Wednesday, May 9, 2012

पशुपतिमा भट्ट नियुक्ति प्रक्रिया



Source:

गणेश अधिकारी


२०६५ पुस १३ गते पशुपतिनाथका पुजारीको रूपमा काम गर्दै आएका भारतको विन्ध्याचल पर्वतभन्दा दक्षिणवासी द्रविड ब्राहृमण पुजारीका लागि हलचलको दिन रहृयो । यो उनीहरूले स्वास्थ्यलगायत विभिन्न कारण देखाई पुजारीको पदबाट चार महिना पहिलेदेखि दिएको राजीनामा पशुपति व्यवस्थापनले स्वीकृत गरिदिएको दिन थियो । यसअघि पनि प्रत्येक नयाँ व्यवस्थापनसमक्ष राजीनामा दिएर घुक्र्याउने परम्परा बसालेका भट्टहरूका लागि यसपटकको राजीनामा भिन्न रहृयो । राजीनामा स्वीकृत गर्नुपूर्व उनीहरूबाट राजीनामा कागजमा सनाखतसमेत गराइएको थियो । त्यसमा उनीहरूले स्वेच्छाले राजीनामा दिएको भन्ने विचार प्रकट गरेका थिए ।


पुजारीहरूका मनमा उठेको हलचल शीघ्र नै भारतको राजधानी दिल्ली पुगेर बाह्रखम्बा रोडमा नेपालका तत्कालीन प्रधानमन्त्रीको पुत्ला जलेपछि पुनः नेपाल र्फकेर विभिन्न पार्टीका कार्यालयमा बास बस्न पुग्यो । त्यसपछि करिब एकहप्तासम्म हलचल जीवन्त रहृयो । अन्त्यमा "भारतीय पुजारीहरूले दिएको राजीनामाको स्वीकृतिलाई यथावत् राख्तै तिनीहरूका ठाउँमा नियुक्त गरिएका नेपाली पुजारीहरूको नियुक्तिको निर्णय फिर्ता लिएको"भनी तत्कालीन प्रधानमन्त्रीको व्यक्तव्य आएपछि हलचल पशुपतिनाथकै मन्दिरभित्र चुपचाप शरण लिन पुग्यो ।


अब एउटा जिज्ञासाको हलचल सर्वसाधारण नेपालीका मनमा पैदा भयो "के हाम्रो पशुपतिनाथका पुजारी नेपाली होइनन् ? होइनन् भने सदियौंँसम्म कसरी विदेशी रहे ? अब नेपाली पुजारी राख्दा नहुने कुरा कहाँबाट आयो ? स्वेच्छाले राजीनामा दिएर कसैले छाड्न पाउँदैन ? यो देशले स्वेच्छाले पुजारी राख्न किन नपाउने ?


आजसम्म पशुपतिनाथबारेको चासो कसैलाई थियो भने त्यो काठमाडौँं उपत्यकाभित्रकालाई थियो । उपत्यकाबाहिरका विशेषगरी ग्रामीण नेपालीलाई पशुपतिनाथको फूलप्रसादसँग मात्र चासो थियो । यहाँको व्यवस्थापन, पुजारी, भण्डारी र भेटीघाटीबारे सदियौंदेखि कुनै चासो नराखेका मानिसका लागि पनि राजीनामा स्वीकृतिको हलचल संविधानसभाको निर्वाचनपछि बनेको नयाँ सरकारको हलचलसँगै एउटा ठूलै जिज्ञासा बनेर दौडियो । यसरी आम मानिसभित्र प्रवेश पाएको जिज्ञासायुक्त हलचलले यतिखेरसम्म उत्तर भेटेको छैन ।


