Monday, July 8, 2019

Rajopadhyaya in News : नेपाली उस्ताद यसराजलाई भारतमा बेस्टिज अवार्ड दिइने

नेपालन्युज असार २३, २०७६ | सोमबार | काठमाडौं


वरिष्ठ सरोदवादक उस्ताद यसराजलाई यस वर्ष इन्डियन बेस्टिज अवार्डबाट सम्मान गरिने भएको छ।
भारतको एनआरबी फाउन्डेसन र भव्या इन्टरनेसनलले प्रत्येक वर्ष संगीत र साहित्य विधामा पुरस्कार दिने गरेको छ।
ललितपुरको गाःबहालमा जन्मेका सुदर्शन राजोपाध्यायले भारतमा उस्तादको उपाधि पाएपछि उनले उस्ताद यसराज उपनाम राखेका हुन्। यसअघि उनी सन् २०१३ मा पश्चिम बंगाल सरकारबाट र सन् २०१५ मा गुजरातमा सम्मानित भइसकेका छन्। उनी सन् २००२ मा रेडियो नेपालको जिल्लाव्यापी संगीत प्रतियोगिताका विजेता हुन्।
अन्तर्राष्ट्रिय मैत्री सम्मेलनका क्रममा उनलाई यो पुरस्कार प्रदान गरिनेछ। कार्यक्रममा नेपाल, भारत र माल्दिभ्सबाट सहभागिता रहने बताइएको छ। 
उनलाई आगामी जुलाइ १४ मा सो पुरस्कार राजस्थानमा दिइने भएको छ।
source: https://www.nepalnews.com/life-arts/3429-2019-07-08-12-37-02?fbclid=IwAR3diuzzbe3ZfSt3VstGIDQ7DpbRaJMRMD01yVfB6qFrsl-NRYLqpJDahrc#.XSM8XEPTUwY.facebook

No comments:

Post a Comment