Thursday, May 10, 2012

हिन्दुस्थानीले नेपालजस्तो र्सार्वभौमसत्तासम्पन्न मुलुकको धार्मिक क्षेत्रमा आफनै पुजारी राख्नु पर्छ भन्नु राजनीतिक हस्तक्षेप हो ।


राजोपाध्याय सम्बन्धि सामग्रीको खोजीको सन्दर्भमा सदा झैँ आज पनि जारी थियो। सोहि क्रममा पाईएको बलदेब  जुजुको अन्तरबार्ता  याँहा प्रस्तुत गरेको छु ।


Source:





बलदेब जुजु
प्रमुख सल्लाहकार, वैदिक प्रतिष्ठान
पशुपतिनाथमा पुजारी विवादलाई कुन रुपमा हेर्नुभएको छ ?
धर्म निरपेक्ष गणतान्त्रिक मुलुकमा तत्स्थानीय जनतासँग कुनै सरोकार नराखी पुजारी नियुक्ति गर्न हुँदैनथ्यो । ३ सय वर्षघि राजा यक्ष मल्लको राज्यकालमा पनि वैदिक, बौद्ध र तान्त्रिक स्थल पशुपतिनाथलाई हिन्दूकरण गरियो । राजोपाध्याय ब्राम्हणलाई -दक्षिण मर्ूर्तिका पुजारी) महाब्राम्हणको सम्मानसहित दीक्षा दिनुपर्ने गर्राई दक्षिणात्य भट्ट -शास्त्री), ब्रा³मण राखी नौघरे नेवार -भण्डारी, भट्ट, विशेत, वैद्य, राजोपाध्याय, महर्जन, कुश्ले खड्गी, कर्माचार्य) को काम व्यवस्थापन गरिएकोमा कुनै विवाद देखिएको थिएन ।
पशुपतिनाथ विश्वकै एक अर्ब हिन्दुहरूको देवस्थल भनी हिन्दुस्थानी पुजारी नै हुनुपर्छ भनिरहेको छ नि ?
र्सवप्रथमतः ँहिन्दुधर्म नभई हिन्दुस्थान (भारतीय राष्ट्रवाद) हो । वेद मान्नेलाई वैदिक भन्नर्ुपर्दछ । सिन्धु घाटीलाई युनानीले हिन्दु र बेलायतीले इन्डो सम्बोधन गर्दैै इन्डिया हुन गएको हो, पशुपतिनाथलाई हिन्दुले मात्र नभई किराँत, नागा, गाणपत, नेवार, बौद्ध, जैन, शिख आदि सम्प्रदायले आ-आफनै ढंगले मान्दछन् । पशुपतिनाथ हिन्दुको मात्र पेवा होइन, हिन्दुस्थानीले नेपालजस्तो र्सार्वभौमसत्तासम्पन्न मुलुकको धार्मिक क्षेत्रमा आफनै पुजारी राख्नुपर्छ भन्नु राजनीतिक हस्तक्षेप हो ।
पशुपतिनाथमा पुजारी विवाद अन्त्य कसरी होला त ?
धर्म निरपेक्ष नेपालमा आफनो धर्मस्थलको व्यवस्थापनको जिम्मा तत्स्थानीय बासिन्दाले नै गर्ने हुँदा आईएलओ महासन्धि १६९ र संघीय राज्य व्यवस्थाको अवधारणाअनुरुप स्थानीय नौघरे नेवारहरूले नै सो गर्न पाउनुपर्दछ । विशेतले हिसाब-किताब राख्ने, भण्डारीले पुजारीलाई सहयोग गर्ने, वैद्यले मृत्योन्मुख बिरामीको उपचार वा मृत्युलाई सहज बनाइदिने, महर्जन-ज्यापु समुदायले जात्रार्-पर्व सञ्चालन र कर्माचार्यद्वारा शाक्त पीठमा तान्त्रिक पूजा चलाउने, भट्ट वा राजोपाध्यायले वैदिक, बौद्ध र तान्त्रिक पद्धतिमा पूजा चलाउने, कुश्लेद्वारा महाभोग चलाउने, खड्गीबाट महाबलि दिने, पोडे समुदाय पीठको पुजारी बस्ने परम्परा छ । सरकारले मात्र पारदर्शिताका लागि मार्ग बनाइदिनुपर्दछ । अन्त्यमा सबै पक्षको एउटा छुट्टै ट्रस्टमार्फ काम अगाडि बढाउनुपर्दछ ।
नयाँ नेपाल निर्माणमा पशुपतिलगायतका धार्मिक सम्पदास्थलको भूमिकाबारे यहाँको धारणा के छ ?
पशुपति, स्वयम्भू, बौद्ध, लुम्बिनीलगायत थुप्रै सम्पदास्थलबाट प्रँप्त आम्दानीले ब्रा³मण वा धर्मगुरु पोस्ने मात्र कार्य नगरी धार्मिक, सांस्कृतिक र शैक्षिक विकासका लागि नेकपा माओवादीको नेतृत्वमा बनेको सरकारले कडा कदम चाल्नर्ुपर्दछ । तर स्थानीय जनताको सहभागिता भने अनिवार्य छ । संघीय गणतन्त्रमा स्थानीय जनतालाई उपेक्षा गर्नु हुँदैन ।
- पदम श्रेष्ठ
मन परे हरियो, नपरे रातो Thumb up0 Thumb down 0
http://0.gravatar.com/avatar/8aef5953592443b3ee5fff07ae1b1221?s=35&d=http%3A%2F%2F0.gravatar.com%2Favatar%2Fad516503a11cd5ca435acc9bb6523536%3Fs%3D35&r=PGKG
बोर्ते,सुसन,धर्मं कसैको पेवा र तेरो मेरो हुँदैन,तिम्रो त्यों नकारात्मक सोंचको बिर्को खोल्न बलदेव जुजुको अन्तर्बार्ता पढेर हेर कसरी कहिले कुन मितिमा कस्ले पशुपतिनाथ मन्दिरलाई एकलौटी बनाई धार्मिक शोषण गरेका रहेछ राम्री बुझने छौ,

No comments:

Post a Comment