Wednesday, May 9, 2012

प्राचीन ऐतिहासिक थलो हरसिद्धि मन्दिर प्राङ्गणमा हरिसिद्धिमाइको नाच नचाइयो



Source:

2012-03-08 10:25:13
ललितपुर जिल्लाको दक्षिणमा अवस्थित हरसिद्धिमा बुधबार फागु पूर्णिमाका दिनभर हरिसिद्धिमाइको 
नाच नचाइयो। प्राचीन ऐतिहासिक थलो हरसिद्धि मन्दिर प्राङ्गणमा वर्षको दुई पटक सो नाच नचाउने
 परम्परा रहेको छ।
प्राचीन तथा ऐतिहासिक नगर हरसिद्धिमा बुधबार जलप्याखँः अर्थात हरसिद्धि माइको नाच नचाइयो  
तान्त्रिक योगेन्द्रानन्द राजोपाध्यायले सो नाच सुरुवात गरेको विश्वस गरिने यो नाचको प्रारम्भमा अष्ट
 मातृकाको चार जोडी र राजा विक्रमादित्यको एक जोडी समेतको नाच प्रस्तुत गरेका थिए। त्यसपछि
 विभिन्न देवी देवताका कथालाई नाचद्वारा प्रस्तुत गरेका थिए। यी दृष्य देखाए लगत्तै आरा48यका48ड 
र किस्किन्धा का48डमा आधारित रामायणको बाली बध सम्मको कथासार संक्षेपमा देखाइयो। पौराणि

क देव भाषा, पहिरण तथा संगीतसहित प्रस्तुत हुने हरसिद्धि नाचको मूलसार नै बाली वध हो। 
स्थापना कालमा तीन महिनासम्म निरन्तर चल्ने हरसिद्धि नाच राजा अमर मल्लका पालादेखि सोह्र
 घ48टामा सम्पन्न गर्ने गरिएको स्थानीय बताउँछन्।  
प्रत्येक बाह्र वर्षमा भने सो नाच हरसिद्धि बाहेक उपत्यकाको अन्य भागमा समेत देखाउने परम्परा 
रहेको छ। देशमा अनिकाल नपरोस्, रोग नलागोस् भनी हरसिद्धि माइको नृत्य नचाउने चलन छ। 


No comments:

Post a Comment