Interview of: Amar Raj Sharma 
 | 
  
Date: Saturday
  2012/02/25 
 | 
 
Interview by: Biraj Kaji
  Rajopadhyaya 
 | 
  
Location: Kathmandu 
 | 
 
अचेल केमा ब्यस्त हुनुहुन्छ ? तपाईंको दैनिकि कसरी बितिरहेकेा छ ? 
आफ्नो
  पुख्र्यौली काम कर्मकाण्ड र साइडमा संगीतमा बितीरहेकेा छ । संगीत भर्न खाली
  नभइकन एक दुइवटा गरेर आइरहेकेा छ । 
र्सवप्रथमतः संगीतकै कुरा गरौं । यसबारे कुरा गर्नुपर्दा
  नेवाः संगीत क्षेत्रमा तपाईंको एल्बम आशकुति एकदमै स्तरीय र चर्चित एल्बम हो ।
  त्यस्तै यता नेपाली भाषामा पनि भोलि फेरी सल्लाघारीमा, झमक्क साँझ पर्दा जस्ता लोकप्रिय गीतहरु पनि तपाईंबाट
  श्रृजित छन् । तर समय हेर्ने हो भने निकै ग्याप देखिन्छ
  । किन होला ? 
आजकल
  पप, र्याप, रक जस्ता गीत चलिरहेकेा
  बेला हाम्रो जस्तो गीत निकाल्न अलि गार्है छ । बजेट हेर्नेहो भने न्यूनतम पनि
  १५ हजार जति त खर्च नगरी एउटा गीत बन्दै बन्दैन । बजेटकै कारणले यस्तो भएको हो । 
बजेटकै कुरा गर्दा आशाकुति एल्बम श्रोताबाट निकै मन
  पराइएको एल्बम हो नि । कस्तो रह्यो यसको बजार ? यो एल्बम निकाल्दाखेरीको केहि अनुभव बताइदिनु हुन्छ कि ? 
त्यो
  बेलामा रक, पप जस्तो गीतहरु अंग्रेजीमा अर्थ न बर्थका शब्दहरु राखि
  छोटो छोटो गाइएको गीतहरु चलिरहेकेा थियो । यस्तो प्रकारको अर्थ न बर्थको शब्द
  राखी र्याप गाउने त नेवारहरुको लागी कुनै नौलो नै होइन जस्तो लाग्यो र हामीसँग
  पनि यस्तो गीत पहिले देखि नै छ है भनेर देखाउन नै पुराना र्याप प्रकृतीका
  गीतहरु राखि छिमि जक दुला धाकाधुकु म्ये, जिमि नं गुलिखे न्हापा हे
  दु भनि मैले बनाएँ । 
बनाउन
  त बनाएँ । तर त्यति बेला पनि बजेटकै कारणले गर्दा मैले एल्बम निकाल्न सकिरहेकेा
  थिइन । भाग्यबश, पुरानो साथी प्रचण्ड राजोपाध्याय भेटें । गीतहरु पनि
  सुनाएँ । अनि अर्को साथी रलेन चित्रकार पनि मिली एल्बम निकाल्न तम्सिएँ । एल्बम
  निकाल्न सक्छु जस्तो भो अनि एल्बम निकाल्न तिर लागें । निकालें पनि । बजारमा यो
  एल्बम धेरै नै चल्यो । धेरैले मन पराए । तर बिडम्बना, सबै एल्बम गए पनि यसले लगानी चाहिं उठाउन सकेन । हुन त
  यस्तो कुरा र्सार्वजनिक गर्न नहुने हो । तरै पनि म भन्छु । आफ्नै मिल्ने
  साथीहरुले बेचिदिन्छु भन्दै २५, ३० वटा एल्बम लिएर गए । पछि
  हिसाब नै बुझाउन आएनन् । पछि भेट्दा, सोध्दा पछि दिन्छु भन्दै
  पन्छि दिए । अब यस्तो साथीहरुलाई के भन्ने । त्यति बेला त मलाई यस्तो लाग्न
  थालेको थियो कि अब कसैले बिक्री गरीदिन्छु कि भनी लिन आए पनि नदिने । तर कतै कतै
  कार्यक्रममा जाने बेला एकै जनाले १०/१२ चक्कासम्म किनी लगेको पनि छ । यस्तै
  यस्तै कारणहरुले गर्दा यसले लगानी उठाउन सकेन । नत्र त अहिले सम्म पनि बजारमा
  आशकुतिको माग छ । भोटाहिटिको नातीबज्रको पसल सफूधुकूमा अझ सम्म पनि आशकुति खोज्न
  आउनेहरु छन् रे । तर लगानीकै अभावले गर्दा मैले आशकुतिको अर्को संस्करण निकाल्न
  सकिन । 
भन्दाखेरी संगीत क्षेत्रमा ब्यावसायिक रुपमा जान नसकिएको
  भन्न सकिन्छ ? 
