सिथि नखःमा कुमारको दसकर्मपूजा सम्पन्न

सिथि नखःका अवसरमा आज काठमाडौँको जैशीदेवल टोलमा कुमारको दशकर्मपूजा सम्पन्न गरिएको छ।
स्थानीय नेवाः समुदायले जैशीदेवलस्थित कुमारलाई सिथिद्यः मान्छन्। यसैबाट पर्वको नाम सिथि नखः वा कुमार षष्ठी रहन गएको हो। हिन्दु धर्मअनुसार भगवान् कुमारलाई शिव र षष्ठी देवीको पुत्र मानिन्छ।
‘आजका दिन कुमारको जन्मदेखिको सबै दशकर्म गरिन्छ, विवाह कर्म मात्र गरिँदैन,’ पुजारी लक्ष्मण राजोपाध्याय बताउनुहुन्छ।
चार दिन अघि स्नानकर्म गराएर आज होमविधिमार्फत दसकर्म प्रतिष्ठा गरिएको हो। गुठीयार कृष्ण श्रेष्ठ भन्छन्, ‘अन्य दिन कुमारलाई माथि घरमै राखिन्छ। यस पूजा र भोलि जात्राका लागि मात्र सर्वसाधारणले कुमारको दर्शन गर्न पाउँछन्।’
यस पूजाका लागि ललितपुरको सानागाउँबाट चारजना नेमकुल थरका पुजारीहरू र काठमाडौँको पूर्वतर्फ बलम्बुबाट गुठियारहरू आउनुपर्ने परम्परा छ।
कुमारको खट जात्रा भोलि आइतबार हुँदै छ।
No comments:
Post a Comment