पशुपतिनाथको मन्दिरमा पुजारीको नियुक्तिको इतिहास स्वयं पशुपतिनाथको उत्पत्तिको इतिहाससँग गाँसिएर आएको जीवित प्रमाण भए झनै राम्रो हुन्थ्यो होला । तर यस्तो प्रमाण पाउनु कठिन मात्र होइन असम्भव पनि छ । पुजारी नियुक्तिको लिखित प्रमाण लिच्छविकालसम्म कतै कतै पाइए पनि अझै खोज अनुसन्धानकै घेराभित्र पर्छन् । पशुपतिविद् डा. गोविन्द टण्डन यो विषयमा लेख्नुहुन्छ- "लिच्छविकाल भन्दा अगाडिका बारेमा अवगत हुनसक्ने सामग्रीको नितान्त अभावका कारण यस विषयमा बोल्नु अनुमान गर्नु मात्र हुन्छ । ...पुजारीहरूको कुरा गर्दा आचार्य भगवत्प्रनर्दन प्राणकौशिकको पशुपति मन्दिर प्राङ्गणस्थित दुईवटा अभिलेखले लिच्छविकालमा भगवान पशुपतिको पूजाआजा सन्यासीद्वारा हुन्थ्यो कि भन्ने सम्भावना देखिन्छ "। यी भनाइका आधारमा उहाँले धनवज्र वज्राचार्यले लेख्नुभएको लिच्छविकालका अभिलेखलाई नै अघि सार्नुभएको छ । अझ उहाँले लेख्नुभएको छ "बेलाबखत पशुपतिनाथमा सन्न्यासी पुजारी भएका उल्लेख भ्ााषावंशावली एवं शिलालेखमा पाइने हुनाले यो परम्पराको आधार लिच्छविकालसम्म पुगेको थियो कि भन्ने देखिन्छ ।"


भाषावंशावली एवं शिलालेखमा समेत पाइएकाले त्यहाँभन्दा उतापट्टकिो अन्धकारयुक्त इतिहासमा पनि पशुपतिको पुजारीको रूपमा सन्न्यासीहरू नै धेरै लामो अवधिसम्म रहेको अनुमान गर्न सकिन्छ । लिच्छविअघिका किराँतीहरू शिवभक्त भए पनि उनीहरूले पशुपतिमा पूजा गरेको कतै उल्लेख छैन ।


लिखित प्रमाण फेलापरेपछि पनि पशुपतिनाथमा पूजा गर्ने पुजारीको नियुक्ति विषयलाई लिएर एकरूपता देखिँदैन । सुरुसुरुमा सन्न्यासीबाहेक अरू कसैले पूजा गरेको पाइँदैन । किराँतकाल र लिच्छविकाल सकिएपछि मल्लकालमा रत्न मल्लले सन्यासी पुजारी राखेको कुरालाई इतिहासविद् बालचन्द्र शर्माको पुस्तक नेपालको ऐतिहासिक रूपरेखामा यस्तो उल्लेख छ- "वंशावलीअनुसार रत्न मल्लको पालीमा सोमशेखरानन्द नामका एकजना स्वामीको नेपालमा आगमन भयो । रत्न मल्लले यिनलाई पशुपतिका प्रमुख पुजारी नियुक्त गरे । यिनको सहायतार्थ बनेपाका दुईजना नेवार पशुपतिका भँडारे बनाइए । पशुपतिका गुठी आदिको काम काठमाडाँैंका दुईजना नेवारलाई सुम्पियो" तर उनै रत्न मल्लका बाबु यक्ष मल्लले आˆना बाबुबाजेले जसरी नै दक्षिण भारतीय ब्राहृमणलाई पशुपतिको पुजारीमा नियुक्त गरेको कुरा अर्का इतिहासविद् डा. डिल्लीरमण रेग्मीले लेखेका छन् ।
त्यस्तै इतिहासविद् महेशचन्द्र रेग्मीका अनुसार- "विन्ध्याचल पर्वत दक्षिणका द्रविड ब्राहृमणलाई मात्र पशुपतिको पुजारी बनाउने परम्परा आदि शङ्कराचार्यले स्थापित गरेका थिए, जो आजसम्म त्यही छ ।"


तर बाबु यक्ष मल्लका पालासम्म कायम रहेको परम्परालाई उनकै छोरा रत्न मल्लले किन तोडेर सोमशेखरानन्द सन्यासीलाई नियुक्त गरे ? यो एउटा खोजको विषय हो ।