हो, यो कुरा चाहिं पक्कै हो । ब्यावसायिक रुपमा जाने कुरा त
  मेरो मनमै थिएन । म त केवल ममा भएको श्रृजना पस्कनमा हतारिएँ । या भनौं तम्सिएँ।
  आफ्नो इच्छा पोखें । ब्यावसायिक रुपमा यसै क्षेत्रमा लागी यसैलाई पेशा बनाउँछु
  भन्ने मानसिकता ममा पटक्कै छैन । 
तपाईंमा संगीतप्रति रुचि कहिलेदेखि जागेको हो त ? 
सानैदेखि
  नै हो । पहिले घरमा सधैं जसो बेलुकि सांगितिक महफिल हुन्थ्यो । जागीर, कर्मकाण्ड सबै काम सकाइवरी बुवा घर आउनु हुन्थ्यो र हरेक
  साँझ बुवाको सांगितिक महफिल जम्थ्यो । यस्तो बातावरणमा हर्ुर्केको हुनाले ममा
  सानैदेखि नै संगीतप्रति रुचि थियो । 
हरेक जातजातीभित्र आफ्नो समूहभित्रका र्सजक र श्रृजनालाई
  प्रोत्साहन दिने संस्कार रहेकेा पाइन्छ । यो हाम्रो समुदायभित्रको श्रृजना हो, किनेर प्रोत्साहन दिनर्ुपर्छ भन्ने मानसिकता हाम्रो
  राजोपाध्यायभित्र बिकास नभएको जस्तो लाग्दैन तपाईंलाई ? 
बिकासै
  भएको छैन सम्म पनि नभनौं । मेरो बिचारमा हाम्रो समाजमा पनि त्यो संस्कार चाहिं छ, नभएको होइन । अब आफैं गइ वा कसैलाई घरसम्मै पठाएको भए
  कुनै उपलब्धि हात लाग्थ्यो होला भन्ने मलाई बिश्वास लाग्छ । अब जाँदै नगइ यस्तो
  संस्कार छैन भन्न त मिलेन नि । 
तपाईंको बुवा पनि संगीत क्षेत्रमा एकदमै मानिएको उस्ताद
  हुनुहुन्थ्यो । उहाँको बारेमा केहि भनिदिनुस् न । 
मेरो
  बुवा जलेशानन्द राजोपाध्याय एकदमै संर्घष्ाशिल ब्यक्तित्व हुनुहुन्थ्यो । उहाँ
  बिहान सबेरै उठि रेडियो नेपालमा बाजा बजाउन जानु हुन्थ्यो । त्यो बेलामा
  रेडियोमा सबै कार्यक्रम लाइभ हुन्थ्यो । बर्षायाम होस् या जाडो, बुवा बिहानै ४/५ बजे नै उठि समयमै अफिस पुग्नुहुन्थ्यो ।
  रेडियोमा कार्यक्रम रहेसम्म बजाउनु हुन्थ्यो । कार्यक्रम सकिसकेपछि फेरी
  यजमानहरु कहाँ कर्मकाण्ड गराउन जानुहुन्थ्यो । कर्मकाण्डको काम सकाइवरी फेरी
  रेडियोमा साँझको कार्यक्रम भ्याउनु हुन्थ्यो । उहाँ समयको महत्व एकदमै बुझेको
  मान्छे, समयलाई एकदमै चिनेको ब्यक्तित्व हुनुहुन्थ्यो । यजमानहरु
  पनि माइला बाजे पाल्नुभयो भन्ने बित्तिकै एकदमै र्सतर्क भइहाल्ने । किनकि त्यहाँ
  केहि अलमल गरेर बस्यो भने त उहाँ ढिला भयो भन्दै हिंडि हाल्नु हुन्थ्यो । म त
