चुराका टुक्राबाट चित्र
काठमाडौं (अन्नपूर्ण): हातमा सीप हुनुपर्छ, सिर्जना जुनसुकै सामग्रीबाट पनि गर्न सकिन्छ भन्ने उदाहरण हुन्, कल्याणी राजोपाध्याय। उनले चुराका टुक्रा प्रयोग गरेर सुन्दर चित्रहरू सिर्जना गरेकी छन्। तिनै चित्रमध्येमा पर्छ, चरा।
कल्याणीले यसरी तयार गरेका चराका चित्र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको अरनिको ग्यालरीमा प्रदर्शन भइरहको छ। दुई दशकदेखि कला सिर्जना गरिरहेकी कल्याणीको यो नौलो प्रयोग हो। सुरुमा पानी रङ, तेल रङ, एक्रेलिकजस्ता माध्यमबाट कला सिर्जना गर्ने कल्याणीले १२ वर्षदेखि चुराको टुक्रा र गमबाट कला सिर्जना गर्न थालेकी हुन्। चुरा फुट्नु वा फुटेका चुरालाई अशुभ मानिने भए पनि उनले यसैलाई प्रयोग गरेर आकर्षक चित्र बनाएकी छन्।
‘चुराको टुक्रा आकर्षक लाग्यो, त्यसैलाई प्रयोग गरेर ओम लेखेँ, आफैंलाई मन पर्यो’, चुराप्रतिको आकर्षणबारे उनले सुनाइन्, ‘त्यसपछि गणेशजीको चित्र बनाएँ, सबैले मन पराए।’ अहिले चुराका चित्र उनको पहिचान नै बनेको छ।

प्रदर्शनी चुराको कारणले मात्र आकर्षक छैन। प्रदर्शनीमा नेपालमा पाइने दुर्लभ चराचुरुंगीका चित्र समावेश छन्। ‘आफ्नो कामले अलिकति भए पनि चेतना आओस् भन्ने उद्देश्य राखेकी हुँ’, उनले भनिन्, ‘चरा संरक्षण गर्नुपर्छ भन्ने भावना मानिसमा आओस् भन्ने चाहना हो।’ चित्र बनाउनुअघि उनले विभिन्न ठाउँबाट सामग्री जुटाएर चराका बारेमा अध्ययन पनि गरिन्। प्रदर्शनीमा डाँफे, मुनाल, मयूर, धर्के ढुकुर, ध्यानी बकुल्ला, चखेवा, चील, काँडे भ्याकुर, सारस, राजधनेश, लुइँचे, सुइँरो ठुँडे, कालिज, कर्रा साँवरीजस्ता लोपोन्मुख र दुर्लभ चराका ३३ वटा चित्र छन्।
उनले ती चित्र दुई वर्ष लगाएर सिर्जना गरेकी हुन्। ‘यस्तो सिर्जनाका लागि धैर्य चाहिने रहेछ’, उनले भनिन्, ‘यस्तो काम पनि ढिलो हुन्छ, त्यसमाथि घरधन्दाले समय निकाल्न गाह्रो छ।’ प्रदर्शनीमा राखिएका चित्रमा चुरा, गम, बालुवा, सितारालगायतका सामग्री प्रयोग गरिएको छ।
चित्रमा आवश्यक रङअनुसारको चुरा खोज्न पनि उनलाई कठिन पर्यो। कतिपय रङका चुरा नेपाली बजारमा नपाएर भारतबाट समेत मगाउनु परेको उनले सुनाइन्। प्रदर्शनीमा दुई हजार पाँच सयदेखि २० हजार रुपैयाँसम्मका चित्र समावेश छन्। नेपाली कलापारखीले पनि खरिद गर्न सकून् भनेर आफ्ना कलाको मूल्य थोरै राखेको उनले बताइन्। १० गतेबाट सुरु भएको प्रदर्शनी १५ गतेसम्म सञ्चालन हुँदैछ।

No comments:
Post a Comment