Friday, October 25, 2013

नेवार, संस्कार र चाडपर्वहरू-१

नेवार, संस्कार र चाडपर्वहरू-१
उद्धव श्रेष्ठ “मकै”
पूर्वाञ्चल क्याम्पस, धरान
नेपालको प्रमुख व्यापारिक केन्द्रहरू, नाकाहरू गढी, गौडा, गोस्वारा वा सदरमुकाम र राजधानीमा प्रमुख व्यापारिक हस्तीको रुपमा भाषागत, सांस्कृतिक विविधता बोकेर परिचित हुन पुगेका जाति हुन् नेवार। विश्वमा नै नेपाललाई संस्कृति र संस्कारको धनी देश भनेर चिनाउने जाति हुन् यी नेवार। पृथ्वीनारायण शाहले भन्नुभएको छ- “देशी उद्योगपति, व्यापारी र संस्कृति भित्राया भने देशलाई कंगाल गरी छाड्न्या छन्- त्यसैले स्वदेशी सामान प्रयोग गर्नू र नेवारहरूको नाच हेरेर रमाउनू” भन्ने महावाणीले नेवारहरू संस्कारका धनी हुन् भन्ने दर्शाउँछ।

अन्य क्षेत्रहरूमा ख्याती कमाएका नेवारहरू भाषागत क्षेत्रमा पनि पछि छैनन् किनकी अन्य भाषाका एक लिपि छन् भने नेवारहरूका निम्न आठ लिपिहरु छन्, जस्तै- रञ्जडना, भुजिमोल, कुमोल, हिमोल, लितुमोल, क्वेमल, कुमोल, गोलमोल र पाचुमोल। यसै लिपिमध्ये रञ्जहना लिपिलाई सरकारले संयुक्त राष्ट्र्संघमा प्रस्तुत गरेर संयुक्त राष्ट्रमसंघले दिने भाषागत मान्यताका लागि प्रयत्नय गरेको देखिन्छ।
2007 साल यता नेपालको प्रशासनिक एकाइहरूको प्रमुखतम पदहरूमा र राजनीतिक एकाईहरूमा प्रमुख सल्लाहकार पदमा रही नेपालको धरातलमा निर्णायक भूमिका खेल्दै आइरहेका नेवारहरू 046 सालको जनआन्दोलनपश्चात् विभिन्न पद र ओहोदाबाट ब्राम्हणवादको कारण पलायन भएको आभाष पाइन्छ।