  कहिलेकाहिं ढिला पुग्छु यजमानहरु कहाँ । त्यति बेला यजमानहरुले मलाई यो कुरा
  भन्ने गर्छन् । 'तपाईंको बुवा त यति ढिला भयो भने मलाई ढिला भो भन्दै
  हिंडिहाल्नु हुन्छ । हामीलाई त आच्छु आच्छु पार्नुहुन्थ्यो माइला बाजेले' भनेर यजमानहरुले भन्ने गर्छन् । 
फेरी
  उहाँ फुर्सदको बेलामा पनि एकछिन चुप लागेर बस्नुहुन्न । घरमा पछाडी बगैंचा छ ।
  अहिले त त्यो बगैंचा फोहर छ । फुर्स दभएको बेला बगैंचामा गएर काम गरेर
  बस्नुहुन्थ्यो । त्यसैले त्यो बेलामा बगैंचा निकै सुन्दर थियो । 
अनि
  बुवाले दुख पनि निकै पाएका थिए । मेरो बुवा बाद्य गुरु गणेशलाल उस्तादको मा
  संगीत सिक्न गइ रहेकेा बेला, त्यति बेला बुवा त्यस्तै
  १९/२० बर्षो हुनुहुन्थ्यो । त्यो बेलाको कुरा बुवाले भन्नुभएको थियो । त्यो
  बेलामा हाम्रो परीवारमा ठुलो बज्रपात भएछ । परीवारको ७, ७ जना थकालीहरु झाडाबान्ताको महामारीमा परेछन् । त्यसपछि
  सबै पारीवारीक बोझ बुवाको काँधमा आइपर्यो । भख्खरको ठिटा, त्यत्रो ठुलो भार आइपर्दा के भयो होला - त्यो बेलामा बुवा
  यो घरमा बस्न डराइ, बाहिरै बस्नु भएको थियो रे । त्यसपछि गणेशलाल उस्ताद
  मार्फ बुवाले रेडियो नेपालमा जागीर पाउनु भयो । बुवाको जीवन एकद मैसंघर्षम यथियो
  । मलाई त यस्तो कुरा सुन्दासम्म पनि जीउ नै सिरीङ्ग हुन्छ । कसरी मात्र त्यत्रो
  ठुलो पारीवारीक भार आफ्नो काँधमा लिनु भयो होला जस्तो लाग्छ । रेडियो, कर्मकाण्ड, पारीवारीक जिम्मेवारी, संगीत । बुवाको जीवन एकदमै संघर्षमय थियो । 
अनि तपाईं कर्मकाण्ड पनि गराउनु हुन्छ । कर्मकाण्डमा
  कहिलेदेखि लाग्नु भएको हो ? 
हुन
  त सानैमा बासँगै एक दुइ ठाउँमा कर्मकाण्डको काम गराउन जान्थें । तर साँच्चै यहि
  क्षेत्रमा लागेको भनेको ५० साल पछि मात्र हो । जब बुवाको स्वास्थ्य स्थिती खराब
  हुँदै गयो, तब मात्र म यता तिर लागेको हो । त्यो भन्दा पहिले त्यति
  लागेको थिइन । ५० साल पछि मात्रै हो, कर्मकाण्डको काम थालेको । 
यो क्षेत्रमा तपाईं कर्मकाण्डको काम गराइ रहनु भएको एक
  पुरोहितको हिसाबले हेर्ने हो भने आजको दिनमा राजोपाध्यायहरुको कहाँ छन् जस्तो लाग्छ
  ? 
आजकाल
  हेर्ने हो भने हामी पछाडि नै छौं । हामी धेरै पछाडि छौं । अहिलेलाई यति नै भनौं
  । 
अगाडी बढ्न के गर्नु पर्ला त ? 
