Sunday, June 9, 2019

Rajopadhyaya in News: ‘सोचाइ’ लाई ५० हजार डलर

‘सोचाइ’ लाई ५० हजार डलर

कान्तिपुर संवाददाता
काठमाडौँ — कुपोषण एवं भोकमरी अन्त्यको अभियानमा लागेको ‘सोसल चेन्जमेकर्स एन्ड इन्नोभेटर्स’ (सोचाइ) की अभियन्ता एवं प्रमुख कार्यकारी अधिकृत बोनिता शर्मा लिड–२०३० च्यालेन्ज विजेता घोषित भएकी छन् । यससँगै अभियानले करिब ६० लाख रुपैयाँ (५० हजार डलर) पुरस्कार पाएको छ ।


दिगो विकास लक्ष्य प्राप्तिका लागि विश्व प्रतिष्ठित ब्रान्डसँगको सहकार्यमा लिड २०३० प्रतियोगिता आयोजना गरिएको थियो । विश्वभरका युवाले दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कामको खोजी गर्ने क्रममा १ सय देशका १ हजार २ सय प्रतिस्पर्धीलाई उछिन्दै ‘सोचाइ’ पुरस्कृत भएको हो । शर्माका अनुसार बेलायतमा रहेको च्यारिटी संस्थाले हरेक वर्ष गर्ने ग्लोबल अनलाइन प्रतिस्पर्धामा ‘सोचाइ’ को पोषण विधि र पद्धति पुरस्कृत भएको हो ।

पोषण, सरसफाइ तथा यससम्बन्धी जानकारी अभावले गाउँ/समाजमा निम्तिने समस्या समाधान गर्न सोचाइले पोषण तथा महिनावारी माला जस्ता सिर्जनशील उपाय अपनाउँदै आएको उनले बताइन् । ग्राहकले किनेको एउटा पोषण वा महिनावारी मालामा रहेका भिन्न रङ र त्यसको अर्थका आधारमा खानेकुरा र पोषणको आधार पहिल्याउन सकिने बोनिताले जानकारी दिइन् ।

पुरस्कारले कुपोषणको समस्या समाधान गर्न र दिगो विकास लक्ष्य हासिल गर्न थप अवसर मिलेको उनले प्रतिक्रिया दिएकी छन् । ‘सोचाइ’ संस्थामा बोनितासहित नेहा मल्ल, आशुतोध्वज कार्की र मन्जिता रोजोपाध्याय संस्थापक छन् । सोचाइले प्रवर्द्धन गरेको पोषण मालाले युनिसेफको एसिया प्यासिफिक युथ इन्नोभेसन च्यालेन्ज–२०१६ पुरस्कार पाएको थियो ।प्रकाशित : जेष्ठ २७, २०७६ ०८:२५Source: https://www.kantipurdaily.com/news/2019/06/10/156013445123257425.html?fbclid=IwAR3LbBUrOzKJGfLs3IBxLkJruskpIoeFS7Za0pJ3gW7W6cxt-dBgNND4PEk

No comments:

Post a Comment