नेवारहरू जातका रूपमा मात्र नभएर समुदायको रूपमा विकसित भएको देखिन्छ। नेपालको एकीकरणपूर्वको समयहरूमा उपत्यकालाई नेपाल भनेर सम्बोधन गर्ने गरेको र त्यस उपत्यकाभित्र बस्ने जुनसुकै जात, जाति, धर्मावलम्बीहरूलाई नेवाल अथवा नेवार भन्न थालिएको पाइन्छ।
एकीकरणपश्चाहत् पनि उपत्यकाभित्र बस्ने अथवा बाहिरबाट बस्न आउने सबै उपत्यकावासीहरूले गर्वका साथ पहिचान गराउन आफूलाई नेवार भनेर सम्बोधन गर्न थाले र सम्बोधन गरेको पनि रुचाउन थाले।
स्वयं पृथ्वीनारायण शाह लगायतका शाहवंशीय खलकहरूलाई पनि नेवार भन्न सकिन्छ किनकी यिनीहरूले नेवारहरूका संस्कार राजा हुन अपनाउँदै आइरहेको पाइन्छ, जस्तै- जीवित देवी कुमारीका हातबाट टीका लगाउने मृतकको नाममा टीका सापारु गाईजात्रा पठाउने, भद्रकाली पीठमा जन्मदेखि मृत्यु संस्कार गर्ने र हनुमानढोका राजदरबारमा नै गद्दी आरोहण गर्ने परम्परा बोकी हालसम्म परम्परा सञ्चालन गर्दै आइरहेका छन्। शाहवंशीय वैदिक परम्परा त देखावटी रूपमा मात्र प्रयोग गरेकाले पनि शाहवंश नेवार नै हुन् भन्न सकिन्छ। किरात, मल्ल, लिच्छवी, नायर, गोपाल, अहिर, महिषपाल वंशीहरू क्रमश: कालान्तरमा नेवार भएर पहिचान गराउन पुगेका कारणले शाहवंशलाई पनि नेवार बन्न बल पुगेको देखिन्छ।
यी वंशावलीभित्र पर्ने मात्र नेवार बनेका होइनन्। यसदेखि बाहेक धेरै जातजाति मिसिएर नेवार बनेका छन्। जस्तै- किराती प्रथम राजा यलम्बरका वंशज मानिने टेपे – व्यञ्जएनकार, अर्का किराती अन्तिम राजा गस्तीका सन्तान – फूल बेचेर निर्वाह गर्ने जाति गथुमाली – वनमाला वा मालाकारको साथै ठकुरी खस मल्ल राजा थकुजुजु राजा श्रेष्ठ लगायत चीनको मञ्चु रिया प्रान्तसँग सम्बन्धित रहेका महामञ्जुोश्रीका सन्तानका रूपमा चिनाउने छिपा वा रन्जिगतकार जो कपडामा रङ्ग छाप्न पोख्त कालिगढ हुन्छन् यी सबै नेवार बने।
साकेत नगर (अयोध्या, भारत) का तत्कालीन राजा ओक्कार काकाका सन्तति वा नेपालका गौतम बुद्धका सन्तति शाक्यहरू पनि नेवार बने भगवान् बुद्धका मावली खलक भनेर चिनिने कौलियवंशी किराती नश्ल का तण्डुकारलाई जयस्थिति मल्लले सानो जात बनाएकोले उनीहरूले आफ्नो जात ढाँटी नगरकोटी र श्रेष्ठ राख्न थालेका छन्।
भारतको द्वारिकाबाट आएका श्री कृष्णको वंशज भनेर आफूलाई चिनाउने गोपाली (सापु) हरू तराईका यादव र हाम्रा नश्लर एकै भन्छन् र नेपालमा गाई पाल्ने पेशा अपनाएर बसेका छन्।
कन्नौाजिया ब्राम्हण वा राजकर्णिकारको रूपमा नेपालमा चिनिएका यी जाति भारतको कन्नौाजबाट राजा जयस्थिति मल्लले दरबारका लागि मिठाई बनाउन भित्र्याएका दुई दाजुभाईका सन्तान मानिन्छन्।
द्य: ब्रह्मु-नेवार ब्राह्मण रूपधारण गर्ने गर्ग गोत्रीय- शर्मा, आचार्य, सुवेदी, रिमाल कान्यकुब्जबाट नेपाल पसेका जाति मानिन्छन्। हाल यी नेवार ब्राम्हणहरू- पाटन कृष्ण मन्दिर, इचङ्गु, विसंखु, चाँगु लगायतका मन्दिरहरूका पुजारी भएर रहेका छन्। साथै बङ्गाल (भारत) बाट नेपाल पसेका – बहुपाध्याय, राजोपाध्याय, चटोपाध्याय नेवारमा ठूलो जाति कहलिएका छन्। लिच्छवि वंशाणुगत सञ्चाभलित राजपाठमा अचानक बाहिरबाट आई भित्रिएका गैर लिच्छवि राजा अंशुवर्माका वंशज-वलामी ।
चुच्चो वाण बनाउन सिपालु-टेपे (तिपं) वा व्यञ्जेनकार आफूलाई-मङ्गोईलियन वा यलम्बरका सन्तान भन्छन्। यी जातिमा दाह्री जुँगा कम आउने र होचो कदका यी जातिहरू पौभाचित्रका संरक्षक, पुँवा चित्रकार आफूलाई चाइनिज मूलका नेवार भन्न रुचाउँछन्। पुं को अर्थ चिनियाँ स्तरीय र संस्कृत भाषामा चित्रकार भनी चिनाउनेहरू, जनता, ब्राम्हण, राजा सबैको टाउकोमा समेत हात राख्न सक्ने महत्व पाएका जाति हुन्। ‘नौ’ वा नापित जातिलाई जयस्थिति मल्लले सानो पानी नचल्ने जातिमा झारिदिएका थिए। यी जाति बौद्ध र हिन्दु दुवै हुन्छन्।

No comments:

Post a Comment