अब
  यो एकदमै जटिल प्रश्न पर्यो । म कर्मकाण्डमा लागी रहेको हुनाले लाग्छ कि यसलाई
  हामीले छोड्नु हुन्न । हामीले कर्मकाण्डको काम छोड्यौं भने त नेवार समाजभित्र
  संस्कृति नै नहुने पो हो कि जस्तो लाग्छ । छोड्यो भने त हाम्रो परीचय नै समाप्त
  हुन्छ । 
अब
  फेरी कर्मकाण्ड मात्रै गराइ रह्यो भने पनि आजकालको जमानामा गार्हो छ । त्यसैले
  यसलाई ब्यावसायिक रुपमा लानु पर्छ भन्नेहरु पनि छन् । तर यो एकदमै नमिल्ने कुरा
  हो । यो धार्मिक बिषय हो । 
फेरी
  अर्को कुरा, आजकालको आधुनिक शिक्षा लिइ डाक्टर इन्जिनियर बनेकाहरु कति
  छन् त हाम्रो समाजमा - यो बिषयलाई हेर्नेहो भने कर्मकाण्डतिर लाग्नै नहुने पो हो
  कि जस्तो लाग्न थाल्छ । त्यसैले यो प्रश्नको उत्तर अलि जटिल नै लाग्छ मलाई । 
अहिलेको
  जमानामा ब्यक्तित्व बिकासको लागी आधुनिक शिक्षा पनि लिनुपर्छ तर कर्मकाण्ड
  चटक्कै छोडेर चाहिं होइन । म कर्मकाण्डतिर लागी रहेको छु । त्यसैले ममा यसप्रति
  प्रेम छ । यी दुबै क्षेत्रलाई मिलाएर लाने हो भने एकदमै राम्रो । यो गर्न नसकिने
  होइन, गर्न सकिन्छ । जागीर खाएर अवकाश पाइसकेपछि पनि यसमा लाग्न
  सकिन्छ । जस्तो म पनि १५/१६ बर्षबैंकमा जागीर खाइ सके पछि मात्रै कर्मकाण्डतिर
  लागें । आफ्नो ब्यक्तित्व बिकासको लागी आधुनिक शिक्षा पनि लिनुपर्छ। तर
  कर्मकाण्डलाई चट्टै छोड्नु भने हुँदैन । दुबैलाई मिलाएर अगाडी लानुपर्छ। 
कर्मकाण्डको कामले तपाईंको संगीत श्रृजनाको कामलाई
  कत्तिको बाधा पुर्याउने गर्छ ? 
मैले
  अघि पनि भनें कि मैले संगीतलाई साइडमा राखेको छु । मैले पर्ूण्ा रुपमा संगीतलाई
  समय दिन सकिरहेकेा छैन । मेरो पुरा समय त कर्मकाण्डमै ब्यतित हुन्छ । त्यसबाट
  बचेकेा समय मात्र संगीतलाई दिइ रहेको छु । बिहान दिउँसो म कर्मकाण्डतिर लाग्छु
  भने साँझ बेलुकीतिर संगीतमा रमाउँछु । रातको ११/१२ बजे कहिले काहिं त १/२
  बजेसम्म पनि संगीत श्रृजना गरेर बस्छु । संगीतमा मुड आएको बेला संगीतमै डुबि रहन
  मन लाग्छ । राती सिरकले छोपेर हार्मोनिम बजाइ संगीतमा डुबि रहन्छु । अब के गर्ने, मुड आउने भनेको त्यस्तै सुनसान समयमै हो । यसरी मैले
  दुबैलाई ब्यालेन्समा राखेर अगाडी बढाइ रहेकेा छु । 
संगीतले
  कर्मकाण्डलाई अनि कर्मकाण्डले संगीतलाई कहिले काहिं बाधा पुर्याउँछ । तर त्यो
  बाधालाई म बाधाको रुपमा लिन्न । 
यदि संगीतलाई धेरै समय दिन सकेकेा भए, या भनौं कर्मकाण्डमा नलागी संगीतलाई नै ब्यावसायिक रुपमा
  अगाडी लान पाएको भए संगीत क्षेत्रमा तपाईंको स्थान अहिलेभन्दा धेरै माथि
  हुन्थ्यो जस्तो लाग्दैन ? 
