Thursday, July 25, 2019

पाटन पुंचलिटोलको महादेवको जीर्णमन्दिरको शिलालेख मूलपाठ


यो सामागी श्री धनबज्र बज्राचार्यज्यूद्वारा लिखित "मध्यकालका अभिलेख" शिर्षकको पुस्तकबाट  साभार गरिएको हो  l 


यस सामाग्रीमा उल्लेखित शिलालेख ललितपुर महानगरपालिका वडा न. १९ पूर्णचण्डी नजिकैको महाद्यननी स्थित महादेवको  मन्दिरको हो की भनि अबलोकन गर्न गएका थियौ l तर मन्दिरको नजिक कुनै शिलापत्र रहेको पाईएन l नजिकै रहेको  पूर्व तर्फको अर्को मन्दिरमा शिलालेख त देखिन्छ तर सिस्नोको झांगले गर्दा नजिक जान सकिएन l

यस सामाग्रीमा उल्लेखित नामहरु तोयिबराज, श्रीबिष्णुशर्म्मा, श्रीबैद्यनाथ, गङ्गा,   श्रीनाथशर्म्मा, श्री गंगाधर शर्मा आदि नामहरु उल्लेख गरिएका छन् l  उपरोक्त नामहरुका सन्ततिहरु अहिले पनि  महाद्यननीमा बसोबास गरिरहनु भएको  छ l उहाँहरु पाटनको मंगलबजारमा स्थित  प्रसिद्द कृष्ण मन्दिरका पुजारीहरु हुनुहुन्छ l उहाँहरु मध्ये कसैले आफ्नो थरमा  राजोपाध्याय लेख्नु हुन्छ त कसैले शर्मा लेख्नु हुन्छ l  उहाँहरु ३ सय ७५ बर्ष अधि देखि नै बाद्यबादन  र नृत्यकलामा निपुण हुनु भएको जानकारी यस समाग्रीमा उल्लेख छ  l अहिले पनि उहाँहरुले  बाद्यबादन  र नृत्यकलालाई निरन्तरता दिइरहनु भएको छ l मंगलबजारको डबलीमा प्रत्येक बर्ष देखाइने कात्तिक नाचको  मूख्य भूमिका नरसिंहको अवतारमा नृत्य गर्नु को साथै उक्त नाचमा  बाद्यबादन पनि निरन्तर रुपमा  गरिरहनु भएको छ l  कात्तिक नाच मल्लकालिन राजा सिद्धिनरसिंह मल्लले  नेपाल संवत् ७६१ (विसं १६९७) देखि  कात्तिक नाच चलाएको मानिन्छ ।  

यो शिलालेख नेपाल सम्बत ७६३ (बि.स.१७००) को हो भने कात्तिक नाच नेपाल संवत् ७६१ (विसं १६९७) देखि प्रारम्भ भएको इतिहास छ  l अर्थात कात्तिक नाच प्रारम्भ भएको ३ बर्ष पछी यो शिलालेख स्थापना गरिएको देखिन्छ  l तर तत्कालिन  राजा सिद्धिनरसिंह मल्लका नाट्य क्षेत्रमा धुरनधर शिक्षा गुरु हरिवशं आचार्य र वाद्य क्षेत्र र तान्त्रिक विधामा धुरनधर दिक्षा गुरु विश्वनाथ उपाध्याय, जो  कात्तिक नाचका गुरुहरु मानिन्छन l हरिवशं आचार्य तोयिबराजका सन्तति  हुन् भनिन्छ तर यस शिलालेखमा उहाँहरु दुबैको नाम उल्लेख गरिएको देखिदैन l 

तपाईहरुलाई यस बिषयमा कुनै पनि जानकारी वा यस बिषयसंग सम्बन्धित कुनै सामाग्रीहरु भएमा उपलब्ध गराई  दिनुहुन अनुरोध गर्दछौ  l 








No comments:

Post a Comment