकी छिन्।
कान्तिपुरीय उपाकर्म गुठीका पालोवाला गुठियार मिजल शर्माले मन्त्र पढी राष्ट्रपतिको बायाँ हातमा गुंपुचः बाँधेका हुन्।
बिहीबार जनै पूर्णिमाको अवसरमा अपराह्न राष्ट्रपति निवासमा गुठियारहरूले स्वस्तिवाचनसहित वैदिक मन्त्र पढेर राष्ट्रपतिलाई अभिषेक दिएका थिए।
बिहान कान्तिपुरीय उपाकर्म गुठीले श्रावणी कर्मकै क्रममा कलशार्चन पूजा गरेका थिए। सोही पूजाको फूलप्रसाद र गुंपुचः राष्ट्रप्रमुखले लिनुपर्ने परम्परा छ।
काठमाडौं उपत्यकाका द्यःभाजु राजोपाध्याय ब्राह्मणले जनै फेर्नेलगायत श्रावणी कर्मका लागि उपाकर्म गुठी चलाउँछन्। उपाकर्म गुठी काठमाडौं, भक्तपुर र ललितपुरमा अलग्गै छन्।
काठमाडौंका ब्राह्मणले शोभाभगवती मन्दिरमा, भक्तपुरकाले हनुमानघाट र ललितपुरले हाल अग्निशाला मन्दिरमा श्रावणी कर्म गर्छन्।
प्रकाशित: Aug 15, 2019 | 21:33:39

No comments:

Post a Comment