संगीतमा
  अझ बढि समय दिन पाएको भए मेरो श्रृजनाहरुको संख्या अझ बढ्थ्यो । यो कुरा चाहिं
  पक्कै हो । तर यस्तो परीस्थितीमा मेरा श्रृजनाहरु राम्रो पनि हुन सक्थ्यो, नराम्रो पनि । यस्तो भन्नु भनेकै संगीतलाई पेशा बनाउनु हो
  । पेशा भयो भने राम्रो पनि श्रृजना हुनसक्छ नराम्रो पनि । अझ नराम्रो नै बढि
  आउँथ्यो होला जस्तो लाग्छ मलाई । मेरो लागी त संगीतलाई साइडमा नै राख्नु राम्रो
  । किनकि ममा कर्मकाण्डप्रति बढि लगाव छ । यसकारण पनि मैले संगीतलाई पेशागत रुपमा
  अंगाल्न नसकेको हो । नसकेको पनि हैन, मनै छैन । मनले नै नमानेपछि
  के गर्नु, परीमाणमा भन्दा परीणाम राम्रो गर्नतिर सोच्छु म । 
राजोपाध्यायलाई कसरी अर्थ्याउनु हुन्छ ? 
शब्दार्थको
  हिसाबबाट हेर्ने हो भने राजोपाध्याय भनेको राज र उपाध्याय शब्दको सन्धिबाट बनेको
  हो । राजको अर्थ हेर्ने हो भने यसको धेरै अर्थ छ । यसको अर्थ राजा पनि हो, एकदमै ज्वाजल्यमान, चम्केको पनि हो, शानदार पनि हो, शासन पनि हो । त्यस्तै एउटा
  अर्थ प्रमुख पनि हो । उपाध्यायको अर्थ हेर्ने हो भने अध्यापक हो । मेरो बिचारमा
  राजोपाध्याय भनेकेा प्रमुख अध्यापक हो । यो मेरो नितान्त ब्यक्तिगत परीभाषा हो । 
अनि
  एउटा कुरा, बर्तमान समयमा राजतन्त्र नभइ सकेको अवस्थामा राजोपाध्याय
  थर किन प्रयोग गर्ने भन्ने बिचार पनि मैले कसैकसैमा पाएको छु । यो राजोपाध्याय
  भन्ने शब्द अहिलेमात्र होइन, मल्लकालमै अस्तित्वमा
  आइसकेको हो । यसलाई हामीले अगाडी लानुपर्छ। अब रीमाल, सुबेदि, आचार्य, शर्मा आदि जे लेखे पनि यदि कसैले तिमीहरु राजोपाध्याय हो
  भनेर सोध्यो भने हो भन्न सक्नु पर्यो । 
यो rajopadhyaya.info
  वेबसाइटको
  बारेमा तपाईंको के बिचार छ ? 
अहिले
  बिज्ञान र प्रबिधीको यूग हो । हामीले यसलाई पनि आत्मसात गरेर जानर्ैपर्छ ।
  अहिलेको शसक्त र लोकप्रिय माध्यम इन्टरनेट मार्फ जसरी राजोपाध्याय समुदायको
  जानकारी सहित यो वेबसाइट आएको छ, त्यसमा मलाई एकदमै खुसी लागेको
  छ । हाम्रो समाजको पहिचान जोगाइ राख्न यो वेबसाइट निकै प्रभावकारी माध्यम बन्न
  सक्छ जस्तो मलाई लाग्छ । 
अन्तमा मनमा लागेका केहि कुरा ? 
हामीले
  हाम्रो मौलिक पहिचान जोगाइ राख्नर्ुपर्छ । हाम्रो मौलिक पहिचान कसरी जोगाउन
  सकिन्छ भनेर सरसल्लाह हुनर्ुपर्छ र यसरी नै हामी मिलेर अगाडी बढ्नु आवश्यक छ ।
  हामी राजोपाध्याय सबै एक होऔं, एकताको बलले हाम्रो समाजको
  बिकास गरौं । म यहि भन्न चाहन्छु । 
 | 
 |
राजोपाध्याय सम्बन्धि बिबिध सामाग्रीहरु एकै स्थानमा संकलन गरि आबश्यक परेको समयमा सबैले सजिलै प्राप्त गर्न सकियोस भन्ने उद्देश्यले राजोपाध्याय ब्लग २०६९ साल बैशाख १ गते खोलिएको हो l
Thursday, October 24, 2013
A short talk with Amar Raj Sharma
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment