ललितपुरमा निःशुल्क बाथराेग स्वास्थ्य शिविर सम्पन्न

ललितपुरको पट्को टोल शनिबार व्यस्त थियो, बाथरोगसम्बन्धी स्वास्थ्य शिविरमा।
राजोपाध्याय समाज र पट्को टोल सुधार समितिको संयुक्त आयोजना रहेको उक्त शिविरमा १०२ जनाको रगतको नमूना संकलन गरिएको थियो।
संयोजक उद्धवकान्त आचार्य राजोपाध्यायका अनुसार उक्त रगत-जाँचको नतिजाका साथ भोलि साँझ डाक्टरसँग परामर्श सेवा दिइनेछ। यसका लागि जावलाखेलस्थित बाथरोग सेन्टरबाट डाक्टर आउने उनले बताए।

ललितपुरको पट्को टोलमा आयोजित निःशुल्क बाथरोग स्वास्थ्य शिविरका क्रममा सेवाग्राहीको रगतको नमूना संकलन गरिँदै। तस्विर - चेतना शर्मा।
No comments:
Post a Comment