आदि शङ्कराचार्यकै कुरा लिऊँ । इ.सं ६८६ मा दक्षिण भारतको केरला राज्यको काल्टी गाउँमा नम्बुदरी ब्राहृमणको रूपमा जन्मेका शङ्करलाई उनको तीक्ष्ण प्रतिभा र विद्वताले गर्दा शङ्कराचार्य वा आदि शङ्कराचार्य भनिन्छ । बुद्धधर्म जन्मेको करिब १२०० वर्षको अवधिमा भारतमा हिन्दुधर्म क्षतविक्षत भएका बखत शङ्कराचार्यले हिन्दुधर्मको पुनरुत्थानमा ठूलो योगदान गरेका थिए । उनी नेपाल पनि आएका थिए भनिन्छ तर उनको नेपाल आगमनको कुरा विवादित छ । नेपालबाट तीर्थ गर्न भारत गएका नेपालीले "बौद्धमार्गीहरूले बास दिएनन्" भन्ने गुनासो गरेपछि "शङ्कराचार्य योगमार्गबाट उडेर नेपाल आए "भन्ने जस्ता कथा छन् । शङ्कराचार्यको नेपाल यात्रालाई नै यसरी किंवदन्तीको घेरामा पार्ने लेखकहरूको अन्य कुरालाई वा दक्षिण भारतकै द्रविड ब्राहृमणलाई ल्याएर पशुपतिको पूजा गर्ने अकाट्य परम्परा बसालेर नै गएछन् भन्ने कुरालाई पनि कसरी पत्याउने ?


शङ्कराचार्यको नेपाल आगमनको तत्थ्यलाई यथार्थ रूपमा खोज्ने पशुपतिविद् डा. गोविन्द टण्डनको भनाइ यस्तो छ- "जहाँसम्म उनको -शङ्कराचार्यको) नेपाल आगमन र पशुपतिमा गरिएको पुजारीसम्बन्धी व्यवस्थाको कुरा छ 'शङ्करविजय', 'शङ्करदिग्विजय' आदि प्रामाणिक र समकालिक ग्रन्थमा त्यसबारेमा कुनै चर्चा पाइँदैन तर अर्वाचीन केही ग्रन्थमा भने त्यस कुरालाई थपिएको पाइन्छ । देवपाटनमा पशुपतिनाथ मन्दिरको पश्चिमपट्ट ि'शङ्कराचार्यमठ' नामको मठसमेत भएकाले अझ केहीले त्यस मठको निर्माण समयको विचारै नगरी त्यसलाई आद्य शङ्कराचार्यले स्थापना गरेको भन्ने गरेको पाइन्छ ।"


प्राचीन भारतका एक प्रख्यात शासक थिए- हर्षवर्धन । उनको समय भनेको इसाको सातौंँ शताब्दी हो । ठीक उनैको समयमा चीनका यात्री हृवेन साङ्ग भारत आएका थिए जसले भारतबाटै नेपालका बारेमा केही कुरा भनेका पनि छन् । चीनदेखि भारत आएका त्यस बखतका पैदलयात्रीका यात्राका प्रमाण जीवित रूपमा भेटिंदा त्यसै शताब्दीका शङ्कराचार्य नेपाल आएर पशुपतिनाथको पुजारी नियुक्तिको परम्परा बसालेको ठोस प्रमाण किन भेटिएन ? अझ उल्टै "शङ्कराचार्य उडेर आएका थिए "भनी हालिएका कथालाई कस्ाले पत्याइदिने ?


आद्य शङ्कराचार्य नेपालमा आएको ठोस प्रमाण दिन नसकेपछि त्योभन्दा शताब्दीयौँ पछि नेपाल आउने शङ्कराचार्य नाम गरेका कुनै मानिसले पशुपतिनाथको पुजारी परम्परा बसालेरै गएको भए पनि सुरुदेखि चलिआएको सन्यासी पुजारी परम्परालाई किन र कसरी तोडियो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्ने कुरा भयो । पशुपतिमा पुजारी नियुक्त गर्ने कुरामा विवादको यो नै एउटा महत्त्वपूर्ण प्रमाणको सुरुवात मान्न सकिन्छ ।


रत्न मल्लले सन्यासी पुजारी नियुक्त गर्ने परम्परालाई पुनः स्थापना गरेपछि सोमशेखरानन्दपछि राजा जगज्जय मल्लले विसं १६३७ मा भैरवानन्दलाई पशुपतिको पुजारीमा नियुक्त गरेका थिए । यसैगरी विसं १६९८ भन्दा पहिले लक्ष्मीनरसिङ मल्लले नित्यानन्द स्वामीलाई र विसं १७३१ को छेउछाउतिर राजा प्रताप मल्लले ज्ञानानन्द स्वामीलाई पशुपतिको पुजारीमा नियुक्त गरेका थिए भन्ने प्रमाण पाइन्छ । सन्यासी पुजारी नियुक्तिको परम्परा अझै अगाडि आएर विसं १७३७ तिर नृपेन्द्र मल्लले विमलानन्द स्वामीलाई पुजारी नियुक्त गरेका थिए । पछि यिनैले राजा बक्साएर राघवानन्दलाई पशुपतिको पुजारीमा राखेर आफू काशीतर्फ लागेको उल्लेख छ । स्वामी राघवानन्दपछि विसं १७९२ भन्दा पहिला नै कपिलानन्द स्वामी पशुपतिनाथका पुजारी भएको कुरा प्रमाणित छ ।


डा. टण्डनका अनुसार- "पशुपतिनाथको दर्शन गर्न आएका वा यता -नेपालमा) रहेका ....घरबार छोडेका सन्यास्ाीबाट त्यागपूर्ण भावनाले काम हुनसक्ने अपेक्षाले नै सन्यासी पुजारीद्वारा पूजा गराउने प्रथालाई रत्न मल्लले प्रश्रय दिएको हुनुपर्छ ।"
डा. टण्डनको भनाइ अनुसार मात्र नभएर रत्न मल्लले आˆनै बाबु यक्ष मल्लले कायम राखेको परम्परालाई तोडेर सन्यासी पुजारी नियुक्त गर्नु अरू नै कारण हुनसक्ने सम्भावना छ, जस्ाको यथार्थ खोजतलास भएको छैन भन्न सकिन्छ ।


कपिलानन्द स्वामीपछि राजा जयप्रकाश मल्लका पालादेखि पुनः दक्षिणका ब्राहृमण पुजारी राखिएको कुरा इतिहासमा छ । दक्षिणका ब्राहृमण पुजारी राख्ने पछिल्लो परम्परामध्येको पहिलो पुजारी कृष्ण भट्ट देखिन्छन् । विसं १८०३-१८०४ तिर सन्यासी पुजारी कपिलानन्दपछि कृष्ण भट्ट देखिन्छन् । त्यो समयमा काठमाडाँैं राज्यको दशा राम्रो थिएन । गृहकलहका कारण स्वयं राजा जयप्रकाश मल्ल डेढ/दुई वर्षसम्म राज्यच्युत भएर कहिले मातातीर्थ र कहिले गोदावरी, गोकर्णतिर भाग्दै लुक्दै हिंडेका थिए । यसै समयलाई मौकाका रूपमा कसैले प्रयोग गरेको होइन होला भन्न सकिन्न । स्वामी राघवानन्दकै पालादेखि सन्यासी पुजारीसँग राजाको केही खटपट परेको पनि त्यसबखतको इतिहासमा उल्लेख भएकाले सन्यासीबाट दक्षिणात्य ब्राहृमणको हातमा पुजारीको जिम्मेवारी सहजरूपमा आयो होला भन्न सकिन्न ।


पुजारी कृष्ण भट्टले पृथ्वीनारायण शाहलाई भित्रभित्रै सघाएको थाहा पाएपछि जयप्रकाश मल्ल्ाले कृष्ण भट्टको खान्गी खोसेर कुवेर गिरी, भीम गिरी, काशी गिरी आदि सन्यासीलाई दिएका थिए । यसप्रकार सन्यासी पुजारी हटाउने र भट्ट पुजारी राख्ने फेरि "भट्टपुजारीले पृथ्वीनारायणको पक्ष लियो" भनेर सन्यासीलाई नै पूजाको जिम्मा दिने काम एउटै राजा जयप्रकाश मल्लले गरेका थिए । पछि पृथ्वीनारायणले जितेपछि कृष्ण भट्टका छोरा गणपति भट्टलाई खोसिएको खान्गी गीर्वाणयुद्धले फर्काएका थिए ।


गोर्खाली राजाहरूका हातमा शासन आइसकेपछि पनि काठमाडौंका नेवार समुदायबाट पनि पशुपतिमा पुजारी रहेको परम्परा पाइन्छ । यसको प्रमाणस्वरूप सिंहप्रताप शाहले हो वा रणबहादुर शाहले हो काठमाडाँैंका राजोपाध्यायलाई पशुपतिको पुजारीबाट हटाएको प्रमाण काठमाडौंं असनको न्याकन्तला निवासी सञ्जयराज राजोपाध्यायले एउटा प्रमाण पङ्क्तिकारलाई देखाउनुभएको थियो । पुजारीबाट हटाएको पत्रको सबुदले के प्रष्ट पार्छ भने पशुपतिमा सन्यासी र भट्ट मात्र होइन स्थानीय नेवार समुदायसमेतबाट पूजा हुनेगरेको प्रमाणित हुन्छ ।

 
दक्षिणात्य ब्राहृमणलाई पशुपतिको पुजारीमा राख्ने पछिल्लो परम्पराको पहिलो पुजारी कृष्ण भट्टपछि बहादुर शाहको नायबीकालमा रामचन्द्र भट्ट पशुपतिनाथको पुजारी भए । त्यसपछि विसं १८४७ तिर भएको लडाइँताका भारतका उत्तर पश्चिमका गढवाल र कुमाउ नेपालले जितेर विशाल नेपाल अन्तर्गत परेका बद्रीनाथ र केदारनाथमा सदावर्तको जिम्मा दिएर राखेका नीलकण्ठ भट्टलाई २५ वर्षपछि पशुपतिमा ल्याएर गीर्वाणयुद्धले पुजारीमा राखे ।


भट्टहरूले दिएको राजीनामा स्वीकृत गर्नुका पछाडि उद्देश्य प्रष्ट थियोे "पशुपतिनाथको असल र पारदर्शी व्यवस्थापन ।" त्यसका लागि सबैभन्दा पहिला पशुपतिनाथको गुठीजग्गाबाट हुने आयस्ता र दैनिक भक्तजनले चढाएको भेटीघाटीको पारदर्शी व्यवस्थापन गर्नु । त्यसपछि पुजारी र भण्डारीहरूको न्यायपूर्ण तरिकाले मासिक तलब र भत्ताको व्यवस्थापन गर्नु । आज पशुपतिनाथमा हुनेगरेको आर्थिक दुरवस्थाको प्रमाणका लागि धेरै कुरा उल्लेख गरिरहनुपर्दैन । पङ्क्तिकारसमेत व्यवस्थापनमा रहेका बखत दैनिक एकलाख नगद भेटी सङ्कलन हुने स्थानमा यसपटकको बालाचतुर्दशीपछि पेस गरिएको सालभरिको पशुपतिको आय भनेर गतसाल देखाइएको तीन लाख ६८ हजार रुपियाँबाट अझ घटेर एक लाख ९२ हजार देखाइएको छ ।


अब पशुपतिको विवादले धार्मिक रूपलाई स्ामेत उछिनेर राष्ट्रिय रूप लिइसकेको छ । पङ्क्तिकारसमेत रहेको बखतमा भट्टहरूको राजीनामा स्वीकृत गरिएको कामका पछाडि यस्तो उद्देश्य नरहेको कुरा प्रष्ट थियो । तर कुरो अगाडि बढ्दै जाँदा यसले अब के देखाउँदैछ भने पशुपतिनाथ मन्दिर अब हिन्दु समुदायको पावनस्थल हुुँदाहँुदै पनि आजको विज्ञान र प्रविधिले व्याप्त युग अनुसार हुनका लागि सम्पूर्ण मानव समुदायलाई सुहाउँदो व्यवस्थापन यसले खोजिरहेको छ, जसले गर्दा पशुपतिनाथ "हाम्रो" मात्र नभएर पशुपतिनाथ "सम्पूर्ण मानवजातिको" होस् ।
-
लेखक पशुपति क्षेत्र विकासकोषका पूर्व कोषाध्यक्ष हुनुहुन्छ )


1 comment:

  1. Mugal haruko aakraman bata Pashupati ko linga bigaareko tathaa, so aakraman agaadi ko pujaari thiye, tyo kura haru samaabesh Chhaina raichha.

    ReplyDelete